English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हाइवेको अस्वस्थ खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

Raju Jhallu Prasad by Raju Jhallu Prasad
साउन १, २०८१
in अन्तर्वार्ता, अन्तर्वार्ता, राष्ट्रिय निकुन्ज र वन्यजन्तु
A A
0
15
SHARES

मोहनलाल चौधरी । होटल संघ नेपाल, बर्दिया च्याप्टरका अध्यक्ष एवम् थारू होम रिसोर्टका सन्चालक । बर्दियाको ठाकुरद्वारा नगरपालिकास्थित बेतहनी गाउँमा अवस्थित थारू होम रिसोर्टले मूलत: स्वदेशी पर्यटकहरूलाई आकर्षित गरिरहेको छ भने विदेशी पाहुनालाई पनि उत्तिकै स्वागत गरिरहेको छ । 

प्रकृतिसँग मितव्ययी व्यवहार राख्ने चौधरीले रिसोर्टलाई स्थानीय मौलिक शैली, परम्परागत पुर्वाधारमार्फत पर्यटकीय थलोको रूपमा विकसित गरेका छन् । वन्यजन्तुमा चासो राखेर बर्दियासम्म आउने पर्यटकहरूलाई स्थानिय थारु समुदायसँग एकाकार गराउनमा चौधरीले कुनै कन्जुस्याई गरेका छैनन् । घना जंगल र लोपोन्मुख जनावरको रेखदेख गर्दै आगन्तुकलाई पनि उत्तिकै हार्दिकतापूवर्क स्वागत गर्नु थारु होम रिजोर्टको विशेषता हो । साथै, विभिन्न एनजीओ/आइएनजिओ (राधाकृष्ण थारु जनसेवा केन्द्रमा एक्सन एडले फण्डिङ गरेको फ्रिड कमैया रिहाबिलिटेसन प्रोगाम, सेभ द चिल्ड्रेन आदि) मा काम गरेका कारण शुद्ध अंग्रेजीमा विदेशी पाहुनासँग बर्दियाको फराकिलो चिनारी पस्किरहनु फरासिला स्वभावका चौधरीको विशेषता हो । उनी पर्यटन व्यवसायीहरुको छाता संगठन पर्यापर्यटन विकास मञ्च, ठाकुरद्वाराको पूर्वअध्यक्ष पनि हुन् । 

२०४५ मङ्सिर २० गते निकुञ्जको रूपमा घोषणा भएको बर्दिया राष्ट्रिय निकुञ्ज सुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित थियो । बर्दिया  पर्यटकीय हबको रूपमा विकसित भएसँगै यहाँ होटल व्यावसाय सन्चलानमा आउन थालेको चौधरी बताउँछन् । ठाकुरद्वारामा मात्रै ८४ करोड रुपैयाँभन्दा बढी लगानीमा २३ वटा भन्दा बढी रिसोर्ट सञ्चालनमा छन् । भूकम्प हुँदै कोरोना कहरपश्चात् सुस्ताएको होटल व्यवसायले पछिल्लो समय वित्तीय संकट झेलिरहेको छ । यद्यपि, ठाकुरद्वारा आउने पाहुनालाई ठाकुरद्वारासहित सम्पूर्ण बर्दियाको पर्यावरणीय, सांस्कृतिक एवम् सामुदायीक स्थानीयता चखाउन चौधरी उत्तिकै सक्रिय देखिन्छन् । बर्दियामा पर्यटकीय गतिविधि टाइगर टप्स होटलले ०४५ सालदेखि सुरु गरेको र त्यसपछिका समयहरू आफूहरू सक्रिय रहेको चौधरी बताउँछन् ।  

बर्दिया आउने प्राय: बाघ हेर्न नै आएका हुन्छन् तर बाघ हेर्न जानु त्यति सजिलो कुरा छैन । नेचर गाइडलाई साथमा लिएर जंगल छिर्दा बडो सतर्कता अपाउनुपर्छ, भोजन साथमा बोक्नुपर्छ ।  एक दिन पुरै खर्चिनुपर्छ । कहिलेकाही एक दिनले पनि पुग्दैन । “बाघ देखिन्छ नै भन्ने ग्यारेन्टी पनि हुँदैन, तर हामी हाम्रा पाहुनाले बाघ देखुन् भन्ने चाहनासहित आवश्यक तयारी गर्छौं”, चौधरी भन्छन्, “बिहान जाने कि साँझ जाने ? जंगलको कुन स्थानमा जाने ? केकस्ता सतर्कता अपनाउने लगायतका कुराहरू ब्रिफ गर्छौं । बाँकी त निकुन्ज प्रशासन र गाइडको हातमा हुन्छ”, उनी भन्छन् । 

चौधरी आफूकहाँ आएका पर्यटकहरूलाई अनुभवी गाइडको जिम्मा लगाई जंगल घुमाउन सहजीकरण  गरिरहेका हुन्छन् । जंगल घुमेर फर्किएका पाहुनाहरूले बाघसँगका जम्काभेटका अनेक रोचक प्रसंग सुनाउँदै गर्दा उनी उत्साहित त हुन्छन् नै, साथसाथै बर्दियाले झेलिरहेका संकटका पनि बेलिबिस्तार लगाइरहेका हुन्छन् । उनी बर्दिया आएका पाहुनाले बर्दियाको राम्रा मात्रै होइन नराम्रा कुराहरू पनि थाहा पाउन भन्ने सोच्ने गर्दछन् । 

हामीले ४ रात र ३ दिन मोहन चौधरीसँग नै बितायौँ । उनकै सहजीकरणमा यस अंकको तयारी एवं कार्य सम्पादन गर्न सक्यौं । हामी थारु होम पुगेको दोस्रो दिन बिहान नै उनले हामीसँग भने,  “अन्तर्राष्ट्रिय क्षेत्रले चिनेको र देशले बिर्सिएको ठाउँ बर्दिया हो । म बर्दियाको परिचय यसरी दिन चाहन्छु ।” “बाघको संख्या बढाएकोमा बर्दियाको अन्तर्राष्ट्रिय सम्मान छ । पर्यटन गन्तव्य बन्यो भनेर प्रचार छ तर, राज्यको कुनै पनि अंगलाई बर्दिया के हो भन्ने नै थाहा छैन ”, उनी थप्छन् ।  

चौधरी यसप्रकार चिन्तित हुनुको कारण खोतल्ने ध्येयले टूर न्यूजले उनीसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, पर्यटन व्यवसायी, संरक्षणविद्, होटल संघ बर्दिया च्याप्टरका अध्यक्ष एवम् थारु होम रिसोर्टका संचालक मोहन चौधरीसँग टूर न्यूजका लागि राजु झल्लु प्रसादले गरेको कुराकानीको  संक्षिप्त अंश: 

लुम्बिनी परको उदाउँदो पर्यटकीयस्थल एवम् होटेल संघ नेपाल, बर्दिया च्याप्टरको अध्यक्ष भएर काम गरिरहनुभएको छ, तपाइँ मातहत केकस्ता कामहरू भइरहेका छन् ?

पहिलो कुरा त व्यावसायिक पदमा रहेर काम गर्दा प्राथमिकता व्यावसायिक हकहितलाई नै दिनु पर्नेरहेछ । विशेषत: होटेल व्यावसायमा लागेका व्यक्तिहरूलाई गोलबद्ध गर्ने, साझा सवाल संचालन गर्ने, उनीहरूका पीर, मर्का, अप्ठ्यारा परिस्थितिहरू सुनिदिने तथा अन्य व्यावसायिक समस्याहरू लबिङ गर्ने जस्ता कार्यहरू भइरहेका छन् । कोरानाकालमा परेको असर सर्वव्यापी नै छ, त्यसको असर अझै पनि होटेल व्यावसायमा देख्न सकिन्छ । पछिल्लो लघुवित्तको संकटबाट बर्दिया पर्यटन व्यवसायीहरूलाई अप्ठ्यारो परेको छ, तर हामीहरू टिक्न खोजिरहेका छौँ । पर्यटन आकर्षण गर्ने सामूहिक गतिविधिहरू सन्चलान गरिरहेका छौँ । साथसाथै, बर्दियाले झेलिरहेको विविध समस्याहरू उठान गर्ने, यसको समाधानका लागि केन्द्रलाई घच्घच्याउने र स्थानीय साथीहरूलाई संगठित बनाउने काममा निरन्तर लागिरहेका छौँ ।

यसबाहेक बर्दियालाई टाढा, महँगो र असुरक्षित छ भन्ने हल्ला चिर्नका लागि विभिन्न कार्यक्रमहरू गरिरहेका छौं । 

अध्यक्ष हैसियतले होटल संघ नेपाल, बर्दिया च्याप्टर पहिले कुन अवस्थामा थियो र अहिले कुन अवस्थामा रहेको पाउनु हुन्छ ?

होटल संघ नेपाल पर्यटन व्यावसायीहरूको धेरै पुरानो संस्था हो । तर, विस्तारको क्रममा केन्द्रले बर्दिया च्याप्टर कोरोना समयभन्दा केही अगाडि मात्र विस्तार गरेको हो । होटल संघ नेपालको १६औं शाखाका रुपमा क्षेत्रीय होटल संघ गठन भएको हो । मूलत: होटल संघ नेपाल, बर्दिया च्याप्टरले बर्दिया क्षेत्रका होटल उद्योगहरूलाई संरक्षण, प्रवर्द्धन गर्ने काम गर्दै आइरहेको छ । 

कोरोना कहरका कारण यस च्याप्टरले पनि व्यावसायिक रूपले जसरी संगठित रूपमा काम गर्नुपर्ने हो, त्यसरी रफ्तार लिन त सकेन । तर, पदीय जिम्मेवारी लिइसकेपछि हामीले जति पनि काम गर्यौं, त्यसमा हामी सन्तुष्ट छौँ । प्लास्टिक प्रयोगको न्यूनीकरण क्याम्पियन, राष्ट्रिय स्तरमा भएको हस्पिटालिटी कन्क्लेभमा सहभागी भयौँ । यस च्याप्टर अन्तर्गत रहेका होटल व्यावसायीहरूमा, एउटा व्यक्तिमा कम्तीमा तीन चार वटा आधारभूत सीपहरू हुनेपर्ने गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिएका छौं । प्रतिकुल समयमा विस्तारित अंग हुँदाहुँदै पनि आजका दिनसम्म आइपुग्दा हामीले राम्रै गरिरहेका छौँ भन्ने लाग्छ ।

अर्को कुरा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले खाद्य स्वच्छता सम्बन्धि होटल तथा रिर्सोट अनुगमन, मुल्यांकन र स्तरिकरण गरी वर्गीकरणको लोगो अंकित स्टिकर तथा प्रमाणपत्र वितरण गर्ने कार्य ठाकुरद्धारा क्षेत्रमा सम्पन्न गरेको थियो । सो क्रममा यहाँका होटल तथा रिर्सोटहरुको मूल्यांकन गरी स्तरीकरणको स्टिक वितरण गरेको थियो, जसबाट पर्यटकहरुलाई खाद्य स्वच्छताप्रति विश्वस्नीयता बढ्ने र पाहुनाहरूलाई आकर्षित गर्न मद्धत पुगेको छ ।

तस्बीर: राजु झल्लु प्रसाद

होटल संघ नेपाल, बर्दिया च्याप्टरको अध्यक्ष र थारू होम रिसोर्टको संचालक हुनुहुन्छ । यस यात्राका क्रममा चालिएका खुड्किलाको अनुभवहरू बताइदिनुहोस् न ।

मैले कामको सिलसिलामा एनजीओमा लामो समयको अनुभव बटुल्न पाएँ । यसरी प्रशासनिक काम गरिरहँदा संरक्षणप्रति लगाव एवम् चासो बढ्यो । एनटीएनसीको बर्दिया च्यापटरमा काम गरिरहँदा वन्यजन्तुको साथै वनस्पति र यहाँको मौलिकतालाई बचाउनु पर्छ भन्ने लाग्यो । यस सँगसँगै चराको पनि संरक्षण गर्नुपर्छ भनेर तत्कालीन हाकिम सान्तराज ज्ञवालीसँग मिलेर गुलेली संकलन अभियान सुरुवात गरें । बच्चाहरूले चरा मार्ने, गुलेली खेलाउने भनेको मनोरञ्जनको लागि हो भन्ने कुरालाई आत्मसात गर्दै हामीले उक्त मनोरञ्जनको साधनलाई विनिमय गर्यौं अर्थात् फुटबल दिएर गुलेली लियौँ । यस प्रकियाले अहिलेको अवस्थामा चराहरू यस ठाउँमा सुरक्षित रहेको देखिन्छ । चराचुरुङ्गी, वन्यजन्तु तथा तिनको वासस्थान संरक्षणका हकमा यो अभियान यहाँबाट सुरु भए पनि अन्यत्र पनि सफल भएको देख्न पाउँदा खुसी लाग्छ ।  चराहरूको लागि बढी खतरा भनेको हामी मान्छे नै हौँ । हामी अलिकति सभ्य भइदियौँ र यी हाम्रा सम्पत्ति हुन्, बचाउनु पर्छ भन्ने भावनाको विकास भयो भने अहिलेको अवस्थामा पनि अझ सुधार आउन सक्छ ।

थारू होम रिसोर्टको स्थापनाकाल कस्तो रह्यो ?

थारू होम रिसोर्ट वि.सं. २०५४ सालमा स्थापना भएको हो । यो स्थापना हुनुमा मेरो दुइवटा हठको ठूलो हात छ । एउटा, सरकारी जागिर नखाने र अर्को चालिस वर्षपछि पनि जागिर नखाने । यो दुई विचारको उपज हो- थारू होम रिसोर्ट । मैले यहाँ गैरसरकारी जागिरे जीवन बिताइरहँदा यस ठाउँमा केही सीमित होटेलहरू मात्र थिए । यहाँ काम गरिरहँदा, घुमिरहँदा कताकता लाग्न थालिसकेको थियो कि, चालिस वर्षपछि गर्ने काम यही हो है भनेर । ०५३ मा विनिताजीसँग बिहे भइसकेपछि श्याम लामाले भाडामा लिएर चलाइरहेको होटेल किनेर श्रीमतीको साथै यो रिसोर्ट संचालन गरेको हुँ ।

थारु होम रिजोर्ट

तपाईंकहाँ आउने पर्यटकहरूले कुन कुरामा बढी रुची देखाइरहेका छन् ? कत्तिको सन्तुष्ट रहेको पाउनु हुन्छ ?

रिसोर्टमा पर्यटक ल्याउने भनेको सेवाबाट हो भन्ने मलाई लाग्छ । व्यावसायमा प्रचार चाहिन्छ  तर, प्रचार कुन माध्यमले गर्ने भन्ने कुरा हो । मेरो प्रचारको माध्यम भनेको मुखको बोली हो । म कहाँ आउने पाहुनाले दिएका सुझावलाई स्वीकार्छु र सुधार गर्छु, यसले नै दिगो पर्यटनमा बल दिन्छ जस्तो लाग्छ । 

थारु होम रिसोर्टको विशेषताको कुरा गर्नुपर्दा, स्थापनाकालदेखि नै नेपाली पर्यटकलाई प्राथमिकतामा राखेका छौँ । थारू खानाको प्रचारप्रसार, स्थानीय थारू संस्कृतिको प्रवर्द्धन, संवर्द्धन र संरक्षण गर्दै यस रिसोर्टमा अट्याच रुमहरूको व्यवस्था गरेका छौँ । अट्याच ट्वाईलेट वाथरुम र एसीसहितको कोठामा एक रात सुतेको दुई हजार रुपैयाँ तिर्नु पर्छ । सुविधाअनुसार कोठाको मूल्य भने फरक छ । अहिलेसम्म यसरी नै सकारात्मक प्रतिफल पाइराखेको छौँ । विनिताजीको कारण पनि थारु होम यस अवस्थामा आइपुगेको हो, म उहाँप्रति कृतज्ञ छु ।

mohan lal chaudhary

तपाइँको अनुभवले के भन्छ, पर्यटकहरू बर्दिया किन आइरहेछन् ? 

विशेषत: बाघ हेर्नकै लागि पर्यटकहरू बर्दिया आउने हुन् । साथै, अन्य जनावर,चराचुरुङ्गी, थारु संस्कार र संस्कृतिमा पनि रुची उनीहरूले राखेको पाइन्छ।

निकुन्ज जाँदा हिडेर र जीप सफारीबाट जान सकिन्छ । यहाँ आइसकेपश्चात् लोपोन्मुख एक सिंङे गैडा, पाटे बाघ, हात्ति लगायतका जंगली जनावर सजिलै देख्न सकिन्छ भने दुर्लभ जलचर र चराचुरुङ्गीहरू पनि देख्न पाइन्छ । सुरक्षा सतर्कताको लागि निकुञ्जले ठाउँ-ठाउँमा मचानहरू बनाएको छ, यसैले ढुक्क भए आउन सक्नुहुन्छ । 

सरकारले विशेष ध्यान दिने हो र लुम्बिनी आउने पर्यटकलाई बर्दियासम्म पुर्याउन सक्ने हो भने बर्दिया देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ । पर्यटकहरूले नयाँ कुरा हेर्न खोज्छन्, त्यसैअनुसारको आतिथ्यता चाहन्छन्, त्यसका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र यहाँका होटलहरू तदरुप तयार हुनुपर्छ । 

तस्बीर: राजु झल्लु प्रसाद

बर्दिया आउने पर्यटकहरूले व्योहोरिरहेको अप्ठ्यारो चाहिँ के हो नि ?  

अप्ठ्यारोको कुरा गर्दा, सडक यात्राका हिसाबले बर्दियाबाट काठमाडौं टाढा छ । काठमाडौं–नेपालगञ्ज हवाई उडानमा विदेशीले महँगो शुल्क तिर्नुपर्छ । फेरि युरोपेली र अमेरिकी पाहुना बूढाबूढी हुन्छन् । उनीहरूका लागि अत्याधुनिक सुविधाका होटल, खाना सुविधा नभएकाले पनि पर्यटकहरूको कमी छ तर जति आएका छन्, फेरी पनि आउने इच्छा व्यक्त गर्ने गरेको पाइन्छ, यो बर्दियाको आर्थिक विकासको लागि सबल पक्ष हो । नेपाल पर्यटन बोर्ड र सरकारले बर्दियाको प्रवर्द्धन गर्न विशेष कार्यक्रम ल्याइदिने हो भने यहाँ थेगिनसक्नु पर्यटक आउँछन्, हामी उनीहरूलाई आकर्षक प्याकेज दिएर सरकारलाई सघाउन आतुर छौँ । दलहरूले ‘दिगो र समावेशी विकासका लागि पर्यटन’ भन्ने सोचसहित महत्वकांक्षी योजना बनाइदिउन् भन्ने आश गरेका छौँ ।  गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्न सबै क्षेत्र एकजुट हुनुपर्ने देख्छु ।

निकुन्जको स्थापनापश्चात निकुन्ज व्यवस्थापनका पक्षहरूले थारुको मुद्धालाई कसरी सम्बोधन गरिरहेको पाउनुहुन्छ ? 

मूलतः निकुन्जको काम भनेको आफ्नो क्षेत्रमा जैविक विविधता कायम गर्न टेवा पुर्याउनु र संरक्षण गर्नु हो । साथसाथै निकुन्जले मध्यवर्ती क्षेत्रका स्थानीय थारु समुदायको स्तरोन्नति, उनीहरूको सुरक्षा लगायतका विषयलाई पनि समानन्तररूपमा सम्बोधन गर्नुपर्छ, सो भइरहेको पाउँदिनँ ।

बर्दियाका स्थानीय थारूहरू र जंगलको अन्योन्याश्रित सम्बन्ध रहेको थियो/छ । उनीहरूले जंगलबाट काठ, दाउरा, माछा मार्ने, शिकार गर्ने, पानी, घाँस दाउरा, सागपात प्राप्त गर्ने गर्दथे । उनीहरूका पुर्खाहरूको लागि जीवन नै जंगल थियो, जंगलप्रति अपनत्वबोध थियो, समभाव थियो । जव जंगल क्षेत्र राष्ट्रिय निकुञ्ज बन्यो, त्यसपछि स्थानीय नागरिक र जंगललाई छुट्टयाइयो । यदाकदा मात्र उनीहरूले जंगलमा प्रवेश पाउन थाले । स्थानीय थारूहरूका देवी देवताका थानहरू पनि जंगलमा नै रहेका थिए । जंगल प्रवेश गर्नुभन्दा पहिले उनीहरू आफ्नो सुरक्षा र मनोकांंक्ष पूर्तिको कामना गर्दै देवीदेवताको प्रार्थना गर्थे, अव उनीहरूको त्यो परम्परा पनि छोडिदै जादैछ । अरूले जंगल जनावरको वासस्थान मात्र हो भन्छन्, यद्यपि थारूहरू आफ्नो जीवन र जगत नै जंगललाई मान्दछन्, तर उनीहरूबाट जंगल खोसिएको छ । साथै, जंगलमा हुर्किएका हिंस्रक जनावरले उनीहरूलाई दुख दिने क्रम बढेको छ, जसको यथोचित सम्बोधन हुन् सकेको छैन  । बदलामा उनीहरू दण्डित हुन् परिरहेको छ ।

यसैगरि, निकुन्ज नेपाल सरकार मातहत रहने भएकाले निकुन्ज व्यवस्थापन, संचालनका लागि विभिन्न व्यक्तिहरूको आउने जाने क्रम चलिरहन्छ । निकुन्जको नियम नफेरिए तापनि निकुन्जमा आउने व्यक्ति फरक हुने हुँदा यसले एकरुपता लिन सकेको छैन, यसकारण थारुको मुद्धा सम्बोधित हुन् सकिरहेको छैन ।

तस्बीर: राजु झल्लु प्रसाद

निकुन्ज मूलत: संरक्षणको लागि हो । यद्यपि, निकुन्जले पर्यटन व्यवसायीको हकहितका केकस्ता कामहरू गर्न सक्छ ? 

निकुन्ज छ र पर्यटन उद्योग छ, हामी छौँ । निकुन्ज आफैंले पर्यटन उद्योगमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यद्दपी, निकुन्जले पर्यटन प्रवर्द्धनका लागि हालसम्म गरेका गतिविधिहरू पर्याप्त छैनन् । 

यहाँ निजी जग्गा या सार्वजनिक जग्गा छन् । सार्वजनिक जग्गा बफर जोनमा पर्ने, बफर जोन निकुन्जले रेगुलेट गर्ने हुँदा निकुन्जमै सीमित हुन नचाहने पर्यटक यहाँ रमाउन सकिरहेको छैन । निकुन्जले यसप्रति ध्यान दिएको छैन । तर, संरक्षणलाई हामीले समृद्धिको बाटोमा ढाल्न सक्दैनौं भने दीर्घकालीन हुन सक्दैन। 

अर्को कुरा, पहिले एकपटक प्रवेश टिकट काट्दा तीन दिनको म्याद हुन्थ्यो, अहिले एक दिनको मात्रै कायम छ । निकुन्ज पर्यटनको लागि एक दिनको समयसीमा पर्याप्त छैन । समयानुसारको दर बढाउनु  स्वाभाविक हो । तर, म्यादवाला अवधारणालाई जारी राखौँ, जसले पर्यटकको बसाइ अवधिलाई लम्ब्याओस् । यहाँ आइरहेका पर्यटकका लागि नियम कानून कडा बनाइदिने, राजस्व वृद्धि गर्ने, अरू प्रिभिलेजका कुरा नगर्नु भनेको ढोका बन्द गरेर भित्र आउ भनेको अवस्था हो, यसमा निकुन्जले ध्यान दिन जरुरी छ । 

बर्दियाको बाघको वृद्धिसँगै स्थानीयको बसाइसराइ दर बढ्दो रहेको तथ्यांकहरू सार्वजनिक  भइरहेका छन् । यस समस्यामा समन्वयकारी भूमिका खेल्न तपाईं एक स्थानीय बुद्धिजीवीको हैसियतले कुन निकायले कस्तो कदम चाल्नुपर्ने आवश्यकता देख्नुहुन्छ ?

पृथ्वी र मानव अस्तित्वको कुरा गर्ने हो भने वातावरण संरक्षण महत्त्वपूर्ण कुरा हो । संरक्षण गरीरहँदा मानिसको बढ्दो आवश्यकतालाई पनि मध्यनजर गर्न बिर्सनु हुँदैन । त्यस्तो आवश्यकता भनेको आयआर्जनले पुरा गर्ने हो । आयआर्जनको बाटोलाई कसरी संरक्षणको बाटोमा ढाल्ने भन्ने प्रश्न महत्त्वपूर्ण छ । कुनै समय ठाकुरद्वारा एउटा मात्र प्रवेशद्वार भएकाले यहाँनिर केही हदसम्म पर्यटन व्यवसाय फस्टाएको साँचो हो । 

निकुन्ज वरिपरीको ९६८ वर्ग किलोमिटरकै संरक्षण हुने, सबै स्थानीय तहका जनताको संरक्षणमा योगदान उत्तिकै हुने तर यसको फाइदा भनेको ठाकुरद्वाराले मात्र लिने गर्दा कहिँकतै अन्याय भयो भनेर हामिले बफर जोन काउन्सिलको मिटिङमा बारम्बार प्रश्न उठाएपछि थप चारवटा नाका खुलेका छन् । नाका खुलेतापनि त्यहाँका स्थानीयले पर्यटनले आर्थिक समृद्धि ल्याउँछ है भन्ने नबुझेको अवस्था छ । यसमा सरकारले पनि उनीहरूलाई प्रोत्साहन गर्न, समावेशी बनाउन नसकेको देखिन्छ । यसकारण तपाईले भनेझैँ बसाइसराइ बढेको हुनुपर्छ । 

स्थानीयको बढ्दो बसाइसराइलाई रोक्न स्थानीय तहमै कदम चालिनुपर्छ । स्थानीयहरू वन्यजन्तुबाट पीडित भएर बसाइ नसरुन्, रोजगारीको लागि पनि बाहिर नजाउन् भन्नको लागि स्थानीय तहले कृषिमा निर्भर किसानहरूलाई आर्थिक सुरक्षा दिनुपर्छ । स्थानीयहरूसँग समन्वय गरेर लिजमा जग्गा छ भनी नगरपालिकाले लगानीकर्तालाई आह्वान गर्ने, पूर्वाधार खडा नगर्दासम्म राजस्व नलिने, लिजमा दिनेहरूको जग्गा सुरक्षित राख्न के व्यवस्था गर्न सकिन्छ गर्ने जस्ता काम गर्नुपर्छ । 

तस्बीर: राजु झल्लु प्रसाद

अर्को कुरा, संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ । जस्तै: गेरुवा नदीको पश्चिमी किनारा निकुन्जले आफ्नो भन्छ, जुन वास्तवमा स्थानीयहरूको बिघौँबिघा जमिन मासेर धेरै पश्चिम गइसकेको छ । ९६८ वर्ग किलोमिटरभनेर परिभाषित गरिएको बर्दिया राष्ट्रिय निकुन्ज वास्तविक रुपमा १,५०० वर्ग किलोमिटर पुग्न थालिसक्यो होला तर, कागजमा हामी ९६८ वर्ग किलोमिटर नै भनिरहेका छौँ र निजी सम्पत्ति ओगटिरहेका छौँ, यो गलत भइरहेको छ । लालपुर्जा भएर पनि आफ्नो जग्गा उपभोग गर्न नपाउने, निकुन्जले आफ्नो सीमाना भनेर ओगटिरहने, वन्यजन्तुले पनि उनीहरूकै खेत तथा बालीनाली नष्ट गरिदिने भनेको त संरक्षणमा लागेका जनताप्रति राज्यले गरेको ठूलो अन्याय हो । 

यसैगरि, सोनाहा जातीको अबोध व्यक्तिलाई प्रयोग गरेर गैडा मार्नु र त्यसलाई नै कारण बनाएर उनीहरूको सुन चाल्ने एवम् माछा मार्ने परम्परागत पेशामा बन्देज लगाउनु पनि अन्याय नै हो । यस्ता विषयहरूमा, विशेषत: स्थानीय तहले नै प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरेर न्यायोचित व्यवहार गर्नुपर्छ ।

(टुर न्युजको बर्दिया अंकबाट, अर्काइभ)

Share6Tweet4Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
हिउँ चितुवाको सङ्ख्या ३९७
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

हिउँ चितुवाको सङ्ख्या ३९७

बैशाख ९, २०८२
कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत

कार्तिक १२, २०८१
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?

कार्तिक ११, २०८१
नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती
पर्या-पर्यटन

नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती

कार्तिक ९, २०८१
Load More
Next Post
बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा सुई गाडिन्छ, स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता
  • अन्य
English Edition

© 2026 Tourshala | Digital Partner: Sathi Solutions