English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हाइवेको अस्वस्थ खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

चित्त चोर- पाटनहरू ! (भाग- १)

Raju Jhallu Prasad by Raju Jhallu Prasad
भदौ २२, २०८०
in यात्रा संस्मरण
A A
0
47
SHARES

बाजुरा र कालिकोटको सीमानामा रहेको बडिमालिका मन्दिर पुग्ने संयोग या सुअवसर उसलाई अघिल्लो हप्ता मात्रै प्राप्त भयो । र, त्यो एक चित्रात्मक अवस्था थियो । त्यो एक हृदय कपाउने आह्लादित क्षण थियो । र, एक तीव्र वेगमय भावनात्मक उच्छ्वास पनि । जसलाई अब खुर्केर फ्याल्न सक्ने छैन । वर्षा रोकिएपछि पनि बलेसी चुहिरहेझैँ, यात्रा रोकिएपनि स्मृति चित्रहरू ढसमस्सै भएर उसको मनमस्तिष्कमा बस्दिएका छन् ।

जम्मामा, यो यात्रा उसको लागि आफूलाई भेट्ने र भेटिएको आफूलाई आफूसँग बोकी ल्याई बाँकी जीवनलाई संवेदनशील बनाउने मेलोमेसो थियो । र, सायद उसले त्यो गर्न सक्यो पनि । 

अत्तरिया बजारको कुनै बेकरी पसलमा उसले अघिल्लो दिन झोला बिसाएको थियो

बडिमालिका ऊ धार्मिक भावले पुगेको थिएन, न सांस्कृतिक, ऐतिहासिक वा सामाजिक पक्षहरूसँग हाइ-हेल्लो गर्न भनी पुगेको थियो । ऊ प्राय: यात्रामा निस्कँदा यस्ता अनेकन् पाटाहरूको टिपोट गर्न डायरी र कलम, रेकर्डर बोक्छ । ऊसँग यात्रा गर्नेहरू जान्दछन् ऊ लास्टै बोर सहयात्री हो । ऊ यात्रामा गीत गाउँदैन, ठट्यौली गर्दैन, धेरै बोल्दैन । अनावश्यक रूपमा (सायद यात्रामा बाटो काट्न आवश्यक भइदिन्छ) टीकाटिप्पणी या कसैको कमजोरी कोट्याउदैन । ऊ एउटो बच्चोजस्तो चुपचाप चारैतिर हेर्ने, मुसुमुसु हाँस्ने वा दंग भई एकै ठाउँमा बढ्तै बेर बसिदिने गर्दछ । यात्रामा रमाइलो गर्नुपर्नेहुन्छ तर ऊ बदलामा झिनामसिना कुराहरूमा अल्झिदिन्छ । बल्झिदिन्छ !  सामाजिक, सांस्कृतिक, वातावरणीय, ऐतिहासिक पाटाहरूसँग लोभिएर सहयात्रीलाई बिर्सिदिने उसको मनपसन्द आदत नै हो । भन्नुस्, ऊसँग सकभर कसैले यात्रै नगरुन् !

यो यात्रामा ऊ आजसम्मकै चुपचाप थियो । मौन थियो । के ऊ साँचो यात्रु भएको थियो ? एउटा प्रश्न !

ऊ एक पदयात्रीको हिसाबले यहाँ थियो । उसले आफ्नो कवि, पत्रकार, पर्यावरण चिन्तक या सामाजिक/सांस्कृतिक खोजिखबरी गर्ने छविलाई आफ्नो रुक्स्याक झोलाको भित्री खल्तीमा गाँठो पारेर राखेको थियो । ती छवि ननिस्किउन् भनेर ऊ सतर्क पनि थियो ।

यसप्रकार भन्न सकिन्छ कि यस बडिमालिका पदयात्रामा ऊ बस् हिँड्न इच्छुक थियो । उसलाई आफ्नो पुर्ख्यौली थलो (डोटी) देख्नु/टेक्नु थियो तर यो यात्रामा ऊ त्यतापट्टि पनि उतिसाह्रो लहसिएन (उसले आफ्नो सहगोत्री जनै भने खोजेको हो) । ऊ बस् पाटन देख्न र गल्फ मैदान (लिन्का) जस्ता हरिया  पाटनमै मन्त्रमुग्ध भई पल्लवित, पुष्पित र सुवासित भइरह्यो, पाटनका फुलिरहेका फुलहरूझैँ । 

गल्फ मैदान जस्ता हरिया पाटनलाई सुवासित बनाइरहेका लेकाली फुलहरू

र, यस लेखिरहेको क्षण जब उसका सुनिएका गोडा र थाकेका जीउले थोरै राहत महसुस गरिरहेका छन्, ऊ ठान्दछ, बडिमालिकाको यस यात्रा उसको जीवनकै सर्वोत्तम उपलब्धि हो । ऊ कवि तत्त्व जान्ने मनुवा भएकाले प्रकृतिलाई मानवीकरण गर्ने अपराध उसले घरीघरी गरिरहेकै हो, तर यस यात्राले ऊबाट उसको मानव तत्त्व खोसिदिएको थियो, ऊ पूर्णतः प्रकृतिमय हुन् पुगेको थियो । ऊ जान्दै थियो, प्रकृति कवि हो, ऊ प्रकृतिले सुनाएको कविताहरू श्रवण गर्दै थियो । ऊ कवि भएकाले अरूले सुनाएका कविता उसले सुन्न नसक्नुपर्ने हो तर, अचम्म ऊ यहाँ हरिया पाटनका एकएक भुल्काभुल्की र क्रम-विक्रमलाई सुन्दै थियो ।

भनिहालौँ- यस भेगका वारिपाटन, सोता पाटन, भित्तिचिन्ना, दौड लगाउने पाटन, घोडा पाटन, त्रिवेणी पाटन लगायतका सयौँ पाटनहरू र ती पाटनले अँगालेका प्राकृतिक अनन्त प्रबलताले ऊ पागल भएको पनि सोह्रै आना सही हो । उसले यस क्षेत्रमा कति पाटन छन् भनेर गन्न खोजेको पनि हो, तर सकेन । भन्नेहरूले बाइस पाटन वा बाउन्न पाटन भन्दा रहेछन् । उसले ती भन्नेहरूलाई पत्याइदियो । भन्नुस्, उसले आफ्नो खोजिखबरी गर्ने छविलाई रक्स्याक झोलाको तल्लो खल्तीको गाँठो खोलेर बाहिर निस्किन दिएन ।

त, यस यात्रालाई विस्तारपूर्वक सुरु गरौँ  !

सोता पाटन झर्दै गर्दा

***

जीवनका तमाम सङ्गत, असङ्गत र विसंगतहरूलाई छामछुम गरिरहेको एउटा ‘छामछुमे तन्नेरी’ले फुत्तै एउटा विशाल प्राकृतिक सौन्दर्यसामु आफूलाई पाउँदा, उसको के हालत भयो होला, ऊ कसरी बताओस् ? तर, ऊ यहाँ बताउन तम्सिएको छ । हाय, उसको यो निरर्थक प्रयास !

अभिव्यक्त गर्नलाई पनि त अलिकता ठाउँ चाहिन्छ, एउटा कुनो चाहिन्छ । एउटा छेउ चाहिन्छ । बगिरहेको पानीमा खुट्टा डुबाउन पनि मन गर्ने, अनि पानीले बगाएर लिएर गइरहेको पैतालाको डोबहरूलाई समात्न/भेट्न खोज्ने ? यो कसरी सम्भव हुन्छ ? हो, लेखिरहेको यस बखत यो छामछुमे तन्नेरीलाई पनि सोही भइरहेको छ । ऊ जे व्यक्त गर्न खोज्दैछ, त्यो उसले व्यक्त गर्नै सक्नेछैन भन्ने दृढ विश्वास उसलाई लेखनपूर्वै छ । तर, यो जिद गर्दैछ । बिनसित्ति हठ गर्दै छ ।

भन्नुस् ऊ  फेरी पनि छामछुम गर्दै छ ।
भन्नुस् यहाँ ऊ अन्धा र हात्तीको कथा पुनर्लेखन गर्दैछ ।  

अन्धो चाहिँ ऊ । हात्ती चाहिँ पाटन ।

गएराति ऊ पाती हाल्ने/फुल चढाउने नाम गरेको ठाउँको यसै धर्मशालामा स्लिपिङ ब्याग ओढेर सुतेको थियो

***

मार्तडी बजारबाट ७ घण्टाको नाक छुने र सास फेर्न समेत गाह्रो हुने ठाडो उकालो उक्लिएर गएराति ऊ पाती हाल्ने/फुल चढाउने (देउराली)को धर्मशालामा सुत्न आइपुगेको थियो । यस धर्मशालाको हालत तैबिसेक राम्रै थियो, अन्यथा उसले यसअघि २ वटा कथित धर्मशालाको अस्थिपञ्जर सुमसुम्याउँदै भनेको थियो, ‘हरे, धर्मशालामाथि यो पाप कसले गरेको होला ? यहाँ एक रात काट्न त के एकछिन बस्न पनि सकिन्न । प्रदेश सरकारले लाखौँ रुपैयाँ खर्चेर बाख्रा पनि नबस्ने यस्ता गोठ किन बनाएका होलान् ?’

उसले कत्ति पनि जान्दिनँ भन्दाभन्दै पनि उसको रुक्स्याकको भित्रि खल्तीको गाँठो खोल्दै उसको पत्रकार छविले कान थाप्यो र बुझ्यो कि सरकारले ०६८/०६९ मा यो क्षेत्रलाई संरक्षित घोषणा गरेको थियो, बडिमालिका क्षेत्रको दीर्घकालीन विकासका लागि पञ्चवर्षीय विकास गुरुयोजना निर्माण (०७३/०७४ देखि ०७७/०७८ सम्म) गरेको थियो, जसका लागि ३२ करोड ७० लाख लगानी खर्च गर्ने उल्लेख थियो । अहिले त ८० साल हो, पछिल्लो दुई वर्षमा थप करोडौं रुपियाँहरू धर्मशाला, शौचालय, सडक निर्माण एवं खानेपानी व्यवस्थापनमा नाममा खर्च भइसकेका होलान्, तर खर्चका शीर्षकहरू मात्रै थिए सामान्य शौचालयदेखि खानेपानीका पूर्वाधारहरू सित्ति आँखामा पर्दैनन् । यसो आँखामा परिहाले पनि तिनको दुर्दिन देखेर उसलाई कठै भन्न मन लाग्छ ।

उसले गएराति सुतेको धर्मशाला यस इलाकामा सबैभन्दा उन्नत विकासको नमुना रहेछ, तर त्यसैले उसको सातो लिइदियो किनभने यस काठबाट निर्मित, जस्ताको छानो चढाइएको यस धर्मशालामा वृद्ध एवं शारीरिक अवस्था ठिक नभएका मानिसले एक रात पनि बिताउन सक्दैनन् । उसले ठ्याक्कै भन्न त सक्दैन तर करिब ३ हजार मिटरको उचाईमा रहेको यस धर्मशालाका काठका खापाहरूबाट साह्रो हावा छिर्छ, तलमाथि, दायाँबायाँ सबैतिरबाट । न्यानो खोज्न बहुवर्षीय योजना अर्थात् यस धर्मशालामा रात बिसाएकाहरूलाई लेकाली हावाले रातभर एकछिन पनि निदाउन दिंदैन । ऊ सोच्छ, धन्न मुलाहरूले १०/१५ जना सुत्न मिल्ने चाहिँ बनाएछन्, अन्यथा मार्तडीको उकालो गुफा क्षेत्रतिर भेटिएको बाख्राको खोरहरू यहाँ उभ्याइदिएनछन् !

यो मार्तडीको उकालो उक्लदै गर्दै आँखामा बसेको राम्रो वस्तु हो, तर यो यसपछि पाटन क्षेत्रमा कहिँ देखिएन । यसैले पाटनहरू प्लास्टिकले पुरिंदै थिए । घोडापाटनदेखि बडिमालिका मन्दिर क्षेत्र सम्ममै यस्ता वस्तुहरू अत्यावश्यक देखिन्छन् ।

जे होस्, उसले  फुल चढाउनेदेखि थोरै माथिको धर्मशाला आफ्ना ७ जना सहयात्रीसँग त्यो रात दु:खजिलो गरि काट्यो । यसलाई उसले पर्स्नल्ली लिएन । उसले सोच्यो यस क्षेत्रमा आएर सुविधा खोज्ने होइन, जे छ त्यससँग क्रम्प्रमाइज गर्ने हो तर कताकता उसको माइतीघरतिर गएर परफरमेन्स आर्ट गरिरहने कलाकार छवि कुर्लिन्छ, “मुलाहरू नदेखाउनु आश देखाएपछि सुविधा पनि दिनु नि हो । पत्रिकामा बडिमालिका यात्रा कष्टकर छैन, पालिकाले बन्दोबस्ती गरेको छ भनेर किन खोक्नु ? मुलाहररू..!”

भन्नु परेन, आफूले बोकीगएको त्रिपाल बिछ्याएर, त्यसमाथि म्याट्रेस ओछ्याएर, बाहिरबाट चिसो दाउरा खोजि ल्याएर, चिसो धुँवा पुत्पुत्याउदै, आँखा पिरो र छाति खस्खसाउँदै, आफूले बोकी ल्याएको स्लिपिङ ब्याग ओढेर उसले एउटा अत्यधिक कठ्याङ्ग्रिँदो रातलाई ‘निदा न हो निदा’ भन्दै रातभर आफूलाई जाग्राम राख्ने आँट बटुल्यो । एउटा फाइदा के भयो भने उसले लेकाली वन्यजन्तु कराएको आवाजहरू सुन्न पायो, तर आवाजले केके हो भनेर चिन्न सकेन । उसले वन कुकुर हो कि भन्ने अड्कल लगायो । ऊ राति १ बजे उठेर पिसाब बिसर्जन गर्दै थियो, उसले फुल चढाउने क्षेत्रमा धुम्मिएको कठ्याङ्ग्रिदो चिसोलाई छातिमा टाँसेर एउटा अँध्यारो सुन्दरतालाई परेला उचालीउचाली हेरिरह्यो । भित्रबाट उसको सहयात्रीमध्ये एक कसैले ‘बाबु बाहिर न्यानो छ र ?’ भनेपछि उसले ‘भित्र पनि न्यानो छ र ?’ भन्ने प्रश्न गर्दै धर्मशालाभित्र मुन्टो छिरायो ।

***

र, ऊ भोलिपल्ट अर्थात् भदौ ११ गते आफ्नो रुक्स्याक कसेर पुनश्च: यात्रामा अघि बढ्यो ।

सोता पाटन क्षेत्र आसपास

***

एकाबिहानै (बिहानको ५:४०) छाडेर तरपाया उकालो उक्लँदै गयो, बिहानीपखको खुल्दो आकाश र आकाशमुनिका लोभीलो, पोटिलो चुस्त बान्की-बनोट भएका गोला-डोला एवं तरेली परेका हरिया भूदृश्य अर्थात् पाटनहरूले उसलाई भनी त हाले- “मुलाङ, यतिका वर्ष ‘फ्रायडीय आँखा’ बोकेर तरुनीहरूका आँखा, ओठ र छातीबारे कविता लेखेर आफ्ना कपाल फुलाइस् । अब कपाल बिनाको नाङ्गो तक्लु मुनि जब्बर खोपडी लिएर के खान यता आँको ? खुरुक्क फर्की । तेरा कथित पुरुषार्थ र थलिएका गोडाका लातहरू मलाई चाहिएन । जताबाट आँको हो, उतै जा । तेरा पौरुषताका प्रतीकहरूलाई तँलाई नै मुबारक । तेरा मर्दत्व र भौतिकता तँलाई नै मुबारक ।..खुरुक्क फर्की । मतिर नआईजो, मलाई नछो । मलाई नचला । जा भाग् ..।” 

– जीवन्त यौवनको चिनारी पस्किरहेको वारि पाटनका लोभीलो, पोटिलो चुस्त बान्की-बनोट भएका गोला-डोला एवं तरेली परेका हरिया भूदृश्यहरूले कसोकसो उसलाई यसो भनेजस्तो लाग्यो । 

‘प्रकृतिको लिङ्ग हुँदैन र प्रकृति पुरुष होइन’, यो कुरा छामछुमे तन्नेरीले यसअगाडिका आफ्ना यात्राका क्रममै चाल पाइसकेको थियो । जसैजसै ऊ प्रेमबाट दूर हुन्छ, वा कवि, मानवधर्मी, परिश्रमी या सामाजिक अगुवाको फोस्रो नाटकदेखि वाक्कदिक्क हुन्छ, प्रकृतिकहाँ पुगेर उसैलाई अँगाल्दै चुपचाप बसिदिन्छ । अनवरत टोलाइदिन्छ । भौतिक जगतका तमाम विषयसुखको खिचातानीलाई बिर्सिदिन्छ । यसैले त ऊ त्यहाँ आइपुगेको थियो । तर यो के ? यी टम्म र चिल्लो भई उठेका र त्यसमा बिहानको घाम लतारिँदा अझ यौवनवती देखिएको वारिपाटनले उसलाई के साह्रो हेपेर बोलेको ? ऊ एकाबिहानै एउटा बढ्तै ठुलो अपराधबोधले ङ्याकिन्छ ।  

वारि पाटनका लोभीलो, पोटिलो चुस्त बान्की-बनोट भएका गोला-डोला एवं तरेली परेका हरिया भूदृश्यहरूले उसको यसप्रकार सेखी झारिदियो कि उसले भुली त गयो, “जीवनका प्रत्येक घोँढेटोहरूमा मानव हुनुको अचाक्ली घरेलु वैभव बोकी हिँड्नुको तुक छैन/कहिल्यै थिएन पनि ।” 

यसपछि उसले आत्मस्विकारुक्तिका साथ भनिदियो, ‘लोभिली, पोटिली चुस्त बान्की-बनोट भएकी गोला-डोला एवं तरेली परेकी ए हरिया भूदृश्या, भू-परि, म तँलाई सबै भन्छु । सब्बैसब्बै भन्छु । तर, त्यसपहिले म तँलाई धीत मर्नेगरि हेर्छु । प्यास बुझ्ने गरि तँलाई महसुस गर्छु । आयूको यो बेगिलो घोडाबाट ओर्लिएर म तँसँग हृदयका कुरा गर्छु । मेरो हृदयभित्रको हृदय खोल्छु । म आफ्नो तथाकथित विवेकको तराजु यतै बिसाउँछु ..धरोधर्म । म तँसँग आफ्ना मनका बह सबै पोख्छु । धरोधर्म ।..”   

एउटा शीतल हावाको झोका आयो । छामछुमेले कुरा बुझ्यो, ‘उसले अब  हिँड्नुपर्छ, बस् हिँडिरहनुपर्छ ।”

***

अलि बोका-बोका पारा झिकेर भन्ने हो भने बैँसले मस्त वारी पाटनले नै ऊ जस्ता छामछुमे तन्नेरीलाई ख्यालख्यालमै स्खलित बनाइदिई जबकि यस क्षेत्रमा यो भन्दा सयौँ गुणा राम्रा र भव्य पाटनहरू क्रमशः आउँदै जानेछन् । उसो त, शान्त, अग्ला गोलाकार डाँडाकाँडा, फराकिला घाँसेमैदान र तिनमा उम्रिएका लेकाली घाँस, जडीबुटी एवं नाम थाहा नभएका (मलाई) हरिया, राता, पहेँला, केशरी रङका फूलहरू नै जम्मामा पाटनहरू हुन् ।   

तस्बीर: भोजराज पाठक

पाटन एउटा मात्रै छैनन्, एकपछि अर्को छ । यस क्षेत्रमा कति वटा पाटन छन्, मलाई ठ्याक्कै थाहा छैन । कसैलाई पनि थाहा रहेनछ, कोही २२ पाटन भन्दा रहेछन्, कोही ५२ पाटन ।  थाहा पाउनुपर्ने सरकारी निकाय अलि अगाडि नै यतातिर घोडा चढ्दै थियो अरे, जबकि यहाँ घोडा चढ्नु अशुभ मानिँदो रहेछ । कारण जेसुकै होस्, मलाई पनि घोडा चढ्नु शुभ कहिल्यै लाग्दैन । यहा यस्ता अशुभ मानिने अन्धविश्वासहरू अरू पनि रहेछन् जस्तो: फुल चढाउने लागेपछी लोग्नेस्वास्नी नै भएपनि सँगै सुत्नु हुन्न (यौनसम्पर्क निषेध), फुल चढाउनेबाट यता लागेसी घोडा चढ्नुहुँदैन र अर्कोचाहिँ सुदूरपश्चिमका दलितहरू अझै पनि बडिमालिका पुग्न मन गर्दैनन् रहेछन् (जबकी बडीमालिका क्षेत्रमा पहिलो पटक २०७४ सालमा दलित समुदायले प्रवेश गरिसकेका रहेछन् भन्ने थाहा हुन् आयो, यसबारे यथेष्ट जानकारी संकलन गर्न सकिएन तर सुदुरपश्चिमकै दलित समुदायले अझै पनि बडिमालिका छिर्ने आँट बटुल्न नसकेको भने बाम्का बजार आइपुग्दासम्म थाहा भयो) । यसो हुनु दु:खद छ ।

हामी पाटनमै आऔँ । पाटनकै हकमा कुरा गर्दा, एउटा आकाश चुमेर सुको खुट्टा चुम्न आइपुग्दा-नआइपुग्दै अर्को पाटन उसको खुट्टामुनिबाट आकाश भेट्न लम्किन्छ । यो कम्ताको अनुभव छैन । पाटनहरूको यसप्रकारको मापाको शृंखलित आगमनलाई देखेर छामछुमे पटक-पटक स्खलित भइरहन्छ । त्यसमा अझ थुपुक्क थुपुक्क थुप्किएको सिमसिम पानीले उसलाई कामोत्तेजना जस्तो केही प्रदान गरिरहन्छ । बरै, उसको त हालत पतला भयो रे ! कठै, ऊ त पन्यालो वस्तु बनिगयो रे !

प्रकृति (पञ्चमहाभूत, जड वस्तु) ले हरेक पुरुष (जीवात्मा, चेतना) लाई यसैगरि वशमा लिँदो हो, जसरी उसलाई लिइरहेको छ । यसबारेमा थोरै चर्चा गरेर मात्रै अगाडि बढौँ- प्रत्येक वस्तुको कारण हुन्छ तर प्रकृतिको कुनै कारण छैन । यो आदि कारण हो । यो सृष्टिभन्दा पूर्व (प्र+कृति) हो । प्रकृति मूलतः भौतिक पदार्थ भएकोले यसलाई जड र अचेतन छ तर, यो भव्यरूपमा अव्यक्त पनि छ । यो के हो भनेर कसरी बुझ्ने ? घरी यो अविद्या जस्तो लाग्छ, घरी यो नित्य गतिशील, विकसित भइरहने ब्रह्म जस्तो लाग्छ, घरी यो माया जस्तो लाग्छ । छामछुमे प्रकृतिलाई ‘प्रथम’ मान्ने साङ्ख्य दर्शनका रचयिता महर्षि कपिलले भनेको सम्झन्छ, “प्रकृति नै पुरुषको बन्धन र मुक्ति दुवैको कारण हो ।” ऊ यहाँ मुक्त हुन् आएको हो र क्रमशः ऊ सायद त्यतैतिर छ । 

अल्लि ताछतुछ, अल्लि छाँटबाँट, अल्लि पुछपाछ, अल्लि थपथाप वा अल्लि सजसाज गरेरै ऊ थुप्रैपटक प्रेमिकाहरूकहाँ पुगिरहेको हो तर, यो स्वादले  यसप्रकार खल्यातखुलुत्तै ऊ आजसम्म भएकै थिएन । ऊ मानवपोथीलाई प्रकृति त भनिदिन्छ तर, त्यसरूपले स्खलित भइहाल्न सक्दैन, जसप्रकार ऊ पाटनहरूमा भइरहेको थियो । तर ऊ यो चाहिँ जान्दछ, मानव पोथीहरू मानव भाले भन्दा ज्यादा प्रकृतिमय छन् ।  

यस्ता देउरालीहरू यस क्षेत्रमा धेरै भेटिन्छन्, आस्था लेपित यी ठाउँहरूको नामठेगाना भने थाहा हुन् सकेन

***

ऊ जति हिँड्दो छ, उति आफूलाई रित्याउँदै छ । लोभीलो, पोटिलो चुस्त बान्की-बनोट भएका गोला-डोला एवं तरेली परेका हरिया भूदृश्यहरूमा चरिरहेका घोडा, भेडा एवं घरपालुवा भैँसीहरूले अझ मोहकता थपेका छन् । प्रेमिकाको सुलुत्त परेको निधारमा बिन्दुली थपक्क बसेझैँ गरि हरिया भूदृश्याको निधारमा गुमुक्क परेर बसेका भेडाहरू देखेर ऊ पागल हुन्छ । यस्तो दृश्य देख्दा उसको मन थाहापत्तो नभएको एउटा लठुवा जस्तो भइदिन्छ ।

यस क्षण मुटु छोइरहेको चिसो हावा र आङमा न्यानो स्पर्श गरिरहेको घामका बिहानी किरणहरूका छामछुमेले महसुस गरिरहेको छ । कारण ऊ आफ्ना चिन्ता, क्रोध, अशान्ति, असन्तोष, अतृप्ति जस्ता रज गुणहरू एवं  ईर्ष्या, निन्द्रा आलस्य, निष्क्रियता जस्ता तम गुणहरूलाई लत्त्याउँदै  प्रेम, आनन्द, सन्तोष, हर्ष, तृप्ति जस्ता सत गुणहरू आफूसँग बोकी ६ महिना घोडा/भेडाहरू चर्ने र बाँकी ६ महिना हिउँहरू चर्ने पाटनमा उभिएर यसो हेर्दा बादलहरू आफ्नो काँध-काँधतिर देखे ट्वाँ पर्दिरहन्छ, अनि हिँड्दिरहन्छ ।  हिउँदमा हिउँको सिरक ओढ्ने वर्षायाममा ढकमक्क कुटिरो ओढी घुम्टो भित्र लुक्ने यी लोभीलो, पोटिलो चुस्त बान्की-बनोट भएका गोला-डोला एवं तरेली परेका हरिया भूदृश्यहरूलाई उसलाई नाकभन्दा परको सुगन्धले सताइरहन्छन् ।

भन्नुस्, ऊ पुरा अवाक् छ । ऊसँग वारि पाटनदेखि आइपरेका पाटनहरूको महिमागान या आस्थागानका लागि शब्दहरू नै छैन । भन्नुस्, ऊ एउटा अद्भुत प्राकृतिक साक्षात्कारबाट असीम आनन्दित छ । ऊ आनन्दीदेव भएको छ ।

***

ऊ यतिबेला ‘मार्तडी बडिमालिका पर्यटकीय सडक’ नाम दिएको सडकमा हिँडिरहेको छ । सडकदेखि ठ्याक्कै माथि तीर्थालु/जात्रालु/गोठाला हिँड्ने पदमार्ग छ । पदमार्ग मास्ने गरि यो सुन्दर पाटनमा डोजर दौडाएर बाटो खन्ने कुबुद्धि कुन गोबरस्वाँठलाई आएको होला ?, उसलाई झोक पनि चल्छ । फुल चढाउनेसम्म सडक बनाएको ठिकै थियो, पाटन क्षेत्रमै चाहिँ किन कथित विकास हुल्न परेको होला ? के कागताली आइपर्‍यो होला ? ऊ अनगीनत प्रश्न र गालीहरू बक्दै अघि बढिरहन्छ ।

फूल चढाउने भन्दा अगाडि करिब ४ किमी सडक खनिएको रहेछ, जसले वास्तवमै पाटनहरूलाई छियाछिया पारिरहेको छ

फूल चढाउने भन्दा अगाडि करिब ४ किमी सडक खनिएको रहेछ, जसले वास्तवमै पाटनहरूलाई छियाछिया पारिरहेको छ । ऊ पुनः एकपटक च्याँठिन्छ तर, पाटनले उसलाई  अँगाल्दै भनिदिन्छ, “केटा, रुक्स्याक बिसाँ । अलिकता पानी पिई । हिँड माथि गोठ छ, त्यहाँ चौरीका या लेक चर्न आँका भैँसीका तातो दूध पिउलास् । एकछिनमा झोक्केलास् । अहिले बस् । आराम गर् ।”

***

उसले ५० रूप्पे तिरेर एक गिलास लेकाली घाँस खाएका भैँसीको दूध खायो । ३० रूप्पे तिरेर कालो चिया खायो । चिया र दूधमा उसले सरोवारी गहुँ, मकै र भटमास पिसेर थापा दिदीले ल्याउनुभएको ‘मखानु’ मिसायो र आफ्नो पेटलाई टम्म पार्‍यो । उसले धेरै खाने लोभ गरेन, लड्डु धेरै खाँदा गणेश भगवान्को भुँडी च्यातिएको र उनले जनैले आफ्नो पेट बाँध्न परेको पौराणिक कथन उसलाई थाहा थियो । यसैले उसले ठिक्क खायो । बरु गोठाले दाजुसँग गफ गर्‍यो । गोठाले दाजुसँगै सुतेका ३ जना बच्चाहरूसँग गफ्फियो ।  

मार्तडीका धनबहादुर थापा जनैपूर्णिमा मेलालाई केन्द्रमा राखेर वारि पाटन क्षेत्रमा गोठ राख्न (बाँध्न) आएका हुन् । उनका ५ वटा भैँसी, एउटा गाई र एउटा पाडो एकाबिहानै पाटनका लेकाली घाँसहरू खाइरहेका देखिन्छन् । उनले एउटा गोठ त खोलिसके, हिजो अस्तितिर उनले २ वटा गोठ लगाएर यो बाटो हुँदै जाने तीर्थालुहरूलाई यसैगरि दूध, दही, तातो पानी, चिया, बिस्कुट, चुरोट, रोटा (रोटी), गेडागुडी (चना विशेषतः) र भात खुवाएका थिए । तिनका आ-आफ्ना दररेट थिए । उनले गोठ कुर्नका लागि एउटा भोटे कुकुर पनि आफूसँगै ल्याएका छन् । उनले ७/८ दिन अगाडि २५ किलो चामल, २५ किलो पिठो र ५ पोका नुन बोकेर आएका हुन् । जो अब सकिनै लाग्दैछ, उनी भोलिजस्तो मार्तडी झर्नेछन् । 

उनको गोठमा ३ जना ८/१० वर्षका केटाहरू (कोर्ध, बाजुराका) पनि छन्, जसका ओठ परपरी फुटेका छन् । यो चिसोमा कट्टु लगाएका छन् तर आङमा न्यानो बख्खु भिरेका छन् ।  उनीहरूले अघिल्लो रात थापाको गोठमै बिताएका हुन् । उनीहरू हिजो तीर्थालुको झोला बोकेर त्रिवेणी पाटनसम्म पुगेका थिए र साँझ रित्तै फर्किएका थिए । उनीहरूले एउटा झोला बोकेको ३ हजारसम्म लिए । उनीहरूसँग यतिबेला ९ हजार छ, जो उनीहरू घरमा दिनेछन् र उनका बाउले त्यसबाट उनीहरूलाई कापीकलम किनिदिनेछन् । 

यो यात्रामा यसैगरी भारी बोक्ने मान्छेहरू पाइन्छन् तर झोला बोक्दिएबापत मुखमा आएअनुसारको रेट छ । छामछुमेले हिजो दिउँसै २० मिनेट झोला बोकेको १ हजार तिरेर आफूलाई ठगाइसकेको छ । ऊ मध्यान्हको चर्को घाममा मार्तडीकै एक अधबैँसे भरियाबाट ठगिइसकेको छ । 

मार्तडीका धनबहादुर थापा (बीच) जनैपूर्णिमा मेलालाई केन्द्रमा राखेर वारि पाटन क्षेत्रमा गोठ राख्न (बाँध्न) आएका हुन्

ऊ अर्को चिया माग्छ । किनकि उसलाई थाहा छ सोता पाटनतिरका गोठहरू पनि तिर्थालुहरूसँगै मास्तिर सर्दैसर्दै गइरहेको छ । ऊ जस्ता एक वा डेढ दिन पछाडि परेकाहरूलाई गोठालाहरूले तातो पानी या सुत्ने गोठ लिएर पर्खिरहेका हुनेछैनन् । गोठालाहरू जताजता मान्छे जाँदैछन्, आफ्ना गोठ उतै लाँदा छन् ।

अझ, यहाँ कति गोठ त यस्ता छन्, जो तीर्थालु/जात्रालु या यात्रालुलाई भन्दा आफ्नै लागि बनेका छन् । उनीहरूसँग चिसोले कठ्याङ्ग्रिएर आइपुगेकालाई खान दिने पानी वा अन्न छैन । उनीहरूको आफ्नै सुर छ । र, यस भव्य जात्रालाई मध्यनजर गरेर मेयर, सांसद या नेताहरूले कुनै बन्दोबस्ती पनि गरेका छैनन् ।

पृथ्वीनारायण शाहको पालादेखि लाग्दै आएको यो मेलामा सरकारी स्तरबाटै पूजा गर्ने गरिन्छ तर सरकारीतर्फबाट पूजाबाहेक अरू केही गरिँदैन । तीर्थालु बाटैमा मरुन्, कठ्याङ्ग्रिउन्, ठगिउन, बाटो भुलुन्, हिँड्न नसकुन्,  सरकारले केही गर्नु हुँदैन । सरकारी अफिसर त सरर जिपमा आउनुपर्छ, घोडा चढेर मन्दिरसम्म पुग्नुपर्छ, भिआइपी भइखानुपर्छ । एसीमाकी…।  ऊ फेरी एकपटक दे दनादन गाली बक्न थाल्छ । पाटनले उसलाई फेरी आँखा मार्दै भन्छे, ‘रिसाउने होस् भने फर्की । नत्र ढिलो भयो, हिँड् अब ।” 

र, ऊ हिँड्यो । 

(क्रमश…)

Share19Tweet12Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

यात्रासंस्मरण: पसिना, तीर्खा र साततले चमेरो गुफाको शीतलता !
यात्रा संस्मरण

यात्रासंस्मरण: पसिना, तीर्खा र साततले चमेरो गुफाको शीतलता !

असार १५, २०८१
कोभीड काल (यात्रा संस्मरण)
अतिथि लेखक

कोभीड काल (यात्रा संस्मरण)

बैशाख १९, २०८१
ऐतिहासिक जोर घण्ट जोगाएर बसेको अनकन्यामाई पुग्दा
अन्य

ऐतिहासिक जोर घण्ट जोगाएर बसेको अनकन्यामाई पुग्दा

माघ २३, २०८०
च्छोरोल्पा तालमा गौरीशङ्करको जलक्रीडा [नियात्रा]
अतिथि लेखक

च्छोरोल्पा तालमा गौरीशङ्करको जलक्रीडा [नियात्रा]

अशोज २४, २०८०
चित्त चोर- पाटनहरू (भाग-२)
यात्रा संस्मरण

चित्त चोर- पाटनहरू (भाग-२)

भदौ २३, २०८०
हिमालका केही कथा: शोकदेखि विजयसम्म
यात्रा संस्मरण

हिमालका केही कथा: शोकदेखि विजयसम्म

साउन २६, २०८०
Load More
Next Post
परापूर्वकालमा यस ढुङ्गाबाट दूध आउने गर्थ्यो

परापूर्वकालमा यस ढुङ्गाबाट दूध आउने गर्थ्यो

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा सुई गाडिन्छ, स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता
  • अन्य
English Edition

© 2026 Tourshala | Digital Partner: Sathi Solutions