English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

विचित्र संरक्षण अभियान: विद्यार्थीका गालागालामा सालकका चित्र !

टुरशाला by टुरशाला
फाल्गुन ४, २०८०
in चित्रकला, फोटो फिचर, राष्ट्रिय निकुन्ज र वन्यजन्तु
A A
0
47
SHARES
  • राजु झल्लु प्रसाद, प्रेम बास्तोला

अन्तर्राष्ट्रिय सालक दिवस: सालक संरक्षणको सन्देश विद्यार्थी हुँदै परिवार र समाजसम्म 

धादिङवेशी । धादिङस्थित नीलकण्ठ माध्यमिक विद्यालय प्राङ्गणमा शुक्रबार धादिङका विभिन्न विद्यालयका विद्यार्थीहरू, शिक्षक, सामुदायिक वनका उपभोक्ता समिति एवं टोल सुधार समितिका पदाधिकारी एवं स्थानीयवासीहरूको अनुहार अनौठो रङले सिँगारिएको देखिन्थ्यो । विद्यालय प्राङ्गणभर यस्ता अनुहारहरूको बाक्लो उपस्थिति थियो । नियालिहेर्दा- ती अनुहारमा सालक र सालक संरक्षणप्रति प्रतिबद्ध नाराहरू अङ्कित भएको भेटिन्थ्यो । 

बालबालिकाको अनुहारमा सालकको चित्र । युवायुवतीको अनुहारमा सालकको चित्र । शिक्षक-शिक्षिकाका एकापट्टिको गालामा समेत सालकको चित्र रङ अङ्कित भएको भेटिन्थ्यो । अधबैँसेको अनुहारमा पनि उसैगरी लजालु र कसैलाई नोक्सानी नपुर्‍याउने सुधो वन्यजन्तु सालक संरक्षणमा प्रतिबद्ध भएको सन्देश सहितका सालकहरूको चित्रहरू कोरिएका देखिन्थ्यो ।  कसैकसैको त नङमा समेत सालकको चित्र भेटिन्थ्यो । अझ, लामबद्ध बसेर सालको चित्र खोपाउन आ-आफ्नो अनुहार धोइपखाली गरि आइरहेकाहरूको उत्साह बेग्लै थियो । 

यसप्रकार, अनुहार चित्र कोराइरहेका एवं चित्र खोप्न लामबद्ध हरेकको आँखा र ओठमा एक बेग्लै उत्साह र आनन्दको मुस्कानी रङ छचल्किरहेको थियो ।  मुस्कान आफैमा भाषा हो, आफैमा भाव हो । आफैँमा एक रङ हो ।  ती अनुहारले प्रकट गरिरहेको शान्त एवं प्रफुल्ल भावले सन् १९७३ देखि नै संरक्षित सूचीमा परेता पनि अत्यधिक चोरीसिकारीका लोपोन्मुख अवस्थामा पुगिसकेको सालकलाई जोगाउन धादिङ अग्रसर छ भन्ने सन्देश प्रवाह गरिरहेको महसुस हुन्थ्यो ।  

अझ, कार्यक्रममा उपस्थित हरेक ४ जनामध्ये एक जना आ-आफ्ना गालामा लोपोन्मुख सालकको चित्र कोराइरहेका भेटिन्थे । कसैको देब्रे गाला, कसैको दाहिने गाला त कसैले दुवैतर्फ तस्करी तथा वासस्थान विनाशका कारण सङ्कटग्रस्त जनावर सालकको संरक्षणको प्रतिबद्धता व्यक्त गरिरहेका फेस पेन्टिङ गराइरहेका थिए । कसैका गाला रातो रङको देखिन्थ्यो, कसैको बैजनी त कसैको निलो रङको ।  कसैका गालामा पहेँलो रङको कुची चलिरहेको थियो भने कसैका गालामा हरियो रङको कुची चलिरहेको थियो । 

र, यसप्रकार कुची चलाउने काम वन विज्ञान अध्ययन संस्थान पोखरामा अध्ययनरत विद्यार्थीहरूले गरिरहेका थिए । सुशीला बज्राचार्य, साक्षी शाह, साधना अधिकारी, अपेक्षा कार्की, विष्णु अछामे लगायतका वन विज्ञानका विद्यार्थीहरूले सालकको ‘अनुहार चित्र’ कोर्ने एवं ‘सालक जोगाऔँ’, ‘सालक बचाऔँ’, ‘सेभ प्याङ्गोलिन्स’, आइ लभ प्याङ्गोलिन्स’ जस्ता नाराहरू खोप्ने काममा यति व्यस्त देखिन्थे कि उनीहरूले साँझैसम्म खाजा-पानीसम्म खान भ्याइरहेका थिएनन् ।  फागुनकै महिना भए पनि चरक्क चर्किएको दिउँसोको घाममा उनीहरू सालकप्रति धादिङ्गेलीले देखाएको वृहत् चासो देखाएर नतमस्तक थिए । 

धादिङमा पहिलो पटक ‘अन्तर्राष्ट्रिय सालक दिवस-२०८०’ भव्यताका साथ चलिरहँदाको दृश्यहरू हुन् यी । 

डिभिजन वन कार्यालय धादिङको अगुवाइमा शुक्रबार बिहान ११ बजेदेखि सुरु भई दिउँसोका ४ बजे सम्पन्न भएको सो कार्यक्रममा सालकको चित्र आ-आफ्ना गालामा कोराउनेहरूमा विशेष अभिरुचि स-सना कक्षामा पढिरहेका विद्यार्थीहरूमा बेसी भेटिन्थ्यो । उमेरले पनि साना र सालकजस्तो नौलो विषयप्रति उनीहरूको जुन रुचि देखिन्थ्यो, त्यसले हरेक वर्ष फेब्रुअरीको तेस्रो शनिवार मनाइने विश्व सालक दिवसलाई एक दिन अघि सारी शुक्रबार नै मनाउने डिभिजन वन कार्यालय, धादिङका प्रमुख विष्णुप्रसाद आचार्यको निर्णय सही थियो भन्ने प्रत्याभूति गराइरहेको थियो । 

सालकको ‘अनुहार चित्र (फेस पेन्टिङ)’ कोराइरहेका विद्यार्थी, महिला एवं आमाबुबाहरू सालक सम्बन्धी प्रस्तुत लोपोन्मुख खैजेडी भजन, ठाडो भाका, बिगुल, फेरी, लोकगीत, जनचेतनामूलक नाटक हेर्दै त थिए नै, स्थानीय सरकार, वन कार्यालय, वातावरणकर्मीहरूले सालक संरक्षणप्रति प्रतिबद्धता व्यक्त गरिरहेका र यसप्रकारको कार्यक्रम धादिङमै पहिलोपटक भएको भन्दै एकापसमा कानेखुसी एवं छलफल समेत गरिरहेका भेटिन्थे । 

अगाडि मञ्चमा बागमती प्रदेश सांसद गोविन्द लम्सालको प्रमुख आतिथ्ययतामा वन तथा भू-संरक्षण विभागका उप-महानिर्देशक दीपक ज्ञवाली, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, उपप्रमुख कुलमान वि.क, नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङ्गाना, डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्य, सालकमा विद्यावारिधि गर्ने नेपालको पहिलो अनुसन्धानकर्ता डा. तुलसी लक्ष्मी सुवाल, आगलागी नियन्त्रणका अगुवा एवं वन रक्षक भूमिरमण नेपाल लगायत ‘सालकबारेको किताबी ज्ञानलाई फराकिलो दायरामा बुझ्नुपर्ने, कृषकहरूको लागि सालक अत्यन्त महत्त्वपूर्ण रहेको, लोपोन्मुख यो स्तनधारी जीवलाई जोगाउन धादिङले अग्रसरता लिने’ लगायतका सालक संरक्षण सम्बन्धि प्रतिबद्धता व्यक्त गरिरहेका थिए । संसारभर चोरी सिकारीबाट अति सङ्कटापन्न (क्रिटिकल्ली इन्डेन्जर्ड) यस जीवबारे गीत, गजल, कविता, कथा, भजन, लोकगीत, लोकभाका पनि घन्किरहेकै थियो ।  

वन्यजन्तु संरक्षण सम्बन्धी विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले मात्रै बोलिरहने ‘सालक’का सम्बन्धमा स्थानीयवासीदेखि स-सना बालबालिका यसप्रकार एकता देखिनु एक दुर्लभ र सुखद आश्चर्यको विषय थियो । स्कुलको हाताभित्र कार्यक्रम चलिरहेको हुनाले हामीले विद्यार्थी सालकको ‘अनुहार चित्र’ कोराइरहेका विद्यार्थीहरूसँग नै कुराकानी गर्‍यौँ । 

नीलकण्ठ माविमा कक्षा ५ मा अध्ययनरत गर्ने १० वर्षीय निकेश सापकोटा शरीरभरि बाक्लो र कडा कत्ला हुने सालक आफूले पहिलोपटक सुनेको र त्यसबारे सुनेको बताउँछन् ।  “मलाई त थाहै थिएन, यस्तो क्युट एनिमल पनि हुँदो रहेछ । पेट, मुख, आँखा सबै मनपर्यो ।  यति राम्रो सालकलाई किन होला दुख दिएका ? म त कहिल्यै त्यसो गर्दिनँ । घरमा ममीबुबालाई पनि त्यसो नगर्न भन्छु”, उनले भने ।  

यसैगरि, विद्यालयका नाम नभनेका तर ५ कक्षामै अध्ययनरत रवीन परियार सालकको रङ र माटोको रङ उस्तैउस्तै हुने भएर आफूले अहिलेसम्म नदेखेको हो कि भनि  संशय व्यक्त गर्छन् ।  “सरमिसले हिजोअस्तिदेखि नै यसको बारे भन्नुभएको थियो ।  यसले खतरा महसुस गर्‍यो भने यो भाग्दैन तर भकुन्डाेको आकारमा गोलो भएर बस्छ भन्नुभएको थियो । आज अझ धेरै कुरा थाहा पाएँ ।  यो सालक त पुच्छरको सहायताबाट रूखको हाँगामा पनि झुन्डिन पो सक्दो रहेछ”, उनले भने ।  

यसैगरी, नीलकण्ठ माविकै ११ वर्षीय निकेश सापकोटाले आफ्नो देब्रे गालामा अङ्कित सालकलाई देखाउँदै यो मारिन्छ रे भनेको सुन्दा नराम्रो लागेको बताए । “हाम्रो खेतबारी मलिलो बनाउने, तरकारीको किरा पनि खाइदिने हाम्रो, किसानको साथीलाई किन त्यस्तो गरेको होला है ? अब कसैले त्यसो गरेको थाहा पाए भने पुलिसलाई भन्दिन्छु म त”, उनले बडो दु:खी आवाजमा भने ।  

नीलकण्ठ माविमा अध्ययनरत प्रिसकला तामाङले सबै साथीहरूले सालकको चित्र बनाएकाले आफूले पनि बनाएको बताइन् । “मलाई त सालक मनपर्यो ।  कस्तो राम्रो लाग्यो । यसैले बनाको”, उनले छोटो मिठो कुरा गरिन् । उनले अँगालोमा शुक्रबार नै विमोचित ‘हाम्रो सालक, प्यारो सालक“ पुस्तक च्यापेकी थिइन् ।  

यसैगरी, झार्लाङ घर भएकी तर हाल परिवारसँग धादिङवेशी नै बस्दै आएकी शर्मिला तामाङले डढेलो तथा गाउँगाउँमा रोड आदि पुग्दा पनि सालकलाई दु:ख भएको होला भन्ने आशय व्यक्त गरिन् । “अघिदेखि बसेर कार्यक्रम सुनिरहेँ । चोरले मात्रै नभएर डढेलो लाग्दा पनि सालक मर्दो रहेछ । अब म जङ्गलमा डढेलो लगाउन हुँदैन भन्छु । घरमा सबैलाई पनि त्यसै  भन्छु”, उनले भनिन् । 

नागरिक र अझ बालबालिकाहरूलाई सालकको बारेमा जनचेतना फैलाउने र संरक्षण गर्ने उद्देश्यले सालक दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले बताए । “सालकको विषयमा बच्चाहरूलाई बुझाउन आवश्यक छ ।  आजका बालबालिका भोलिका आमाबाबुका सहारा र राष्ट्रका कर्णधार हुन् । वास्तवमा भन्ने हो भने कुनै पनि देशको भविष्य उनीहरूको उमेरसँगै बढिरहेको हुन्छ । फेरी बालबच्चाबाट तीव्ररूपमा ‘माउथ पब्लिसिटी’ हुन्छ ।  बालबालिकाले आफूले जानेबुझेका कुरा आमाबुबालाई पनि भन्छन्, बरु आमाबुबाले बालबालिकालाई सबै कुरा नभन्न पनि सक्छन् ।  यसैले हामीले विद्यालयसँग सहकार्य गरेर नै कार्यक्रम गरेका हौँ । कार्यक्रम अवधिभर विद्यार्थी भाइबहिनीहरू बसिदिनुभयो ।  दुःखको कुरा, उपभोक्ताहरूको उपस्थिति कम हुन् गयो तर बालबालिकाले सालकप्रति वृहत् चासो र चिन्ता व्यक्त गरेका छन् ।  यसैकारण कार्यक्रम सफल भएको विश्वास लिएको छु”, उनले भने ।  

आगलागी नियन्त्रणका अगुवा एवं वन रक्षक भूमिरमण नेपालले सालकजस्तो अति लोपोन्मुख स्तनधारी जनावार संरक्षणका लागि सालककै चित्र विद्यार्थी एवं उपभोक्ताका गाला र हातमा कोरिनु नौलो र उदाहरणीय संरक्षण अभियान भएको बताए ।

सालकमा विद्यावारिधि गर्ने नेपालको पहिलो अनुसन्धानकर्ता डा. तुलसी लक्ष्मी सुवालले डिभिजन वन कार्यलयको आग्रहमा पोखराबाट वन विज्ञान अध्ययन गरिरहेका विद्यार्थीहरूलाई स्वयंसेवकमा रूपमा खटाएर सालकको चित्र विद्यार्थी हुँदै परिवार र समाजसम्म लैजाने कार्य उदाहरणीय र महत्त्वपूर्ण भएको बताइन् ।

Share19Tweet12Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
हिउँ चितुवाको सङ्ख्या ३९७
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

हिउँ चितुवाको सङ्ख्या ३९७

बैशाख ९, २०८२
नयाँ व्यवस्थामा पुरानो मानसिकता हुनु नै लैङ्गिक हिंसाको मुख्य जडः राष्ट्रिय सभा उपाध्यक्ष
फोटो फिचर

तस्वीरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन ग्रिन फाउण्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा जे देखियो ( फोटो फिचर)

मंसिर २५, २०८१
अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत

कार्तिक १२, २०८१
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?

कार्तिक ११, २०८१
नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती
पर्या-पर्यटन

नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती

कार्तिक ९, २०८१
Load More
Next Post
इतिहासको सेरोफेरोमा ज्वालामूखीको मैधी

इतिहासको सेरोफेरोमा ज्वालामूखीको मैधी

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions