काठमाडौं – अविरल वर्षा र खराब मौसमका कारण विभिन्न सडक खण्डमा फसेका पर्यटक तथा सहयोगी टोलीका सदस्यहरूको उद्धार र सुरक्षाको लागि ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले गम्भीर ध्यानाकर्षण गरेको छ।
विशेषगरी, काठमाडौंदेखि नागढुंगा र नौबिसे सडक खण्डमा पहिरोका कारण फसेका पर्यटक र सहयोगी सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गर्न टानले पर्यटक प्रहरी तथा अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ।
टानले मौसममा सुधार नआउन्जेल सम्पूर्ण ट्रेकिङ एजेन्सीहरूलाई पर्यटकहरू र आफ्ना सहयोगी सदस्यहरूलाई सुरक्षित ठाउँमा रहन तथा पदयात्रामा ननिस्कन अनुरोध गरेको छ। टानले करिब १ घण्टा भित्र सडक सञ्चालनमा आउने सूचना प्राप्त गरेको जानकारी पनि गराएको छ।
यदि उद्धारको आवश्यकता परेमा, पर्यटक तथा सहयोगी टोलीका सदस्यहरूको सम्पर्क विवरण र संख्याको जानकारी संघलाई टिपाउन समेत आग्रह गरिएको छ। टानले उद्धार कार्यका लागि निम्न सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ:
१. सागर पाण्डे, अध्यक्ष – ९८५१०३२०३६
२. कर्मा शेर्पा, बरिष्ठ उपाध्यक्ष – ९८५१२४४४२८
३. विष्णु प्रसाद लम्साल, प्रथम उपाध्यक्ष – ९८५१०८७३९१
४. सोनाम ग्याल्जेन शेर्पा, महासचिव – ९८५१०७८७४८
५. राम चन्द्र सेढाई, प्रमुख कार्यकारी अधिकृत – ९८४३६८७५४८
देशका विभिन्न पदयात्रा मार्गहरूमा बाढी र पहिरोका कारण अप्ठ्यारोमा परेका पदयात्रीहरूलाई उद्धार गर्न, टानले स्थानीय सरकार, प्रशासन र सुरक्षा निकायहरूसँग समन्वय गर्दै सुरक्षित व्यवस्थापन गर्ने जानकारी दिएको छ।



























































Discussion about this post