योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
काठमाडौं । राष्ट्रगुरु योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीको पावन अवसरमा योगी नरहरिनाथ अध्ययन केन्द्रले आइतबार एक विशेष कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौं-१४, वासुकीचौरमा आयोजित उक्त कार्यक्रममा योगी नरहरिनाथको राष्ट्रभाव, इतिहास, साहित्य, धर्म, संस्कृति र भाषाप्रतिको योगदानलाई कवितामार्फत सम्मान प्रकट गरिएको थियो।


काठमाडौं महानगरपालिका वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


कार्यक्रमका अतिथिहरूमा:
- डा. सुझेन्द्र गुप्ता: अध्यक्ष, गुरु गोरक्षनाथ फाउन्डेसन
- उत्तर निरौला: साहित्यकार
- भेषनारायण दाहाल: अध्यक्ष, वासुकीचौर गोरक्षपीठ
- गुरु मित्रमणि खनाल: बासुकीचौर गोरक्षपीठ


अध्ययन केन्द्रकी आर्सी ढकालले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन अध्ययन केन्द्रका उपाध्यक्ष एवं साहित्यकार राजु झल्लु प्रसादले गरेका थिए।


कविता वाचन र वक्ताहरू:
कार्यक्रममा राष्ट्रगुरुको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै विभिन्न श्रष्टाहरूले रचना वाचन गरेका थिए।
वाचक तथा वक्ताहरूमा: सुवास भट्टराई, पविन रोगी, नविन ठगुन्ना, भरत भट्टराई, अर्जुन भुषाल, तारानाथ पराजुली, प्रकृति काफ्ले, जीवेश रेग्मी, रविना कँडेल, देवेन्द्र पौडेल, राग पौडेल, डा. शुभेन्द्र गुप्ता, मिसन अधिकारी, लक्ष्मी पौडेल, अशोक बोहोरा, समिन बरुवाल, योगेश्वरी मीना, कृतिका कोइराला, प्रतिज्ञा अधिकारी, मनिष ढकाल, प्रमोद भण्डारी, मिलन वली, तपेन्द्र बोहोरा, धनु सिंह ठकुरी, सुजन काफ्ले, प्रितम बस्नेत लगायतको सहभागिता रहेको थियो।


योगीको योगदान र अध्ययन केन्द्रको लक्ष्य
केन्द्रका अध्यक्ष गोभिन विष्टका अनुसार राष्ट्रगुरु योगी नरहरिनाथको योगदानलाई संरक्षण गर्न र उनका आदर्शहरूलाई व्यवहारमा लागू गर्ने उद्देश्यले अध्ययन केन्द्रको स्थापना गरिएको हो। योगीले इतिहास लेखन, लिपि, भूगोल, खनिज, वनस्पति, विभिन्न जातिको वंशावली, योग र आयुर्वेदमा अतुलनीय योगदान पुर्याएका छन्।


वि.सं. १९७१ फागुन १७ गते कालिकोटको लालु चाँखामा जन्मिनुभएका योगीको वि.सं. २०५९ फागुन १३ गते पशुपति मृगस्थलीमा निधन भएको थियो।
अध्ययन केन्द्रले यसअघि पनि इतिहास संवाद र सदाचार संवाद जस्ता कार्यक्रमहरू गर्दै आइरहेको छ। केन्द्रले आफ्नो प्रथम वार्षिक साधारण सभा २०८२ वैशाख ६ गते सम्पन्न गरेको थियो भने हरेक वर्ष जन्मजयन्तीको अवसरमा विविध कार्यक्रमहरू गर्दै आएको छ।


































































Discussion about this post