English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

Raju Jhallu Prasad by Raju Jhallu Prasad
साउन १, २०८१
in अन्तर्वार्ता, राष्ट्रिय निकुन्ज र वन्यजन्तु
A A
0
22
SHARES

अन्तर्राष्ट्रिय स्तरमा नेपाल, इको टुरिजम (पर्यापर्यटन)का लागि विश्वकै नमुना गन्तव्यको रूपमा परिचित छ,  त्यसमा पनि बर्दिया राष्ट्रिय निकुञ्ज वाइल्डलाइफ टुरिजमका पारखी तथा बाघ अवलोकन गर्न चाहनेहरूका लागि विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ । पर्यावरणीय पर्यटन (पर्यापर्यटन)को प्रमुख आकर्षण भनेको प्राकृतिक विविधता, जीवजन्तु, वनस्पति तथा त्यहाँको धार्मिक–सांस्कृतिक सम्पदा नै हो, बर्दिया यस मानेमा निकै अगाडी छ । आधुनिकताबाट वाक्कदिक्क भएका र प्रकृतिको सामीप्य खोजिरहेका विश्वका हरेक नागरिकलाई बर्दियाले आफूसँग भएको अथाह प्राकृतिक एवम् जैविक विविधताले नित्य बोलाइरहेकै छ । 

यस निकुञ्जको पर्यावरण संरक्षण र सुधार गर्दै भावी पुस्ताका लागि प्राकृतिक सौन्दर्यताको दीर्घकालीन व्यवस्थापन गर्ने जिम्मा लिएको ‘पर्यापर्यटन विकास मञ्च, बर्दिया’ पर्यटन तथा प्रकृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलिरहेका संस्थाहरू मध्ये एक हो । मञ्चले विशेषतः पर्यटकीय स्थलको वातावरण, प्राकृतिक स्रोतको संरक्षण, स्थानीय संस्कार र संस्कृतिको जगेर्नाका साथै पर्यटन व्यवसायलाई बृहत् बनाउन स्थानीय तहबाट पहल गर्ने र व्यवसायीको हकहितको संरक्षण गर्ने जस्ता कामहरू गरिरहेको छ । 

भट्टराई पर्या-पर्यटन विकास मञ्च, बर्दियाका अध्यक्ष हुन् ।

प्राकृतिक सम्पदाको संरक्षणबिना बर्दियाको पर्यटन व्यवसायको अस्तित्व रहन सक्दैन । ३४ वटा सदस्य बोकेर वातावरण संरक्षणमा लम्किरहेको मञ्चको सदस्य बन्न सजिलो छैन । सर्वप्रथम त यसको सदस्यता एक व्यक्तिले लिन पाउँदैन । कुनै एक संस्था हुनुपर्दछ र त्यस्तो संस्था वैधानिक हुनुपर्छ । यसका साथै त्यस्तो संस्था पर्यटनसँग सम्बन्धित र नेपाल सरकारमा दर्ता भएको हुनु पर्दछ । यसपश्चात्, उक्त संस्थाले ‘पर्यावरणीय पर्यटन प्रकृतिप्रति उत्तरदायी यात्रा रहेको र उसले वातावरण संरक्षण तथा स्थानीय मानिसको जीवनस्तरमा सुधार ल्याउने’ उद्देश्य लिनुपर्दछ ।

प्रस्तुत छ, वातावरण संरक्षण गरि पर्यटन व्यवसायलाई दिगो बनाउन पर्या–पर्यटनको महत्त्वबारे सरोकारवाला पक्षसँग मिलि आवश्यक जनचेतनाका कार्यक्रम गर्दै आइरहेको संस्था पर्यापर्यटन विकास मञ्च, बर्दियाका अध्यक्ष कृष्ण भट्टराईसँग टूर न्युजका लागि राजु झल्लु प्रसादले गरेका कुराकानीको सम्पादित अंश:

बर्दिया निकुञ्जको पर्यटकीय प्रवर्द्धनमा योगदान पुर्‍याउन बर्दिया पर्या–पर्यटन विकास मञ्चले आफ्नो उपस्थिति कसरी देखाइरहेको छ ?

नेपाल आउने पर्यटक मूलतः पर्वतारोहण, पदयात्रा, जैविक विविधता, सांस्कृतिक विविधता, धार्मिक तीर्थयात्रा, तथा प्रकृतिसँग गरिने साहसी खेलकुदका लागि आकर्षित हुन्छन् । यी सबै गतिविधिको प्रत्यक्ष सरोकार पर्यावरण र वातावरणसँग गाँसिएको हुन्छ । यस अर्थमा हाम्रा अतिथि वस्तुतः पर्या-पर्यटक हुन्।

बर्दियाको कुरा गर्नुपर्दा, यहाँ पर्यटक आउनुमा दुईवटा कारण छन्, एक निकुञ्ज र दोस्रो थारु संस्कृति । केही क्षणलाई थारु समुदायको सांस्कृतिक पाटोलाई छेउमा राखेर हेर्ने हो भने अहिले हामी जे छौँ, त्यो निकुञ्जकै कारण छौँ । हामीले यहाँ पर्यटक बोलाउनुको कारण पनि वन्यजन्तु हो, निकुञ्ज हो । हामीले निकुञ्जमा पर्या-पर्यटक लैजाँदै गर्दा वन्यजन्तुको प्राकृत विचरणमा असर पुग्ने कुनै पनि काम नगर्न प्रेरित गर्छौँ । पर्यटकहरूलाई अनुशासनमा रहन सिकाउँछौँ । 

यसलगायत वन्यजन्तुको संरक्षणमा क्रियाशील राष्ट्रिय प्रकृति संरक्षण कोष (एन्टीएनसी), निकुञ्ज, पथप्रदर्शक सङ्घ, लगायतका संस्थासँग मिलेर प्रकृति संरक्षणका कार्यक्रम, मानव-वन्यजन्तु सहअस्तित्वबारे जनचेतना मूलक कार्यक्रम, वन्यजन्तु पीडितहरूको हकहितमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ, यसमा विद्यार्थीहरूमार्फत इको क्लब सञ्चालन गरी प्रकृति संरक्षणका सन्देशहरू अभिभावकसमक्ष पुर्‍याउने गर्दर्छौं । हामीसँग स्थानीयवासीहरू पनि जोडिनुभएको छ ।

Photo: Bhawany Kandel Baba 6
Photo: Bhawany Kandel Baba

तपाई ‘जङ्गल हेभन’ नामक रिसोर्ट पनि सञ्चालन गर्दै आइरहनुभएको रहेछ, पर्यटन व्यवसायीको रूपमा यस यात्रामा कहिलेदेखि लाग्नुभयो ? 

मैले विगत २९ वर्षदेखि पर्यटन तथा होटेल व्यवसायीको रूपमा काम गर्दै आइरहेको छु । विगत नै खोतल्ने हो भने त ७२ हजार रुपैयाँको लगानीमा ठाकुरद्वारामा होटेल खोल्ने म तेस्रो व्यक्ति हुँ ।

सन् १८१५ को सुगौली सन्धिमा गुमेका बर्दिया नयाँ मुलुकका रूपमा सन् १८६० मा फिर्ता आयो ।  बर्दिया राष्ट्रिय निकुञ्ज घोषणा हुनुअघि करिब दुई दशकसम्म सिकार आरक्ष तथा वन्यजन्तु संरक्षण केन्द्रको रूपमा रहेको यस ठाउँमा ब्रिटिस इन्डियाले प्रत्यक्ष शासन गरेको ४५ वर्षमा वन्यजन्तुको सिकार तथा वनपैदावारको व्यापक तस्करी भयो । त्यसपश्चात् बर्दिया राणा र राजाले शासन गरिरहँदा उनीहरूका पाहुनासहित सिकार गर्न आउने सोखको चपेटामा पर्‍यो । निकुञ्ज बनेकै वर्ष बेलायती व्यवसायी जीम एडवार्डस्ले यहाँ टाइगर टप्स कर्णाली लज खोलेपछि भने औपचारिकरूपमा बर्दियामा बाघ हेर्ने विदेशी पर्यटक आउन थालेको पाइन्छ ।  वि.सं. २०५० सम्म बर्सेनि औसतमा तीन सयजना जति विदेशी मात्रले भ्रमण गरिरहेका हुन्थे । त्यसपछि विस्तारै विदेशी सँगसँगै नेपाली पर्यटक आगमन बढ्न थाल्यो । विसं. २०५८ सम्म आइपुग्दा बर्सेनि राष्ट्रिय निकुञ्ज प्रवेश टिकट काट्ने सङ्ख्या १० हजार ७५० सम्म पुग्यो । तर, राजपरिवार हत्याकाण्ड, माओवादी जनयुद्धको उत्कर्ष, शान्ति सम्झौतापछि कायम राजनीतिक अस्थिरता, बन्द, हड्ताल आदि कारणले त्यसपछिका वर्षहरूमा बर्दिया भ्रमण गर्ने यात्रीको सङ्ख्या ह्वात्तै घट्यो । वार्षिक पर्यटक आगमनको उही विन्दुमा फेरि फर्किन एक दशक बढी समय लाग्यो । संविधान सभाको चुनावपछि झन् उत्साहजनक सुधार भयो । कोरोनाले पर्यटन तहसनहस पार्नुभन्दा अघिल्लो वर्ष झन्डै पच्चीस हजार पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्ज घुमेका थिए ।

पहिले त निकुञ्जको यति महत्त्व नै थाहा थिएन । बुझ्दै गयौँ । सिक्दै गयौँ र यसको प्रचारप्रसार एवम् संरक्षणमा लागि पर्यौं । किनकि निकुञ्ज नै हाम्रो व्यवसायको प्रमुख आधार हो । नेपालको पर्यटन उद्योगमा एउटा विज्ञापनको आधार एकदम आवश्यक छ, त्यो हो माउथ टु माउथ एडभर्टीजमेन्टको सिद्धान्त । बर्दियाको हकमा यसैले काम गरेको हो, यहाँ हाल स्वदेशी भन्दा विदेशी पर्यटकहरू आकर्षित भइरहेका छन् । यद्यपि, हामीसँग बर्दियालाई विदेशमा प्रवर्द्धन गर्न सक्ने हैसियत छैन, यसमा काममा सरकारको अभिभावकत्व खोजिरहेका छौँ ।  

मध्यपश्चिमको प्रख्यात पर्यटकीयस्थलको रूपमा परिचित बर्दियाको पर्यटन उद्योग हाल कुन अवस्थामा रहेको पाउनुहुन्छ ? बर्दियाले भोगिरहेका समस्याहरू केके हुन् ?

कोरोना महामारीको कारणले तीन वर्ष जति खस्किएको अवस्था अहिले भर्खर परिपूर्ति हुँदै छ । पछिल्लो समयमा वित्तीय सङ्कटले कतिपय व्यवसायीहरूलाई अझै हम्मेहम्मे छ, जसको एउटा उदाहरण म आफैँ हुँ । सरकारले खासै सहयोग नगरेका कारण पनि धेरै मारमा परेका छौँ । अझ, पर्यटन उद्योगले त सरकारले लगानी नगरी यसलाई विदेशी मुद्रा भित्र्याइ दिने काम गर्छ । भलै, सरकारले पूर्वाधारहरू निर्माण त गर्ला तर त्यो पर्यटन व्यवसायीकै लागि भनेर बनाएको हुँदैन । जनसमुदायलाई बनाएको पूर्वाधार प्रयोग गर्दै आफ्नो लगानी मार्फत हामीले पर्यटन व्यवसाय सन्चालन गर्ने हो । 

बर्दियाको हकमा नेपाल सरकारको भूमिका अझ कम छ । किनभने, नेपाल पर्यटन बोर्डले आजसम्म कत्तिको पर्यटन प्रवर्द्धन गर्‍यो ? अझ भनौँ, बर्दियाको हकमा कति पर्यटन प्रवर्द्धन भयो ? चर्चामा नआएका कति पर्यटकीय क्षेत्र पहिल्यायो ? के-कस्ता पर्यटकीय उत्पादनहरू बाहिर ल्यायो ? पर्यटन प्रवर्द्धनमा लगानी गरिरहेको रकमले राज्यलाई कति प्रतिफल दियो ? भन्ने जस्ता प्रश्नहरू अझै पनि अनुत्तरित छन् । 

यद्यपि, हामी व्यवसायीहरूको व्यक्तिगत प्रयास एवम् संस्थागत प्रचारप्रसारबाट पछिल्लो वर्षदेखि कमबेसी पर्यटकहरू भित्राइरहेका छौँ । निजीक्षेत्रबाट महँगो लगानी भए पनि राज्यले बेवास्ता गरेका कारण यस प्राकृतिक गन्तव्य ओझेलमै छ । साथै, आन्तरिक तथा बाह्य व्यक्तिका लागि काठमाडौँ–नेपालगन्ज जहाज भाडामा विभेद रहेकाले पनि विदेशी पर्यटक यात्रा गर्न हिचकिचाउने गरेका छन् । हवाई सेवा सञ्चालकहरूले यस्तो विभेदकारी नीति हटाउनुपर्छ ।

Photo: Raju Jhallu Prassad

पछिल्लो बाघ गणनापश्चात् बर्दिया र बाघ पर्याय बनेका छन्, बाघले बर्दिया र बर्दियाले बाघलाई कत्तिको बुझेको पाउनुहुन्छ ? 

निकुञ्जकै विगत हेर्ने हो भने पनि यो विशेषतः बाघकै संरक्षणको लागि स्थापना गरिएको हो । जसरी चितवन गैँडाको लागि, ढोरपाटन बाह्रसिङ्गेको लागि, कोशीटप्पु चराको लागि प्रसिद्ध छन्, त्यसरी नै बर्दिया बाघको लागि प्रसिद्ध छ । तर, केही समय अगाडि बाघको सङ्ख्या घटेर अत्यन्तै चिन्तित बनाएको थियो । सरकारको प्रयास, समुदायको प्रयास, वैदेशिक सहयोगी संस्थाहरूको सहयोग आदि इत्यादिले बाघको सङ्ख्या पुनः बढेर पछिल्लो सेन्ससअनुसार १२५ पुगेको छ । यो हाम्रो लागि मात्र नभएर सम्पूर्ण नेपालीको लागि खुसीको कुरा हो । 

तथ्यांकअनुसार रोयल बेंगाल प्रजातिको बाघ विश्वका तेह्र देशमा पाइन्छ । यीमध्ये प्राकृतिक बानी व्यहोरामा कुनै पनि परिवर्तन नभएको बाघ नेपालमा पाइन्छ । एसिया प्यासिफिक रिजनमा पहिलो ग्रीन डेस्टिनेसनको रूपमा स्थापित बर्दियालाई करिब तीन वर्ष अगाडि जर्मनमा भएको विश्व सम्मेलनले समेत संसारका घुम्ने पर्ने ठाउँमध्ये एकमा राखेको छ । 

बर्दियाले बाघलाई र बाघले बर्दियालाई बुझेकै कारण यति सानो क्षेत्रमा बाघको सङ्ख्या बढेको हो ।  बर्दियामा संसारमै सबैभन्दा सानो क्षेत्रमा बाघ बस्छ । किनकि बाघ एउटा मांसाहारी जीव हो । बर्दियामा आधारित रहेर कुरा गर्दा प्रति वर्ग किलोमिटरमा ९६ वटा यसका आहार प्रजाति पाइन्छन् । जति धेरै आहारा भयो, जति धेरै पानीका श्रोतहरू उपलब्ध भयो  त्यति सानो क्षेत्रमा बाघ सीमित हुनु स्वाभाविक हो । सानो क्षेत्र भएकै कारण होला, हामीले एकैदिनमा सातवटा बाघसम्म देखेका छौँ । बाघले जमिनको इको सिस्टमको टप लेभलमा बसेर काम गरेको हुन्छ । पारिस्थितिक प्रणालीलाई सन्तुलन राख्ने काममा बाघ र यसै समूहमा पर्ने वन्यजन्तुले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् । 

‘टाइगर टुरिजम’ अन्तर्गत बाघ हेर्न भनेर आएका पर्यटकले के कस्ता सावधानीका उपाय अपनाउनु पर्छ ? तपाईँले बाघलाई कसरी बुझ्नुभएको छ, बाघ कस्तो जनावर हो ?

सबैभन्दा पहिलो कुरा त आफूमा धैर्यता हुनुपर्दछ । जस्तोसुकै परिस्थिति पनि सहन्छु भन्ने दृढता हुनुपर्छ, र आफूमा विश्वास हुनुपर्छ । अनिवार्य रूपमा गाइडसँग जानुपर्ने हुन्छ । हाम्रो आनीबानी जङ्गलमैत्री हुनुपर्छ । लगाएका कपडाको रङदेखि लिएर ठूलो स्वरले नबोल्ने जस्ता कुराहरू प्राथमिकतामा पर्छन् । किनकि बाघले हामीलाई देख्यो भने त्यो लुकिहाल्छ, त्यसमा लजालु प्राकृतिक स्वभाव हुन्छ । 

क्याट फ्यामिलीमा सबैभन्दा ठूलो प्रजाति बाघ जङ्गलको सबैभन्दा सुन्दर प्राणी हो । बाघ निकै भद्र एवम् लजालु हुन्छ । बाघसँग जम्काभेट हुँदा ऊ लजाएको प्रस्टै देख्न सकिन्छ ।  त्यसैगरी, बाघको सुन्न सक्ने र देख्न सक्ने क्षमता पनि अलिक बढी हुन्छ । त्यसैले बोल्ने, हल्ला गर्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ । बाघ देख्ने बित्तिकै धेरै डराउनु पर्दैन । किनकि बाघले देख्ने बित्तिकै आक्रमण गर्ने पनि होइन । कतिपय अवस्थामा हामी आत्तिएरै पनि बाघको सिकार हुनु परेको अवस्था छ । बाघले अगाडीबाट आक्रमण गर्दैन । आई कनट्याक्ट गरी रहने र आफू पछाडि हट्ने हो भने बाघसँग जम्काभेट हुँदा पनि बच्न सकिन्छ ।

बाघबारे विशेषज्ञता हासिल गरेका कथित विज्ञहरू बाघले राति मात्र आक्रमण गर्ने बताउँछन्, तर, उनीहरू गलत छन् । बाघलाई मानिससँग डर भएका जतिबेला पनि गर्न आक्रमण सक्छ । मेरो अनुभवमा बाघभन्दा चितुवा बेसी हिंस्रक हुन्छ ।

अझ, जङ्गलमा कुनै जीवसँग डराउनुपर्छ भने, त्यो हो गैँडा । गैँडा एकदमै रिसाहा स्वभावको हुन्छ ।

Photo: Bhawnay Kandel Baba

वन्यजन्तुको संरक्षण र वृद्धि विकासका लागि जैविक मार्ग पनि महत्त्वपूर्ण हुने गर्दछ, बर्दियाको हकमा पछिल्लो समय खाता कोरिडोरमा ह्रासोन्मुख भइरहेको भन्ने सुन्निन्छ, यो कत्तिको साँचो हो ?

खाता कोरिडोरले बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरीसँग जोड्छ । यी दुई संरक्षित क्षेत्रका बाघ, हात्ती, गैँडा जस्ता ठूला तर लोपोन्मुख जनावर आवतजावत गर्ने मार्ग यही हो । यस कोरिडोरले वन्यजन्तुलाई बाटो मात्रै उपलब्ध गराएको छैन, यता र उताका वन्यजन्तुबिचको सम्बन्धबाट नयाँ सन्तान जन्मने कारण पनि सिर्जना गरिरहेको छ, यस कोरिडोरका कारण जैविक विविधताका वृद्धि भएको छ । वन्यजन्तुका सन्तानमा अनुवांशिक ह्रास हुन् जोगिनु भनेको यहाँ मूल प्रजातिको वंश जोगिनु हो । 

यस मार्गमा केही समस्या आएको कुरा केही हदसम्म सत्य हो । यसमा जनताका आवश्यकताका कुराले पनि फरक पार्दछ । स्थानीय समूदायबाट अलिकति बाधा पुगेको हो । हात्तीसारदेखि तल्लो भेगमा तीनवटा सामुदायिक वन रहेका छन्, जुन बाघ र गैँडाको लागि उपर्युक्त प्राकृतिक निवास हो । त्यो भेगमा सयौँ भैँसी, गाईगोरु, पचासौँ मान्छे दिनहुँजसो पुगिरहँदा बाघ लगायतका जनावरलाई एकदमै नराम्रो असर परिरहेको छ । बाघ हाम्रो नेपालको मात्र नभएर विश्वको सम्पत्ति हो । यसलाई बचाउन यो भेगका स्थानीयहरूलाई सरकारले वैकल्पिक पेसाको अवसर दिएर यस क्षेत्रलाई संरक्षण गर्‍यो भने यो ह्रासमा कमी आउन सक्छ । 

(भट्टराई पर्या-पर्यटन विकास मञ्च, बर्दियाका अध्यक्ष हुन् ।) 

(टुर न्युजको बर्दिया अंकबाट, अर्काइभ)

Share9Tweet6Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
हिउँ चितुवाको सङ्ख्या ३९७
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

हिउँ चितुवाको सङ्ख्या ३९७

बैशाख ९, २०८२
कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत

कार्तिक १२, २०८१
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?

कार्तिक ११, २०८१
नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती
पर्या-पर्यटन

नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती

कार्तिक ९, २०८१
Load More
Next Post
तथ्यांक माग्छ सरकार, मिथ्यांक बुझाउँछ विद्यालय !

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions