काठमाडौं, २६ अगस्त २०२५ – बेस्ट वेस्टर्न प्लस काठमाडौंले आफ्नो समुदायसँगको पहिलो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम हरितालिका तीजको अवसरमा सञ्चालन गर्दै महत्वपूर्ण सुरुवात गरेको छ। होटलले पशुपतिनाथ मन्दिर आउने हजारौं भक्तजनहरूलाई निःशुल्क पानीको बोत्तल र जुस वितरण गरेको थियो।
तीज पर्व विशेषगरी महिलाहरूले उपवास, पूजा र सांस्कृतिक उत्सवका साथ मनाउने पर्व हो। यस अवसरलाई मध्यनजर गर्दै होटलको पहलले दीर्घ समयसम्म पूजा गर्ने भक्तजनहरूको सहजता र सुविधा सुनिश्चित गर्न योगदान पुर्याएको छ।


बेस्ट वेस्टर्न प्लसका उमेश श्रेष्ठले भने, “हामीले यो पहल विशेष गरी तीज पर्व र पशुपतिनाथ मन्दिरका भक्तजनहरूका लागि समर्पित गरेका हौं। हाम्रो लागि पाहुना सेवा गर्नु मात्र होइन, समाज सेवा गर्नु पनि अतिनै महत्त्वपूर्ण छ। यो केवल सुरुवात हो, र भविष्यमा पनि हामी समुदायमुखी कार्यक्रमहरू सञ्चालन गर्दै जानेछौं।”
यस पहिलो CSR पहलमार्फत, बेस्ट वेस्टर्न प्लस काठमाडौंले वैश्विक मानक र स्थानीय परम्पराको समन्वय गर्दै समाजमा सकारात्मक योगदान पुर्याउने आफ्नो दृष्टिकोणलाई अझ सुदृढ बनाएको छ।


बेस्ट वेस्टर्न® होटल्स एन्ड रिसोर्ट्सबारे:
बेस्ट वेस्टर्न® होटल्स एन्ड रिसोर्ट्सको मुख्यालय फिनिक्स, एरिजोना मा रहेको छ र यो विश्वव्यापी रूपमा मान्यता प्राप्त आतिथ्य ब्रान्ड हो, जसको १०० भन्दा बढी देशहरूमा उपस्थिती छ। उत्कृष्ट ग्राहक सेवा र समुदायसँगको सहभागितामा समर्पित, बेस्ट वेस्टर्नले ७५ वर्षभन्दा बढी समयदेखि विश्वासिलो आतिथ्य अनुभव प्रदान गर्दै आएको छ।
पशुपतिनाथ मन्दिर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अवस्थित बेस्ट वेस्टर्न प्लस काठमाडौंमा ८४ आधुनिक कोठा, स्वीमिङ पूल, स्पा, जिम र ब्याँक्वेट हलहरू उपलब्ध छन्। होटलले विश्वस्तरीय सेवा र स्थानीय समुदायसँगको अर्थपूर्ण सम्बन्ध दुवैमा जोड दिएको छ।






























































Discussion about this post