English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

ऐतिहासिक जोर घण्ट जोगाएर बसेको अनकन्यामाई पुग्दा

टुरशाला by टुरशाला
माघ २३, २०८०
in अन्य, यात्रा संस्मरण
A A
0
19
SHARES
  • प्रेम बास्तोला, राजु झल्लु प्रसाद

पछिल्लो समय देशका विभिन्न स्थान घुमेर त्यहाँको अध्ययन-अवलोकन गर्ने नियमित कार्य झैं बनेको छ हामी दुईभाइको । केही समय पहिले हामी बर्दिया राष्ट्रिय निकुञ्ज घुमेर आएका थियौं । त्यहाँबाट फर्किएको भोलिपल्ट (गत पुस १९ गते)  छिमेकी जिल्ला धादिङको ज्वालामुखी गाँउपालिका भ्रमण गर्ने योजना बनायौं । जसै योजना बन्यो, हामी त्यसतर्फ लम्किहाल्यौं पनि । कलंकीबाट धादिङबेसी जाने बस चढ्यौं ।

दुई दिन धादिङ सदरमुकाममै बसियो । त्यसपछि बल्ल ज्वालामुखी गाउँपालिकातिर लाग्यौं, जहाँ सहयात्री राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)को घर समेत छ ।

धादिङबेसीबाट दिनको एक हजार भाडा तिर्नेगरी टु-२० पल्सर बाइक भाडामा लिएर हामी लाग्यौं ज्वालामुखी गाउँपालिका क्षेत्र । मोटरसाइकल बाटोमा बिग्रिएर हैरान भएपनि बनाउँदै अगाडि बढ्यौं । अनि पुग्यौं उखुबारी भट्टगाउँस्थित राजु भाइको घर । भोलिपल्ट बिहानै उठेर ज्वालामुखी गाउँपालिकाको महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र अनकन्यादेवीको थान (अनकन्या मन्दिर) दर्शन गर्न गयौं । पालिकाको केन्द्र साँधभञ्ज्याङबाट करिब १० किमी दूरीमा रहेको अनकन्या मन्दिरको रोचक किंवदन्ती, ऐतिहासिक पृष्ठभूमिसहित पृथक भौगोलिक विशेषताका कारण यसको पर्यटकीय महत्व उच्च रहेको रहेछ । तर यस मन्दिर धार्मिक भक्तजन, इतिहासका विद्यार्थी एवं आन्तरिक तथा बाह्य पर्यटकमाझ अपरिचित रहेको पाउँदा भने दु:ख लाग्यो ।

मन्दिरको ऐतिहासिकता र धार्मिक महत्वलाई ध्यानमा राखेर यसको विकास गरी प्रचारप्रसार गर्न सकेको खण्डमा यही मन्दिरमा आउने पर्यटकहरूबाट ज्वालामुखी गाउँपालिको गतिलो दीर्घकालीन आम्दानीको स्रोत बन्ने देखियो । तर जिल्लाका भैरवीकोट, त्रिपुरासुन्दरी माई (सल्यानटार), जलमुखी मन्दिर, मैधीकोट खड्गदेवी, बसाह ढोला मण्डली माईको तुलनामा यो मन्दिर ओझेलमै रहेछ ।

मन्दिरको किम्बदन्ती 

करिब एक हजार मिटरको उचाइमा रहेको यो मन्दिर चैनपुरको सालवास बजारबाट उत्तर-पश्चिमतर्फको डाँडो (चैनपुरकोट)मा अवस्थित छ । मन्दिरको नामको विषयमा रोचक किंवदन्ती रहेछ । चैनपुरका लेखनाथ लोहनीले हामीलाई बताएअनुसार, जाडोको समयमा एकजना स्थानीय गिदेल मगरको घरमा मानिसहरू गफिंदै आगो तापिरहेका थिए । अनायास अगुल्टोमा आगो पड्कियो र बाहिर निस्कियो । आगो पड्केर नजिकै खरानी खस्ने सामान्य कुरा हो, तर त्यसपटक आगोको झिल्को बाहिर आँगनसम्म पुग्यो । मानिसहरू चकित भए र बाहिर निस्किए । आगो खसेको ठाउँमा खरानी नभएर एउटा अनौठो शिला फेला पर्‍यो । मानिसहरूले यसलाई देवी शक्ति माने । सपनामा त्यस घरका मूलीले देवीको दर्शन पाए । आफूलाई उच्च स्थानमा राखेर पूजाआजा गरे सबैको भलो गर्ने कुरा देवीले भनिन् । भोलिपल्ट मगर बुढाले सपनाको कुरासमेत सुनाए । सबैले मिलेर शिलालाई उच्च स्थानमा (हाल रहेको स्थानमा) लगे । अँगेनाबाट निस्केकी हुनाले उनीहरूले यसैलाई अनकन्ये देवी भन्ने नाम राखे र पूजाआजा गर्न थाले । अनकन्येबाट अपभ्रंश भएर यसबेला यो मन्दिरलाई ‘अनकन्यादेवीको थान अर्थात् अनकन्या मन्दिर’ भन्ने गरिन्छ ।

अनकन्ये देवीले आफूलाई चैनपुरको सबैभन्दा माथिल्लो भाग (शिर)मा राखेर पूजा गर्नु भनेअनुसार चैनपुरकोटमा रहेका बस्तीलाई अलिक तल (सालवास) बजारछेउ सारेर देवीलाई कोटमा राखिएको विश्वास गरिन्छ । बस्ती सारेपछि हालको स्थानमा गिंदेल मगर समुदायले नै मन्दिर स्थापना गरी आँगोबाट उछिट्टिएको ढुंगालाई मूर्ति बनाएर पूजाआजा गर्न थालिएको ९२ वर्षीय (यसअघिका पुजारी) गोमानसिंह गिंदेल मगरले सुनाए ।

९२ वर्षीय (यसअघिका पुजारी) गोमानसिंह गिंदेल मगर

हाल उनका छोरा जग बहादुर गिंदेल मगर मन्दिरका पुजारी छन् भने पुरोहितको कर्म स्थानीय खोपराज लोहनीले गर्दै आएका रहेछन् । अनकन्या देवी मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ लोहनी रहेछन् ।

मन्दिर क्षेत्रको वर्तमान भौगोलिक संरचनाले हाल मन्दिर रहेको  स्थानमा पहिला  मानव बस्ती रहेको हुनसक्ने संकेत हामीसँगको भेटमा ९२ वर्षीय गोमानसिंहले गरे । वर्तमान पुजारी जगबहादुरले २०३५ सालसम्म हाल मन्दिरदेखि मुन्याड रहेको ठाडो बान्धननिर आफ्नो घर रहेको हामीलाई जानकारी दिए ।

वर्तमान पुजारी जगबहादुर गिंदेल मगर

विशेष पूजापाठ

अनकन्यादेवी मन्दिरमा दशैंको पन्ध्र दिनसम्म विशेष पूजाआजा हुने गर्दो रहेछ । यसबेला धार्मिक भक्तजनहरूको भीड लाग्छ । मन्दिर परिसरमा कोजाग्रत पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन धूमधाम मेला लाग्ने गरेको र अहिले बिस्तारै हराउँदै गएको पनि पुजारीबाट बुझ्न पाइयो । ज्येष्ठ शुक्लको कुनै एउटा दिन तिथिमिति जुराएर विशेष मेला समेत लाग्ने रहेछ ।

हामीले मन्दिरको विषयमा जानकारी लिने क्रममा मन्दिरमा पुस्तौंदेखि स्थानीय मगर समुदायका पुजारीहरूले दैनिक रूपमा पूजाआजा गर्दै आइरहेको पायौं । हाल जगबहादुर गिंदेल मगर मन्दिरका पुजारी हुन् । कान्छा छोरा दलबहादुरसँग बसिरहेका जगबहादुरले हामीसँग पुरानो दिन सम्झिंदै भने, ‘उतिबेला लाठको खान्की ५२ थियो । टोली ल्याएर उठाउन आउँदाखेरि २४ रूप्पे कोटको लागि खर्च छोड्थ्यो । त्यो २४ रुप्पेले अगेर पूजा खर्च पुर्‍याउँथे । त्यो नि हरायो । जिम्बुवाल उठेपछि खर्च आएन अनि चन्दा उठाउन थाले । चन्दा पनि अगेर गच्छे हेरीहेरी मोहोर, रुपैयाँ यस्तै उठाउँथे । चन्दा उठाएर पूजा गर्न थालेपछि पञ्चायतीमा गयो । पछि पञ्चायतीमा गएपछि सक्नेले दिंदै गए र पूजा चलाउँदै गयौं । त्यही पैसालाई ब्याजमा लगायौं, ब्याजले पुग्दै गयो । २६ हजार उतिबेला उठेको थियो । अहिले दुई-तीन लाख पुग्या छ रे भन्ने सुनेको छु । मलाई ठ्याक्कै थाहा अहिले केके गरिराछन् भनेर । कान पनि सुन्दिनँ, मन्दिर जान पनि सक्दिनँ ।’

९२ वर्षीय गिंदेलले मन्दिरको छाना खरको भएको र पछि आफूहरूले जस्ता ल्याएको र अहिले ५-७ लाख पैसा आएको हल्ला सुनेको समेत बताए । मगरलाई पुरोहित गुरुदत्त लोहनी (लेखनाथ लोहनीको बुबा) पुरोहित रहेको थाहा रहेछ । गुरुदत्त पण्डितको समयमा उनकै खलकका मुखिया हस्तबहादुरले पूजा गर्दथे, उनका छोराले नमानेपछि आफूलाई पूजा गर्न अह्राएको गुरुदत्तले बताए ।  अहिले उनी नसक्ने भएपछि छोराले गर्दै आएका रहेछन् । उतिबेला नगरा बजाउने कटुवाल चाहिं कान्छो दमै (दले दमाईं) थिए, अहिले उनका नातिले गरिरहेको उनले जानकारी दिए ।

मन्दिरको शिला र गणेश एवं कालीको मूर्ति चोरी भएको प्रसंगको कुरा पनि उनले उप्काए । उनले पूजा गर्न थालेपछि आगोमा भेटिएको शिला पनि चोरी भएको थियो रे । विष्णुदत्त सुब्बाले चढाएको कालीको र हिरालाल छत्कुली सुबेदारले गणेशको मूर्ति पनि चढाएका थिए । ती मूर्तिहरू पनि चोरी भए । शिला र मूर्ति चोरी भएपछि बुढीगण्डकीमा गएर शिला ल्याएर थपना गरेर फेरि पूजा सुरु गरेको उनले सुनाए । मन्दिरमा रहेको पुरानो घण्ट बलभद्र छत्कुली डिट्ठाले चढाएका हुन् । यस मन्दिरको गुठी चाहिं रहेनछ । गुठीमा लैजानुपर्छ भन्ने कुरा आफूहरुलाई थाहा नभएको पनि उनले सुनाए ।

दुई सय वर्ष पुरानो जोर घण्ट

४०० वर्ष पुरानो मानिने यो मन्दिरमा आजभन्दा २०० वर्षअघि चढाइएका दुईवटा घण्टा अझ सुरक्षित छन् । ज्वालामुखीका ऐतिहासिक महत्त्व बोकेको मैधीकोटमा घण्टसहितको मूर्ति र ज्वालामुखीमा घण्ट चोरी भइसक्दा पनि यस मन्दिर क्षेत्रमा भने सय वर्ष पुरानो घण्ट यद्यपि देख्न पाउँदा हामी हर्षित भयौं ।  जसले मन्दिरको प्राचीनतालाई दर्शाइरहेको थियो । तर उत्पत्ति हुँदाको शिला भने यहाँबाट पनि चोरी भइसकेको रहेछ । माओवादी द्वन्द्वकालमा उक्त शिला चोरी भएको पूर्वपुजारी ९२ वर्षीय गोमानसिंहले सुनाए ।

‘पूर्वाधार निर्माणमा गाउँपालिका चुक्यो‘

मन्दिरको दर्शनपछि गाउँपालिका अध्यक्ष यामनाथ दनैलाई पनि भेट्यौं । उनले अनकन्यादेवी मन्दिर मात्र नभई ज्वालामुखी गाउँपालिका नै धार्मिक र ऐतिहासिक पर्यटनको सम्भावना बोकेको पालिका रहेको सुनाए । तर त्यअनुसार पूर्वाधार निर्माणमा भने पालिका चुकिरहेको उनले स्वीकारे पनि । यहाँका ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं प्राकृतिक थलोहरू, ग्रामीण जीवनशैली, मौलिक स्वाद जोगाई प्रचारप्रसार गरी पर्यटन विकास गर्न पालिका लागिपरेको उनले सुनाए ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि ५० लाख रुपैयाँ बजेट छुट्टाएको र बसाह ढोला मण्डलीमाई, खड्गदेवी मैधीकोट, खरीकोट (त्रिपुरासुन्दरीमाईको थान), अनकन्यादेवी र जलमुखीमाई गरी पाँचवटा मन्दिरमा १०-१० लाखका दरले वार्षिक बजेट विनियोजन गरी पर्यटकीय पूर्वाधार विकासमा काम गरिरहेको उनले बताए ।

गाउँपालिका अध्यक्ष यामनाथ दनै

मनै लोभ्याउने प्राकृतिक तथा जैविक विविधता

अनकन्या मन्दिर परिसरबाट उत्तरमा माछापुच्छ्रे, धौलागिरि, मनास्लु, गणेश, पाविल, पाल्डोरजस्ता हिमशृंखलाको सुन्दर दृश्य देख्न सकिन्छ । साथै कलकल बगिरहेको आँखुखोला, बुढीगण्डकी नदी, नेपालकै दोस्रो ठूलो टार ‘सल्यानटार’ र राम्रा तरेली परेका धादिङका मनोरम पहाडहरू, हिमालको काखबाट झरेको ठूलो पानीको धारा ‘घोडापुच्छ्रे धारा’ देख्न सकिन्छ ।

अनकन्यादेवी मन्दिर वरपरका वनमा साल, सल्ला, अस्ना, कटुस, चाँप, चिलाउने, साज, गुराँस, खर्सु (खस्रेतो), टाँकी, सिमल, बर्रो, सिरिस प्रजातिका रुखबिरुवाहरू पाइन्छन् । वनका केही स्थानमा चितुवा, भालु, मृग, हरिण, बाँदर, ढेडु, खरायो, दुम्सी, घोरलजस्ता जनावर पनि देख्न सकिन्छ । कालिज, तित्रा, भ्याकुर, काग, कोइली, चिल, ढुकुर, भँगेरा, जुरेली जस्ता चराचुरुंगीको आवाज यहाँ सुन्न सकिन्छ ।

होटल र होमस्टे छैनन्

धार्मिक पर्यटनको अथाह सम्भावना भए पनि यहाँ पूर्वाधारको भने निकै कमी छ । खानबस्नका लागि यहाँ कुनै होटल छैनन् भने होमस्टे पनि सञ्चालनमा ल्याइएको छैन । सालवास बजारमा सामान्य किराना र खाजा-नास्ता पसलबाहेक अरू केही पाइँदैन ।

यस क्षेत्रका अन्य महत्त्वपूर्ण मन्दिरहरू:

समशीतोष्ण हावापानी रहेको यस क्षेत्रमा अन्कन्या मन्दिरको अलावा महादेवको मन्दिर (माथिल्लो र तल्लो), शीतलादेवी मन्दिर, स्थानापति मन्दिर आदि उल्लेखनीय रहेका छन् । महादेवको मन्दिरमा पुष मसान्तीमा भव्य जात्रा लाग्ने गर्दछ । आँखुबेसी, बाटुलेचौरको माख्लो महादेवस्थान र बौंसेरहको तल्लो महादेवस्थान जात्रा लाग्ने ठाउँहरू हुन् । श्रद्धालु भक्तजनहरू माघेसङ्क्रान्तिको अघिल्लो रात महादेवस्थानमा भेला भएर पूजाअर्चनाका साथै नाचगान गर्दछन् र भोलिपल्ट बिहान नेत्रावतीमा स्नान गरेर घर फर्कन्छन् । पहिलेपहिले यो काम भव्य रूपमा हुने गरेको भएपनि हाल रातको बसाइँ घटेको छ र बिहान स्नान गर्ने भक्तजनहरूको भने कमी छैन ।

यसैगरि, चिलाउनेको रुखमा पूजा हुँदै आइरहेको शीतलादेवीमा सो रुख लडेपनि मन्दिर क्षेत्रमा रहेका नकुँदिएका ढुङ्गाका मूर्तिहरूले यस्तो पुरातात्त्विक महत्तालाई बताइरहेको छ । अर्कोतर्फ, इटनीहरूको कुलदेवताथान स्थानापति मन्दिरमा साउने सङ्क्रान्ति, ठुलो दशैं, न्वागी (मङ्सिरको नयाँ खेती) एवं चैते दशैंमा इटनीहरूले अक्षता पुर्‍याउने गर्दै आइरहेका छन् । यहाँका मुख्य जातिहरूमा ब्राह्मण, क्षेत्री, मगर, तामाङ, सार्की, दमाईं, कामी आदिको मिश्रित बसोबास रहेको चैनपुरका बुद्धिजीवी लेखनाथ लोहनी बताउँछन् ।

चैनपुरका अन्य सांस्कृतिक पर्वहरू

चैनपुरका अन्य सांस्कृतिक पर्वहरू हरि खनालले लेखेका छन्, “परम्परालाई जीवित राख्ने कुरामा केही वर्ष अघिसम्म चैनपुरका बासिन्दाहरू सजग र सक्रिय थिए । द्वन्द्वकालपछि यस्ता पक्षहरू छायाँमा पर्दै गए । कृष्णअष्टमी, जनैपूर्णिमा र तिजका दिन झिकिने लाखे नाच, विभिन्न पूजाआजाका बेलामा आयोजना गरिने सोरठी नाचले चैनपुरको सांस्कृतिका चिनारी कायम गरेको थियो भन्छन्, लोकनाथ लोहनी । लाखेनाचको आरम्भका बारेमा उनीसँग रमाइलो स्मरण छ । 

वि.सं. २०१८ सालमा बाघले स्थानीय समुदायका मानिसलाई दुःख दियो । सबै गाउँले मिलेर बाघ मार्ने अभियानमा लागे । बाघ मारियो र गाउँमा घुमाइयो । त्यसबखत स्थानीय समुदायहरूले केही रकम सङ्कलन गरेर सामुदायिक एकता अभिवृद्धि गर्ने तथा सामाजिक सांस्कृतिक परम्परालाई मजबुत तुल्याउने सल्लाह गरे । उनीहरूले यसकै एउटा अंशको रूपमा माथि उल्लेखित तिथि तथा पर्वहरूमा लाखे नाच लगाउने भनेर सल्लाह गरे र स्थानीय नगर्चीहरूलाई जिम्मा दिए । त्यसबेला देखि बसेको परम्परालाई स्थानीय नगर्चीहरूले हालसम्म पनि निरन्तरता दिएको प्रसङ्ग सुनाउछन् लोहनी । (स्रोत: मुरलीभञ्ज्याङ र चैनपुरको सेरोफेरो: धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू, हरि खनाल)

सालवास र चैनपुर नाम कसरी रह्यो ?

गोरखाका राजा राम शाह यो बाटो हुँदै काठमाडौँ उपत्यका जानको निम्ति आउँदा चैनपुर भन्ने ठाउँ मन परेर यहाँ केही समय बसेर रमाएर यस ठाउँमा चयन गरेको हुनाले ‘चैनपुर’ नाम परेको हो । सालवासको नामकरण प्रसङ्गमा चाहिँ सालका रुखहरू प्रशस्त रहेकाले र उनी राम शाहको यहाँ बास परेकाले ‘सालवास’ भनिएको जनविश्वास रहेको लोहनी बताउँछन् । राम शाहले उतिबेला ठाउँठाउँमा कोट निर्माण गरेको हुँदा चैनपुरकोटको अस्तित्व राम शाहको शासनकालसम्म जोडिन पुग्ने देखिन्छ । 

र, अन्तमा

हरिया पहाडको नाभी हुँदै खेतीयोग्य फाँटवारिलाई सिञ्चित गरिरहेका आँखु र बुढीगण्डकीको मूल अर्थात् मनासलु र गणेश हिमाल एकसाथ देख्न सक्ने यस ऐतिहासिक थलो धार्मिक भक्तजनका लागि मात्रै नभई मगर जातिको भाषा, कला संस्कृति, खानपान र रहनसहनको अध्ययन गर्नेहरूको लागि खुला संग्रालय हो । यस क्षेत्रले कृषि तथा वन क्षेत्रका अनुसन्धानदाताहरूलाई पनि उत्तिकै लोभ्याउँछ । यसकारण अनकन्यादेवीलाई केन्द्रमा राखी समग्र चैनपुरको थप विकास र प्रवर्द्धनमा गाउँपालिका, पालिकावासी मात्र नभई जिल्लावासी नै लाग्नुको विकल्प देखिँदैन ।

स्रोत-सन्दर्भहरू:

१.स्थलगत भ्रमणका क्रममा मन्दिरका पुजारी जगबहादुर गिदेल मगर, उनका बुबा गोमान सिंह गिंदेल मगरसँग लिइएको प्रत्यक्ष अन्तर्वार्ता ।
२. स्थानीय  बुद्धिजीवी लेखनाथ लोहनीसँग गरिएको फोन कल ।
३. स्थानीय मदन मगरसँग प्रत्यक्ष भेटघाट ।
४.  अमृत सापकोटाले सम्पादन गरेका ‘पर्यटकीय विम्बचित्रमा धादिङ’ पुस्तकमा संग्रहित हरि खनालको मुरलीभञ्ज्याङ र चैनपुरको सेरोफेरो: धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू नामक लेख, २०६८ ) ।
५. नरहरीनाथद्वारा सम्पादित गोरखा राजवंशावालीका केहि अंश, आदि ।

कसरी पुग्ने ?

काठमाडौंबाट एकै दिनमा थोरै खर्चमा पुगेर आउन सकिने ठाउँ हो अनकन्यादेवी मन्दिर । काठमाडौंबाट नौबिसे हुँदै मलेखु पुगेपछि उत्तर-पश्चिमतर्फको कालुपाण्डे राजमार्ग हुँदै धादिङ सदरमुकाम धादिङबेसी पुग्न सकिन्छ । धादिङबेसीबाट साँधभन्ज्याङ, पाल्पाभन्ज्याङ, हुलाकभन्ज्याङ हुँदै सालवास बजार पुगिन्छ । पाल्पाभन्ज्याङबाट करिब १० किलोमिटरको यात्रा गरेपछि ज्वालामुखी गाउँपालिका-७ को सालवास बजार आउँछ । यो बजारबाट उकालो डाँडो चढेसँगै १५ मिनेटको छोटो पैदलयात्राले अनकन्यादेवी मन्दिर पुर्‍याउँछ ।

अनकन्यादेवीको मन्दिर यात्रा भदौदेखि वैशाखसम्म गर्नु उपयुक्त हुन्छ । बर्खायाममा भने बाटो हिलाम्मे हुने भएकाले नजाँदा नै राम्रो हुन्छ । यहाँ जानका लागि आफ्नो निजी सवारी साधन पनि प्रयोग गर्न सकिन्छ । प्रकृतिसँग रमाउँदै यात्रा गर्ने हो भने मोटरसाइकलको यात्रा झनै रोमाञ्चक हुन्छ ।

Share8Tweet5Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै
अन्य

जेष्ठ १९, २०८२
नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता
अन्य

नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

जेष्ठ ६, २०८२
भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी
अन्य

भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

जेष्ठ ६, २०८२
२०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि
अन्य

२०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

जेष्ठ ६, २०८२
डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
Load More
Next Post
जीवन खोजिरहेको ढुङ्गेनी डाँडाका ढुङ्गाहरू

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions