धादिङ ।पछिल्ला केही दिनदेखि परेको वर्षाले रुबीभ्याली २ तिप्लिङ र वडा न. ५ को लापा टावरमा समस्या उत्पन्न भएको छ। धादिङको उत्तरी रुबीभ्यालीसहितका विभिन्न स्थानहरूमा बर्षौदेखि मोबाइल टावरको समस्याले स्थानीय बासिन्दाहरूलाई गम्भीर समस्या पारेको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले जानकारी दिएका छन्।
विशेषतः, असार, साउन, भदौ, असोजको वर्षा र पुस-माघमा घाम नलाग्दा यी मौसमहरूमा मोबाइल नेटवर्कमा समस्या आउने गरेको छ।
केन्द्रिय प्रसारण लाइनले यी क्षेत्रको सबैतिर विस्तार नहुँदा मोबाइल नेटवर्क सोलारबाट सञ्चालन गर्नुपरेको छ। तर, सोलारको ब्याट्री र अन्य प्राविधिक कारणहरूका कारण नियमित रूपमा घाम नलाग्दा नेटवर्कमा समस्या आउने गरेको छ।
तामाङका अनुसार, नेपाल टेलिकमलाई बारम्बार यो समस्याबारे जानकारी गराए पनि तिनीहरूले चासो नदिएको गुनासो गरेका छन्। टेलिकमले ब्याट्रीमा समस्या आएको कारणले समस्या भएको बताउने भए पनि ब्याट्री परिवर्तन गर्नु उनीहरूको जिम्मेवारी हो।
मोबाइल टावरमा समस्या हुँदा स्थानीय बासिन्दा, संघसंस्था र सरकारी कार्यालयहरूमा गम्भीर समस्याहरू उत्पन्न हुन्छन्। यसले विशेषगरी आपतकालीन अवस्थामा, जस्तै बिरामीको अवस्था जटिल बनाउने समस्याहरू निम्त्याउँछ।



























































Discussion about this post