‘च्यासिं देग’को नामले चिनिने शिखर शैलीमा निर्माण भएको पाटन दरबार क्षेत्रमा रहेको यस मन्दिर पनि श्रीकृष्ण भगवानकै मन्दिर हो । नेपाल भाषामा च्यास भनेको आठ हो ।
कृष्ण मन्दिर नै भएता पनि यो भन्दा दरबारको ठ्याक्कै सामुन्ने भएको राजा सिद्धिनरसिंह मल्लले निर्माण गराएको कृष्ण मन्दिर सुप्रसिद्ध छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेको तीन तलाको, २१ गजुरको कृष्ण मन्दिरको बारेमा धेरैलाई थाहा भए पनि यस मन्दिरबारे भने कमैलाई थाहा छ ।


तत्कालीन राजा योगनरेन्द्र मल्लको छोरी योगमतीले निर्माण गराएको भनिने यस् मन्दिरमा श्रीकृष्ण, रुक्मिणी र सत्यभामाको मूर्ती रहेको छ । १७ वटा गजुर रहेको यो मन्दिर नेपाल संवत् ८४३ मा निर्माण भएको हो ।


आठकुने मन्दिर
यस मन्दिरको पहिलो तल्लामा श्रीकृष्ण, रुक्मिणी र सत्यभामाको मूर्ती रहेको छ भने दोस्रो तल्लामा बाहिरबाट देखिने गरि अष्टदिकपालको मूर्ती आठै दिशामा रहेको छ । यसभन्दा माथि आठै दिशामा फर्किएर रहेको अष्टमातृकाको मूर्तिहरु रहेका छन् र मूल गजुरको तलपट्टी अष्टमंगलका प्रतीकहरु रहेका छन् ।


यस च्यासिं देगमा पुस्तैनी रुपमा नै नेवा:, मैथल ब्राह्मण, मिश्र तथा झाहरूले नित्य पूजा गर्दै आइरहेका छन् ।
(स्रोत : सन्दीप महर्जन/ तस्बीर : राजु झल्लु प्रसाद)




























































Discussion about this post