ताप्लेजुङ: ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका –८ याम्फुदिनमा रहेको खाँगे झरना पर्यटकको पर्खाइमा छ । प्राकृतिक रुपमै मनमोहक दृश्यसँगै सुन्दर र आकर्षक खाँगे झरना हालसम्म प्रवर्धन र आवश्यक प्रचार प्रसारको अभावले ओझेलमा परेको हो ।
कञ्चनजङ्घा पदमार्ग नजिकको स्थानमा रहेको यो सुन्दर झरनाले प्रशस्त पर्यटकीय सम्भावना बोकेको छ । यो झरनासम्बन्धी प्रचार प्रसार र पूर्वाधारसमेतको अभावले ओझेलमा परेको हो ।
पछिल्लो समय आन्तरिक पर्यटक मात्र यो झरनाको भ्रमण तथा अवलोकन गर्न पुग्ने गरेका छन् । झरनाको प्रचार प्रसारसहित प्रवर्धन र विकास गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हुने र आम्दानीको राम्रो स्रोत बन्न सक्छ ।
झरना नजिक हरियाली चिया बगानसमेत रहेकाले यस क्षेत्रको स्वच्छ तथा सुन्दर वातावरणले नै पर्यटकलाई थप आकर्षित गर्ने सम्भावना रहेको छ । खाँगे झरना पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना भएका कारण पछिल्लो समय झरनालक्षित स्थानीय योजनाहरू कार्यान्वयन गर्न सुरु गरिएको छ ।




























































Discussion about this post