English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

लोपोन्मुख कृषि संस्कार: ‘दूध रोप्ने’ चलन

टुरशाला by टुरशाला
फाल्गुन २, २०८०
in अन्य, इतिहास/संस्कृति, एग्रिकल्चर र फार्म टुर, ग्रामीण पर्यटन
A A
0
28
SHARES
  • अश्विन दुवाडी, प्रेम बास्तोला, राजु झल्लु प्रसाद
पंक्तिकारत्रय: अश्विन दुवाडी, प्रेम बास्तोला, राजु झल्लु प्रसाद

श्री पञ्चमी, वसन्त पञ्चमी वा भनौँ सरस्वती पूजा नाम फरक भए पनि दिन एकै हुन्- माघशुक्ल पञ्चमी ।

माघशुक्ल पञ्चमीको दिन मनाइने वसन्त पञ्चमी ‘सरस्वती पूजा गर्ने दिन’ भनेर बढी चिनिन्छ । उसो त सङ्गीत, कला, साहित्य एवं विद्याकी देवी सरस्वतीको आराधनाका लागि वसन्त पञ्चमी कुर्नुपर्छ भन्ने छैन । हरेक दिन नयाँ ज्ञान र विद्या आर्जन गर्नेक्रममा सरस्वती भगवानको भक्ति गरिरहेका हुन्छन् हरेक मानिसले । बौद्ध धर्मावलम्बीहरूले पनि सरस्वतीलाई बोधिसत्त्व मञ्जुश्रीको रूपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्ने गर्छन् । पछिल्लो समय विद्यालय, शिक्षालय र अन्य शैक्षिक सङ्घसंस्थाले सरस्वती पूजा धूमधामका साथ मनाउन थालेपछि भने वसन्त पञ्चमी, श्री  पञ्चमीभन्दा बढी ‘सरस्वती पूजा गर्ने दिन’ भनेर बढी चिनिन थालेको छ । 

अक्षर आरम्भ गराउन स-साना नानीबाबुहरूलाई आजकै दिनबाट शिक्षालय पठाउने, नयाँ सीप सिक्न आजकै दिनबाट प्रारम्भ गर्ने जस्ता महत्त्वपूर्ण कामहरू सुचारु गर्न उत्तम दिन आज रहने विश्वासका छ । यस कारण पनि सरस्वती पूजाको दिनबाट नयाँ सिकाइ आरम्भ गर्ने चलन पहिलेबाटै चलिआएको छ भने यसको निरन्तरता आजका दिनसम्म पनि छ र महत्त्व अझै बढ्दै गएको देखिन्छ । कतिपय शिक्षालयले आजका दिन नयाँ कक्षामा भर्ना हुने विद्यार्थीलाई निःशुल्क तथा केहीले आंशिक छुट दिने गरेको पनि पाइन्छ । नेपालमा विद्यालय शिक्षाको नयाँ शैक्षिक सत्र वैशाखमा सुरु हुने भएता पनि पहिलोपटक विद्यालय जाने स-साना बालबालिका लागि भने अक्षर आरम्भको शुभदिन आजलाई मानिने हुँदा आजकै दिनबाट भर्ना गर्ने गरिएको पाइन्छ । 

यसैगरी, आजका दिन कतिपय ठाउँमा भने पहिलोपटक नाक कान छेड्ने काम  शुभ रहने मानिन्छ । विशेष गरि महिलाहरू जो नाक र कान छेडेर गरगहना लगाउने गर्छन् उनीहरूले आजकै दिन आफ्नो नाक कान पहिलो पटक छेड्ने गरेको पनि पाइन्छ । अर्कोतर्फ, धादिङ मुरलीभन्ज्याङ लोकसंस्कृतविद् राममणि दुवाडी यस दिन मङ्सिरमा धान भित्र्याएपछि बचेको धानका बालाहरू बटुल्दै जाने (जसलाई ‘सिलाे खोजेको’ भनिन्थ्यो) र यस दिन सोही बालाबाट चामल निकालेर वनभोज जाने चलन रहेको स्मरण गर्दछन् । 

“गाउँका सबै बालबालिकाले मङ्सिर पुषमा जम्मा पारेको सिलाे धान एकै ठाउँमा मिसाइन्थ्यो र त्यसबाट चामल बनाइन्थ्यो । श्रीपञ्चमीकाे दिन गाउँदेखि अलि पर खुला चउरमा गाउँका सबै केटाकेटी जम्मा भएर सरस्वतीको पूजा गरिन्थ्यो र त्यहीँ वनभोज पकाएर खाइन्थ्यो । मङ्सिर पुषमा गोठालो जाँदा सिलाे खोजेको धानकाे चामल त्यही वनभोजमा पकाइने चामलमा मिसाइन्थ्यो । वनभोज खाइसकेपछि मादल बजाएर खेतमै सरस्वती वन्दना र नाचगान गरिन्थ्यो । सरस्वती पूजा तथा खाना पकाउने पकाउने काममा बालबालिकाका आमाबुबाले सघाउनुहुन्थ्यो । श्रीपञ्चमीकै दिनलाई शुभ साइतको दिन मानेर नयाँ बालबालिकालाई अन्नप्राशन गराउने, अक्षर सिकाउने, तथा किसानहरूले बहर गोरु दाउने, धानकाे भकारी र मकैको कुन्याे पैट्याउने र नयाँ वर्षकाे लागि अन्नको बीऊ निकाल्ने जस्ता नयाँ कामकाे थालनी गरिन्थ्यो (स्रोत: राममणि दुवाडी) ।” 

श्री पञ्चमी, वसन्त पञ्चमीका दिन प्रारम्भ हुने यस्ता धेरै शुभ कार्यहरू छन् । जुनकुनै शुभकार्यका लागि आजको दिन कुन साइत नचाहिने, पुरै दिन शुभ रहने विश्वास छ । सिकाई प्रारम्भको शुभदिन साथमा ग्रामीण क्षेत्रमा भने श्री पञ्चमीको अर्को विशेषता पनि रहेको छ । श्री पञ्चमीका दिन ग्रामीण गाउँमा ‘दूध रोप्ने’ चलन रहिआएको छ ।  पछिल्लो समय भने यो परम्परा कम हुँदै नवपुस्तालाई यो रुचिकर विषय बन्न सक्दछ । 

के हो ‘दूध रोप्ने’ ? कसरी रोपिन्छ ?

ग्रामीण भेगमा केही वर्ष अघिसम्म पनि खेतबारी खनजोतको प्रमुख आधार भनेको गोरु जोत्नु नै थियो । नेपालको पहाडी भेगमा भिरालो खेतीयोग्य भूमि र स-सना गह्राहरू धेरै हुने भएकाले ठुला औजार प्रयोग कठिन थियो । तर, पछिल्लो समय भने साना हाते ट्याक्टरले प्रयोगले गोरु पालन कम भएको छ । काठको हलोमा फलामको फालीको मद्दतले खेत जोत्न हल गोरुको प्रयोग गरिन्थ्यो । यस्तै, हल गोरुले जोतेर खेतबारीमा दूध रोप्ने चलन अझै पनि ग्रामीण ठाउँमा रहिआएको छ । यसलाई कहिँकतै ‘हलसारो (पहिलो पटक हलो जोताई)’ पनि भन्ने गरिएको पनि पाइन्छ  । 

श्री पञ्चमीका दिन बिहान नुहाएर, शुद्ध भएर शुद्ध गाइको दूध आफ्नो खेतबारीमा हलोको सियोमा रोप्ने चलन अझै पनि फाट्टफुट्ट देख्न पाइन्छ । पहिलोपटक हलो चलाउँदा साइत हेर्न पर्दैन भन्ने मान्यतासहित त्यस समयमा हलो र फाली पूजा पनि गरिन्छ । यसरी दूध रोप्दा सुरुमा गोरु नारेर फुल अक्षता चढाइ धूप बालेर हलो र फालीको पूजा गर्ने गरिन्छ । त्यसपश्चात् एकसियो जोत्ने र त्यही सियो (हलोले जोत्दा बनेको लामो खाल्डो – धर्सा) मा गाईको दूध पछिपछि चुहाउँदै (७ वा ९ ठाउँमा ) जाने परम्परा रहि आएको छ । यसरी पहिलो सियो दूध रोपेपछि गोरु फर्काएर उक्त दूध रोपेको सियो छोप्नुपर्ने (दूध पुर्नुपर्ने) भन्ने चलन रहि आएको छ । 

उसो त ग्रामीण भेगमा श्री पञ्चमीमा खेतबारी खनजोत गर्दैनन्, अझ भन्दा गोरुको सहायताले दिनभर खेत जोत्दैनन् तर यस दिन यसरी दुई सियो मात्रै जोत्न र दूध रोप्न भने गोरु नार्ने गरिन्छ । यसरी दूध रोपिसकेपछि गोरु फुकाइन्छ । थप जोत्न नहुने विश्वास छ ।  

खासगरी पहिले पहिले ब्राह्मण समुदायका मानिसले जोत्न नहुने भन्ने परम्परा अनुरूप नै आजका दिन क्षेत्री समुदायका मानिस बोलाएर गोरु जोत्न लगाउने गरेको पाइन्छ । यस्तो दूध रोप्ने परम्परा भने ब्राह्मण, क्षेत्री र अन्य जनजाति सबैले मनाउने गरेको पाइन्छ (दलित समुदायले चाहिँ हाम्रो ठाउँमा दूध रोपेको थाहा नभएको स्थानीय नवराज दुवाडी र हरि प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो) । 

एकातर्फ यसरी रोपेको दूध अन्नबाली उब्जनी हुँदा सुरुमा फल लाग्नुअघि फूल भित्र दूध भरिन्छ भन्ने विश्वास रहिआएको पाइन्छ । श्री पञ्चमीका दिन आफ्नो खेतबारीमा रोपेको दूध नै वर्षभरि आफ्नो अन्नबालीमा दुधिलो रूपमा उब्जनी भएको भन्ने आम जनमानसमा रहिआएको छ ।  

अर्कातर्फ, भने त्रेता युगमा राजा जनकले सुनको फालिले भूमि जोत्दा सीताको उत्पत्ति भएको विश्वासका आधारमा आजको दिन जमिनमा हलोले जोतेर दूध रोप्दा रत्न प्राप्त हुने भन्ने पनि विश्वास रहिआएको पाइन्छ । 

विभिन्न फरक आस्था र विश्वास रहेका पाइए पनि विशेषतः आजको दिन अन्न उब्जनी हुने धर्ती र कृषि कर्ममा कृषकका सारथि औजार हलोको पूजा गर्ने दिनको पनि कतिपयले दूध रोप्ने गरेको पाइएको छ ।

पछिल्लो समय कृषिलाई मुख्य पेसा मान्नेहरू दिनानुदिन घट्दै गएकाले, विदेश पुगेका युवाले पठाएको विप्रेषणबाट आयातित खाद्यान्न किनेर खाने, कृषि जमिन बाँझो राख्ने प्रवृत्ति मौलाएकाले एवं कृषिप्रधान मुलुक ‘पूर्वकृषि मुलुक’ बनेको सङ्केतहरू देखिन थालेकाले यस्ता प्रचलनहरू लोप हुँदै छन् । फलत:आधुनिक औजारको प्रयोगले गर्दा गोरुको सहायताले हलोले खोत जोत्ने परम्परा लगभग अन्त्य हुँदा  हलोको सियोमा दूध रोप्ने मौलिक कृषि संस्कृतिको लगभग अन्त्य भएको छ ।  । यसरी गाउँघरमा गोरु पाउनै मुस्किल पर्न थालेका कारण श्री पञ्चमीका दिन दूध रोप्ने परम्परा पनि हराउँदै गएको छ । यद्यपि गोरु पालिरहेका किसानहरू भने आजको दिन अझै पनि आफ्ना खेतबारीमा दूध रोप्ने चलन गर्दै आइरहेका छन् ।

अन्त्यमा,

नेपालका बहुसङ्ख्यक जनता कृषक रहँदा र देशका आर्थिक परिसूचकहरूमा कृषि अग्रस्थानमा रहेको बखत परम्परागत कृषि कार्यमा के गर्दा कृषिलाई फाइदा हुन्छ भन्ने विश्वासका आधारमा कैयौँ प्रचलनहरू समाजमा देख्न/भेट्न पाइन्थ्यो । कृषिलाई आवश्यक पानीको जोहो गर्दा, खेती लगाउँदा, खेतीपातीको संरक्षण गर्दा, खेती स्याहार्दा, आफूले लगाएको अन्न पाकेर देवीदेवतालाई अर्पण गरेर खान लाग्दा र भण्डारण गर्दासम्मका अनेकौँ संस्कार खोजिपसेमा जनसमाजमा फाट्टफुट्ट भेटिने गर्दछन् । यी कार्यले कृषि र संस्कृतिबिचको सम्बन्धलाई अझ मजबुत बनाउने हुँदा कृषिप्रतिको घट्दो माया र मोहलाई बढोत्तरी गर्ने बेला भएको छ । 

फेरी अर्कोतर्फ, कृषि कार्यको प्रारम्भ र संस्कृतिसँग आबद्धताको इतिहास खोज्न विश्वमा कृषि विकासको प्रारम्भिक चरणसम्म पुग्न अनेकन् अध्ययन, अनुसन्धान भइरहेका छन् । कृषिकार्यको प्रारम्भ र विकासका आधार खोज्ने र भोकमरी उन्मुख वर्तमान सङ्कटलाई समाधान गर्न विभिन्न परम्परागत धार्मिक र वैज्ञानिक मान्यताहरूको खोजी कार्य बढिरहेको  हुँदा ‘दूध रोप्ने चलन’  लगायतका मौलिक कृषि  संस्कारका सम्बन्धमा अध्ययनलाई व्यापक र लोपोन्मुख यस्ता प्रचलनहरूलाई जोगाउन आवश्यक छ । 

सन्दर्भ सहयोगी

नवराज दुवाडी ( बुवा)
हरि प्रसाद तिमल्सिना (बराह कालिका माविका पूर्व शिक्षक)
लोकसंस्कृतिविद् राममणि दुवाडी

यो पनि पढ्नुहोस्:

बाल्यकालमा गाउँघरकाे श्रीपञ्चमी

हरायो हरेलो, बिर्सिए बराह पुज्न 

Share11Tweet7Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी
एग्रिकल्चर र फार्म टुर

महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी

साउन २९, २०८२
Load More
Next Post
राष्ट्र सङ्घको सात उत्कृष्ट स्थानमध्ये एक ‘नेपालको तराई भूपरिधि क्षेत्र’

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions