काठमाडौं । स्थानीय रैथाने खानाको प्रवर्द्धन गर्ने उद्धेश्यले होटल संघ नेपाल (हान) ले दशैको समयमा रैथाने परिकारहरू होटल तथा रेस्टुरेन्टको मेनुमा राख्ने भएको छ ।
हानले संघका सदस्य होटलहरूमा आइतबार (घटस्थापनादेखि कोजाग्रत पूर्णिमा) सम्म रैथाने परिकार पस्कने कार्यक्रम आयोजना हुने जनाइएको हो ।
पर्यटकहरूले यात्राको क्रममा रैथाने खानाप्रति विशेष रूचि राख्ने हुँदा मौलिक खानाको स्वाद चखाएर भ्रमण अविस्मरणीय बनाउने कार्यक्रमको उद्देश्य रहेको संघका अध्यक्ष विनायक शाहले बताए ।
यस्तो किसिमको कार्यक्रमअन्तर्गत देशभरका सदस्य होटलहरू खासगरी झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटलमा रैथाने खाना पाइनेछ ।
त्यस्तै काठमाडौंका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घर लगायतले आफ्नो मेनुमा दसैं विशेष स्थानीय रैथाने खाना पस्कने छन् ।
यस कार्यक्रममा अन्य क्षेत्रका थप सदस्य होटलहरू पनि सहभागी रहने संघले जनाएको छ ।



























































Discussion about this post