English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हाइवेको अस्वस्थ खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

Raju Jhallu Prasad by Raju Jhallu Prasad
मंसिर २२, २०८०
in अन्तर्वार्ता, राष्ट्रिय निकुन्ज र वन्यजन्तु
A A
0
17
SHARES

निकुञ्जबाट कमाइ पनि नहुने र सरकारको मात्र लगानी हुने हो भने मुलुकले लामो समय थेग्न सक्दैन । निकुञ्जमा गरिएको लगानी उठ्नुपर्छ । यसकारण संरक्षणलाई व्यापारिक दृष्टिबाट हेर्न थाल्नुपर्छ । यसो गरिरहँदा हामीले प्रकृति सुरक्षाको बिमा, स्थानीय समुदायको जीवन बिमाको ग्यारेन्टी गर्नुपर्छ । 

– राजेन्द्र सुवाल, डब्लुडब्लुएफ नेपालको साझेदारी विकास कार्यक्रम निर्देशक

‘नेपालमा बाघ पर्यटनको भविष्य छ’ यो वक्तव्य हो, राजेन्द्र सुवालको । वर्षौँबाट पर्यापर्यटनको बाटोमा अथक हिँडेर अहिलेको अवस्थासम्म आइपुगेका सुवाल प्रकृतिलाई आर्थिक पाटोसँग जोड्न सकिन्छ भन्ने उदाहरण पनि हुन् । वन्यजन्तु पर्यटनमा चासो राख्ने उनी सारस विज्ञ एवम् डब्लुडब्लुएफ नेपालको साझेदारी विकास कार्यक्रम निर्देशक हुन् । ‘बर्ड वाचिङ’ (चरा अवलोकन) उनको दैनिकी समेत हो ।

संरक्षित बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र संरक्षित बाघ पर्यटनका लागि विश्वकै आकर्षक ठाउँ हो । जङ्गलमा बाघ जतिखेरै देखिन्छ भन्ने होइन बाघ देख्नका लागि धैर्यता चाहिन्छ । यसैकारण देख्नु एक दुर्लभ उपलब्धि हो । र, बाघलाई पर्खिबस्दा अत्यास लाग्छ, त्यसबेला जङ्गलको घाँसे मैदान, सिमसार एवं रुखमा आइपुग्ने चरा नियाल्नु सबैभन्दा सुन्दर उपाय हो । वन्यजन्तु पर्यटनतर्फ पहिलेपहिले धेरैको रुचि चरा अवलोकन र फोटोग्राफीतर्फ हुन्थ्यो, तर समयसँगै वन्यजन्तु पर्यटनमा बाघ सर्वाधिक लोकप्रिय हुन् पुगेको छ । 

प्रस्तुत छ, बाघ पर्यटनसँगै बर्ड वाचिङमा रुचि राख्ने राजेन्द्र सुवालसँग बर्दियालाई केन्द्रमा राखेर पर्यापर्यटन र यसको आर्थिक पाटोलाई लिएर गरिएको कुराकानी:  

बाघ के हो ? के होइन ?

बाघ पहिले सिकार, शान, शौकत र प्रतिष्ठासँग जोडिएको वस्तु थियो, अहिले यसको न्यून सङ्ख्या, वासस्थानको विनाश, आहाराको घट्दो क्रम, चोरी सिकार र अवैध व्यापारका कारण विश्व नै बाघ जोगाउन र हेर्न लालायित छ । पछिल्लो समय, बाघ वन्यजन्तु पर्यटनको आधरस्तम्भको रूपमा दह्रिएको छ । यसकारण बाघ के होइन प्रश्न निरर्थक साबित भइसकेको छ । 

सामान्यतया: बाघलाई सामाजिक रूपमा हेर्दा हाम्रो घर/समाज जस्तै हो । घरमा आमाको जति खाँचो पर्छ, जङ्गलमा बाघको उत्तिकै खाँचो छ । मानव समाज र समुदायको एउटा प्रणाली भएजस्तै जङ्गलको पनि प्रणाली हुन्छ । सो प्रणालीलाई सन्तुलनमा राख्ने एवं सो प्रणालीको गुणस्तरलाई जनाउने इन्डिकेटर हो, बाघ । 

बिरालो परिवारको सबैभन्दा ठूलो प्रजाति बाघ खाद्यचक्रको उपल्लो तहमा पर्छ । छालाको पहेँलो भुईँमा काला पाटाहरूले बाघ आकर्षक देखिन्छ, यसपछि यसको चुस्तता र लचकदार हिँडाई अर्को मनमोहक कुरा हो । प्रत्येक बाघमा पाटाहरू फरक-फरक हुन्छन् । यसका नङ्ग्रासहितका पञ्जा ठूला र बलिया हुन्छन् । यसको डोब पनि प्रत्येक बाघमा फरक-फरक हुन्छ । यी पाटा र पञ्जाका डोब नै बाघहरू बिचको फरक छुट्टयाउने सङ्केत हुन् ।  

नेपालको हकमा, तराई भू–परिधि कार्यक्रम लागू गरिएका तराईका पाँच वटा संरक्षित क्षेत्र (पूर्वमा पर्सा राष्ट्रिय निकुञ्जदेखि चितवन, बाँके, बर्दिया र पश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म)लाई नेपालमा बाघको परम्परागत वासस्थानका रूपमा लिइन्छ । सन् २०१८ मा यी निकुञ्जमा बाघ गणना गरिएको थियो जसअनुसार, बढी सङ्ख्यामा बाघ चितवनमा पाइने भएपनि सङ्ख्या वृद्धिको दर हेर्दा बाँके र बर्दिया अगाडि रहेको छ । पश्चिम नेपालका निकुञ्जहरूमा भालेभन्दा पोथी बाघको सङ्ख्या बढी नै छ । त्यसकारण पनि सङ्ख्या बढेको हो । 

Photo: Deepak Rabanshi

बाघ-मानव द्वन्द्व व्यवस्थापनलाई कसरी हेर्नुभएको छ ?

बाघलाई ‘जङ्गलको राजा’ भनिन्छ, यो भन्नु भनेको बाघलाई जीवन निर्वाह गर्न ठुलो क्षेत्र चाहिन्छ भन्नु हो । जङ्गलमा सबैभन्दा बढी क्षेत्र र खाना चाहिने एउटा हात्तीलाई हो भने अर्को बाघलाई नै हो । बाघले घाँस खाएर जिन्दगी बिताउँदैन । खाएपनि आफ्नो सिकार खाइसकेपछि त्यसको पूर्ति या सन्तुलन मिलाउनका लागि खान्छ ।  

बाघका लागि प्रशस्त मात्रामा पानी, घाँस र सिकार उपलब्ध हुनुपर्छ । घाँसे मैदानको असल व्यवस्थापनले आहारा प्रजातिको वृद्धि गराउँछ, जो स्वस्थ बाघको प्रत्यक्ष वृद्धिसँग जोडिएको छ । बाघ अल्छी जीव हो, यसकारण ऊ सधैँ चाहन्छ कि पानी, घाँस, वासस्थान र सिकारका लागि टाढाटाढा पुग्नु नपरोस् । बाघले जति नजिक आफ्नो सिकार भेट्छ, ऊ उति खुम्चिन्छ । नजिकको सुपर मार्केटमा सबैकुरा पाइयो भने टाढा जानु परेन नि, हो त्यस्तै हो । बाघ भन्नासाथ हामी जङ्गल भन्छौँ, तर पानी नभएको जङ्गलमा ऊ बस्न सक्दैन । बाघ सिकार गर्छ, पानी खान्छ अनि मज्जाले सुत्छ । २/३ दिनसम्म एक ठाउँबाट अर्को ठाउँ अलिअलि मात्र हिँड्छ । अहिले बर्दियामा १०० भन्दा धेरै पोखरी छन् । बाँकेमा पनि प्रशस्त पोखरी छन् तर, त्यहाँको पानीको कमी छ । अन्यत्र पनि पानीको समस्या देखिएको छ । 

अर्को कुरा, डमरुले हुर्किएपछि आमा छोड्नु पर्ने हुन्छ । आमा छोडेपछि आफ्नो बेग्लै क्षेत्र बनाउनुपर्ने हुन्छ । आफ्नो इलाका बनाउँदा झगडा गर्नुपर्छ । र, सकेन भने युवा या वृद्धले सो क्षेत्र छोडेर जानुपर्छ । यसो हुँदा ऊ मानव बस्तीमा छिर्ने हो, जसले द्वन्द्व सृजना गर्दछ । नेपालमा द्वन्द्व बढ्नु भनेको बाघ धेरै भएको भन्ने होइन, हामी बाघको लागि वैज्ञानिक वासस्थान व्यवस्थापन एवं उसको आनीबानीबारे अझै सचेत भइसकेका छैनौँ भन्ने सङ्केत हो ।  

नेपालको पर्यटन नीतिले गुणात्मकता भन्दा परिमाणात्मकता ध्यान दियो, जसका कारण निकुञ्जमा पर्यटकीय चाप बढेअनुसार आयआर्जन हुन् सकिरहेको छैन ।  जनावरहरूको ‘स्ट्रेस लेभल’ हामीले चेक गरेका छैनौँ तर मानवीय चापले गर्दा हाम्रा वन्यजन्तुको प्राकृतिक स्वभावमा परिवर्तन देखिँदै छ, जो राम्रो सङ्केत होइन ।

मानव- बाघको द्वन्द्व व्यवस्थापनका लागि अन्तरदेशीय आवागमन (कोरिडोर) क्षेत्र विस्तार गरिएका छन्, तर कोरिडोर क्षेत्रमै बढी घटनाहरू देख्न पाइन्छ । यसबारे तपाईँको टिप्पणी ?

कोरिडोर क्षेत्रमा द्वन्द्व बढेको सत्य हो, तर त्यहाँ मात्रै घटना देखिएका छन् भन्ने होइन । द्वन्द्वका अनेकन् कडीहरू छन् । जब हामी कोरिडोरको कुरा गर्छौँ, ठुलो क्षेत्रफल रुचाउने बाघको स्वभावलाई बुझेर नै नेपालमा तराई भू-परिधि क्षेत्रसँगै मध्यवर्ती क्षेत्र तथा अन्तरनिकुञ्ज र अन्तरदेशीय बाघ कोरिडोर (जैविकमार्ग) जोडेर, जोगाएर र विस्तार गरेर बाघको संरक्षण तथा प्राकृतिक वासस्थान व्यवस्थापनको अभ्यास थालिएको तथ्यलाई बिर्सनुहुँदैन, जसमा डब्लुडब्लुएफको सक्रिय भूमिका थियो/छ । बाघ फोरेस्ट कोरिडोर, नदी कोरिडोर या सिमसार कोरिडोर भएर एक देशदेखि अर्को देशमा सजिलै हिँडडुल गरिरहन्छ, यस्ता ‘बायोलोजिकल पाथ वे’बाट हाम्रा बाघहरू कति सङ्ख्या भारततर्फ गइरहेका छन् वा कति सङ्ख्यामा भारतका बाघ नेपाल आइरहेका छन् भनेर हामी मोनिटरिङ गरिरहेकै छौँ । यस मानेमा जैविकमार्गको अभ्यासले मानव-बाघ द्वन्द्व व्यवस्थापनलाई सघाइरहेकै छ । तर, द्वन्द्व व्यवस्थापन कोरिडोर म्यानेजमेन्टसँग मात्रै सम्बन्धित छैन, यो सङ्क्रमणकालीन राजनैतिक अवस्था र कमजोर कानुनसँग पनि सम्बन्धित छ । द्वन्द्व व्यवस्थापन मूलतः बाघको जैविक, पर्यावरणीय तथा सांस्कृतिक महत्वको बारेमा जनचेतना अभिवृद्धि व्यापक बनाउने कुरासँग सम्बन्धित छ, यसमा तपाईँजस्ता मिडियाकर्मीहरूको ठुलो भूमिका छ । बाघ संरक्षण एवं द्वन्द्व व्यवस्थापनमा अन्तरदेशीय साझेदारीसँगै स्थानीय समुदाय, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मी, संरक्षणकर्मी सबै बरोबरी भूमिका रहन्छ, भूमिका निर्वाह गरे/नगरेको निर्वाह गर्ने काम राष्ट्रको हो । 

बाघलाई लिएर नेपाल विश्व प्रशंसित छ, तर बाघमा लगानी गरेअनुसार नेपालले कमाउन चाहिँ सकेन नि ! किन होला ?

हो, हामीले धेरै राम्रो कन्जरभेसन गर्‍यौँ । यतिबेला हामीकहाँ बाघलाई हिँडडुल गर्ने ठाउँहरू छन् । बाघ संरक्षणमा प्रशासन, नेपाल आर्मी, स्थानीय, एन्टीपोचिङ युनिट्स, कम्युनिटी बेस टुरिजम (होमस्टे टुरिजम), पर्यटन व्यवसायी, वातावरणकर्मी, मिडिया, वैदेशिक निकाय सबैको सहयोग पुगेको छ । छोटो समयमा बाघको सङ्ख्या बढेको छ । बाघ दोब्बर गर्ने योजना अनुरूप लाग्दा तेब्बर पनि भएको छ, यस्तो प्रगति देखेर विश्व चकित छ । ३० वर्ष अघि बिरलै देखिने बाघको ‘रिलाईबिटी अफ साइटिङ’ धेरै उच्च भएको छ । १९७०/८० मा बाघ, गैँडा हेर्न अमेरिकादेखि मान्छे आउँथ्यो, हाल विश्वभरबाट आइरहेका छन् । नेपालीहरू नै बाघ हेर्न चितवन मात्रै होइन, बर्दियासम्म पुग्न थालेका छन् । यसबाट टुरिजम सर्भिसेज, इको सिस्टम सर्भिसेजका विभिन्न आयामसहित  बाघ संरक्षण र व्यवस्थापनका चुनौतीहरूलाई नेपालले बुझ्न पाएको छ । नेपालसँग यसप्रकारको ज्ञान यसअघि कहिल्यै थिएन । तर, यो सब हुँदाहुँदै पनि नेपालले लगानीअनुरूपको प्रतिफुल नपाएको सत्य हो । 

यसो हुनुमा मानव-बाघ द्वन्द्व कारण हो भन्ने गरिन्छ, वास्तवमा त्यसो होइन किनभने हालसम्म पर्यटक-बाघ द्वन्द्व हालसम्म देखिएको छैन । तर, एउटा कुरा के पक्का हो भने, बाघलाई जङ्गलभित्रै राख्ने सवालमा थोरै होमवर्क गर्ने हो भने नेपालको पर्यटन अझ सुरक्षित र गतिशील चाहिँ बन्नेछ ।

नेपाल बाघ पर्यटन विस्तारित र प्रतिफल केन्द्रित नहुनाका विविध कारण छन् । पहिलो- इको सिस्टम सर्भिसेज हो, जस्तै: शिवपुरी-नागर्जुन जङ्गल पानी, स्वच्छ हावाको लागि जोगाइएको हो, तर पछिल्ला वर्षहरूमा शिवपुरी-नागर्जुनमा मानवीय गतिविधिको चाप बढेको छ । नेपालका अन्य नेशनल पार्क पनि यस समस्याबाट गुज्रिरहेका छन् । यसो हुनुमा हाम्रो पर्यटन नीति मुख्य दोषी हो । नेपालको पर्यटन नीतिले गुणात्मकता भन्दा परिमाणात्मकता ध्यान दियो, जसका कारण निकुञ्जमा पर्यटकीय चाप बढेअनुसार आयआर्जन हुन् सकिरहेको छैन । जति मान्छेहरू नेशनल पार्क भित्र जान्छ, वन्यजन्तुको व्यवहारमा पनि उति परिवर्तन हुन्छ । जनावरहरूको ‘स्ट्रेस लेभल’ हामीले चेक गरेका छैनौँ तर मानवीय चापले गर्दा हाम्रा वन्यजन्तुको प्राकृतिक स्वभावमा परिवर्तन देखिँदै छ, जो राम्रो सङ्केत होइन । चितवनमा यो समस्या देखिएको छ, पैसा तिरेर राम्रो भन्न लगाउने एउटा कुरा हो तर, वास्तवमा सस्ता पर्यटकको सङ्ख्या वृद्धि गरेर निकुञ्जलाई भार पार्नु मुनासिब कुरा होइन ।

बाघकै कुरामा, नेपाल विश्वकै फोरफ्रन्ट हो, तर बाघ देखाएर हाम्रा निकुञ्जले कमाउन सकेका छैनन् । थोरै उठेको राजश्व पर्याप्त छैन । तपाईँलाई एउटा उदाहरण भनौँ- १९६५ मा जब साउथ एसिया सुतिरहेको थियो, दुई जना अमेरिकन यता आए । त्यो सिकार युग थियो, लाइसेन्स लिएर बाघको सिकार गर्न पाइन्थ्यो । क्रमश: बाघ लोप हुँदै गएपछि सिकार रोकियो । त्यसपछि वाइल्ड लाइफ टुरिजमको कन्सेप्ट आयो, जसले चोशिकारी जस्ता कार्यलाई निर्मूल पार्दै गयो । बढ्दो शहरीकरण र बदलिदो विश्वपरिवेशसँगै वाइल्डलाइफ टुरिजम सतहमा आयो, जसमा पछि गएर हात्ती सफारी, र्‍याफ्टिङ र क्यानोनिङ भनेर प्याकेजहरू थपिए । अहिले ५०० डलर खर्चिने हो भने यी सबै सुविधा पाइने देखिन्छ तर, १९६५ मा कम्तीमा तीन लाख तिर्नुपर्थ्यो । १९७५ तिर ५ हजार पर्यटक नेपाल आउँथे, ८५ आइपुग्दा २५ हजार पुग्यो, र विस्तारै बढ्दै गयो तर, दुर्भाग्य के छ भने विभिन्न अर्थ-राजनीतिक कारणले हाइ भ्यालु टुरिस्टहरू नेपाल छाडेर अन्यत्र  पुगे, जो हालसम्म फर्किआएका छैनन् । १९६५ मा त भुटान पनि पर्यटनको लागि खुलेको थिएन, त्यतिबेला नेपाल ‘ड्रिम डेस्टिनेसन’को रूपमा सेट भएको थियो । चितवन जाने बाटो समेत नहुँदा पनि पनि पर्यटक नेपाल आउँथे । यसकारण, १९६५ कै लेबलका पर्यटक ल्याउनका लागि वैकल्पिक उपायहरूबारे सोच्ने बेला आएको छ ।

Photo: Sagar Giri

दोस्रो कारण ?  

पहिलो, दोस्रो भन्दा पनि मुख्य कुरा के हो भने, हामीले हाम्रो संरक्षणसँगै संरक्षण कार्यको ‘मनि भ्यालु’ हेरेको छैनौँ । बिजनेस टर्मबाट सोचेन भने अर्थतन्त्रमा असर पुग्छ । आज हामी ‘लिस्ट डेभेलपमेन्ट कन्ट्री’ भएकोमा खुसी छौँ किनकि हामीसँग अनुदान थाप्ने अवसर छ तर, जसै एक स्टेप माथि बढ्छौँ, हामीले ऋण लिन मात्रै पाउँछौँ, अनुदान पाउँदैनौँ । ऋण लिने तहमा आउनुभन्दा अगाडी हाम्रो हरेक नेशनल पार्कले पैसा कमाउनु पर्ने हुन्छ । नेशनल पार्कहरू बैङ्किङ क्षेत्रकै हैसियतमा उक्लनुको विकल्प छैन । कमाइ पनि नहुने र सरकारको मात्र लगानी हुने हो भने मुलुकले लामो समय थेग्न सक्दैन । निकुञ्जमा गरिएको लगानी उठ्नुपर्छ । यसकारण संरक्षणलाई व्यापारिक दृष्टिबाट हेर्न थाल्नुपर्छ । यसो गरिरहँदा हामीले प्रकृति सुरक्षाको बिमा, स्थानीय समुदायको जीवन बिमाको ग्यारेन्टी गर्नुपर्छ । प्रकृति र स्थानीय बिना वन्यजन्तु पर्यटन सम्भव छैन । 

नेपालमा राम्रो कुरा के छ भने- पर्यटनमा जति पैसा आउँछ, त्यसको ५० प्रतिशत बफर जोनमा जान्छ । सो पैसा बफर जोनको प्राथमिक आवश्यकता, कनेक्टिभिटी, स्वास्थ्य, शिक्षा आदिमा खर्च हुन्छ । हालसम्म पनि हामीले बफर जोनलाई पर्यटन उद्योगसँग जोड्न सकेका छैनौँ, बफर जोनमा अझ पनि पर्याप्त खर्च गर्नुपर्ने स्थिति छ । जब हामी निकुञ्ज पर्यटनको कुरा गर्छौँ, बफर जोन म्यानेजमेन्ट र उसको रोजगारी एवं सुनिश्चिततालाई बेवास्ता गरिरहेका हुन्छौँ । हामीले यतिबेला एकसाथ धेरै वटा काम गर्नुपर्नेछ । निकुञ्ज संरक्षण र वैज्ञानिक व्यवस्थापन, मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन, बफर जोन म्यानेजमेन्ट एवं उसलाई पर्यटनतर्फ आकर्षित बनाउने काम, सक्षम गाइड उत्पादन, हवाई एवं बाटोघाटोको सुलभता एवं स्तरीयता, व्यावसायिक वन्यजन्तु पर्यटन एवं सबलीकरण, प्रचारप्रसार आदि । निकुञ्ज पर्यटनबाट पैसा आउन थालेपछि सरकारलाई पनि आफ्नो बजेटको धारणा बनाउन सजिलो हुन्छ, अहिले सरकार उल्टै निकुञ्जहरूमा लगानी गरिरहेको छ । हाम्रा निकुञ्जहरूले सरकारलाई रोयल्टी फर्काउने बेला भइसकेको हो, तर सो अवस्था आइसकेको छैन । 

यसतर्फ डब्लुडब्लुएफले के गर्दैछ ? डब्लुडब्लुएफको भूमिकालाई प्रष्टाइदिनुहुन्छ कि ? 

डब्लुडब्लुएफ सरकार होइन । समुदाय होइन, एक्सपर्ट होइन । डोनर पनि होइन । तर डब्लुडब्लुएफले एक्सपर्ट ल्याउने काम पनि गर्छ । स्थानीयको कुनै गुनासो भए सरकारसँग छलफल गर्ने काम गर्दछ । देशको नीतिदेखि रैथाने समुदायको अधिकारसम्मका कुराहरू हामीले विचार पुर्‍याउनुपर्ने हुन्छ । यसका लागि टेक्निकल एक्सपर्ट र डोनरसँग अन्तर्क्रिया पनि गर्छौँ । ‘हामीलाई यस्तो समस्या छ, अहिले सरकारको पैसा आउन समय लाग्छ भनेको छ, डोनर ल्याउनु पर्‍यो भन्छौँ ।’ अर्कोतर्फ, हामी बाघको सङ्ख्या बढ्दै जाँदा वासस्थान व्यवस्थापन, आहार प्रजातिको संरक्षण, मानव-बाघ द्वन्द्व न्यूनीकरण र मौसम परिवर्तन जस्ता थपिएका चुनौतीहरूलाई जनमानसमा पुर्‍याउन सञ्चारमाध्यमको सहयोग लिने गर्छौँ । ‘यहाँ समस्या छ र समाधान पनि छ । यसप्रकार समाधान गर्न सकिन्छ, त्यसका लागि वार्षिक यति पैसा चाहिन्छ भनेर कुनै डोनरलाई प्रपोजल दिएर एजेन्सीको सहयोगमा अनुदान जुटाइदिने काम समेत हामीले गर्दछौँ । डब्लुडब्लुएफ पनि नेपालको संरक्षण क्षेत्रको वृद्धि विकाससँगै निकुञ्ज पर्यटन व्यावसायिक भएको देख्न चाहन्छ । हामी सरकारलाई सघाउन आतुर छौँ । 

निकुञ्जमा रहेकै बेला डी क्याप्रियोको आमा रेस्ट रुम जानका लागि होटेलमा फर्किइन्, डी क्याप्रियो पनि आमासँगै फर्किए । उनीहरू गएको केहीबेरमा ३/४ वटा डमरु देखिए । जसै डी क्याप्रियोका आमाछोरा फर्किए, अरूले ‘हामीले बाघ देख्यौँ’ भनेर सुनाए । मलाई लाग्छ उनीहरूलाई पक्कै नराम्रो महसुस भयो ।

Rajendra N. Suwal

नेपालको बाघ पर्यटन र लियोनार्दो डी क्याप्रियो पर्यायवाची जस्तो भएका छन् नि, उनको उपस्थितिलाई  कसरी हेर्नुहुन्छ ?  

हो, नेपालमा बाघ पर्यटनको कुरा गर्दा लियोनार्दो डी क्याप्रियोको नाम पनि जोडिन आउँछ । उनी आफ्नी आमासहित २०१२ बर्दिया घुम्न आएका थिए । उनीहरू निकै अनुशासित रहेछन् । हामी ‘कल अफ द नेचर’ भन्छौँ तर, उनीहरू जहाँ पायो त्यहाँ ट्वाइलेट गरेर नेशनल पार्क बिगार्नु हुँदैन भन्ने सोच्दा रहेछन् । उनको आमा झन् यस्तो कुरामा कडा रहिछिन्, स्वास्थ्य र सरसफाईमा विशेष ध्यान दिने रहिछिन् । बाघ हेर्न निकुञ्जमा रहेकै बेला क्याप्रियोको आमा रेस्ट रुम जानका लागि होटेलमा फर्किइन्, डी क्याप्रियो पनि आमासँगै फर्किए । उनीहरू गएको केहीबेरमा ३/४ वटा डमरु देखिए । जसै डी क्याप्रियोका आमाछोरा फर्किए, अरूले ‘हामीले बाघ देख्यौँ’ भनेर सुनाए । मलाई लाग्छ उनीहरूलाई पक्कै नराम्रो महसुस भयो । त्यतिबेला उनीहरूले यो कुरा पनि बुझेछन्, ‘बाघ दुर्लभ रहेछ र बाघ देख्न धैर्यता चाहिन्छ ।’ उनीहरूसँग धैर्यता थियो तर त्यतिबेला नेपालको बाघ साँच्चै दुर्लभ थियो, बर्दियामा १८ वटा बाघ मात्र थिए त्यतिबेला ।   

उनीहरूले चार दिन बस्दा पनि बाघ देख्न पाएनन् । बाघ देख्न नपाएकाले नै उनीहरूले ‘नेपालको बाघ संरक्षणमा’ चासो दिएको देखिन्छ । उनीहरू आफ्नो देश फर्किनुअघि संरक्षणका लागि केही चाहिन्छ भने भन्नु  भनेका पनि थिए । उनीहरू फर्किएपछि उताको सरकारबाटै नेपालमा बाघ संरक्षणमा चासो व्यक्त भएको पाइयो । 

उसो त सन् २००० मै तराईको ल्यान्डस्केपमा एउटा अर्को जङ्गल जोगाउनुपर्छ भन्ने कुरा हामीले गरिरहेका थियौँ । सुख्खा क्षेत्र भएकाले खेती नहुने, जनघनत्व नभएको ग्रामीण क्षेत्र र स्थानीयको निर्भरता पनि कम भएकाले बर्दियाको पूर्वपट्टि रहेको बाँके (हाल निकुञ्ज) प्रस्तावित भयो । यसपछि खाता कोरिडोर पनि जोगाउन पाए बाघको अन्तरदेशीय आवतजावत बलियो हुन्छ भन्ने सोचसहित खाता कोरिडोर प्रस्तावित भयो । यी दुई प्रस्तावमा लियोनार्दो डी क्याप्रियो फाउन्डेसनबाट सहयोग प्राप्त भयो । उनको बाघप्रतिको प्रेम र बाघ बढाउनुपर्छ भन्ने विश्वासकै कारण १० वर्षसम्म नेपालले उनीबाट निरन्तर सहयोग पाइरह्यो । यसकारण पनि डी क्याप्रियोको नाम नेपालको बाघ संरक्षणसँग प्रत्यक्षरूपमा जोडिन पुगेको छ ।

बाघलाई जङ्गल मात्रै होइन, पानी चाहिन्छ भन्नुभयो । तर, हाम्रा निकुञ्जहरू ड्राइ हुँदै छन् । अब कसरी अगाडि बढ्ने त ? 

हो, निकुञ्जहरूमा बाघसँगै हात्ती पनि छन् । अन्य साना-ठुला प्रजाति पनि छन् । तर, निकुञ्ज सुख्खा हुँदा दुवै जीवलाई समस्या पर्छ, परिरहेको छ । अब हामीले गर्नुपर्ने भनेको ठुलठुलो ‘स्यालो वेटल्यान्ड्स’ बनाउने नै हो । स्यालो वेटल्यान्ड्स भनेको चौडा क्षेत्रफलमा कम गहिरो पानीको क्षेत्र निर्माण गर्ने । यसो गर्दा जीवजन्तुलाई दौडन पनि सजिलो, हिँड्न पनि सजिलो, सिकार गर्न पनि सजिलो । ठ्याक्क गहिरो खालको ‘सोरलाइन’ भयो भने चाहिँ जीवजन्तु त्यहीँ ट्र्याप हुन्छन् । इनार खन्नुभन्दा स्यालो वेटल्यान्ड्स बनाउनु नै उच्चतम उपाय हो । 

जलवायु परिवर्तनका कारण मौसममानुकूल वासस्थान व्यवस्थापन चिन्ताको विषय बनिरहेको छ । पानी नपर्दा पनि पानी हुने ठाउँ चाहिन्छ । त्यसो भएमा हरिण बाहिर जाँदैन, हरिण बाहिर जानु नपरेपछि बाघ पनि जानुपरेन । गोठगोठमा आएर घरपालुवा जीवजन्तु खानु परेन । हामीले नेशनल पार्क भित्र यसप्रकार विशेष वासस्थान बनाउन सक्यौँ भने त्यसले अन्ततः पर्यटनलाई टेवा पुर्‍याउँछ । 

बर्दियामा आऔँ, बर्दियाको पर्यटकीय गतिविधिहरूलाई कसरी हेर्नुहुन्छ ? 

चितवन र बर्दियाको तथ्याङ्क हेर्‍यो भने निकै फरक छ । चितवनमा २ लाख गएका छन् भने उता २५ हजार गएका हुन्छन् । सगरमाथा र अन्नपूर्णमा मान्छे धेरै गएपनि अरू ठाउँमा गएका हुँदैनन् । ग्लोबल भ्यालु सगरमाथा, चितवन र अन्नपूर्णमा छ, जो क्रमशः बर्दियातिर सिफ्ट हुँदै छ । तर, कनेक्टिभिटी र टाइम टेबलले गर्दा पर्यटकलाई बर्दिया पुर्‍याउन गाह्रो छ । 

एउटा पर्यटकले नेपालमा औसत १२ देखि १३ दिन बिताउँछन् । बर्दिया जान एक दिन, आउन एक दिन र बाघ हेर्न दुई दिन गर्दा पनि ४ दिन बिताउनु पर्ने हुन्छ । १२ दिनमा ३३ प्रतिशत समय उसले बिताउन सक्छ कि सक्दैन, यसतर्फ हामीले सोच्नुपर्छ ? सक्छ भने सोहीअनुरूपको सेवासुविधा हामीसँग उपलब्ध छ/छैन, त्यसलाई विचार गर्नुपर्छ । अरू सेवा-सुविधा विस्तारित हुँदै जाला, सो संकेतहरू देखिएका छन् तर बर्दियाका लागि मुख्य समस्या भनेको एयरपोर्ट (हवाई फेयर) हो । उच्च हवाई फेयर तिरेर एयरपोर्टबाट बाहिर निस्किएको हाइ भ्यालु टुरिस्टले त्यस लेबलको सेवा-सुविधा नेपालगन्जदेखि नै देख्न पाउँदैन । दिनको ५०० डलर तिरेको मान्छेलाई विशेष महसुस गराउने वातावरण अझै बनिसकेको छैन, त्यो बनाउनुपर्छ । बाटो, होटेल पैसा तिरेअनुसारको भएन भने उसले ट्रिप एड्भाइजरमा लेखिदिन्छ । प्रविधिको युगमा यस्ता कुरालाई ध्यान दिएर आफूलाई परिष्कृत र परिमार्जित गर्नुपर्छ ।

अर्को कुरा, बर्दिया आउने पर्यटन पाका उमेरका हुन्छन् । रिटायरमेन्ट पछि ३००/५०० डलर तिर्न उनीहरूलाई गाह्रो हुँदैन । उसले नेपाल बाहिर जानासाथ कुनै पनि राम्रो होटेल १५० डलरभन्दा कम शुल्कमा पाउँदैन । यसकारण नेपाल सदैव सस्तो हुनुपर्छ भन्ने छैन तर त्यसपहिले हामीले केही प्रशस्त होमवर्क गर्नुपर्छ । मुख्य कुरा, नेपालले ह्याई भ्यालु टुरिस्टलाई आकर्षित गर्ने नीति अवलम्बन गरि आफ्ना सेवासुविधादेखि नीतिहरू संशोधन गर्नुपर्छ । 

यतिबेर कुरा गर्दा के बुझियो भने बर्दियाको पछिल्लो पर्यापर्यटकीय गतिविधिसँग तपाईँ सन्तुष्ट हुनुहुन्न । बर्दियाले के-के कुरामा ध्यान दिनुपर्ला ?

बाघका कारण बर्दियाको उच्च पर्यटकीय सम्भावनालाई औँल्याइरहेको कुरामा शङ्कै रहेन । पर्यटकीय सम्भावना राजश्व वृद्धिसँग मात्रै सम्भावित छैन/रहनुहुँदैन, स्थानीयतालाई पनि ध्यानमा राख्नुपर्छ । दुर्भाग्यको कुरा, बर्दियामा एउटा मात्रै इन्ट्री पोइन्ट छ । यसो हुँदा ठाकुरद्वारालाई मात्रै फाइदा छ । निकुञ्ज वरपरका हरेक प्रभावित क्षेत्रले निकुञ्जबाट फाइदा पाएमा संरक्षण दिगो हुन्छ । ठाकुरद्वारा बाहेक अन्यत्रका स्थानीयले पनि रोजगारी एवं लगानी गर्ने अवसर पाउनुपर्छ । कुनै पनि नेशनल पार्क बनाउँदा कम्तीमा ३/४ वटा गेट बनाउनु पर्छ । अर्कोतर्फ निकुञ्जको हकमा एउटा मात्रै जनावरमा ध्यान दिनु पनि मुर्ख्याइँ हुन् जान्छ । यसपछि निकुञ्ज व्यवस्थापनका कुरा आउँछ, जसमा पानीको पानीको स्रोत र सञ्चिति बढाउने कुरा आउँछ । बर्दियामा कर्णाली र बबई त छन्, तर बर्खामा मात्रै छन् भने जस्तो भएको छ । बर्खामा पानी थेग्न गाह्रो हुने, अरूबेला पानीको हाहाकार हुनु शुभ लक्षण होइन । यसबारे पुनरावलोकन गर्नुपर्छ ।

नेपालकै हकमा ? 

मुलुककै हकमा कुरा गर्दा, हामीकहाँ टुर अपरेटरको पनि कमी छ, त्यो भनेको बाघलाई कति दिनमा हेर्ने, कति दूरीबाट हेर्ने भन्ने कुरा बताउने व्यक्ति छैनन् । अर्को हामीले नगरेको भनेको, डेस्टिनेसन म्यानेजमेन्ट अर्गानाइजेसन हो । टुरिजम एकजना टुरिस्टले चलाउने होइन, यसको लागि ठुलो इको सिस्टम चाहिन्छ । नेशनल पार्क मात्रै भएर भएन, सुरक्षा र संरक्षण हुनुपर्छ । त्यसपछि बफर जोन म्यानेजमेन्ट हुनुपर्छ, जहाँ समुदाय र सर्भिस प्रोभाइडरको बलियो उपस्थिति हुनुपर्छ । बाटो, होटेल आदि अनिवार्य भई नै हाल्यो । यसपछि मात्रै पर्यटन सम्भव छ । पर्यटन भनेको होटेलको फाइदा मात्रै होइन, आएदेखि गएसम्म कर तिरेर राज्यलाई धनी बनाउने अवधारणा हो । 

करको कुरा गर्दा हामीले फिलिपिन्सबाट सिक्नुपर्छ । १९७०मा फिलिपिन्स जापानपछिको पर्यटकीय गन्तव्य थियो । त्यतिबेला फिलिपिन्स सरकारले जापानले भन्दा राम्रो काम गर्दै थियो तर राजनैतिक कारणले गर्दा पछाडि धकेलियो । फेरी, फिलिपिन्सले निकै छिटो आफूलाई वैश्विक बजारमा प्रतिस्पर्धी बनाएर उभ्याई पनि हाल्यो । सन् २०१० तिर फिलिपिन्सले आफ्नो पर्यटन नीतिमा व्यापक फेरबदल गर्‍यो । पहिलो दिनमै ३० दिनको अन-अराई भल भिसा दिन थाल्यो, जसको लागि एउटा फर्म पनि भर्नु पर्दैन । इन्ट्री सिस्टम सजिलो बनाएपछि उसले हवाई क्षेत्रमा सुधार गर्‍यो । सरकारी प्रयासकै कारण फिलिपिन्स एयरलाइन्सलाई निकै छिटो रिभाईभ गरेका हुन् । एयरलाइन्स रिभाईभ हुनासाथ डेस्टिनेसन बढाए र स्थानीय तहलाई  हौसला प्रदान गर्‍यो । स्थानीय तहले पनि पर्यटनलाई उच्च प्राथमिकतामा राखे । आफ्नो देशको जनतालाई अन्य प्रशासनिक सुविधा दिएजस्तै, फिलिपिन्सले पर्यटकलाई स्थानीय तहदेखि नै विशेष सेवा दिन सुरु गर्‍यो । मैले त्यहाँको एउटा मेयरलाई किन भनेर सोध्दा पहिलो अर्थ र अर्को हामी हाम्रो डेस्टिनेसन बचाउन चाहन्छौँ भने । 

यता, हामी अझै पनि बाटोघाटोकै समस्यासँग जुधिरहेका छौँ । हाम्रा राजमार्गहरू पर्यटनमैत्री छैनन् । अन्य देशमा टुरिजम प्लानर हुन्छन् । नेपालमा धार्मिक, सांस्कृतिक, प्राकृतिक; सबैखाले  सम्पदा छ तर, प्लानर छैन । अर्कोतर्फ, “पर्यटन मेरो व्यवसाय हो, मैले कमाउनुपर्छ’ भनेर नेपालका पर्यटक व्यवसायीले थाहा पाइसकेका छैनन् । केही व्यवसायीहरू ‘यो मेरो लागि होइन कि’ भनेर संशय गरिरहेका छन्, सरकारले उनीहरूलाई भयमुक्त बनाउनुपर्छ । पर्यटन दिगो व्यवसाय हो भन्ने धारणा विकसित नगरेसम्म नेपालले पर्यटनलाई देशको मेरुदण्ड भन्न सुहाउँदैन । 

अन्त्यमा के भन्न चाहनुहुन्छ ? 

नेपालको वाइल्डलाइफ टुरिजम गरिरहँदा वन्यजन्तु र जैविक विविधता संरक्षणलाई कदापि भुल्नु हुँदैन । त्यो भनेको जीवित बाघ र गैँडाको पर्यटकीय भ्यालु मरेको बाघ र गैँडाको भन्दा अथाह छ भनेर बुझ्नु पनि हो । एउटा जिउँदो गैँडाको मूल्य  २ लाख  पर्यटक बराबर  हो । एउटा लाइभ बाघको भ्यालु १० हजार पर्यटक हो, जो १० वर्ष अघिसम्म ५ हजार पनि थिएन ।  जब वाइल्डलाइफ पर्यटनको कुरा आउँछ,  नेपालको भविष्य सुन्दर छ । बस्, हामी तयार हुनुपर्‍यो, राज्यस्तरदेखि स्थानीय स्तरसम्मै ।

(टुर न्युजको बर्दिया अंकबाट, अर्काइभ)

Share7Tweet4Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
हिउँ चितुवाको सङ्ख्या ३९७
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

हिउँ चितुवाको सङ्ख्या ३९७

बैशाख ९, २०८२
कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत

कार्तिक १२, २०८१
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?

कार्तिक ११, २०८१
नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती
पर्या-पर्यटन

नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती

कार्तिक ९, २०८१
Load More
Next Post
ashok bhandari

बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा सुई गाडिन्छ, स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता
  • अन्य
English Edition

© 2026 Tourshala | Digital Partner: Sathi Solutions