English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा सुई गाडिन्छ, स्थानीयको आँखा पाक्छ !

टुरशाला by टुरशाला
असार १९, २०८१
in समाचार
A A
0
425
SHARES
  • प्रेम बास्तोला / राजु झल्लु प्रसाद

च्याडू दोभान (धादिङ): बर्खायाम सुरु भएसँगै धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ र ५ का थोपल खोला किनारमा रहेका आ-आफ्ना खेतबारीमा धान लगाउनका लागि जाने कि नजाने दोधारमा हुन्छन् । धान रोप्ने समय मात्र नभई उनीहरू अन्य बाली लगाउने समयमा पनि धेरै सोचविचार गरेर मात्रै किसानहरू आफ्ना खेतबारीमा पस्ने गरेका छन् । आफ्नै खेतबारीमा पस्न पनि उनीहरूले बडो शतर्कता अपनाउनुपर्दछ ।

उनीहरू आफ्नो खेतबारीमा निर्धक्कसँग जान नपाउनुको मुख्य कारण थोपल खोलामा आउने बाढी, पहिरो, खेतबारीमा लाग्ने जुका, भ्यातलुङ, सर्प, बिच्छी र भ्यागुता होइनन् । खेतमा पस्दा यस क्षेत्रका किसानलाई थोपल खोलाले नै बगाएर ल्याएको आँखाले नदेखिने अस्पतालजन्य फोहोरका रूपमा रहेको सिरिन्ज (प्रयोग भइसकेको सुई) ले खुट्टा घोच्ने डर छ । यसअलावा सिसाजन्य फोहोरले कुनबेला खुट्टा काट्ने हो उनीहरूलाई पत्तो हुंदैन ।

धादिङ जिल्ला अस्पतालसहित निजि क्लिनिक तथा अन्य अस्पतालले अन्धाधुन्ध रूपमा मेडिकलजन्य फोहोर थोपाल खोलामा विसर्जन गरिदिनाले सिद्धलेकका किसानहरू आफ्नै खेतमा जान समेत डर मान्छन् । यस अलवा, धादिङवेशीको ठुला-साना अस्पताल, व्यापारिक संस्था एवं घरवहाल र घरबेटी सबैले अवैज्ञानिकरूपमा थोपाल खोलामा फ्याक्ने गरेका सीसाजन्य फोहोर, प्लाष्टिकजन्य फोहोर थोपल खोलाले बगाउँदै ल्याई आफ्ना खेतबारी हुर्याउने गरेका सिद्धलेकका कृषकहरू बताउँछन् ।

यस अलवा, च्याडू दोभानदेखि माथिको वन क्षेत्र (ससाह ज्यामिरे सामुदायिक वन) अर्थात् धादिङको नीलकण्ठ नगरपालिका–८ च्याँडुघुम्तीमा डम्पिङ साइटकै रूपमा अव्यवस्थितरुपमा दैनिकजसो फोहोर फ्याँक्ने गरेकै कारण सिद्धलेकका सयौँ कृषकहरू मर्कामा परेका हुन् । फोहोर फ्याँक्ने गरेको क्षेत्रदेखि ठ्याक्कै मुनिबाट थोपाल खोला बग्ने गर्दछ, जो सिद्धलेकका कृषकहरूको सिचाईको मूल आधार हो ।

च्याडुघुम्तीको डम्पिङसाइटमा सदरमुकाम धादिङबेसीबाट निस्कने फोहोर २० वर्षभन्दा अगाडिदेखि फालिदै आएको छ । दैनिक दुईदेखि तीन गाडी फोहोर फालिदै आएको पाइन्छ ।

खेतबारीमा रमाउने कृषकका खुट्टामा सिसाले काट्छ, हातमा सुई चुप्छ !

सिद्धलेक, ज्वालामूखी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सीमा स्थलमा रहेको थोपल खोला र च्याडु खोलाको दोभान (थोपल-च्याडु दोभान) क्षेत्रमा मा वर्षौँबाट नीलकण्ठ नगरपालिकाले डम्पिङ साइट बनाएर अवैज्ञानिक तवरले फोहोर व्यवस्थापन गरिदिँदा सिद्धलेकका किसानहरू प्रताडित भएका सिद्धलेक वडा नम्बर १ का पूर्व शिक्षक समेत रहेका किसान टङ्कप्रसाद शर्मा तिमिल्सिनाले बताए । उनले सिद्धलेक-१  थोपल खोला किनारमा रहेको आफ्नो खेतबारीमा बालीनाली लगाउन जाँदा धेरै पटक खुट्टामा सिसाले काट्ने, सुईले हात घोचेको बताए । “स्वास्थ्य संस्थाबाट निस्किएका खतरनाक रासायनिक पदार्थहरूले गर्दा माटोको उत्पादकत्व घट्ने र पिउने पानीको स्रोत दूषित हुने कुरा छँदैछ, नाङ्गो खुट्टा र हात नै जोगाउन मुस्किल परिरहेको छ”, उनले भने ।

टङ्कप्रसाद शर्मा तिमिल्सिना

थोपल खोला र च्याडु खोलाको दोभान जिल्ला सदरमुकाम धादिङवेशी बजारको क्विन्टलका क्विन्टल फोहोर फ्याँक्ने क्रम नरोकिएपश्चात च्याडु दोभानदेखि परेवाटारसम्ममै कृषकहरूलाई आफ्नै खेतबारीमा काम गर्न कठिनाई भएको उनले बताए । “हामी हैरान भइसकेका छौँ, थोपल खोलाबाट सिचाई गर्ने हामी कृषकहरू खेतीपाती गर्न नसक्ने भएका छौँ । खेतापाती नगरे के खाने ? “, उनले अगाडि भने, “हामीहरूलाई दैनिकजसो परिरहेको समस्या धेरै पटक सम्बन्धित निकायमा लिखित र मौखिक रूपमै कुरा राख्दा पनि कहीँकतैबाट सुनुवाइ भएको छैन ।” 

धादिङवेशी जिल्ला विकास समितिकै संरचना हुँदादेखि नै सिद्धलेकका पीडित किसानहरूले कुरा राखेको तर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई यतिका वर्षसम्म चलिसक्दा पनि कसैले सुनुवाइ नगरेर सिद्धलेकका किसानमाथि ज्यादती गरेको  तिमिल्सिनाले आरोप लगाए । 

कुनै समय पिउनयोग्य पानी बग्ने थोपल खोला छुँदा अहिले खटिरा आउँछ !

स्वास्थ्यकर्मी एवम् सामुदायिक वन उपभोक्ता महासङ्घ, धादिङका पूर्व अध्यक्ष समेत रहेका सिद्धलेक गाउँपालिका वडा नम्बर १ नयाँ बस्तीका रञ्जित सिलवालका अनुसार, नीलकण्ठ नगरपालिकाले पर्यावरणलाई कुनै ख्याल नगरी थोपल खोला किनारमा फोहोर डम्पिङ गर्दा नयाँ बस्तीदेखि बुङचुङसम्मका पाँच सय घरबढी स्थानीय बासिन्दालाई गम्भीर असर गरिरहेको छ । 

“त्यतिमात्रै होइन पालिकाले आफ्नै पालिका वासीन्दालाई पनि दु:ख दिन छोडेको छैन । नीलकण्ठ नगरपालिकाको वडा नम्बर ७ को सुपौरोबेशी र डम्बरडाँडाका बासिन्दालाई पनि थोपल खोला किनारमा डम्पिङ गरिएको फोहोरले असर गर्दै आएको छ”, उनले बताए ।

खोला किनारमा फोहोर व्यवस्थापनका लागि बनाइएको डम्पिङ साइटबाटै थोपल खोलाले पानीसँग बगाएर  टक्सिक एलिमेन्ट, ग्यास भएका फोहोरहरू बगाएर किसानका खेत खेतमा पुर्‍याउने गरेको सिलवालले बताए । बर्खामायाममा थोपल खोलामा पानीको सतह बढ्ने र बाढीसँग फोहोरको थुप्रो पनि सँगै बगाएर किसानका खेतबारी पुर्ने गरेको सिलवालले जानकारी दिए । 

रञ्जित सिलवाल

नीलकण्ठले फ्याँक्ने फोहोरकै कारण हजुर बुबाको पालमा मज्जाले हातले उघाएर पानी खान सक्ने थोपल खोलाको पानी छोइसक्दा एलर्जी हुने गरी दूषित भइसकेको स्वास्थ्यकर्मी समेत रहेका सिलवालले दाबी गरे । “बाली लगाउन खेतबारीमा पस्नसाथ दूषित पानीका कारण हात खुट्टा चिलाउने, ठूल्ठूला फोकाहरू आउने र महिनौँ निको नहुने घाउहरू आउने गरेको छ । खेतबारीमा काम गर्ने कृषकका हातगोडा मध्य असारसाउनमा पाक्ने गरेको छ”, उनले भने ।

च्याडू दोभानको मरणघाट समेत प्रभावित:

नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिका सीमा क्षेत्र धादिङवेशी हुँदै आउने थोपल खोला र ढोला, मैधी, नलाङ हुँदै आउने च्याडू खोलाको संगमस्थल समेत हो । यसै संगमस्थलमा साबिकको नलाङ, मुरलीभन्ज्याङ एवं आसपासका अन्य गाविसको मरणघाट समेत रहेको छ । हिन्दू संस्कार अनुसार दाह संस्कार र अन्त्येष्टि कर्मका लागि मरणघाट पुगेका क्रियापुत्री सहित मलामीहरूले नुहाउने दोभानमा नुहाउने परम्परा रहेको छ । तर, डम्पिङ साइटको फोहोरकै कारण थोपल खोलाको पानी अत्याधिक प्रदूषित भएकाले हिजोआज सो परम्परामा बाधा उत्पन्न भएको छ । नुहाई हाले भने पनि छाला र श्वासप्रश्वास सम्बन्धीको रोगले सताइने गरेका छन् । अझ, फोहोरको ढङ्गुरमाथी फुटेका सिसा, प्लाष्टिकका कचेरा र सडेका फोहोरमाथी टेक्दै शव बोक्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

स्वास्थ्यकर्मीसमेत रहेका सिलवाल भन्छन्, “फोहोरमैला व्यवस्थापन ऐन (२०६८) ले त फोहोरमैला व्यवस्थापन गराउने दायित्व स्थानीय तहलाई दिइएको छ तर उसैले आफ्नो दायित्व बिर्सिएर हानिकारक फोहोरमैला, स्वास्थ्यजन्य फोहोरमैला, रासायनिक फोहोरमैला वा औद्योगिक फोहोरमैला मरणघाटमा हुर्राउने गरेको छ । कृषक, मलामी र स्थानीय वासीन्दा सबै आजित भएका छौँ”, उनले भने ।

कालु पाण्डे राजमार्ग भएर आवतजावत गर्ने यात्रुलाई पनि सास्ती:

नीलकण्ठ नगरपालिकाले तीन पालिकाको सङ्गम स्थलको थोपल खोला किनारमा डम्पिङ गर्ने फोहोरले स्थानीय बासिन्दा र किसानहरूलाई मात्रै नभई दैनिक रूपमा फुर्केखोला-धादिङबेशीको यात्रा गर्ने बाहिरका यात्रुहरूलाई ठूलो असर गरिरहेको सिलवालले बताए । डुम्रेखोला देखि ससाहासम्म त यात्रुहरू डम्पिङ साइटको फोहोरको दुर्गन्धका कारण नाक थुनेर दैनिक हिँड्न बाध्य भएको सिलवालले बताए । यस राजमार्ग भएर धादिङ जिल्ला प्रवेश गर्ने नवआगन्तुक पर्यटकहरू समेत बसको झ्याल बन्द गरेर नाक समाउन् बाध्य हुन्छन् । उनीहरू ‘पहिलो गाँसमै ढुंगा’ पसेको महसुस गर्छन् ।

यस राजमार्ग भएर हिड्ने यात्रुहरू नाक नछोपी हिड्न सक्दैनन्, तस्बीर: राजु झल्लु प्रसाद

हरेक वर्ष फोहोरमा आगो लगाइन्छ, ५०० घरधुरी ढोका थुनेर बस्न बाध्य !

नगरपालिकाले फोहोर डम्पिङ गरिएको स्थानमा बर्षेनी वैशाख-ज्येष्ठ महिनाको बीचमा आगो लगाइँदा १५-२० जनासम्म नयाँ बस्तीका बासिन्दाहरूलाई श्वास फेर्न नै कठिन हुने गरेको सिलवालले बताए । “बर्षेनी किन र केका लागि कसले त्यसरी बाटै नदेख्ने गरि फोहोरको थुप्रोमा आगो लगाउने काम गर्छ, त्यसको खोजबिन गर्नुपर्छ । कुनै पनि फोहोरलाई खुल्लामा जलाउनु हुँदैन, झन् मेडिकलजन्य फोहोर जलाउनै हुँदैन । यहाँ त तुँवालो नै लाग्ने गरि वैशाखजेठको मध्ये गर्मीमा आगो लगाइन्छ”, उनी अगाडि भन्छन्, “आगलागीको समयमा नयाँ बस्तीका १५० भन्दा बढी घर परिवारका सदस्यहरू घर बाहिर निस्कन सक्ने अवस्था रहँदैन ।”

यस वर्ष फोहोरमाथि लागेको आगो र हानिकारक मुस्लो, तस्बीर: राजु झल्लु प्रसाद

गत वर्ष च्याडू दोभानमा वर्षदिनदेखि थुप्रिएको फोहोरमा लगाइएको आगो नियन्त्रणमा लिन झण्डै १५ दिन लाग्यो, जसका कारण धेरैको आँखा पाकेको थियो । यसपालि एक हप्तापछि बल्लतल्ल आगो नियन्त्रणमा आएको थियो । गत वर्ष र यस वर्ष फोहोरमा आगो लगाइदा कालीदह, बुङचुङ क्षेत्रको आकाशमा दूषित तुवाँलो लागेको थियो भने धुवाँको मुस्लो बस्तीभरि फैलँदा बालबालिका र वृद्धवृद्धाहरूमा श्वासप्रश्वास सम्बन्धी समस्याले आंक्रांत भएका थिए ।

टुरशालाले गरेको फिल्ड रिपोर्टीङ पश्चात् नगरपालिकाले जेनेरेटरमार्फत थोपल खोलाको पानी माथि तानेर आगो निभाउने प्रयास गरेको थियो तर करिब ७ दिन पश्चात् मात्रै आगो नियन्त्रणमा आएको थियो ।

फोहोरमा लगाइएको आगोबाट प्रताडीत कालिदहका स्थानीय बासिन्दाहरू

स्थानीय वासिन्दा खोलामा पस्नै डराउँछन् !

सिद्धलेक गाउँपालिका वडा नम्बर ५ बुङचुङकी किसान ज्ञानु घलेले थोपल खोलाले माथिबाट बगाएर ल्याउने प्लाष्टिका बोतल, फुटेका सिसाको बोतल, अस्पतालबाट निस्केको सुई र पाइप सहितको सलाइन पानीको बोतल टिप्दा बर्षेनी हैरानी हुने गरेको बताइन् । नीलकण्ठ नगरपालिकाले थोपल खोला किनारमा डम्पिङ साइट बनाउनु अघिसम्म खोलामा बगेर आउने पानी पशुचौंपायलाई मज्जाले खुवाउने गरेको तर हिजो आज खुवाउन सकिने अवस्थाको नरहेको उनले बताइन् । 

बुङचुङकी किसान ज्ञानु घले

घलेले भनिन्, “विशेषगरि गर्मीयाममा स्थानीय किसानहरू केही वर्ष अघिसम्म दिनभरि खेतबारीमा काम गरेर साँझ पख थोपल खोलाको पानीमा हात ,खुट्टा धुनुका साथै नुहाउनेसम्म गर्दथे । तर हिजो आज खोलामा पस्नै डराउँछन् ।”

राजनीतिज्ञ समेत रहेका सिद्धलेक गाउँपालिका वडा नम्बर १ नयाँबस्ती निवासी ईश्वरी अर्यालले नीलकण्ठ नगरपालिकाले थोपल खोलामा डम्पिङ गर्ने फोहोरले सबैभन्दा बढी असर आफूलाई परेको बताउँछन् । खोलासँग बगेर आएको फोहोरले धेरै पटक आफ्नो खेतबारीमा पस्दा हात खुट्टा काट्ने गरेको उनले बताए । फोहोरकै कारण कतिपय किसानहरू हैरान भई खेतीपातीबाटै विमुख हुन पुगेको उनले दाबी गरे । आफूले पनि कयौँपटक हालको डम्पिङ साइटलाई मानव बस्ती, जङ्गल र नदीखोला स्थानमा व्यवस्थापन गर्न आग्रह गर्दा बेवास्ता गरिएको अर्यालले बताए । “खेतबारीमा पस्न त डर लाग्छ, खोलामा पस्न त सक्ने कुरा नै भएन”, उनले भने ।

बुङचुङ क्षेत्रबाट बगिरहेको थोपल खोला
बुङचुङ बजार क्षेत्रस्थित थोपल खोला पुल, तस्बीर: राजु झल्लु प्रसाद

के भन्छन् विज्ञ तथा सरोकारवालाहरू ?

भू-तथा जलाधार व्यवस्थापन कार्यालय धादिङका प्रमुख प्रदीप श्रेष्ठले त्यसरी पानीको मुख्य स्रोतका रूपमा रहेको जङ्गल र खोलामा फोहोरको व्यवस्थापनका लागि डम्पिङ साइट बनाउनु नै वातावरणीय हिसाबले गम्भीर त्रुटिरहेको बताए । जजसले त्यस्तो कार्य गरेका हुन्, तुरुन्तै खोला किनारबाट डम्पिङ साइट हटाउनुको विकल्प नै नरहेको श्रेष्ठले बताए ।  

जिल्ला वन डिभिजन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आर्चायले जङ्गल र खोला क्षेत्रमा फोहोर डम्पिङ गरिनु मानव स्वास्थ्यका साथसाथै जैविक विविधता र वातावरणमाथि धावा बोल्नु भएकाले नगरपालिकाले तत्कालै व्यवस्थित ल्याण्डफिड साइट बनाउनुपर्नेमा जोड दिए । 

नीलकण्ठ नगरपालिका कार्यालयका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख शाखा अधिकृत विनोद अर्यालले नगरपालिका दैनिक उत्पादन हुने फोहोरबाट वातावरणीय र मानवीय असर नपार्ने विषयमा पहिलाबाटै गम्भीर बन्दै आएको बताए । सिद्धलेक र आफ्नो पालिकाका बासिन्दाबाट आएको गुनासाहरूको सम्बोधन गर्नका लागि आफूहरू प्रयासरत रहेको उनले बताए । 

हालको स्थानबाट डम्पिङ साइटलाई हटाएर ल्याण्डफिड साइट निर्माणका लागि चार वटा स्थानमा जग्गा हेर्ने काम सकिएको अर्यालले बताए । चालु आर्थिक वर्षबाटै दैनिक उत्पादन हुने फोहोरलाई घरघरमै छुट्याउन र व्यवस्थापन गर्नका लागि नगरवासीलाई तालिम दिने काम सकाएको अर्यालले बताए ।फोहोरलाई मोहोरमा परिणत गर्नका लागि यूएसएडको आर्थिक सहयोगमा तयार नेपाल नामक संस्थाले ४० लाख लगानी गरि घरमै कुहिने फोहोरबाट मल र नकुहिने फोहोरबाट हस्तकलाका सामाग्री उत्पादन सम्बन्धी तालिम प्रदान गरिसकेको उनले बताए । 

आउने आर्थिक वर्षमा ४ ठाउँमा खोजिएको जग्गा मध्ये उपयुक्त एक स्थानको जग्गामा ल्याण्डफिड साइड निर्माणको काम पनि नगरपालिकाले अगाडि बढाउने अर्यालले जानकारी दिए । 

Share170Tweet106Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
भ्रष्टाचारमा लिप्त वन पैदावार आपूर्ति समितिलाई मलजल गर्न ल्याइएको वन नियमावली २०७९ तत्काल खारेज नगरे आन्दोलन चर्काउने चेतावनी 

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा सुई गाडिन्छ, स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions