प्रेम राई
लिम्बु भाषामा याङ बेन जसलाई झ्याउ भनिन्न्छ। लिम्बु भाषामा याङ को अर्थ पैसा र बेन को अर्थ अमुल्य हुन्छ। लिम्बु सस्कार र खानपिनमा झ्याउ अर्थात याङ बेन ले एतिहासिक महत्वपूर्ण अर्थ बोकेको छ। लिम्बु जाती हरु प्रकृतिक पूजकको रुपमा चिनिन्छ। प्रक्रितीले दिएको उपहार याङ्बेनलाई लिम्बु जाती हरुले आफ्नो जिबिका चलाऊन र प्रकृतिको सम्रक्षण गर्नका निमित्त पुर्खाहरुले आफ्ना सन्तान हरुलाई देखाएको एक मार्ग दर्शन हो, जस्ले मानब स्वास्थ्य र खाना बिज्ञान, रोजगार साथै पर्याबरणमा प्र्त्यक्ष सम्बन्ध राख्दछ।
याङ्बेनका सम्बन्ध हरु
याङ्बेन को स्वाद आँफैमा हुँदैन तर जब बोसो सहितको सुङुरको मासु , आन्द्रा, भुढी , मुटु , कलेजो र रक्ती लगायत स्थानिय मसला सँग मिलाई पकाएमा याङ्बेनको स्वाद ,टेक्चरमा औधी स्वादिलो पना आउँदछ। याङ्बेनले बोसोको मात्रालाई एब्जर्ब गर्ने हुँदा मानब स्वास्थ्यमा कुनै असर पार्दैन र यदी पेटमा कुनी समस्या हरु भएमा बिस्तारै निर्मुल पार्दछ भन्ने मिथक पनि छ।
नेपालमा १२०० भन्दा बढी प्रजातिको झ्याउ पाईन्छ तर खान योग्य पुर्बी नेपाल प्रदेश १ को पाँचथर तेह्रथुम जस्ता ठाउमा याङ्बेन प्राय उतिस, ओखर, कटुस का ठुल् ठुला रुख तथा हागा हरु जहाँ सेपिलो पानी जम्ने ठाउँहरुमा उम्रिन्छ। यसलाई विश्व सुचिको सम्पदामा राखेर सम्रक्षण गर्न सके पर्याबरण सम्रक्षणमा महत्व पूर्ण भूमिका खेल्ने छ। यती बेला पहाड हरु उजाड छन, प्लाइवूड बनाउन लाई उतिस हरु काटेर , अन्य रुखहरु काटेर पहाड लाई नै उजाड बनाइ सके जस्ले पर्याबरणमा नकरात्मक असर पारीरहेको छ। जस्ले ग्लोबल वार्मिङ , क्लाइमेट चेन्ज जस्ता नकरात्मक असार हरुमा टेवा पुराइ रहेको पाईन्छ।
स्थानिय लाई नै सम्रक्षन र प्रबदन गर्न दिए रोजगारिको अबसर मिल्दछ। प्रोसेस गरेको याङ्बेन अहिलेको बजार भाउ मा १०० ग्रामको ५५० धरान तथा इटहरीको बजार मा उपलब्ध छन । यदी यसलाई प्रबधन गर्दै बिदेशमा निर्यात गर्ने हो भने राज्यको अर्थतन्त्रमा टेवा पुग्ने थियो । राज्य सरकारले यसमा कानुन निर्माण गरी लागु गर्न जरुरी छ।


याङबेनको तरकारी कसरी बनाउने ?
आबस्यक सामाग्री
१ याङ्बेन २ सुङुरको मासु , आन्द्रा , रगत , मुटु, कालेजो ३ गोल्भेडा, अदुवा, लसुन, खुर्सानी, प्याज आदी
४ तेल
बनाउने तरिकाः
१ याङ्बेन लाई तातो पानीमा भिजाएर राख्ने
२ सुङुरको मासु, आन्द्रा, कालेजो , मुटु लाई सानो सानो आकारमा काट्ने
३ कराइमा तेल राखी तताउने
४ तातेको तेलमा प्याज लगाइ चलाऊने
५ प्याज रातो ब्राउन कलर भये पछी काटिएको मासु लगाइ राम्ररी भुट्ने
६ मासु राम्ररी पाके पछी गोलभेडा , हिमाली मसला, अदुवा , लसुन खोर्सानी लगाइ राम्ररी चलाऊने
७ त्यसपछी भिजाएर राखेको याङ्बेन लाई पानी तारी मासुमा लगारी राम्ररी चलाऊने
८ याङ्बेन लगाइ चलाएको १० देखी १५ मिनेटमा रगत लगाइ चलाऊदै पाकिन्जेल पकाउने
९ तयार गरेको याङ्बेनको तरकारी सँग तोङ्बा, रक्सी र खाना सँग लिम्बु जातिमा खाने चलन छ।
याङ्बेनले लिम्बु जातिको सस्कार सस्कृतिमा महत्व पूर्ण भूमिका खेलेको छ। हिजो आज अन्य जातिले पनि याङ्बेन लाई मनपराइ आफु अनुकुल परिस्कृत गरि खाने चलन छ।
-लेखक इटहरीको आरटीआरके स्कूलका संचालक तथा वरिष्ठ सेफ हुन ।




























































Discussion about this post