काठमाडौं: नेपाल घोडचढी सङ्घको आयोजनामा ६ दिने एफईआई सोलीडारिटी कोर्स सोमबार सुरु भएको छ । कोर्सको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उक्त कोर्स एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति थियो । घोडचढी संघले एसियाली घोडचढी महासंघ, अन्तर्राष्ट्रिय घोडचढी महासंघ, नेपाल आर्मी, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा कोर्षको सञ्चालन गरेको हो ।


सुरुको दुई दिन इन्ट्रडक्सन विथ कोचिङको कोर्स समावेश छ । उक्त दुइदिनमा एफईआईका कोर्स डाइरेक्टर सिंगापुरका प्रेड्याग मर्जानोभिकले प्रशिक्षण दिनेछन् । यस पछिका ४ दिन एफईआई सोलीडारीटी इक्वेस्ट्रियन स्पोर्ट्स इभेन्ट फर अफिसियल एन्ड जम्पिङ डिजाइनिङका कोर्स हुनेछन् । यो कोर्स प्रेड्यागका साथमा सिंगापुरका रक्षसन राडपौरले सञ्चालन गर्नेछन् ।
कोर्समा नेपाल आर्मीका आठ तथा कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती समान २–२ जना प्रशिक्षार्थी सहभागी छन् । कोर्षले नेपाली घोडचढीको प्राविधिक क्षेत्रमा फड्को मार्ने अपेक्षा गरिएको छ । पहिलो दिन घोडचढीको सैद्धान्तिक मात्र नभई व्यावहारिक ज्ञान नै प्रयोग शैली मार्फत नै सिकाइएको थियो ।




























































Discussion about this post