रसुवाको उतरगया गाउँपालिका वडा नं-२ स्थित डाडागाउँमा अवस्थित “भाङ्गे झरना” लाई मैलुङ झरना भनेर पनि चिनिन्छ । उक्त झरना पछिल्ला दिनहरूमा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । चाडपर्व तथा बिदाको दिन र फुर्सद हुनेहरू दिनहुुँ जसो यो झरनाको सुन्दरता हेर्न जाने गरेको पाइन्छ । हिजोआज रसुवा नुवाकोट धादिङ चितवन गोर्खा मकवानपुर तथा काठमाडौं आसपासका क्षेत्रबाट समेत मानिसहरु झरनामा पुग्न थालेका छन् ।
यो झरना बेत्रावती मैलुङ स्याफ्रुबेसी सडक खण्डको नयाँ अन्तर्राष्ट्रिय केरुङ गल्छी वीरगन्ज राजमार्गमा पर्दछ । यो सडक खण्ड खुलेपछि यो झरना मानिसहरूले देख्न थाले र त्यहाँ समय बिताउन थालेका हुन् । बेत्रावतिबाट ५ कि.मि. उत्तरतर्फ पर्ने उक्त झरना जाने सडक आधाजसो पिच भैसकेको छ भने बाँकी ग्राबेल छ । जान आउन भने त्यति समस्या छैन । बेत्रावती मैलुङ स्याफ्रुबेसी सडक पुरा सम्पन्न भैसकेपछि यो स्थानको अझै रौनकता थपिने छ ।



































































Discussion about this post