केशव राज
काभ्रेपलाञ्चोक: भाद्र कृष्ण जन्माष्टमीको दिन काभ्रेपलाञ्चोकको बनेपामा कन्या पूजा कार्यक्रको प्रचलन रहेको छ । बनेपालीले वि.सं १९५९ देखि अर्थात १२१ वर्ष देखि कन्याको पूजा गर्दै आएका हुन् । बनेपाको भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि कन्या पूजा सुरु गर्ने चलन रहेको छ ।
कृष्ण जन्माष्टमीको दिन बनेपाको भोलाखाँ टोलबाट लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका तथा बेल पूजा नगरिएका दश वर्षमुनिका कन्यालाई राखेर पूज्ने चलन छ । त्यसरी कन्यालाई पुज्दा उनीहरूको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ ।
कन्यालाई आराध्यदेवी चण्डेश्वरी देवीको कुमारी रुपमा पुज्दै आएको विश्वास गरिन्छ । कन्याहरूको स्वागत एवं सम्मानका लागि विभिन्न प्रकारका झाँकी र बाजा समेत व्यवस्था गरिएको हुन्छ ।






































































Discussion about this post