NCM DAY मा विविध सांस्कृतिक तथा साहित्यिक कार्यक्रम सम्पन्न
काठमाडौं, चैत्र २४ — गुरुकुल एजुकेशनल फाउन्डेशन नेपालद्वारा आयोजित NCM DAY भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा साहित्य, खेलकुद र कलाका क्षेत्रका सक्रिय युवाहरूलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
‘कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार–२०८१’ को सम्मान नेपाली महिला फुटबल खेलाडी रेणुका नगरकोटेले प्राप्त गरिन्। रेणुकाको खेलकुद योगदान र जीवन संघर्षलाई उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको हो।


यसैगरि, यस वर्षको ‘कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार–२०८१’ बाट कवि सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ कवितासंग्रह सम्मानित भएको छ।
त्यसैगरी, कवि विप्लव प्रतीकलाई हाइकुसङ्ग्रह “शाडेनफ्रोएडा”का लागि ताम्रपत्रसहित विशेष सम्मान प्रदान गरिएको थियो। नेपाली साहित्य क्षेत्रमा कमै लेखिएको हाइकु विधामा कलम चलाउँदै नेपाली साहित्यलाई थप सम्पन्न बनाउन भूमिका खेलेकाले प्रतीकलाई सो सम्मान प्रदान गरिएको हो।


कार्यक्रमको अर्को आकर्षक पक्ष NCM Poetry Award रहेको थियो, जसअन्तर्गत देशभरका विद्यार्थी कविहरूबीच भएको प्रतिस्पर्धाबाट गुन्जन राई विजेता घोषित भए।
यसैगरी, कलाका क्षेत्रमा पनि प्रतिभाहरूको कदर गरिएको थियो। NCM Cover Artist Award बाट वेगेन्द्र बुढालाई सम्मानित भएका थिए भने NCM Dance Performance Award अन्तर्गत प्रश्ना एण्ड टीमको प्रस्तुति पुरष्कृत भयो।


कार्यक्रममा खेलकुद पत्रकार र साहित्यिक पत्रकारहरूको अलवा नेपाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।






























































Discussion about this post