तेह्रथुम: तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगम स्थल गुराँसको राजधानी टिएमजे क्षेत्रमा लालीगुराँस पार्क निर्माण हुने भएको छ । शहरी विकास मन्त्री सीता गुरुङको पहलमा शहरी विकास मन्त्रालयबाट १ करोड रकम विनियोजन गरे सँगै पार्क निर्माण हुने भएको हो ।
बसन्तपुर,सानो पाथीभरा,तिनजुरे क्षेत्रमा तीन तहको सरकारको सहकार्यमा राष्ट्रिय लालीगुराँस पार्क निमार्णका पुर्वाधार विकास गरी पार्क निर्माण हुने भएको हो । नगरपालिकाद्धारा गुराँसको ढुवानी,रोपण तथा यस क्षेत्रमा रहेको पोखरी संरक्षणका साथै लालीगुराँस सम्बन्धी गोष्ठि गरिने भएको हो । पार्क क्षेत्रमा पुर्वाधार विकासका कामहरू शहरी विकास मन्त्रालयको सहयोगमा नयाँ शहर आयोजना मार्फत हुने भएको हो ।
लालीगुराँस नगरपालिकाका अनुसार पार्कमा तिनजुरे,मिल्के,जलजले क्षेत्रबाट २८ प्रजातीका लालीगुराँस ल्याएर पार्क क्षेत्रमा रोपण गरिने भएको हो । पार्क निमार्ण क्षेत्रमा यहि भदौ २ गते अध्ययन गरिने भएको हो । अध्ययन प्रश्चात यस क्षेत्रमा रहेको सामुदायिक वनका पदाधिकारी र वनस्पती विज्ञहरूको टोलीले टिएमजे क्षेत्र गई विरुवाहरूको अध्ययन गरी २८ प्रजातिका विरुवा ल्याई रोपण गर्ने भएको हो । पार्कसँगै तिनजुरे पाँचपोखरी जाने बाटोको दायाँबायाँ पदमार्ग क्षेत्रमा समेत गुराँस रोपण गरिने भएको हो ।



























































Discussion about this post