थिमि: भक्तपुरको मध्यपुरथिमिको बोडे जात्रामा सुजन बाग श्रेष्ठले यसपालि पनि जिब्रो छेडेका छन् । नयाँ वर्ष उत्सवका रूपमा वैशाख २ गते मनाइने बिस्काः जात्राको अवसरमा श्रेष्ठले अघिल्लो वर्ष पनि जिब्रो छेडेका थिए।
२८ वर्षीय सुजन बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । त्यसअघि उनका दाइ कृष्णचन्द्र बाग श्रेष्ठले बाह्रपटक जिब्रो छेडाएपछि बुद्धकृष्णले जिम्मेवारी सम्हालेका थिए ।
जुजुभाइ बासँ श्रेष्ठले पनि आठौं पटक आफ्नो जिब्रो छेडाएका छन् । यो जात्रामा बेखानारायण हायश्रेष्ठ नाम गरेका व्यक्तिले ३२ पटकसम्म जिब्रो छेडेको मानिन्छ। उनले १९९१ सालदेखि २०२२ सालसम्म जिब्रो छेडेका थिए।
परम्पराअनुसार जिब्रो छेडिसकेपछि अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्नुपर्छ । सहर परिक्रमा गरूञ्जेल जिब्रोबाट सुइरो झिक्नुहुन्न। बोडेकै महालक्ष्मी मन्दिर घुमेपछि बल्ल सुइरो झिकेर सोही मन्दिरमा ठोक्ने परम्परा छ ।




























































Discussion about this post