काठमाडौं। ‘द पोएट आइडल सिजन २’ का विजेता सिक्किमका कवि सिमयोन सुकिता राईको पहिलो कविता संग्रह ‘सिमयोन सिम्फोनी’ शुक्रबार काठमाडौंमा विमोचन भएको छ।
किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित ‘किताब जात्रा’को दोस्रो दिन कवि राई, कवि विप्लव प्रतीक, र पोएट आइडलका निर्देशक अमनप्रताप अधिकारीले संयुक्त रूपमा सो कविता संग्रह विमोचन गरेका हुन्। यो संग्रह कथालय इन्कको वी रिड ले प्रकाशन गरेको छ।


वक्ताहरूको भनाइ:
पुस्तक विमोचनपश्चात् आयोजित विमर्श कार्यक्रममा वक्ताहरूले पोएट आइडलको यात्रा र कविता संग्रहको विषयमा आफ्ना अनुभव र धारणा राखेका थिए।
- सिमयोन सुकिता राई: आफूले पोएट आइडलबाट ‘नाम र परिचय पाएको’ बताउँदै राईले भने, “यसभन्दा अघि आफ्नो मर्जीमा कविता लेखेको थिएँ। कविता भयो या भएन, त्यो पनि हामीलाई थाहा थिएन। पोएट आइडलमा एउटा विषयमा कविता लेख्न च्यालेन्ज थियो। त्यसमा हामीले सिक्न पायौं।” उनले प्रतियोगिताको मञ्चबाट कविता लेख्ने मात्र नभई ‘कसरी प्रस्तुत गर्ने’ भन्नेबारे पनि थोरै समयमा सिक्न अवसर पाएको सुनाए। कार्यक्रममा उनले ‘आमाको हाँसो’ शीर्षकको कविता वाचन गरेर सुनाए।
- अमनप्रताप अधिकारी (निर्देशक, पोएट आइडल): उनले नयाँ पुस्ताले साहित्य र सिर्जना नबिर्सिउन् भन्ने उद्देश्यले पोएट आइडल सुरु गरिएको र सिमयोनजस्ता नयाँ पुस्ता आउँदा निकै राम्रो भएको भन्दै खुसी व्यक्त गरे।
- विप्लव प्रतीक (कवि): कवि प्रतीकले सिर्जनामा सीमितता नहुने भन्दै यसलाई विश्वव्यापी रूपमा जानुपर्ने धारणा राखे। उनले लेखनमा हरेक लेखकको अनुभव र आञ्चलिकता भए पनि सिर्जनामा लेखकहरू संवेदनशील हुनुपर्ने र त्यसमा सिकाई तथा सोचाई दुवै हुनुपर्ने बताए।
पुस्तकबारे:
- पुस्तकको नाम: सिमयोन सिम्फोनी
- लेखक: सिमयोन सुकिता राई (सिक्किमका कवि तथा ‘द पोएट आइडल सिजन २’ का विजेता)
- समावेश सामग्री: कविता संग्रह नौ वटा धारहरूमा विभाजित छ। यसमा कवि राईका जीवनका भोगाइहरू, सिक्किमको संस्कृति, रहनसहन, र परिवेशलाई समेटिएको छ।



























































Discussion about this post