English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हाइवेको अस्वस्थ खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

यात्रासंस्मरण: पसिना, तीर्खा र साततले चमेरो गुफाको शीतलता !

Raju Jhallu Prasad by Raju Jhallu Prasad
असार १५, २०८१
in यात्रा संस्मरण
A A
0
11
SHARES

प्रकृतिको अत्यधिक सुन्दरतम रचना गुफाले हरकोहीलाई लोभ्याउँछ । प्राक् ऐतिहासिक समयदेखि वर्तमानसम्म नै गुफाप्रतिको आकर्षण अझै विद्यमान छ । गुफा, जसले मान्छे मात्रै होइन, पशुपंक्षी र जीवजन्तुलाई पनि आश्रययता प्रदान गर्‍यो । शिकारीहरू र प्राकृतिक शत्रुहरूबाट प्राकृतिक सुरक्षा दियो । जीवनलाई गतिशीलता प्रदान गर्‍यो । वा भनौँ, हरेक जीवले जीवनको अर्थ खोज्ने थलो थियो, गुफा । गुफा राति सुत्ने, निदाउने र बिहान उठ्ने थलो मात्र थिएन; आराम निन्द्रा, खानपान, भलाकुसारी (सामुदायिक जीवन), प्रजनन, सपना लगायतका आदिम जैविक प्रवृत्तिहरूको उत्पत्ति र क्रमिक विकास एवं विस्तार हुने थलो समेत थियो, गुफा ।

आगोको आविष्कार वा जलवायुअनुसार शारीरिक एवं मानसिक ढाँचामा परिवर्तन ल्याउनुपूर्व देखि नै थलिय जीवजन्तुको पहिलो घर गुफा थियो । यस हिसाबले गुफा मानवको मात्रै नभई सम्पूर्ण जीव जगतको साझा घर हो भन्न सकिन्छ । गुफाको विकल्पमा चट्टानी सतह, ठुलो रुखको फेद आदि प्रयोगमा आएको हुनुपर्दछ तर, तात्कालिक जङ्गली एवं ढुङ्गे युगमा सबैभन्दा बलशाली र सुरक्षित घर गुफा नै थियो (तर, वर्तमान भौगर्भिक दृष्टिकोणले गुफा सबैभन्दा कमजोर भूसतह हो किनकि हामीले गुफालाई अत्यधिक भार बोकाउन थालेका छौँ, पोखरा एउटा उदाहरण हो) । 

सिद्धलेक गाउँपालिकास्थित साततले चमेरो गुफाको प्रवेशद्वार, तस्बीर: राजु झल्लु प्रसाद

अन्य जीव सरह मान्छे पनि गुफाप्रतिको आकर्षणबाट अछुतो रहेन । ऊ ठाडो तर कुप्रो भएर दुई खुटा (बाइपेडल)ले हिँड्न सक्ने भए पनि गुफामा नै थियो । औजार निर्माण गर्नका लागि दुई हात पाएपश्चात् पनि ऊ शिकार गरिएको मासु लिएर गुफा नै आइपुग्थ्यो । सरलतम बोली र भाषाको विकास पनि उसले गुफाकालीन समयमै गरेको हो । यसैले त गुह्यलेखनहरू आज पनि भेटिन्छन्  । आगोको आविष्कारपश्चात् पनि ऊ गुफामा नै थियो । तर, कृषि क्रान्ति र निजी सम्पत्तिको सङ्ग्रह पश्चात् भने उसले गुफा छाडेको हुनुपर्दछ । 

फेरी, मान्छेले पनि पूर्ण रूपमा गुफा अझै छाडेको छैन किनभने विश्वमा प्रचलित पर्यटकीय विधाअन्तर्गत गुफा अग्रणी स्थानमै आउँछ । अझ, साहसिक पर्यटन अन्तर्गत गुफा पहिलो नम्बरमा दह्रिएकै छ । यसबाहेक मानवशास्त्री, पुरातत्त्वविद्, वातावरणविद् एवं भूगर्भ शास्त्रीहरूका लागि गुफाको खोजी सदैव पहिलो नम्बरमा पर्दछ किनभने गुफाहरू अपितु अँध्यारो र रहस्यमय ठाउँ मात्रै होइन, विगतका बासिन्दा अर्थात् इष्टकुल एवं पुर्खाको आदिम भौतिक एवं मनोवैज्ञानिक रहस्य जान्नका सर्वश्रेष्ठ सन्दर्भस्रोत हो । उत्तरको खोजी गर्ने मानव मस्तिष्कलाई अनेकन् प्रश्नहरू गुफाले नै प्रदान गरेको छ, जस्तै:  ‘गुफा हावा, पानी वा चट्टान, झरनाद्वारा  निर्मित खाली ठाउँ मात्रै हो कि त्यहाँ अरू कुरा पनि अटेका छन् ? गुफाले कुन-कुन प्राणीलाई आश्रय दियो ?’ आज शहरबजारमा पर्सनल स्पेस मेन्टेन गरिरहेको हामीहरूलाई गुफाले हाम्रा पुर्खा र अन्य जीव सँगसँगै त बस्दैन थिए भन्ने अत्यधिक कतुहुलतामिश्रित प्रश्न गर्न उक्साउँछ । अर्को महत्त्वपूर्ण प्रश्न, हाम्रा पुर्खाहरूले कसप्रकार गुफाको प्रयोग गर्दथे ? अझ, मृत्युपश्चात् गुफा नै गाडिदिने प्रचलन पनि रहेको पाइएको छ, के हाम्रा बराजुहरूले जीवनको लागि मात्रै नभई जीवनपश्चात्को लागि पनि गुफा अत्युत्तम भएको ठान्दथे ? 

यस्ता कतिपय प्रश्नहरूको उत्तर सुरक्षित भएकाले पनि गुफाप्रतिको मानवको चासो बढेको हो । र, गुफा अध्येताहरू भन्दछन् पनि, गुफाहरूले आफूभित्र शृंखलाबद्ध मानव एवं जलवायु इतिहास सुरक्षित गरेका छन् र तिनलाई नष्ट हुनबाट जोगाउन एक उत्कृष्ट वातावरण प्रदान गरिरहेका छन् । आधुनिक संग्रालयमा सुरक्षित राख्न नसकिने चिजहरू गुफामा सुरक्षित छन् भन्नु अतिशयोक्ति हुँदैन किनभने हाम्रा अत्याधुनिक संग्रालयहरूको इतिहास २/३ सय वर्षभन्दा पुरानो छैन । यसप्रकार गुफाले संग्रालय विधाको प्राचीन स्वरूप समेत हो । 

अझ, गुफालाई क्यानभास बनाएर, ढुङ्गा-कोइलाको कुची समाएर हाम्रा बराजुहरूले पछिल्लो पुस्तालाई सुशिक्षित गर्नका खातिर कोरेका चित्र, लिपि, दिशाबोधका चिन्हहरू (गुह्य लेखन)को पुरातात्त्विक र ऐतिहासिक मूल्य उच्च छ । प्रारम्भिक मानव अभिव्यक्ति, सञ्चार र सम्भवतः आध्यात्मिक विश्वासहरू प्रतिबिम्बित गर्नका लागि जनावरहरू, मानव आकृतिहरू र अमूर्त चिन्हहरूको चित्रण गरिनुले गुह्य लेखनको महत्त्वलाई चीरकालीन बनाउँदछ । रमाइलो कुरा के छ भने, पुरानो ज्ञात कलाकृतिहरू गुफा चित्रहरू हुन् । यसप्रकार गुफा प्राचीन कलाकृतिको अनुपम संग्रालय  बनेको छ ।

साततले चमेरो गुफामा रहेको शिवलिंग, तस्बीर: राजु झल्लु प्रसाद

यसैगरि, गुफाहरूको ध्वनिक र एकान्त प्रकृतिका कारण दार्शनिक एवं तार्किक क्षेत्रमा पनि गुफाको महत्त्वपूर्ण भूमिका देख्न पाइन्छ । धेरै संस्कृतिहरूमा गुफाहरूसँग सम्बन्धित मिथकहरू र किंवदन्तीहरू छन्, जसले देवता वा आत्माहरूको घरको रूपमा पनि गुफा स्थापित भएका छन् । गुफाहरूमा पाइने औजारहरू, भाँडाकुँडाहरू र मृत्यु संस्कार सम्बन्धी सांस्कृतिक क्रियाकलापको अवशेषले मानव संस्कृतिको विकास र समयसँगै हाम्रा पुर्खाहरूका प्राविधिक प्रगतिहरू पनि खुट्टिन आइपुग्छन् । वा, भनौँ, गुफाहरू प्रारम्भिक जीव विज्ञान, जीवनयापन र विश्वासहरू नियाल्ने आँखीझ्याल हो ।

***

हामी यहियस्तै तर्कवितर्क गर्दै सिद्धलेक गाउँपालिका-७ स्थित आदमटारबाट भालेडाँडाको जङ्गलतर्फ हानिएका थियौँ, जहाँ गुफा पर्यटनको अग्रणी स्थान ‘साततले चमेरो गुफा’ रहेको छ । हामी अर्थात् दिग्गज पत्रकार प्रेम बास्तोला, सिद्धलेक गाउँपालिका वडा-७ (साबिकको कुम्पुर गाविस) निवासीद्वय भाइहरू रोजिन पौडेल, आगमन खतिवडा र म । 

गुफा भिजिटमा निस्किएको हाम्रो जम्बो टोलि 

आदमटारकै पुरातात्त्विक तथा ऐतिहासिक सत्यवती माईको मन्दिरको स्थलगत अध्ययनपश्चात् हामी साततले चमेरो गुफातर्फ हुईकिएका थियौँ । प्रेम दाइ र रोजिन भाई पल्सर १५० र होन्डा साइन हाक्दै हुनुहुनुथ्यो । यो हुइक्याईको मूलभूत उद्देश्य यस गुफाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्ने एवं गुफाको फोटो, भिडियो गर्ने आदित्यादी थियो तर, त्यो भन्दा बेसी हामी जीवाश्म अध्ययनको अलौकिक थलो गुफा किन प्रचारप्रसार र खोजीखबरीदेखि पर छ भनेर थाहा पाउनु रहेको थियो । बाटोभर हामीले खेतीयोग्य फाँटमा मकैले चमरा हालिरहेका, सुत्ला चेपिरहेका एवं चैते धानका हरिया गांजहरू पनि देखिरह्यौं । यस सिद्धलेकको हरेक क्षेत्र कृषि विविधताले भरिपूर्ण छ भन्ने प्रतीत भइरहेको थियो  ।

 सुत्ला चेपिरहेका मकै एवं चैते धानका हरिया गांजहरू, तस्बीर: राजु झल्लु प्रसाद

यो मेरो दोस्रो गुफा भिजिट थियो, अघिल्लो भिजिटमा प्रा.डा. नवीनबन्धु पहाडी दाहाल, सवारी चालक श्रेष्ठ दाजु पनि हुनुहुन्थ्यो । त्यससमय पनि इतिहास तथा संस्कृतका जानकार एवं भाषाविद् नवीन सरले गुफा हाम्रा सभ्यता, संस्कृति र जीवनसँग जोडिएको हुनाले सदैव आकर्षित र साहसिक प्रतीत हुने बताउँदै हुनुहुन्थ्यो । त्यतिबेला हामीले गुफाले विगतको मौसमी अवस्थाको रेकर्ड, जलवायु परिवर्तनको ऐतिहासिक रूपरेखा समेत सुरक्षित राख्ने हुँदा यसलाई महत्त्वपूर्ण पुरातात्त्विक केन्द्रको रूपमा राज्यले नीतिनियम बनाउनुपर्ने तर्क राखेका थियौँ, तिनै कुराको स्मरण गर्दै यसपाला गुफा पथप्रदर्शक भइखाएको थिएँ, म ।

प्रा.डा. नवीनबन्धु पहाडीसँगको अघिल्लो वर्षको गुफा भिजिट

सुनसान कल्लाबारी गाउँ:

गुफातर्फ उक्लिदै गर्दा हाम्रो आँखा पारिपट्टिको गाउँमा पर्यो । कुन गाउँ रहेछ भनेर खोजिनिधि गर्दा गाउँको नाम कल्लाबारी रहेको र त्यहाँ कुनै समय १५ भन्दा बेसी घर रहेको थाहा पायौँ । १५ घर भनेको एउटा मज्जाको गाउँ हो, तर अहिले २/३ वटा पहाडी वास्तुकलासहितको घरहरू मात्रै देख्न सकिन्थ्यो भने बाँकी क्षेत्र पुरै सुनसान र चकमन्न प्रतित हुन्थ्यो । कतैकतै गोठालाहरू देखिन्थ्यो, अन्यथा सुन्दर बाटुलो यस स्थान त्यसै खेर गइरहेको थियो । कुनै समय मानव वस्ती रहेको ठाउँ जंगलमा परिणत हुँदै गरेको दृश्य देख्न/हेर्न हामीसँग आँखा र मन दुवै थिएन किनभने त्यो देख्न/हेर्न सकिने दृश्य कदाचित होइन । यो एउटा अक्करे भीर जस्तो अत्याधिक कष्टदायी दृश्य थियो । फेरी पनि हामीले निकैबेर चुपचाप मन लिएर त्यस गाउँको एक-एक कुना हेरिरह्यौं । 

सुनसान र कल्लाबारी गाउँ क्षेत्र, तस्बीर: प्रेम बास्तोला

आँगनमा जंगली वृक्षहरू हुर्किरहेका थिए भने करेसाबारी र खेतीयोग्य जमिन बाँझा भइसकेका थिए । सम्भवत: पानीकै अभावका कारण चराको चिरबिर पनि नहुँदा गाउँ एउटा मूर्दा शान्तिमा डुबिरहेको महसुस हुन्थ्यो । गाउँ नजिकै रहेको खहरे खोल्सोमा पानीको कुनै बूँद देख्न सकिंदैन थियो । पानीको अभाव र शहरीकरण एवं विदेश मोह आदिका कारण यस गाउँबाट १०/१५ घरहरू विस्थापित भएर अन्यत्र गएका रहेछन् । पानीकै अभावमा सिङ्गो गाउँ नै उठ्नु र सामुन्ने साततले गुफाले जिल्लाकै महत्त्वपूर्ण पर्यटन केन्द्र बन्न सक्ने परिचय साट्नु, आफैमा बेमल जस्तो प्रतीत हुन्थ्यो । यहाँ गुफा पर्यटनसम्बन्धि गतिविधि व्यापक बनेमा गाउँ छाडेर गएकाहरू गाउँफिर्ती सम्भव हुने पनि देख्यौं । 

हाम्रा छायाँहरू हाम्रै पैताला आसपास गुडुल्किदै थिए भने घाम अझ रापिलो बन्दै थियो, जसकारण पसीनाको सानोतिनो खोला चुहाउँदै हामी ४ भाइ गुफातर्फ अघि बढ्यौं । 

ठाडो उकालोमा बगेको पसिनाको खोला:

अघिल्लो भिजिट पनि जेठको अन्तिम दिनमै गरेका थियौँ, यसपाला पनि उघ्र मध्यान्हको घामलाई थाप्लोमा बजार्दै, गुफातिर लम्किरहेका थियौँ । पानीको सर्वथा अभाव भएको यो ठाडो उकालो (सिँढी बिच्छाएको बाटो)मा खलखल्ती पसिना बगेपश्चात् नवीन सर र म दुई चार ठाउँमा खुइय खुइय गर्दै टहलिएका थियौँ । यसपाला पनि सोही उपक्रम दोहोरियो । 

पोहोर साल सिँढी निर्माण कार्य चलिरहेको हुँदा थकाइ बिर्साउन खातिर बोल्नका लागि केही मानिस थिए तर, यसपाला हामी ४ जना मात्रै थियौँ  । रोजिन र आगमन भाइ पातला जिउका थिए, खुरुखुरु अगाडि लम्किरहेका थिए । उनीहरू मृगझैँ फुत्रुक्क फुत्रुक्क गर्दै उकालोमा उफ्रिरहेका थिए । तर, प्रेम दाजु र म उकासिँदो भुँडी समाउँदै स्याँस्याँ र फ्याँफ्याँ गर्दै कान्लाका झारहरू समात्दै थियौँ । फोक्सो र खुट्टाले अटेर गर्दा पनि हाम्रा आँखाहरू गुफाको अलौकिक सुन्दरता देख्न लालायित थिए । यसैकारण जेठमासको मध्यान्हको चर्को घाममा करिब ३५ मिनेटमा हामी साततले चमेरो गुफाको प्रवेशद्वारमा पुगेका थियौँ ।  

गुफा प्रवेशद्वार:

धादिङस्थित सिद्धलेक गाउँपालिका वडा नम्बर ७ मा रहेको यस गुफा आज पनि चर्चा-परिचर्चादेखि पर रहेको सूचाकक्षार यहाँ हामीमात्रै हुनुले बताउँथ्यो । साथै, यस गुफामा धार्मिक आस्था एवं विश्वासको लेपन हुन् बाँकी नै रहेकाले तीर्थालु एवं भक्तजनको आगमन सुरु भएकै थिएन । तर, पालिकाले गुफासम्म आउने सिँढी निर्माण, रेलिङ निर्माण, बत्ती जडान एवं गुफाको भित्रैसम्म सिँढी निर्माण लगायतका कार्य गरेर पर्यटकीय पूर्वाधार तयार गरिसकेको थियो । पोहोर गुफा भुईँचालोको कारण अवरुद्ध गुफा प्रवेशद्वारलाई पन्छाउने कार्य अगाडि बढेकोले धेरै भित्र जान सकेका थिएनौँ, तर यसपाला त्यो असुविधा हल भइसकेकाले  गुफाको विराट र अलौकिक सुन्दरता हाम्रो सामुन्ने थियो । यसकारण हामीले धेर अलमल नगरीकन सरासर गुफा छिर्ने निधो गर्‍यौँ । भूकम्पीय जोखिमलाई ध्यानमा राखेर प्रेम दाजु ‘धेरै भित्र नजाऔँ’ भन्दै हुनुहुन्थ्यो, तर मलाई चमेरो सरह गुफाको एक-एक कुना पुग्नु थियो । मैले जानाजान उहाँलाई नसुन्ने निधो गरेर ‘केही हुँदैन, शीतल खान पाइन्छ, आउनुस् आउनुस्’ भन्दै उहाँलाई गुफाको अन्तिम बिन्दु अर्थात् सातौँ तलासम्म नै पुर्‍याएँ । आगमन र रोजिन भाइहरू हाम्रो अघिअघि फ्ल्यास लाइट बाल्दै गुफाको असिमित सौन्दर्य नियाल्दै अघि बढ्दै थिए ।

खै चमेरो ? छैन । खै पानी ? सुक्यो ?   

गुफा प्रवेश बिन्दु साँघुरो भएतापनि करिब ३ मिटर भित्र गइसकेपछि गुफा फराक र  उज्यालो प्रतीत भयो । मधुरो प्रकाशमा गुफाका रुपाकृति र अद्भुत सौन्दर्ययता देख्न कठिन भएपश्चात् भित्र छिरेलगत्तै मोबाइलको फ्ल्यासलाइट हामीले बाल्यौँ तर धेरै झिलिमिली नगर्ने भनेका थियौँ किनभने हामीलाई रातिमा मात्र सक्रिय हुने एकान्तवासी र अँध्यारोप्रेमी चमेरोलाई ‘डिस्टर्ब’ गर्नु थिएन । उसै पनि मोबाइल फोन र टावरको विकिरण, चमेरामैत्री घरको अभाव एवं आधुनिकीकरणका कारण चमेरोहरू अब गुफा क्षेत्रमा मात्रै देख्न पाइने स्थिति निर्माण भइसकेको छ । 

चमेरोले केरा, मेवा, आँप, लिंची र अमला जस्ता फलको परागसेचन तथा बीउ विसर्जन कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने हुनाले यो किसानको साथी त हो नै,  किराहरूको शिकार गरि डेंगु, मलेरिया, कालाजार जस्ता रोगबाट मानिसलाई बचाउने हुँदा यो सिङ्गोमा मानव समुदायकै लागि  गुणकारी छ । एउटा चमेरोले एक रातमा दुई हजारदेखि छ हजारसम्म कीरा खाएर बाली संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसको मल प्राङ्गारिक मलका लागि उत्कृष्ट मानिन्छ । मानव ढुङ्गे युगबाट कृषि युगमा प्रवेश गरेदेखि नै चमेरा र मानव जातिको अन्तरसम्बन्ध नजिकिँदै गएको हो । अझ, मुन्टो तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहने चमेरो पृथ्वीको खाद्यचक्र, पारिस्थितिकीय प्रणाली र वातावरण सन्तुलनकै अपरिहार्य छ । 

गुफामा हरिया लेउ पलाएका छन्, तस्बीर: प्रेम बास्तोला

फेरी, जीवशास्त्रीय एवं प्राणीशास्तीय हिसाबले पनि चमेरो एक आकर्षक जीव (चरा) प्रतीत हुन्छ । चमेराको जीउमा भुत्ला हुन्छ तर प्वाँख हुँदैन । पोथी चमेराले आफ्नो बच्चालाई आफ्नो जीउमै बोकेर उड्ने गर्छ । चमेरो एक यस्तो जीव हो, जो स्तनधारी भइकन आकाशमा उड्न सक्तछ । चमेराको आकार ‘चङ्गा’ जस्तै हुने भएकाले यसलाई आकाशमा सजिलैसँग उड्न मद्दत पुग्दछ । लटरम्म झुन्डिएर बस्ने चमेरो कानले देख्ने प्राणी हो । चमेरोले आफ्नो कानको ध्वनि र प्रतिध्वनिका माध्यमबाट हरेक कुरा ठम्याउँछ र देख्छ । चमेराहरू खुट्टाका नङ्ग्राले रूखका हाँगा वा गुफाका चट्टानलाई च्यापेर झुन्डिन्छन् । तर, दुर्भाग्य, हामीले यस गुफाका चट्टानलाई खुट्टाले च्यापेर उल्टो झुन्डिएका चमेराहरू देख्न सकेनौँ । भित्र पस्दै गएपछि थाहा भयो, भूकम्पका कारण यो गुफाले पानीको सङ्कट झेलिरहेको रहेछ, यसकारण चमेराहरूले पनि यहाँबाट बसाइँ सरेका हुँदा हुन् । 

जति गुफा रहस्यमयी र अद्भुत हुने गर्दछ, उति नै  चमेरोको स्वरूप र स्वभाव कौतूहलपूर्ण हुने गर्दछ । यसैकारण गुफा र चमेरो पारस्परिक शब्द बनिसकेका छन् । नेपालमा धेरै गुफाको नाम ‘चमेरो’ शब्द झुन्डिनुको कारण पनि यही हो । यस गुफाको नाम ‘साततले चमेरो गुफा’ हुनु तर गुफा भिजिटमा चमेरो नदेखिनु विसंगतीपुर्ण प्रतीत भइरह्यो । गुफा नजिकै गोठालो भइरहेका राम बहादुर पौडेलले गुफा निर्माणको काम अघि बढेपश्चात् चमेरो मास्तिर सरेको हुन् सक्ने बताए । साथै, उनले भुइँचालोअघि थुनथुनबाट तप्प तप्प  पसिना चुहिने गरेको स्मरण गर्दै भने “मुखमा अप्ठ्यारो थियो, ढुंगा चढेर जानुपर्थ्यो ! भित्र पनि असहज थियो  । अहिले सहज भएको छ  ।” पौडेलले चर्चापरिचर्चा नहुनाले बाहिरका मान्छे कमै आउने गरेको  तर महादेव एवं अन्य भगवानको मन्दिर बनेपश्चात  मान्छे आउने अड्कल काटे । उनीसँग उनका साना छोरा पनि थिए, उनले पनि गुफा भित्र छिर्दा खुसी मिल्ने बताए  ।

तस्बीर:  स्थानीय रामबहादुर पौडेल र उनका छोरा

अर्कोतर्फ, जलवायु परिवर्तनको प्रभावले पानीको चक्र, उपलब्धता र पहुँचलाई प्रभावित तुल्याएको छ नै, झन् ०७२ को भूकम्पले साततले गुफा जस्तो चरम सुख्खा ठाउँलाई उराठ बनाएको रहेछ । यस गुफामा पोखराको महेन्द्र, चमेरो, कुश्माको गुप्तेश्वरी गुफा सरह पानी भेटिएन । प्रवेशद्वार आसपासका गुफाका पहाडी चट्टानहरूमा धुलो नै थियो, औँलामा टाँसिने गरि तर भित्र गएपछि पनि थोरै चिपचिपापन बाँकी थियो । यद्यपि, निकट भविष्यमै गुफा पानीको सङ्कटसँग जुधेर भास्सिने वा पहिरिन सक्ने खतरा भने आङ्कलन गर्न सकिन्थ्यो । गाउँगाउँमा सिँचाइ गुरुयोजना वा ‘एक घर, एक धारो’ जस्ता कार्यक्रमहरू लागिरहँदा भूकम्पका कारण विस्थापित पानीको स्रोतलाई गुफाकेन्द्रित गर्न पनि आवश्यक रहेको हामीले औल्यायौं । 

गुफाको अलौकिक सौन्दर्यता:

निष्पट्ट अँध्यारोमा पनि गुफाभित्र झिलिमिली हुने ढुङ्गाहरू रहेको एवं गुफा बल्ने गरेको स्थानीयभाषीहरू बताउने गर्दछन्, जुन हामीले पनि पायौँ । गुफा वास्तवमै जुन लागेको एवं तारा चम्किरहेको आकाश जस्तो ‘टलल’ टल्किरहेको थियो । सात वटा तलामा विभाजित यस गुफाको उचाइ करिब १०० मिटर र चौडाई २५ मिटर हाराहारीको रहेको छ । यहाँ एकसाथ ७०० देखि एक हजार मानिस अट्न सक्दछन् । गुफाभित्र अक्सिजन अभाव एवं अन्य खतरा महसुस गरेनौँ । बदलामा प्रेम दाजु यस गुफा गर्मी छल्नका लागि आउने दामी ठेगाना भएको बताउनुहुँदै थियो । उहाँले यस गुफालाई ‘प्राकृतिक एसी’को उपमा दिनुभयो, जसमा हामी तीन भाइको पनि समर्थन रह्यो । गुफाको मोहक रुप देखेर अच्च्मित हुनुभएको उहाँले अरनिको वा माइकल एन्जेलोले बनाएका ढुंगाका मूर्तिहरू यी रुपाकृतिको तुलनामा केहि पनि होइन’भन्ने दृढता समेत गर्नुभयो । हामी तीन भाइले पुन: समर्थन जनायौं । 

अनौठा आकृतिले सुसम्पन्न गुफा, तस्बीर: प्रेम बास्तोला

हेर्दा आश्चर्य लाग्ने यस गुफा भित्र विचित्रका रुपाकृतिहरू देख्न पाइन्छ । कतै धार्मिक आस्थाले शिर निहुराऊ निहुराऊ लाग्ने शिवलिङ्ग, राम र कृष्णको प्रतीक, विभिन्न नागहरूको आकृति देखिन्छन् । कतै चमेरो सरह नै  सिलिङमा झुन्डिइरहेका अनौठा आकृतिका कलात्मक बुट्टाहरू देखिन्छन् । गाईको थुन वा कल्चौँडाजस्तो देखिने दूधालु रङका चट्टानहरू गुफामै बसिरहूँ, तिनैलाई हेरिरहूँ जस्तो बनाउँछ भने कतै  सुनौलो रङमा सजिएर चम्किरहेका कुनै चमत्कारी बिरुवाको पात जस्ता दृश्यले मदहोस पार्दछ । कुनै आकृति चाँदीको रङमा सजिएका छन्, कुनै हल्का खैरो रङमा । कतै पाकेको सिँदुरे आँपको रङमा चम्किरहेको हात्तीको सुँडको आकृति भेटिन्छ भने कतै मादलजस्ता गोलाडोला आकृति देखिन्छन्, मानौँ ती भर्खरे घन्किहाल्छन् ।  घिन घिन घिन्ताङ..घिन घिन घिन्ताङ ।  

अनौठा आकृतिले सुसम्पन्न गुफा, तस्बीर: प्रेम बास्तोला

यस्ता आकृतिहरू हेरिरहँदा विभिन्न जनवारका आकृति समेत प्रतीत हुन्छन् । अझ नियालेर हेरेमा वा भौगर्भिक एवं पुरातात्त्विक अध्ययन गर्ने हो भने यस गुफाले गुह्यलेखन वा जीवाश्महरू हाम्रो सामुन्ने राख्न सक्दछ । गुफाको सातौँ तलासम्म नै निर्माण कार्य गरिरहेको पालिकाले विश्वविद्यालय, पुरातत्त्व, पर्यटन इकाई, गुफा सम्बन्धी अध्ययन-अनुसन्धान गर्ने संस्थाहरूको सहयोगमा गुफासम्बन्धी अध्ययनलाई अगाडि बढाउँदा फलदायी हुने हामीले ठान्यौँ किनभने गुफामा प्राकृतिक अवस्थामा निर्मित यस्ता आकृतिहरूले गुफाको प्राचीनतालाई पुष्टि गरेकाले यसबारेमा थप भौगर्भिक अध्ययन-अनुसन्धान आवश्यक छ । साथसाथै, आगामी दिनमा पक्कै यस गुफाप्रति देशविदेशमा भक्तजन, साहसिक पर्यटक, भूगर्भविद्, गुफा अध्येता एवं वातावरणविद्को आगमन हुनेछ भन्ने आशा समेत गर्‍यौँ । 

अनौठा आकृतिले सुसम्पन्न गुफा, तस्बीर: प्रेम बास्तोला

रोजिन भाइ स्थानीयवासी भएको नाताले गुफा आउनेहरूले फोहोर चाहिँ नगरिदिए हुन्थ्यो भन्दै थिए, हामीले हालसालै प्लस टू पास गरेका भएपनि मननयोग्य कुरा गरेकाले उनलाई कम आकेनौं र ‘र, यो दायित्व लौ तिम्रै भयो’ पनि भन्यौँ । उनले मुसुक्क हाँस्दै त्यो दायित्व स्वीकारे । आगमन भाइले पनि स्थानीयवासीको नाताले त्यसमा व्यापक समर्थन जनाए । उनीहरू दुवैको पनि यो पहिलो भिजिट रहेछ, उनीहरूको अनुहारमा व्यापक खुसी नाचिरहेको थियो ।

शेषनागको आकृति, तस्बीर: प्रेम बास्तोला

गुफाबारे केहि कुरा: 

गुफा कुनै एउटा कालखण्डमा त्यो ठाउँमा भएको भौगर्भिक वातावरणका ठूला प्रमाण हुन् । गुफाहरू प्रायः चुनढुङ्गा भएको ठाउँमा बनेका हुन्छन् । चुनढुङ्गामा ‘क्याल्साइट’ नाम गरेको खनिज हुन्छ, जो अम्लीय पानीमा बिस्तारै घुल्छ र पानीसँगै बगेर जान्छ । यसरी चुनढुङ्गाको सानो अंशलाई पानीले (खास गरेर भूमिगत जलले) आफैँसँग विलीन बनाएर लाँदा त्यहाँ बिस्तारै खाल्टो पर्न थाल्छ । यो क्रम लाखौँ–करोडौँ वर्ष चलेपछि त्यहाँ गुफा बन्छ । भूमिगत जल बग्ने बाटोमा बन्ने हुनाले गुफा पनि बगेको खोलाको एउटा भाग जस्तो देखिन्छ । कतिपय ठाउँमा अहिले पनि गुफाको सिलिङबाट भूमिगत जलका थोपा झरिरहेका भेटिन्छन् । नियालेर हेर्ने हो भने त्यो पानीको थोपा जहाँ खस्छ, त्यहाँ भर्खर उम्रिएको बाँसको तामा जस्तो टुसो पलाएको देखिन्छ । पानीको थोपा चुहिने सिलिङको ठाउँलाई नियालेर हेर्‍यो भने गाईको थुन आकारको आकृति झुण्डिरहेको देखिन्छ । पानीको थोपा कतै गाईको दूध मिसिएको जस्तो सेतो हुन्छ भने कतिपय ठाउँमा कञ्चन हुन्छ । भूमिगत जलले ‘क्याल्साइट’लाई आफूमा घोलेर ल्याउँदा पानी दूध मिसिएको जस्तो सेतो देखिएको हो । यस साततले गुफामा पनि गाईको थुन आकारका आकृतिहरू प्रशस्त मात्रामा झुन्डिरहेको पाइन्छ । 

गुफाको अनौठो आकृति, तस्बीर: प्रेम बास्तोला
गुफाको अनौठो आकृति, तस्बीर: प्रेम बास्तोला

अध्यक्ष परशुराम खतिवडाको गुफाप्रति मोह:

प्रेम दाजु र म गुफा अध्ययनपश्चात् पालिका अध्यक्ष परशुराम खतिवडाकहाँ पुग्यौँ । मुस्कान भरिएको आतिथ्यपश्चात् उनले ‘गुफा कस्तो लाग्यो ?’ भन्ने प्रश्न गरे । हामीले निमन्त्रणाका धन्यवाद दिँदै निकट भविष्यमै पोखरा पुग्ने पर्यटकको पहिलो रोजाई महेन्द्र गुफा भएसरह धादिङ आउनेको पहिलो रोजाई साततले चमेरो गुफा बन्ने कुरा बतायौँ । साथमा, हामीले हरेक गुफाको निश्चित आयु हुने, गुफा पानीको सङ्कटसँग जुधिरहेको हुँदा यस गुफाको आयु अब कति होला ? वा गुफालाई बचाउन र गुफाको आयु लम्ब्याउन गुफाको भौगर्भिक अध्ययन आवश्यक रहेको बत्तायौँ । अझ, हामीले देशका अन्य भूभागमा पछिल्लो समय आएर मानवद्वारा पत्ता लागेको गुफामा अन्धाधुन्ध सिँढी निर्माण एवम् भौतिक पूर्वाधारहरू निर्माण गरिँदा गुफा चिरिने/भासिने लगायतका समस्याहरू देखिएका यसतर्फ पनि सजगता अपनाउन आग्रह गर्‍यौँ । 

हाम्रा कुरालाई ध्यानपूर्वक सुनिरहेका अध्यक्ष खतिवडा समक्ष हामीले थप केही कुराहरू राख्यौँ । उनले हामीबाट सुझावहरूको माग गरेकाले पनि हामीलाई आफ्ना कुरा राख्न सहज भएको थियो । 

गाउँपालिका अध्यक्ष परशुराम खतिवडा

‘पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण यस गुफा संरक्षणका लागि ‘साततले गुफा संरक्षण’ कार्यक्रम अन्तर्गत गुफा प्रवेशद्वारसम्म सिँढी निर्माणको काम सम्पन्न भएको र पुनः गुफा प्रवेशद्वारदेखि गुफाको अन्तिम बिन्दुसम्म सिँढी निर्माणको काम अगाडि बढेको रहेछ । यो फलदायी देखिएको छ, तर गुफामा बिजुली बत्ती जडान एवं सिँढी निर्माण गर्नुपूर्व सम्भावित जोखिमलाई पनि टार्न आवश्यक देख्यौँ । केही गुफाहरू पानी र बिजुलीको तार जुधेको एवं सिमेन्टेड सिँढीका कारण गुफा छिर्नेहरूको ढाड भाँचिएका घटनाहरू देखिएका छन् । त्यस्ता घटनाहरू यहाँ नहुन् भनेर आवश्यक शतर्कता अपनाउनु ठिक रहने हामीले महसुस गर्‍यौँ । साथसाथै, गुफासम्म पुग्ने कच्ची सडक निर्माण भइसकेको हुँदा खानेपानी एवं शौचालय निर्माण कार्यलाई पनि अगाडि बढाउन् आवश्यक देख्यौँ । अझ, गुफा संरक्षण तथा विकास समितिमार्फत आगन्तुकसँग लिएको शुल्क र अरू सहयोगबाट गुफाको रेखदेख गरि गुफाको व्यापक प्रचारप्रसार गर्न पनि आवश्यक देख्यौँ’, हामीले सरासर यसो भन्दा उनको अनुहारमा व्यापक खुसी थियो । उनी सुझावलाई सहजतासाथ लिने राजनैतिक व्यक्ति रहेछन्, जुन हम्मेसि देख्न/भेट्न पाइँदैन ।

यसपछि प्रेम दाजुले गुफामा अहिले पनि अरू भौगर्भिक प्रक्रिया चलिरहेका हुनसक्ने एवं विगतमा क्रियाशील भएका भौगर्भिक प्रक्रियाद्वारा निर्मित आकर्षित साततले चमेरो गुफाका अनेकन् रुपाकृतिहरू गुफा अध्येताका अलावा बालबालिकाको भूगर्भ अध्ययनप्रति चासो बढाउन महत्त्वपूर्ण हुने बताउनुभयो । अझ, प्राकृतिक गुफाहरूलाई हामीले बहुआयामिक प्राकृतिक सम्पदाको रूपमा विकास गर्नुपर्ने र गुफा आफैँमा भू-विज्ञान बुझ्ने एउटा सुन्दर प्राकृतिक सङ्ग्रहालय भएको हुनाले यसको व्यवस्थापन शैक्षिक पर्यटकीय दृष्टिकोणले पनि  गरिनुपर्ने तर्क अगाडि सार्नुभयो । उहाँले भूगर्भशास्त्री या भौगर्भिक इन्जिनियरको सल्लाह र प्रत्यक्ष रेखदेखमा साततले चमेरो गुफालाई केन्द्रित गरि भौगर्भिक पर्यटकीय पदमार्गको विकास गरेको खण्डमा यसले पर्यटनमार्फत समग्र पालिका र देशकै भलो गर्ने निश्चित रहेको बताउनुभयो । 

हाम्रा केही सुझावहरू सुनिसकेपश्चात् उनी मुखाग्र भए । पर्यटकीय दृष्टिबाट समेत अत्यन्त महत्त्वपूर्ण स्थानको रूपमा परिचय साट्न आतुर यस गुफाको सबलीकरणका लागि थप कदमहरू चाल्ने दिशामा पालिका अग्रसर रहेको कुरा अध्यक्ष खतिवडाले बताए । उनले नेपालजस्तो विविध भौगर्भिक विविधताले भरिपूर्ण मुलुकले पर्यटन क्षेत्रलाई महत्त्व दिएर अघि बढ्नु निर्विवाद विषय भएको र साततले गुफालाई राज्य तहबाटै (केन्द्र वा प्रदेश सरकार) उपेक्षाको आहालबाट बाहिर निकाल्न पालिका तम्तयार रहेको बताउनुले आगामी दिनमा गुफा भविष्य सुरक्षित रहेको महसुस गर्‍यौँ । 

गुफाको अनौठो आकृति, तस्बीर: प्रेम बास्तोला

गुफा कसरी पुग्ने ? 

पृथ्वी राजमार्ग अन्तर्गतको नवनिर्मित घाटबेसीको मोटरवेल पुल हुँदै आदमटारको आँप बगैचा एवं लिची बगान हुँदै २० मिनेटको छोटो समयमा गुफा परिसर पुग्न सकिन्छ । गुफा तल रहेको चौतारामा गाडी बिसाई करिब पन्ध्र मिनेटको सिँढीको बाटो पैदल हिँड्ने हो भने गुफाको प्रवेशद्वारले तपाइँलाई भित्र बोलाइहाल्छ । पानी र खानेकुरा लिएर जाँदा सर्वोत्तम हुनेछ ।

गुफा पुग्ने बाटो, तस्बीर: राजु झल्लु प्रसाद

अस्तु !

स्रोतसामग्री: 

स्थलगत भ्रमण, स्थानीयसँग अन्तर्क्रिया एवं गुफाको निर्माण पक्षका बारेमा भूगर्भका विद्यार्थी आश्विन दुवाडी, भूगर्भशास्त्री प्रा.डा. तारानिधि भट्टराई, इतिहासविद् एवं पुरातात्त्विक अध्येता महेशराज पन्त आदिसँग अन्तरक्रिया ।

थप तस्बीरहरू : 

गुफाको अनौठो आकृति, तस्बीर: प्रेम बास्तोला
गुफाको अनौठो आकृति, तस्बीर: प्रेम बास्तोला
गुफाको अनौठो आकृति, तस्बीर: प्रेम बास्तोला
गुफाको अनौठो आकृति, तस्बीर: प्रेम बास्तोला
गुफा क्षेत्रमा प्रा.डा. नविनबन्धु पहाडी, तस्बीर: राजु झल्लु प्रसाद

(प्रस्तुत लेख साहित्यपोस्टमा समेत प्रकाशित छ ।)

Share4Tweet3Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोभीड काल (यात्रा संस्मरण)
अतिथि लेखक

कोभीड काल (यात्रा संस्मरण)

बैशाख १९, २०८१
ऐतिहासिक जोर घण्ट जोगाएर बसेको अनकन्यामाई पुग्दा
अन्य

ऐतिहासिक जोर घण्ट जोगाएर बसेको अनकन्यामाई पुग्दा

माघ २३, २०८०
च्छोरोल्पा तालमा गौरीशङ्करको जलक्रीडा [नियात्रा]
अतिथि लेखक

च्छोरोल्पा तालमा गौरीशङ्करको जलक्रीडा [नियात्रा]

अशोज २४, २०८०
चित्त चोर- पाटनहरू (भाग-२)
यात्रा संस्मरण

चित्त चोर- पाटनहरू (भाग-२)

भदौ २३, २०८०
चित्त चोर- पाटनहरू ! (भाग- १)
यात्रा संस्मरण

चित्त चोर- पाटनहरू ! (भाग- १)

भदौ २२, २०८०
हिमालका केही कथा: शोकदेखि विजयसम्म
यात्रा संस्मरण

हिमालका केही कथा: शोकदेखि विजयसम्म

साउन २६, २०८०
Load More
Next Post
तरकारी तथा फलफूल खेतीबाट ‘आर्थिक क्रान्ति’ थाल्दै  सिद्धलेकका किसान

तरकारी तथा फलफूल खेतीबाट ‘आर्थिक क्रान्ति’ थाल्दै  सिद्धलेकका किसान

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा सुई गाडिन्छ, स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता
  • अन्य
English Edition

© 2026 Tourshala | Digital Partner: Sathi Solutions