पोखरा २२, पुम्दीभुम्दीमा आगामी शनिबार (असोज १२ गते) पहिलो पर्वतीय खुला दौड प्रतियोगिता–२०८१ को तयारी तीव्र पारिएको छ। पोखरा क्लिकले आयोजना गरेको यस दौड प्रतियोगितामा पोखराका पर्यटन व्यवसायीले सफल बनाउन सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
लकसाइडको बुम¥याङ रेष्टुरेन्टमा भएको छलफलमा, पर्यटन व्यवसायीहरूले विश्व पर्यटन दिवसको अवसरमा हुने प्रतियोगिताले पोखराको खेल पर्यटनलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे। ८ किमिको दौड पुम्दीभुम्दीस्थित शान्ति स्तुप, विशाल महादेवको मूर्ति र बुद्ध पार्कलाई पर्यटन गन्तव्यको रूपमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको हो।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले प्रतियोगिताले धार्मिक र दृश्यावलोकनको दृष्टिले मनमोहक स्थानमा खेल पर्यटनलाई मद्दत पुर्याउने बताएका छन्। उनले पुम्दीभुम्दीमा हाइकिङ र साइक्लिङको अवसरलाई पनि जोड्न सुझाव दिए।
प्रतियोगितामा खुलातर्फ प्रथम स्थानका लागि २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। महिला धावक, १६ वर्षमुनिका बालबालिका र पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित पुरस्कृत गरिनेछ।
यस कार्यक्रमलाई विभिन्न संस्थाहरूको सहयोग रहेको छ, जसले पोखरा २२ लाई आन्तरिक र बाह्य पर्यटनको हब बनाउन खेल पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।



























































Discussion about this post