English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

चित्त चोर- पाटनहरू (भाग-२)

Raju Jhallu Prasad by Raju Jhallu Prasad
भदौ २३, २०८०
in यात्रा संस्मरण
A A
0
25
SHARES

जसै ऊ वारि पाटन क्षेत्रको गोठदेखि दूध र मखानु खाएर फुत्तै हिँड्यो, उसले आफ्ना पाइलैपिच्छे मेक-अप नगरिएको एउटा अत्यन्त आत्मीय तर अनपेक्षित स्वागत-सत्कारले भरिपूर्ण उत्सुकता एवं हार्दिकताहरू ओच्छिएको पायो ।

उसको कानमा साउती थियो, जो दुरुस्त मिठा कविताहरूजस्ता थिए ।
उसको औँलाका टुप्पा-टुप्पामा सुकुमारता, कोमलता थिए, जो पाटनमा मगमगाइरहेका फुलहरूझैँ गीत्यात्मक थिए ।
उसको आँखाका परेलीहरूसँग एउटा निजत्व थियो, जसमा दार्शनिक गाम्भीर्यता अटुट थियो ।

सौन्दर्यको यसप्रकारको मिठो अभिषेकले छामछुमे तन्नेरी विशद क्षितिजको व्यापकतामाझ नुहाउन पुग्यो । उसको हृदयमा मानौँ, प्रेरणा, उल्लास र सुखको चिमोटाई शिवाय अर्कोथोक केही थिएन । उसको तन्तुतन्तुमा अद्भुतता, हार्दिकता, कोमलता, भावगत मुक्तता, अनियन्त्रितता वा स्वच्छन्दता, सहजता, स्वप्निलता थिए, जो बरोबर नवीनतम प्रतीत हुन्थे ।

पाटनले उसलाई यसरी लट्ठायो कि दुई दिनको बसको यात्रा (काठमाडौंदेखि अत्तरिया (२१ घण्टा, पहिरोका कारण) र अत्तरियादेखि मार्तडी (१७ घण्टा, बिचमा गाडी धेरै रोकेका कारण) र त्यसपछिको २ दिनको १२/१३ घण्टाको हिँडाइले दिएको थकान भुसुक्कै बिर्सियो । वारि पाटन छेडेर सोता पाटनतिर लम्किरहेको कथित विकास चेत अर्थात् ‘मार्तडी बडिमालिका पर्यटकीय सडक’मा उसलाई हिँड्न मन लागेन, ऊ सडकदेखि ठ्याक्कै माथि रहेको पदमार्गलाई पछ्याउँदै अघि बढ्यो ।

बाजुरा र कालिकोटका स्थानीयले चैतदेखि नै छाडेका भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैँसीलगायतका बस्तुभाउले लेकाली घाँस खाइरहेका दृश्यहरू निकै नजिकबाट हेर्‍यो । यस्ता चरिचरनका कारण मनपरी जडीबुटी सङ्कलन र तिनको गैरकानुनी चोरीसिकार बढ्दै  जानाले यस भेगका जैविक विविधता ह्रासोन्मुख भइरहेका छन् भन्ने अड्कलबाजी पनि काट्दै रह्यो । 

***

४०/४५ मिनेट हिँडिसकेपछि उसले सोता पाटनको विमुग्धकारी रूप देख्यो । जसै देख्यो ऊ स्पन्दित भइगयो । स्पन्दित भइरहेकै बखत सोता पाटनले सिधै आएर ग्वाम्मै अँगालो मारेर, ‘केटा, अब तँ ठिक छस्’ भन्दिएपछि उसको त बोली नै फुटेन । लाटाले केरा हेरेझैँ वाल्ल परिरह्यो । आफ्नो आँखा अगाडिको हरिया पाटन र निलो आकाशलाई उसको हालत पतला भइगयो । एक अकथनीय, अवर्णनीय  जीवन भोगाइको साक्षी भइरह्यो ।

प्रकृतिको यस बहुविध रूपले उसले छिटपुट अँगालेको क्रान्तिकारी र विद्रोही चेतना, युगीन विसङ्गतिप्रतिको आक्रोश वा राजनैतिक जागरण, मानवतावादी चेतना, नारीवादी चिन्तन, राष्ट्रियता, देशप्रेम, समानता, स्वतन्त्रता, भ्रातृयता  वा सामाजिक उन्नतिको चाहना आदिआदि सबै बिर्सी त गयो । यस प्राकृतिक छटामाझ आफूलाई पाउँदा दुनियाँ बिर्सिएको उसले दुनियाँधारी यियस्ता प्रपञ्चहरू किन पो सम्झिरहन्थ्यो ? भन्नुस्, एक्कासौं शताब्दीको सामाजिक प्रयोगशीलताले प्रष्टसँग नछोइसकेको वा नबिटुलाएको यस चोक्टोले उसलाई हुरुक्कै पार्‍यो । हाय ..उसले यस्तरी हुरुक्कै भएर सास तान्यो कि धन्नैले फोक्सो नै बाहिर आइदिएन ।

ईर्ष्या, आकाङ्क्षा, आवश्यकता लगायतका वर्तमान, झर्कोलाग्दो वृहत् अतीत र पट्यारलाग्दो सुदूर भविष्यले आक्रान्त र आतङ्कित भइरहनुपर्ने सामाजिक/सांस्कृतिक अनुशासनलाई पालना गरिरहेको एउटा ‘छामछुमे तन्नेरी’लाई एउटा अत्यन्त सौन्दर्यशाली रत्नागर्भाले यस्तरी त अँगाल्ने होइन नि । यस्तरी त फसाउने होइन नि । उसको होसहवास नै उडाइदिने ? उसको चित्त नै चोरिदिने ? उसको सर्वस्व नै लुटिदिने ? उसलाई नाङ्गै पार्दिने ? यस्तो त गर्ने होइन नि ।

आफैँमा आस्थावान् र आफैँमा प्रतिध्वनित प्रकृतिको बाहुपासमा बेरिएको त्यो छामछुमेले मेलोमेसो पाएन कि, उसको देशका यो हावापानी पनि छ, यो माटो पनि छ, यो सुवास पनि छ । एउटा पूर्ण स्वतन्त्रताको महसुसले ऊ कताकसो अत्तालियो पनि- ‘अरे रे, यति मुलायम पनि छ जीवन ? अरे रे, यति आत्मीयभाव पनि सँगाल्न सक्छ मानव हृदयले ? अरे रे..यति इमानदार अनुभूति पनि मान्छेको थाप्लोमाथि बज्रिने गर्दछ ?’

भन्नुस्, उसले बुझ्यो कि मान्छे प्रकृतिको नातेदार वा मित्र हुनासाथ ऊ आफैँ प्रकृति भइजाँदो रहेछ । र, इमानदारीपूर्वक भन्दा यस्ता महसुसमा सम्प्रेषणीयताको सङ्कट आइपर्दो रहेछ । ऊ यतिबेला ल्यापटपको किबोर्डमा औँला अड्याएर त्यो महसुसलाई तनतनी पिइरहेछ । उसको जीवशास्त्रीय मुटुको तीव्र वेगलाई सुनिरहेछ । हरेक धड्क धड्कमा सम्पूर्णता वा अमूर्तता केही धड्किरहेछ । हाय..क्या जब्बर गद्यलयात्मक शिथिलता । ऊ पुनः एकपटक आफ्ना औँलाहरू विश्राम दिएर सेतो बादलको घेरा र छिनछिनमै हुने मौसम परिवर्तनका अभूतपूर्व दृश्यलाई सम्झिरहेछ । 

भन्नुस्, भौतिकतावश भौतारिरहने र कहिलेकसो भावुकतावश साह्रो घोरिइरहने र छुई रहने- त्यो छामछुमे केटो सोता पाटनको रोमाञ्चकारी आलिङ्गनले लल्याकलुलुक भई त गो । आफ्नो थाप्लोका एकाएक आइपरेको सुखले बौलाइ त गो । निकैबेर त्यो मनोहारी, मनकान्छे समयलाई जिब्रोमा राखेर जीवन-विधिमा सौभाग्यवश प्राप्त त्यस क्षणलाई खेलाइरह्यो । एउटा ऐतिहासिक सुखको स्वादलाई जिब्रोमा लिइरह्यो । आत्मप्रतिष्ठावश हो या स्वार्थवश उसले घुटुक्क थुक निल्न समेत सकेन । 

उसले चालै पाएन कि आत्मप्रकटीकरणको यस सुखानुभूतिले उसलाई आत्मरतिबाट पर हुत्याइदिइसक्यो ।
उसले चालै पाएन कि ऊ पुनः व्याख्यातीत भइसक्यो । ऊ एक दुर्लभ सुखसँग बेरिइसक्यो ।
उसले चालै पाएन कि मसिना-कमला स्पर्शहरूको काउकुतीले उसको बिचल्ली भइसक्यो । 

ऊसँग त्यो सामर्थ्य कहाँ ? पाइलैपिच्छे ब्युँझिरहेका विचित्रतालाई अलिबेर घुर्ने र के रहेछ भनेर पत्तो पाउने ।
ऊसँग त्यो बहादुरी नै कहाँ ? यस प्राकृतिक सदाबहार मौसमलाई आँखा मारेर ‘अरे है मैच्याङ, के साह्रो हो’ भन्ने ।
ऊसँग त्यो आँट नै कहाँ ? हरियो फाँटमा लतारिएका सुनौलो घाम किरणलाई ‘ओइ मुला, सुन् न हो’ भन्ने । 

आफ्नै दैनिकीको टोकाटोकसँग जुध्दै, आफ्नै जीवनदशाको उदासी ओढेर झोक्रिरहने त्यो छामछुमेलाई आफूसँग घटित, आफूकन व्यतीत, आफूसँगै यात्रारत यस समयलाई के भनेर बोलाउने हो थाहै भएन । आफूसँग इत्रिइरहेको, आफूलाई चिमोटिरहेको, आफूलाई कोट्याइरहेको यस प्रकृतिलाई के सम्बोधन गर्ने हो थाहै भएन । ऊ त ठाडै ट्वाँ भइदियो । प्वाक्कै पारिदियो । वाल्ल परिगयो । प्रकृतिको त्यो निर्मल, निश्छल धरातलीय यथार्थताबाट आफूलाई पटक-पटक पुरस्कृत गराइरह्यो । प्रकृतिलाई बारबार धन्यवाद भन्दै रह्यो । उसले आत्मबोध गर्यो, मानव प्रकृतिको विराटतासामू कति निरिह र नगण्य छ ।

***

जसै ऊ सोतापाटन क्षेत्रतर्फ झर्‍यो, उसको चित्त नागबेली गोरेटोले अँगालेको हरियाली, भुजङ्गकार (सर्पझैँ) खोलाको सुलुलु बगाइले लुछुप्पै भिजिगयो । २२ किलोको झोलाले थिचिरहेको आफ्नो काँधको दुखाइ बिर्सिएर ऊ सो भुजङ्गकार खोलाको कलरवसँग जिस्किन पुग्यो । ‘बोस, के साह्रो हो त अनि ? एउटै मन छ, कतिचोटी लुट्ने हो त नि ?”

बोस उर्फ भुजङ्गकार खोलाले केही भने पो त ? ऊ त आफ्नै आदिम लय समातेर गोलाडोला पाटनका हरिया फेदका काउकुती लगाइदिँदै उँधो झर्दो रह्यो ।

ऊ सोच्छ, यस बगाइले अलिबेरमा नेपालकै लामो नदी कर्णाली वा बुढीगंगा नदी वा मालगड खोला भेट्दो हो र ढुङ्गा-गिट्टी दोहनका मतियारका पाइलामुनि कुल्चिन पुग्दो हो । यो सोचले मात्रै पनि ऊ कठ्याङ्ग्रिन्छ । डरले ! त्रासले ! भयले ! 

ऊ अति बेसी भावुक भइकन भनिदिन्छ पनि, ‘बोस, यतै बस् हो । जति उँधो बग्दै जान्छस्, उति धमिलिनेछस् । उति बिटुलिनेछस् । उति प्रदूषित हुनेछस् । यतै बस्, भेडाका मसिना खुर भिजाई रह । भोटे कुकुर भुकाइमा अझ जीवन प्रवाह गराई रह ।  करिब १ सय ४० भन्दा बढी जातका फूल, सयौँ जातका जडीबुटी, ७० भन्दा बढी प्रकारका चरालाई जीवन दिई रह । तल्तिर तेरो महत्त्व बुझ्ने कोही छैनन् । तँलाई अँगाल्ने कोही छैनन् ।’ 

बोस उर्फ भुजङ्गकार खोलाको सुलुलु बगाइ उसको आग्रहलाई बेवास्ता गर्दै कलकल आवाज निकालिरहन्छ । उसलाई झोक पनि चल्छ, ‘के साह्रो हो त नि, जवाफ नै फर्काउदैनस् । यतै गुडुल्किएर बस् हो मुलाङ । पोखरी बन् । यताका भैंसी र घोडा/खच्चडको आँत भिजाई रह । लोभीलो, पोटिलो चुस्त बान्की-बनोट भएका गोला-डोला एवं तरेली परेका हरिया यी पाटनका पाउँमा पाउजु बनेर बेरिई ! तर बिन्ति तल्तिर नझर् ।’

ऊ महसुस गर्छ, बोसको कलकलमा एउटा सुकसुकपन छाएको छ, उसलाई आफ्नो कुराले प्रभाव पारेको महसुस हुन्छ । ऊ फेरी भन्छ, ‘बोस, तेरो ऐतिहासिक निरन्तरताले  धार्मिक, सांस्कृतिक र सामाजिक प्रथा परम्पराको रक्षा नसक्ने भयो । जैविक विविधता संरक्षण, प्राकृतिक सुन्दरता अभिवृद्धि, वन्यजन्तुको संरक्षण मान्छेले बिर्सिसक्यो । मान्छेले तँ जस्ता खोलाखोल्सीप्रतिको मानवीय संवेदनशीलता छैन हो मुलाङ । मैले भनेको मान्, तँ मजस्ता मान्छेको नजिकै नजाँ । यतै बस् ।’

यसपटक बोस उर्फ भुजङ्गकार खोलाको सुलुलु बगाइले केहि भनेजस्तो उसलाई लाग्छ, ‘छामछुमे, तैँले आफ्नो कवि हृदय पोखेर मलाई हुरुक्कै बनाइस् । म पनि तँलाई एउटा कवितांश सुनाउँछु । सुन्..’

‘कस्तुरी मृगको सुगन्ध बहने कैलाश मेरो घर,
भागिहिँड्छु म ता मनुष्यहरूको दुर्गन्धदेखिन पर ।” (माधव घिमिरे)

बोस उर्फ भुजङ्गकार खोलाको सुलुलु बगाइले यस कवितांश सुनिसकेपछि उसलाई कसोकसो आफू नै ठ्वास्स गनाए जस्तो लाग्यो । यसपछि छामछुमे तन्नेरी प्राकृतिक दोहनतर्फ अग्रसर वैश्विक प्रशासनिक भ्रष्टाचार, अन्याय, अत्याचार, दुराचार एवं बिनादर्ता, बिनानवीकरण र तोकिएका सर्त तथा बन्देजविपरीत खोलिएका क्रसर उद्योग तथा  नदीजन्य पदार्थको अवैध उत्खनन, दोहन र राजस्व चुहावटका बग्रेल्ती घटनाहरू क्रमश: याद गर्न पुग्छ । र, मनमनै गम्छ, एउटा लेकाली खोल्सीको यो क्रन्दन सुन्दिने को होला ? अनि, मानव हुनुको अहङ्कार उन्मुख विविधतामय एवं विचलनयुक्त पुँजीवादलाई ऊ फेरी दे दनादन गाली बक्न थाल्छ ।

अचम्म, यसपटक पाटनले होइन भुजङ्गकार खोलाको सुलुलु बगाइले उसको पाइतला छुँदै उसले भनिदिन्छ, ‘जुत्ता खोल स्वाँठ । अरूलाई भएर नाघेर जाँ भन्ने थिएँ । तँलाई छुट भयो, तँ आफ्नो दुर्गन्ध पखाल्न सक्छस् । ममा पाइतला डुबाएर आफ्नो बाँकी यात्रा शृङ्गारिक बनाँ ।” 

ऊ आफ्नो पाइतलालाई निकैबेर भुजङ्गकार खोलाको सुलुलु बगाइमा छाडिदिन्छ । आफ्ना हीनता, कुण्ठा, असन्तुष्टि, उकुसमुकुसलाई बगाइदिन्छ । मानव हुनुका कच्चा पदार्थ अर्थात् आफूकन व्याप्त निस्सारता, अर्थहीनता, निराशा, सन्त्रास, संशय, कुण्ठा आदि बगेर गइरहेको हेरिरहन्छ । हाय..क्या सानदार दृश्य । यो पैताला डुबाई उसलाई आफूलाई खुर्किने, ताछ्ने मौका हुन्छ । ऊ मौका गुमाउँदैन । आफ्नो आहतोपचार गरिरहन्छ । गरिरहन्छ ।

भुजङ्गकार खोलाको सुलुलु बगाई अझ बोल्छ, ‘चाहन्छस् भने मलाई पिई र रल्लिई । यी पाटनका लेकाली घाँस,फूलहरू तेरो स्वागतमा तम्तयार छन् । जाँ तिनको आतिथ्यता स्वीकार गर् ।’

***

जसै उसले आफूलाई पखाल्यो, आफ्नो आहतोपचार गर्‍यो- उसले सामुन्नेको सदाबहार कोणधारी जङ्गलमा आफूलाई अझ तीव्र र चञ्चल पायो । यी जङ्गलमा चाँप, सल्ला, देवदारू, कटुस, धुपी, सीमल, चिलाउने, वेतबाँस, उत्तिस, बाँस, गुँरास, भोजपत्र या अरू कुन जातका रुखहरू छन् उसले चिन्न सकेन । उसलाई ७/८ कक्षमा पढेको यति मात्रै याद भयो- ‘महाभारत पर्वतको माथिल्लो भाग तथा हिमाल पर्वतको तल्लो भाग  (२,१०१ मिटरदेखि ३,३५० मिटरसम्मको उचाइमा) कोणधारी जङ्गल पाइन्छ । यहाँ वर्षैभरि चिसो हुने र हिमपात भइरहने हुँदा रूख र रूखका पातहरू कोणजस्तै चुच्चो परेका हुन्छन् ।’ 

यस स्मरणपश्चात् पनि ऊ महसुस गर्दै रह्यो,भुईँतिर नुहेका यी रुखहरू उसलाई कुनै कविता सुनाउँदै छन्..

शहरका काला/निला पिँचमा घिस्रिदा घिस्रिदा
बोझिला भएका पैतालाहरू
जब आइपुग्छन्,
कुनै पहाडमा,
कुनै घाँसे मैदानमा,
-नाङ्गा पैतालाहरू स-सना कुरामा रमाउँछन् !

जस्तो- साना तान्द्राहरू खुट्टाका औँलाबिच छिरेर मेटाइदिन्छ,
उसको मोजाको गन्ध !
जस्तो- रातो माटोमा चिप्किएका हरिया लेउहरू
पैतालामा टाँसिएर दबाइरहन्छ- उसको थाकेको कुर्कुच्चा, पिँडुला र घुँडा !
जस्तो- कान्लामा फुलिरहेका गन्धे झारहरू कुम
कोट्टाउँदै सोधिदिन्छन् उसलाई,- ‘ए ! कता ?’
जस्तो- रुखहरू झुक्दै आएर भनिदिन्छन्- अब ‘अलिकति उफ्री । मलाई भेट् ! मलाई छो ।’

जस्तो-
हावाहरू भनिरहन्छन्-
‘अझ बिस्तारै, अझ सुस्त..अब नदौडी । अब एकछिन यतै आराम गर !’

ऊ खिस्स हाँस्छ, यी कोणधारी जङ्गलले उसलाई आफ्नै भुलेबिर्सेको कविता सुनाइदियो ! ऊ फेरी हाँस्छ, यसपटक चाहिँ गलल । त्यसपछि ऊ फेरी हाँस्छ, यसपटक चाहिँ खितिति । र, ऊ खित्खिताइरहन्छ ।

खित्खिताउदै ऊ आफूले व्यर्थमै उमारेका निर्जीवीकरणका भीमकाय वृक्षहरूलाई हृदयबाट फ्याँक्दै कार्पेट बिच्छ्याए झैँ भुईँमा ढकमक्क फूल फुलेका भुईँकुहिरो र भुईँकुहिरोमुनि लुकेका जोगिफूल, टुकीफूल, बुकीफूल, सुनफूल, ब्रम्हकमल, जाइ, जुही, चमेली, सुन जाई, इन्द्रकमल आदिमाझ कुदिहिँड्छ ।

हरे..एउटा नाथे हृदय सित्तैमा कक्य्राक्क कुक्रुक्क परिगयो नि । र, त्यो छामछुमेले आफ्नै हृदयसम्म छाम्न बिर्सियो ।
सुख र विस्मृतिको आनन्दले बहुलायो ऊ ।
एउटा सृजनात्मक व्यथाले च्यापो उसलाई ।
अहँ..अहँ..उहुँ…उहुँ…। 

भाषाको मानमर्यदालाई बिर्सेर प्वाक्क बोलिदियो, “प्रकृतिको यसप्रकारको थिचोमिचो, शोषण-अन्याय मलाई स्वीकार्य छ । स्वीकार्य छ..।” 

‘जहाँतहीँ शीतल, जसैगरि पनि शुभ । जताततै शान्ति । हरे, यी चित्त चोर- पाटनहरू ।’, र, ऊ एक्लै बरबरायो ।

Share10Tweet6Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

यात्रासंस्मरण: पसिना, तीर्खा र साततले चमेरो गुफाको शीतलता !
यात्रा संस्मरण

असार १५, २०८१
कोभीड काल (यात्रा संस्मरण)
अतिथि लेखक

कोभीड काल (यात्रा संस्मरण)

बैशाख १९, २०८१
ऐतिहासिक जोर घण्ट जोगाएर बसेको अनकन्यामाई पुग्दा
अन्य

माघ २३, २०८०
च्छोरोल्पा तालमा गौरीशङ्करको जलक्रीडा [नियात्रा]
अतिथि लेखक

च्छोरोल्पा तालमा गौरीशङ्करको जलक्रीडा [नियात्रा]

अशोज २४, २०८०
चित्त चोर- पाटनहरू ! (भाग- १)
यात्रा संस्मरण

चित्त चोर- पाटनहरू ! (भाग- १)

भदौ २२, २०८०
हिमालका केही कथा: शोकदेखि विजयसम्म
यात्रा संस्मरण

हिमालका केही कथा: शोकदेखि विजयसम्म

साउन २६, २०८०
Load More
Next Post
दरको रन्को : वडाध्यक्षको निमन्त्रणा, प्रधानाध्यापक सहितको सम्पूर्ण महिला शिक्षक दर खान पार्टी प्यालेसमा

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions