English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

टुरशाला by टुरशाला
फाल्गुन २०, २०८०
in अन्तर्वार्ता, राष्ट्रिय निकुन्ज र वन्यजन्तु
A A
0
41
SHARES
  • हेमन्त आचार्य, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान संञ्जाल, बर्दिया (सीबीएपीयु)

पछिल्लो समय नेपालमा बाघ, गैँडालगायतका वन्यजन्तुको चोरी सिकारी घटेको सरकारी तथ्यांक छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकाअनुसार, आर्थिक वर्ष २०६९/७० सालमा ९ वटा बाघ, एउटा गैँडा र २ वटा हात्तीको चोरी सिकारी भएको र त्यसपछिका वर्षहरूमा निरन्तर घटेको छ । आ.व. ०७४/७५ मा चोरी सिकारीबाट बाघ र गैँडा मारिएनन् भने ०७५/७६ मा एउटा गैँडा र दुईवटा रेडपाण्डाको चोरी सिकारी भएको पाइन्छ । यस तथ्यांकले यो बताउँदछ कि पछिल्ला घटनाहरू प्राकृतिक कारण, सडक दुर्घटना र अन्य जनावरको आक्रमणका कारण भएका छन्, न कि चोरी-सिकारीका कारण । यस तथ्यांकसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनले पनि सहमति जनाउँदछ । सीआईबीको तथ्यांकअनुसार सन् २००२ मा ३५ वटा गैँडाको चोरी सिकारी भएकोमा सन् २०१८ मा एउटा मात्रै गैँडा चोरी सिकारी भएको छ । 

वि.सं. २०६४ सम्म देशभर लोपोन्मुख जनावरहरू मार्ने, चोरीनिकासी हुने क्रम कहालीलाग्दो अवस्थामा थियो । उसो त, देशभर नै लोपोन्मुख वन्यजन्तुको संरक्षणको महत्त्व र अपराधको गाम्भीर्य नबुझ्दा राष्ट्रिय निकुञ्ज,सिकार आरक्ष, संरक्षण क्षेत्र र वन्यजन्तु आरक्ष क्षेत्रहरूमा वन्यजन्तुको आखेटोपहर ओसारपसारको धन्दा निकै तीव्र गतिमा अघि बढेको थियो । दशक लामो द्वन्द्वमा जंगल पसेका विद्रोहीको त्रासका कारण यो क्रम केही रोकिएपनि त्यसपछि निरन्तर बढेको थियो भने शान्ति प्रक्रियापछि जंगली जन्तुको सिकारमा हिँडेकाहरू समातिएर कारबाहीमा परेका घटना विरलै देखिएका थिए ।

यद्यपि, आज पनि सालकको खपटा, बाघको छाला, गैँडाको खाग, कस्तुरीको बिना, भालुको पित्त मात्र होइन, चिरुको रौँदेखि चिम्पान्जीसम्मको चोरी-सिकारी एवम् व्यापारको विश्वव्यापी सञ्जालमै नेपालको अग्रणी भूमिका (ट्रान्जिट पोइन्टको रूपमा) रहेको पाइन्छ । यसमा  संगठित अपराध र अपराधीको संलग्नतामा गोप्यता रहँदा सुरक्षाकर्मीले तस्करीको भित्री जालो चिर्न हम्मे-हम्मे परिरहेको पर्यावरणविद्हरू बताउँछन् । कानूनले आफ्नो दायरा बन्दूक बोकेर जङ्गल पस्ने सिकारीहरूमा मात्र सीमित गरिदिँदा पनि आखेटोपहार सम्बन्धी गतिविधिहरू फरक आवरणमा खुलेआम चलिरहेको विज्ञहरू बताउँछन् । यस्ता वन्यजन्तु अपराधका कैदीहरूलाई कानूनले पनि राजनीतिक पहुँचको आधारमा सहुलियत प्रदान गरिरह्यो/गरिरहेछ । 

सरकारले जनावरको सिकार र वनपैदावर तस्करीलाई कम प्राथमिकता दिई ठूला स्तनधारी जनावरलाई मात्र केन्द्रमा राखेर संरक्षणका गतिविधि गरिदिँदा पनि नेपाल वन्यजन्तु ओसारपसारको ‘ट्रान्जिट’ बनिरहेको हो । ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट माथि उठ्न अझ  सरकार, निकुञ्ज र स्थानीय जनसमुदायले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता देखिन्छ । 

देशका अन्य निकुञ्जमा यी यस्ता घटनाहरू देखिरहँदा बर्दिया राष्ट्रिय निकुञ्जको हकमा भने यस्ता घटना बिरलै सुन्न-देख्न पाइन थालिएको छ  । निकुञ्जका सहायक संरक्षण अधिकृत आशिष न्यौपानेले उपलब्ध गराएको तथ्यांकले आ.व. २०७९/८० को फागुनसम्म शून्य चोरीनिकासीको घटना देखिएको छ । तथ्यांकअनुसार, वन्यजन्तुको क्षति विवरण(मृत्यु) मा प्राकृतिक मृत्यु ६, सडक दुर्घटना परि २२ र अन्य कारण २९ वटा घटना देखिएको छ । वन्यजन्तुको क्षति विवरण (घाइते) भने शून्य रहेको छ भने उद्धार तथा पुनस्थापना गरिएका टुहुरा वन्यजन्तुको संख्या ८८ रहेको छ । यसप्रकार, बर्दियामा चलेको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान (सिबिएपियु) धेरै हदसम्म सफल भएको पाइन्छ । हाल विश्व वन्यजन्तु दिवस तथा चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान दिवस फागुन २० गते मनाइने गरिएको छ ।

बर्दियाका स्थानीय १५ जना युवाको समूहले ‘चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल, बर्दिया  (सिबीएपीयु)’ भनेर सुरु गरेका थिए । सुरुवाती १५ जनाको समूहका अभियन्तामध्ये एक हुन्, हेमन्त आचार्य । उनी हाल चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल बर्दियाको अध्यक्ष छन्, जो आफैँमा वन्यजन्तुले पीडा दिएको परिवारबाट आउँछन् । ०६६ मा उनको बुबालाई जंगली हात्तीले मारेको थियो । आचार्य सरह नै अभियानको प्रभावकारितासँगै आफन्त गुमाएका र धेरै दुःख सास्ती पाएका घरपरिवारका सदस्यहरू पनि यिनै वन्यजन्तुको संरक्षणमा सक्रियताका साथ लागेका छन् ।

प्रस्तुत छ, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान संञ्जाल, बर्दिया (सीबीएपीयु) का अध्यक्ष हेमन्त आचार्यसँग टुर न्यूजका लागि राजु झल्लु प्रसादले गरेका कुराकानीको सम्पादित अंश:

यस अभियान सुरु हुँदा दिनहरू सम्झिनुहोस् न !

अभियान सुरु हुँदा एक महिनामा दुईवटासम्म गैडा मर्ने गर्थे । सन् २०१० पछि त्यो शून्य हुन पुग्यो ।  बर्दियामा शून्य चोरी निकासीमा सिबिएपियुसँगै निकुन्जको सहयोग पनि रह्यो । सीबीएपीयुको सहयोगमा निकुन्जले  घरमा राखेका २६० वटा बन्दुकहरू संकलन गरेको थियो । त्यसैगरी, चित्तलको छाला, वन पासोहरू लगायत दुई ट्रयाक्टर भन्दा बढी विभिन्न वन्यजन्तुहरूको सिङ संकलन गरिएको थियो । ठूला वन्यजन्तु मारेपछि सबै लैजान अलिक गाह्रो भएकाले देखिन्थ्यो, साना वन्यजन्तुको चोरी सिकारी त नगन्य मात्रामै हुन्थ्यो । यसक्रममा, स्थानीय १५ जना युवाको समूहले ‘चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान संञ्जाल, बर्दिया (सीबीएपीयु) भनेर सुरु गर्यो । 

सुरुको अवस्थामा यस समूहले चोरी सिकारीमा संलग्न भएका तर राज्यले समात्न नसकेका मान्छेहरूलाई समात्ने र निकुन्जलाई बुझाउने काम गर्न थाल्यो । चोरी सिकार नियन्त्रणमा लाग्ने भन्दा चोरी सिकारी गर्नेहरूलाई गाइड गर्ने भूमिकामा स्थानीयहरूको उपस्थिति बाक्लै थियो । अभियानले गति लिएपश्चात् मानव-वन्यजीवको सहअस्तित्व बोध गराउने काम भएसँगै यो संख्या दिनानुदिन बढ्दो हुन गयो । हाल सीबीएपीयुको बफर जोनको हकमा ३,३६६ जना सदस्य रहेका छन् । यस अभियानभित्र १९ उपसमिति, ११० भन्दा बढी इकाईहरू रहेका छन् । 

नेपालको हकमा सन् २००१ मा  मध्यवर्ति वन विकास कार्यक्रम थालिएसँगै वन्यजन्तुको वृद्धिदर बढेको र सँगसँगै वन्यजन्तुको चोरी सिकारी दर पनि बढेको देखिन आउँछ । यसक्रममा, मध्यवर्ति क्षेत्रका युवाहरू सजग र सचेत भई यस अभियानलाई जोडतोडले जनमानससँग जोड्ने गरेको पाइन्छ ।  

हाल यस अभियानले के कस्ता कार्यक्रमहरू गर्दै आइरहेको छ ?

स्थापनाको सुरुवाती चरणमा थोरै व्यक्तिको समूह भएका कारण यो अभियान वन्यजन्तुको अवैध सिकारमा संलग्न व्यक्तिहरूलाई समात्ने र निकुञ्जलाई बुझाउने काममा सीमित थियो । अहिलेको अवस्थामा, वन्यजन्तुको अवैध चोरी सिकार नियन्त्रण गर्ने, युवाहरूको क्षमता अभिवृद्धि गर्दै आम्दानीको स्रोत पहिल्याउन सहयोग गर्ने जस्ता कार्यहरू गर्दै आइरहेको छ । 

यस अभियानले  मध्यवर्ती तथा संरक्षित क्षेत्र वरपर  वन्यजन्तुको चोरी सिकार नियन्त्रण मात्र नभई अन्य गतिविधि पनि गर्दछ । जस्तै: अवैध रूपमा गरिने काठदाउरा चोरी निकासी तथा गैरकाष्ट वन पैदावारको सङ्कलन, वन अतिक्रमण रोकथाम, आगलागी नियन्त्रण तथा माछा एवम् अन्य जलचर मार्न निरुत्साहित गर्ने काम आदि । यस्ता कामलाई प्रभावकारी बनाउन र भोलि के गर्न सकिन्छ भनेर समय-समयमा समूहका सदस्यहरूसँग अन्तरक्रिया पनि गर्दै आइरहेका छौँ । यस अभियानअन्तर्गतका इकाइहरूले समय-समयमा राष्ट्रिय निकुञ्जका कर्मचारीसँग मिलेर संयुक्त गस्ती गर्ने, जङ्गलमा अवैध क्रियाकलाप भएको वा कुनै वन्यजन्तु घाइते एवम् मृत भेटिएमा आकस्मिक गस्ती गर्ने गर्दछन् । 

साथै, जनचेतनाको कमी अर्थात् जैविक विविधताको संरक्षण गर्न पर्छ भन्ने ज्ञानको अभावले गर्दा पनि जनसमुदायले अन्जानमा आफ्नो प्राकृतिक सम्पदामा क्षति पुर्‍याइरहेका हुन्छन् । यसैले हामी विभिन्न समूह एवम् इकाइमार्फत कानूनदेखि लिएर प्राकृतिक स्रोतको संरक्षणको महत्त्वका साथै अवैध कार्य गरेबापत दिइने दण्डसजायबारे समुदायलाई जानकारी दिने गर्छौँ । सडक नाटक, पर्चा  वितरण, रेडियो कार्यक्रम, र्‍याली लगायतका मध्यमबाट सचेतना अभिवृद्धि गर्दै आइरहेका छौँ ।

उसो भए, चोरी सिकारीको अवस्था अहिले शून्यप्राय: छ ?

हो, अहिलेको अवस्थामा ठूला वन्यजन्तुको चोरी सिकारी शून्य जस्तै छ । यद्यपि, साना वन्यजन्तुहरू कहिलेकाहीँ दुर्घटनावश मरेको देखिन्छ । तर, चोरी सिकारी नै भनेर खासै त्यस्तो छैन ।  निकुञ्जभित्र अवैध रुपमा प्रवेश गरेर घाँस दाउरा सङ्कलन गर्ने, जाल प्रयोग गरी माछा मार्ने, पासोमा पारी चित्तल मार्ने जस्ता गतिविधि पनि नियन्त्रणन्मुख छन् ।

वन्यजन्तुको अवैध सिकारमा कस्ता व्यक्तिहरू संलग्न भएको पाउनुहुन्छ ?

सुरु-सुरुमा त हामीले केही स्थानीयहरूलाई पनि संलग्न रहेको पाएका थियौँ । बाहिरको मान्छेलाई स्थानीय युवाहरूले प्रलोभनमा परी ठाउँहरू देखाइदिने अथवा चोरी सिकारी गर्न एक किसिमले गाइड गरिदिने गरेको पाइन्थ्यो । तर, पछिल्ला दिनमा हेर्ने हो भने वन्यजन्तुको अवैधानिक ओसारपसारमा सरिक व्यक्तिहरू नै अहिले हामीसँगै संरक्षणमा लागिरहनु भएको छ, यो बर्दियाको सबल पक्ष हो ।

तस्बीर: दशरथ श्रेष्ठ बिजुक्छे

वन्यजन्तुको अवैध चोरी-सिकारमा प्राय: कुन जनावरहरू प्राथमिकतामा पर्ने गरेको पाउनुहुन्छ ?

विशेषगरी त गैडाको खागलाई मानिसहरूले बढी सिकार गर्ने हुन् । यस सँगसँगै बाघको छाला तथा नङ्ग्रा, चित्तलको मासु तथा छाला र कहिलेकाहीँ चराहरूसमेत सिकारको मारमा पर्ने गर्दछन् । औषधिजन्य प्रयोग, सोख आदि कारणले वन्यजीव मृत्युको मुखमा पुगिरहेका छन् । अन्यत्र पनि वन्यजीव सुरक्षित रहून् ।

वन्यजन्तुको अवैध चोरी-सिकारीको संजाल कहाँसम्म फैलिएको पाउनुहुन्छ ?

सुरुवाती चरणमा भारतसम्म जोडिएको थियो, जो पछि भियतनाम र चीनसम्म यो सञ्जाल फैलिएको बताइन्छ ।  यसबारे सरकारले नै बताउन सक्ला । तर, विश्वभर नै लागूऔषध, हातहतियारपछि वन्यजन्तुको आखेटोपहार ओसारपसारको कारोबार भइरहेको पाइन्छ । 

सामान्यतया निकुन्जभित्र अवैध कार्य भइरहेका छन् कि छैनन् भने थाहा पाउन निकुन्ज आसपासका क्षेत्र पनि चहार्नुपर्ने हुन्छ । यसको लागि गस्ती संचालन पनि जरुरी छ, एउटा सामान्य व्यक्तिले बुझ्ने भाषामा गस्ती संचलानमा केकस्ता कार्यहरू गरिन्छ ? 

निकुन्जभित्र आर्मीहरूले संरक्षण गरिरहेका हुन्छन् । हामीले निकुन्जले छुटाएका क्षेत्रहरूमा सामुदायिक वनसँग समन्वय गरेर गस्ती संचालन गर्छौं । यसमा स्थानीय बुद्धिजीवीहरूको समेत साथ, सहयोग र संलग्नता रहेको हुन्छ । हामीले गस्ती संचालन भनेर ठ्याक्कै त्यही मात्र पनि गर्दैनौँ, सामुदायिक वनमा वन्यजन्तु अवलोकन गर्ने, जनावरहरूको पाइलाहरू चिन्ने, चराचुरुङ्गीको अवस्था नियाल्ने गर्छौं । यस अभियानमा १६-४० उमेर समूहका व्यक्ति संलग्न भएका कारण पनि काम गर्न सहज भइरहेको छ । यी कार्यहरू गरिरहँदा हाम्रो मुख्य ध्येय भनेको यहाँ आवद्ध मानिसहरूले वन्यजन्तु संरक्षणलाई नै पेशा बनाउन सकून् र अन्य पेशामा आवद्ध भएतापनि वन्यजन्तु संरक्षणमा सक्रिय हुन् भन्ने हो ।

बर्दिया निकुन्जको हकमा स्थानीय व्यक्तित्त्व मात्र नभएर विदेशीहरू पनि आकर्षित देखिएको पाइन्छ, यस अभियानमा उहाँहरूको पनि केही भूमिका छ कि ?

उहाँहरूले सीबीएपीयुलाई मात्र नभएर नेपालकै वन्यजन्तु, वातावरण, वनस्पति जस्ता कुराको संरक्षणमा चासो देखाईरहेको पाइन्छ । उहाँहरू आउने, हामीसँग सिक्ने र काम गर्न पनि इच्छुक हुनुहुन्छ । उहाँहरूसँगै मिलेर हामीले विशेषत: वन्यजन्तुको अनुगमन गर्ने गर्दछौं । निकुन्ज क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्व भइरहने र भारतसँग जोडिएका क्षेत्रहरूमा पनि यस्ता खालका क्रियाकलाप हुने हुँदा विश्वमा काम गर्ने रेन्जरहरूले यसमा आवश्यक पर्ने प्राविधिक सहयोग गरिरहनु भएको छ, जसले हामीलाई आफ्नो कर्तव्य निर्वाह गरीरहन धेरै सहज र सजग बनाइरहेको छ ।

निकुन्जले व्यहोरिरहेको समस्याहरू के-के हुन् ? यसमा सरकारले के-के गर्न सक्छ ? 

चोरी-सिकारीकै कारण देशभर नै अहिले धेरै वन्यजन्तु लोपोन्मुख अवस्थामा छन् । वन्यजन्तुका अङ्गको माग भएकैले यिनको चोरी सिकार बढेको हो । यस्तोमा पैतृक सम्पत्ति, सांस्कृतिक परम्परा वा पहुँचको आडमा पुराना आखेटोपहार बेचबिखन भइरहेको आशङ्कालाई नकार्न सकिन्न । फेरि पुराना आखेटोपहार देखाएर नयाँको कारोबार पनि भइरहेको हुन सक्छ । यसकारण यो मुद्दा गम्भीर हो । यसलाई नजरअन्दाज गरिए अपराधीको मनोबल बढ्नुका साथै दुर्लभ जनावरको संरक्षणमा अझै चुनौती थपिन सक्छ ।

यसका साथै मानव-वन्यजन्तु द्वन्द्वको वैज्ञानिक कारण खोज्न, अध्ययन तथा अनुसन्धान गर्न सक्छ । निकुन्जको वास्तविक क्षमता, सामुदायिक वनको स्थिति, घासे मैदानको व्यवस्थापन, स्थानीय युवा तथा अन्य व्यक्तिलाई संरक्षणका कार्यहरूमा कसरी संलग्न गराउने, निकुन्जलाई प्रयोग गरेर आर्यआर्जन गर्न सकिने कुराको चेतना कसरी फैलाउन सकिन्छ भन्ने कुरामा अध्ययन गर्न सक्छ । त्यही अनुरुप योजना बनाएर त्यसलाई कार्यान्वयन गर्न सक्छ । चोरी सिकारी नियन्त्रण अभियानलाई देशव्यापी र प्रभावकारी बनाई मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग गर्न सकिन्छ । यो कुरा सरकारले चाहेर मात्र पनि हुँदैन, यसमा सबैजनाको एक्यबद्धता जरुरत छ ।

अर्कोतर्फ, वन्यजन्तुका अङ्ग तस्करी स्थानीय होइन, अन्तर्राष्ट्रिय समस्या हो । कंगोमा सिकार गरिएको सालक, माडागास्कारका चरा अनि चीनको चिरुका रौं नेपालमा समातिएका छन् । त्यसैले हाम्रो कानूनी क्षमताले हाम्रो मात्र होइन, दक्षिण एसिया अनि विश्वकै वन्यजन्तु संरक्षणमा महत्त्व राख्छ ।

तस्बीर: दृष्टान्त बिडारी

(अर्काइभ, टुर न्यूज पत्रिकाको बर्दिया विशेषांक)

Share16Tweet10Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
हिउँ चितुवाको सङ्ख्या ३९७
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

हिउँ चितुवाको सङ्ख्या ३९७

बैशाख ९, २०८२
कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत

कार्तिक १२, २०८१
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?

कार्तिक ११, २०८१
नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती
पर्या-पर्यटन

नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती

कार्तिक ९, २०८१
Load More
Next Post
नलाङ सिध्दलेक परम्परा र किम्वदन्तिको योग

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions