काठमाडौंः हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन (एचएसएएमए ) ले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा २०८१ माघ २६ गते बृहत्त रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । रक्तदान कार्यक्रम काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपति (ट्रेड टावर ग्रुपद्वारा सञ्चालित) मा हुने प्याराडाईज इनका सेल्स एण्ड मार्केटिङका डाइरेक्टर दिपक पोखरेलले जानकारी दिए ।
यसअघि, माघ ४ गते नगरकोटको माउन्टेन भिस्टामा सम्पन्न बैठकमा कार्यक्रमको तयारी, मिति र स्थानबारे छलफल भएको थियो।
संघले यस वर्षलाई फरक उद्देश्य र अवधारणासहित अघि बढाउने निर्णय गरेको छ। सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै यस कार्यक्रमलाई पहिलो कदमको रूपमा अघि बढाइएको पोखरेलले बताएका छन्।


कार्यक्रमका लागि संघले आफ्ना सबै सदस्यहरूलाई सहयोगका लागि अपिल गर्दै यसलाई सफल बनाउन साथ दिन आग्रह गरेको छ। “हामी हस्पिटालिटी क्षेत्रमा मात्र सीमित नरही सामाजिक कार्यमा पनि संलग्न हुने उद्देश्यका साथ अघि बढिरहेका छौँ,” पोखरेलले टुरशालासँग भने।
रक्तदान कार्यक्रमकै दिन एशोसिएसनलाई पूर्णता दिने पोखरेलले जानकारी दिए । सबै पदाधिकारीहरुको छनौट सके लगत्तै कानूनीरुपमै एशोसिएसन दर्ता गरी आवश्यक वार्षिक योजना बनाई संस्थाको गतिविधिहरू अगाडि बढाइने पोखरेलले जानकारी दिए ।


यी हुन्, हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनका प्रशासकहरू:
१.श्री राजकुमार केसी(बराही हस्पिटालिटी एण्ड लेजर)
२.श्री दीपक पोखरेल (प्याराडाइज इन)
३ श्री प्रदीप पौडेल (माउन्टेन भिस्टा रिट्रिट, नागर्कोट)
४ श्री सञ्जीव तुलाधर (केजिएच)
५ श्री रमेश पाठक (ल्यान्डमार्क काठमाडौं)
६ श्री रोबिन्सन महर्जन (होटल याक एण्ड यति)
७ सुश्री लक्ष्मी श्रेष्ठ (टाइगर टप्स प्रालि)
८ श्री उमेश श्रेष्ठ (बेस्ट वेस्टर्न प्लस)
९ श्री गणेश बुढाथोकी (बेस्ट वेस्टर्न प्लस)
१० श्री किशोर पौडेल (वाइल्ड लाइफ एडभेन्चर रिसोर्ट)
११ श्री देवराज अर्याल (कुटी रिसोर्ट)



























































Discussion about this post