English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

च्छोरोल्पा तालमा गौरीशङ्करको जलक्रीडा [नियात्रा]

विष्णुप्रसाद शर्मा पराजुली by विष्णुप्रसाद शर्मा पराजुली
अशोज २४, २०८०
in अतिथि लेखक, यात्रा संस्मरण
A A
0
13
SHARES

रोलवालिङ उपत्यकाको माथिल्लो उपत्यका, च्छोरोल्पा ताल, यालुङ री र रोलवालिङ हिमनदी नजिक ना गाउँ (४,१८० मि.) रहेको छ । नाबाट च्छोरोल्पा ताल र दुधपोखरीको दृश्यावलोकन गरेर बेदिङ फर्कन पनि सकिन्छ यात्रु स्वस्थ हुँदा । समयले साथ दिएमा ना गाउँमा एक/दुई दिन बसेर त्यस क्षेत्रमा रहेका हिमताल, हिमनदी, विशाल बगर र हिमाली चुचुराहरूको गहन अवलोकन पनि गर्न सकिन्छ । यात्राको पाँचौँ दिन, २०७३ कात्तिक २ गते बिहानै ना गाउँदेखि करिब पाँच किलोमिटर उत्तरपूर्वमा रहेको च्छोरोल्पा तालतिर ठडियौँ । च्छोरोल्पा हिमताल यस क्षेत्रको पदयात्राको मुख्य थलो हो । मौसममा आएको परिवर्तनको कारण नेपाल, चीन, साइबेरिया, आइसलेण्ड, अन्टार्कटिकाजस्ता ठाउँमा हिम चट्टान पग्लँने, हिमताल बन्ने प्रक्रिया र फुटेर तालभन्दा तल्लो क्षेत्रमा बाढी आउने, समुद्र सतह बढ्ने जस्ता क्रम र त्रास प्रतिवर्ष वृद्धि भएको छ ।

च्छोरोल्पा बरफ पग्लेर बनेको नेपालको उच्च क्षेत्रमा रहेको हिमताल हो । यो हरेक वर्ष क्रमशः विस्तार हुँदै गएको छ । शेर्पा भाषामा च्छो (च्सो) भनेको ताल हो । रोलवालिङ यस क्षेत्रको नाम हो । रोल्पा नामचाहिँ रोलवालिङबाट बनेको हो । यसलाई छ्यूगीमा पोखरी पनि भनिन्छ ।

च्छोरोल्पा बरफ पग्लेर बनेको नेपालको उच्च क्षेत्रमा रहेको हिमताल हो । यो हरेक वर्ष क्रमशः विस्तार हुँदै गएको छ । शेर्पा भाषामा च्छो (च्सो) भनेको ताल हो । रोलवालिङ यस क्षेत्रको नाम हो । रोल्पा नामचाहिँ रोलवालिङबाट बनेको हो । यसलाई छ्यूगीमा पोखरी पनि भनिन्छ । यो ताल समुद्र सतहदेखि ४,५५० मिटरको उचाइमा रहेको छ । मनाङमा तिलिचो चुली र अन्नपूर्ण हिमालको मुख्य काखमा रहेको तिलिचो ताल ४,९२० मिटर र आकारमा सानो दामोदर कुण्ड ४,८९० मिटरको उचाइमा रहेका छन् । नेपालमा साना ठुला गरी सयौँ हिमताल रहेका छन् ।

लेखक

विकिपिडियामा राखिएको जानकारीअनुसार च्छोरोल्पा हिमताल पचास वर्षपहिले मात्र निर्माण भएको हो । त्यस बेला यसको क्षेत्रफल ०.२३ वर्ग किलोमिटर भएकोमा सन् १९९७ मा लिएको भू–उपग्रहको नक्साअनुसार १.६५ वर्ग किलोमिटरमा फैलिएको छ । अहिले त पक्कै पनि बढेको छ । यसको वरपरको गहिराइ ५५ मिटर, बिचको गहिराइ १३५ मिटर, लम्बाइ ३.४५ किलोमिटर र चौडाइ ५०० मिटर रहेको छ । तालमा १० करोड घनमिटर पानी रहेको अनुमान गरिएको छ ।

मैले सन् २०१९ को अक्टुबरमा कञ्चनजङ्घा आधारशिविरको यात्रा गर्दा कञ्चनजङ्घा हिमनदीमा पनि माथि भनिएझैँ, त्यस बेला स–साना हिमताल बगरको वरपर देखेको थिएँ । तिनले पनि समयक्रममा च्छोरोल्पा तालको रूप लिने त होलान् नि ! झल्यास्स त्यस्तो तर्क मनमा उब्ज्यो ।

हिमतालसम्बन्धी अध्ययन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले ताल फुट्न सक्ने र त्यसले नदीको तल्लो तटीय क्षेत्रमा धनजनको ठुलो नोक्सान गराउन सक्ने खतरा औँल्याएका छन् । च्छोरोल्पा ताल फुटेर भविष्यमा तामाकोशी किनारवरपरका बस्ती जोखिममा नपरून् भनेर त्यहाँ तालको गतिविधि अनुगमन गर्न सूचना प्रणाली जडान गरी अनुगमनका साथै पानी नियन्त्रण द्वार बनाइएको छ । ताल फुटेमा माथिल्लो पखेरामा कुद्न भ्याउने गरी स्थानीय बासिन्दाले ‘घण्टी बजेको सूचना पाउने छन्’ भनिएको छ । ती उपकरणले काम गर्लान् वा नगर्लान् त्यो भने गौरीशङकरमाथि नै भर नपर्ला भन्न सकिन्न । अन्य परिस्थितिले त्यस्तो देखाएको छ । हाम्रो चाहना नागरिक सुरक्षित रहून् भन्ने हो । हिउँ पग्लेर पानीको तह वृद्धिको आधारमा पानीलाई पठाउन सक्नेगरी फलामको ढोका बनाइएको छ । तालको प्राकृतिक बाँध भने हिमतालको बगर नै हो । ढोकाबाट निस्केको पानी सेती नदीभन्दा सेतो देखिन्थ्यो । बाँध बनाएको भिरालो भागबाट सो पानी झरनाको आकारमा झरेर खोलाको रूप लिएको छ । यो खोला तामाकोशीको ठुलो शाखा हो ।

पश्चिमतिरको ओमी च्छो गो चुचुरोको छायाँ ठ्याक्क च्छोरोल्पामा परेको थियो । पानी दुध रूपमा भएकोले हिमालको छायाँ सङ्लो पानीमा जस्तो प्रस्ट देखिदैनथ्यो । कतै–कतै पछ्यौँरीले कम्मरमा पटुका बाँधेजस्तो गरी बादलले हिमाल र अग्लो चट्टाने पखेरालाई ढाके पनि मौसम खुल्दै गएको थियो । तालको दक्षिणतर्फ तालकै संरक्षणको लागि बसे जस्तो चट्टान र बगरको भागबाट पनि बादल रोलवालिङ हिमनदीतिर लम्क्यो ।

हामी तालको किनारमा पुग्दा बिहान ८ः३० बजेको थियो । मौसम अघिल्लो दिन दुधपोखरीमा जाँदाजस्तो सफा थिएन । च्छोरोल्पा तालभन्दा माथिल्लो खण्डमा भुल्के कुहिरोले हिमाल मेरै प्रियसी हुन् भने जस्तो गरी अँगालोमा कसेको थियो । हिमतालभन्दा उत्तरतिरका काङ नाचु गो (६,७३७ मि.), ओमी च्शो गो (६,३३२ मि.), दिङइङ री र रोलवालिङ काङ (६,६६४ मि.)का चुचुराहरू बादलसँग लुकामारी खेल्दै थिए । तालसँगै टाँसिएको पूर्वतिरको अग्लो नुम री (६,१६६ मि.) को चुली बिहानीको सूर्यको किरणले गर्दा मधुरो देखिएको थियो । हामी त्यहाँ घुम्दै गर्दा बादल उठेर पश्चिमतिर लम्क्यो । तालको सम्पूर्ण रूप छर्लङ्ग देखियो । पश्चिमतिरको ओमी च्छो गो चुचुरोको छायाँ ठ्याक्क च्छोरोल्पामा परेको थियो । पानी दुध रूपमा भएकोले हिमालको छायाँ सङ्लो पानीमा जस्तो प्रस्ट देखिदैनथ्यो । कतै–कतै पछ्यौँरीले कम्मरमा पटुका बाँधेजस्तो गरी बादलले हिमाल र अग्लो चट्टाने पखेरालाई ढाके पनि मौसम खुल्दै गएको थियो । तालको दक्षिणतर्फ तालकै संरक्षणको लागि बसे जस्तो चट्टान र बगरको भागबाट पनि बादल रोलवालिङ हिमनदीतिर लम्क्यो ।

अनायासै मैले तिब्बतको कैलाश पर्वत र मानसरोवरलाई सम्झेँ । कैलाश पर्वतवाट जलक्रीडा गर्न शिव र पार्वती हाँसको रूपमा मानसरोवरमा प्रत्येक दिन एकाबिहानै आउँछन् भन्ने विश्वास गरिन्छ । त्यस बेला मानसरोवर तालमा हावाको गतिसँगै लहराउने छालमाथि तैरिँदै मायाप्रेममा तल्लीन हाँसको जोडीलाई गुर्लामन्दता हिमालले टुलुटुलु हेरेको हुन्छ । त्यसै बेला मलाई लाग्यो, च्छोरोल्पा तालको दक्षिण कोणमा तालमै अवस्थित चट्टान पनि कतै जलक्रीडा सम्पन्न गरी चट्टानको रूप धारण गरेर विश्राम गरेका शिव र पार्वती त होइनन् ? म झल्यास्स भएँ ।

साथीहरू तालको अग्र भाग, जहाँ तालको गतिविधिबारे जानकारी दिने सूचना प्रणाली राखिएको थियो; त्यसको नजिकै ढुङ्गामाथि ढुङ्गा खप्ट्याएर छुट्टाछुट्टै थुप्रो पारिएको केर्न वरपर तस्बिर लिँदै हुनुहुन्थ्यो । यस प्रकारका केर्न (ढुङमाथि ढुङ्गा राखेर बनाइको थुप्रो) राख्ने चलन संसारभर हुँदो रहेछ । यसलाई बाटोको सङ्केत, चुचुरोको सङ्केत, दाहसंस्कार गरिएको स्थानको सङकेतको रूपमा राख्ने चलन विश्वभर छ । नेपालमा पनि प्रायः सबै ठाउँ खासगरी हिमाली क्षेत्रमा बाटोको चिह्नको साथसाथै मृतकलाई गाडेको वा जलाइएको ठाउँमा त्यसरी ढुङ्गा माथि ढुङ्गा खप्ट्याएर राख्ने गरिन्छ ।

Mt. Kang Kharpo & Mt. Rolwaling Kang. Photo: Bishnu Prasadh Sharma Parajuli

साथीहरूलाई त्यहीँ छोडेर म तालको दक्षिण किनारको गोरेटो हुँदै पूर्वतिर लागेँ । त्यो पदमार्ग नेपालको कठिन भञ्ज्याङमध्येको एक तासी लाप्चा (५,७५५मि.) भञ्ज्याङ पार गर्दै थामे निस्कने मार्ग हो । बरफ, ठाडो बरफ सहितको चट्टान, हिमनदी, ढुङ्गा झर्ने, गहिरो धाँजा, उच्च भन्ज्याङ र बास बस्ने ठाउँ नभएके कारण यो कठिन मार्गमा पर्दछ । थामेबाट पूर्वतर्फ नाम्चे हुँदै सगरमाथा र उत्तरतर्फ नाङपा ला (५७१६ मि.) हुँदै तिब्बत जाने प्राचीन मूल मार्ग रहेको छ ।

काठमाडौँदेखि रोलवालिङ उपत्यका–च्छोरोल्पा–तासीलाप्चा–थामे हुँदै सगरमाथा आधारशिविर जाने सबैभन्दा छोटो पुरानो ऐतिहासिक मार्ग हो । यसमा पर्ने सबैभन्दा कठिन भञ्ज्याङ तासीलाप्चा हो जुन ५,७५५ मिटरको उचाइमा रहेको छ । यसको अर्को महत्वपूर्ण पक्ष भनेको यही हिमाली धार वा शृङ्खलाले पूर्वको महालङ्गुर हिमालय, खुम्बु क्षेत्र र पश्चिमको रोलवालिङ हिमालय खण्ड छुट्ट्याउँछ । त्यसैगरी यसले दुधकोशी र तामाकोशी नदीको बहाव उपत्यकालाई छुट्याउँछ । तासीलाप्चा पार गर्नु अति नै कठिन छ । हालैका दिनमा स्थानीय निकाय, पर्यटन व्यवसायी र नेपाल सरकारको पहलमा तासीलाप्चाको त्यस अति विकट खण्डमा बास बस्न मिल्ने छाप्रो र चट्टानको खण्डमा त्यसलाई खोपेर टेको (खुड्किलो) र समात्नका लागि डोरीको व्यवस्था गरिएको छ । ग्रेट हिमालयन ट्रेलको वर्गीकरणको आधारमा यो मार्गलाई कठिन भागमा राखिएको छ ।

मैले तासीलाप्चा क्षेत्रको केही परसम्मको बाटो हेरेर फर्केँ । सन् १९९४ को अक्टुबरमा गोक्यो पिक, चोला पास र कालापत्थर चढेर फर्कँदा म थामेसम्म पुगेर नाम्चे नै फर्केको थिएँ । मेरो यात्रामा च्छोरोल्पादेखि थामेसम्मको खण्ड भने बाँकी रहेको छ । ना गाउँदेखि पालसहितको बन्दोबस्तीका साथ थामे पुग्न तीन–चार दिन लाग्छ ।

अति छोटो अवलोकन गरी साथीहरू भए छेउ पुगेँ । अग्लो केर्न र च्छोरोल्पा तालको सम्पूर्ण आकार आउने गरी तालको तस्बिर लिएँ । तालसम्म मिठाराम, अनामिका र हिमाल न्यौपाने पनि साथमै भएकाले थप रमाइलो भएको थियो । तालको सौन्दर्य, तालनजिकको चुनढुङ्गाको पखेरो र मन्द रूपमा आराम गरिरहेजस्तो अवस्थामा रहेको दुधताल पनि भन्न मिल्ने नेपालको अति नै चर्चित हिमतालको अवलोकन गर्दै खाजा खायौँ । त्यसपछि तालको सूचना प्रणाली भएको ठाउँ, फलामको ढोका र पानी झर्दै गरेको ठाउँको अवलोकन गर्यौँ । त्यहाँ देखिएको सौन्दर्य र भौगोलिक अवस्थितिलाई पनि मनभित्र राख्यौैँ । त्यहाँबाट बेदिङसम्म फैलिएको रोलवालिङ उपत्यका र नाबाट उत्तरतिर छिरेको अर्को उपत्यका हेर्दै ना गाउँतिर झर्यौँ । झर्दै गर्दा मलाई के लाग्यो भने रोलवालिङ उपत्यकामा खाने, वस्ने ठाउँको राम्रो व्यवस्था र सूचना सहितको सुरक्षित पदमार्ग हुने हो भने हरेक वर्ष पचासदेखि साठी हजार नेपाली युवा नै पर्यटक बनेर त्यहाँ रमाउँदै, नाच्दै, गीत घन्काउँदै पुग्ने थिए । त्यसबारे विचार गर्नुपर्छ ।

Tsho Rolpa Lake and Cairn .

वि.सं. २०६७ साउन ३ मा बीस वर्षको लागि यस क्षेत्रको संरक्षणको जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिइयो । अन्नपूर्ण, मनास्लुजस्तै यो पनि संरक्षण क्षेत्र हो । यो क्षेत्र लाङटाङ र सगरमाथा राष्ट्रिय निकुञ्जको बिचमा पर्दछ । यसको क्षेत्रफल २१७९ वर्ग किलोमिटर रहेको छ भने सिन्धुपाल्चोक, दोलखा र रामोछाप जिल्लाका दुई नगरपालिका र ८ गाउँपालिका यसमा पर्दछन् ।

जलवायुमा आएको परिवर्तनले मानव, जीवजन्तु, वनस्पति र हिमालमा प्रत्यक्ष प्रभाव पारेको हाम्रा समान्य आँखाले पनि देख्न सकिन्थ्यो । दस वर्ष पहिलेको तुलनामा त्यसबेला हिउँ कम परेको, पहिले फुल्ने फूल देख्न छोडिएको, पहिले पाइने च्याउ र जडिबुटी देखिन छोडेको, चौरी चर्ने खर्क सुख्खा भएको कुरा ना होटलकी आमाले आफ्नो अनुभव सुनाउँदै हामीलाई भन्नुभएको थियो । यस अवस्थामा यहाँको जैविक विविधता, जीवजन्तु, चराचुरुङगी, वनस्पति, हिमाल, पर्वत, नदी, खोला, झरना, दर्शन, धर्म, संस्कार र संस्कृति आदि धेरै विषयको संरक्षण गर्न पनि उत्तिकै जरूरी छ । यी सम्पूर्ण पक्षहरूको दीर्घकालीन संरक्षणलाई ध्यानमा राखी नेपाल सरकारले वि.सं. २०६६ पुस २७ मा गौरीशङकर प्रकृति संरक्षण क्षेत्रको स्थापना गरेको हो ।

वि.सं. २०६७ साउन ३ मा बीस वर्षको लागि यस क्षेत्रको संरक्षणको जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिइयो । अन्नपूर्ण, मनास्लुजस्तै यो पनि संरक्षण क्षेत्र हो । यो क्षेत्र लाङटाङ र सगरमाथा राष्ट्रिय निकुञ्जको बिचमा पर्दछ । यसको क्षेत्रफल २१७९ वर्ग किलोमिटर रहेको छ भने सिन्धुपाल्चोक, दोलखा र रामोछाप जिल्लाका दुई नगरपालिका र ८ गाउँपालिका यसमा पर्दछन् ।

Writer at Rolwaling glacier. Photo: Aanamika

सानो क्षेत्रमा उपोष्णदेखि टुन्ड्रा हावापानी पाइने भएकाले वनस्पति, जीवजन्तु, जातजाति, संस्कृति, धर्म, दर्शन, चाडपर्व, जन्म र मृत्युसंस्कार, भेषभूषा, खानाको परिकार आदिमा विविधता रहेको पाइन्छ । यो समग्र संरक्षण क्षेत्रमा तामाङ जातिको ठुलो बसोबास छ भने शेर्पा, क्षेत्री, जिरेल, कामी, दमाई, सार्की, गुरुङ, थाङमी (थामी) बाहुनलगायत अन्य जातिको पनि बाक्लो बसोबास रहेको छ ।

गौरीशङ्कर संरक्षण क्षेत्रका अनुसार यस क्षेत्रको जङ्गल र झाडीले कुल भूभागको करिब ४४.५ प्रतिशत भूमि ओगटेको छ । यसअन्तर्गत खेतीयोग्य भूमि ८.८ प्रतिशत, घाँसे पखेरा, खर्क र खरबारी ८.६ प्रतिशत, हिमनदी २.७७ र अन्य सुख्खा क्षेत्र रहेको छ । यसरी यस क्षेत्रमा ५६५ थरिका वनस्पति, ३५ थरिका जनावरमध्ये प्रमुखमा हिमचितुवा, हिमाली ब्वाँसो, कस्तुरी मृग, घोरल, थार, झारल, हाब्रे, ठुटे मुसा, हिमाली मलसाप्रो पाइन्छन् । यहाँका नदी र खोलामा १६ थरिका माछा, जमिन र पानीमा बस्ने ९ थरिका जीव, २२ थरिका सर्पको वर्गमा पर्ने जीव र २३५ थरिका चराचुरुङ्गीमध्ये प्रमुखमा चिलिमे, हिमाली हिउँकुखुरा, टुङ्गा, डाँफे, कल्चौडा, हिमाली लेक चरी, हुपी, हिउँजुरे तोरी गाँडा, तिब्बती हिउँकुखुरा, हिमाली ढुकुर, गिद्ध, लामो पखेटा हुने गिद्ध आदि यस क्षेत्रमा पाइन्छन् । गौरीशङ्कर संरक्षण क्षेत्र सगरमाथा र लाङटाङ राष्ट्रिय निकुञ्जसँग जोडिएकाले जैविक मार्ग बन्न पुगेको छ । प्रमुख नदीमा भोटेकोशी (पछि सुनकोशी), तामाकोशी, खिम्ती, बलेफी आदि नदी रहेका छन् । लिखु नदीको शिर पनि च्छोरोल्पाभन्दा दक्षिण पूर्वमा रहेको लिखु हिमनदी हो ।

यात्राकै क्रममा किन नहोस्, च्छोरोल्पा ताल, रोलवालिङ हिमनदीको सुख्खापन, हिमालवरपर र तल्लो भागमा देखिएको काला पहाडले हामीलाई निकै दुःखी तुल्यायो । हुन त झर्दै गर्दा देखिने सेता चुचुरा र सफा हृदय भएको रोलवालिङ उपत्यकाले हिमालकै भाषामा ‘पिर नगर’ भने जस्तो लाग्थ्यो । यथार्थ र भावनासँग द्वन्द्व गर्दै ना गाउँमा पुगेको थाहै भएन ।

खाना तयार थियो । उचाइमा तलमाथि गरेकोले थाकेर सबैको अनुहार रातो र शरिर तातो भएको थियो । आँखा राता देखिनुका साथै तिनमा थकानको झलक छर्लङ्ग देखिन्थ्यो । थकानले अघिल्लो दिनमा जति दालभात खान सकेनौँ । जे जति रुच्यो स्वादका साथ खायौँ । रुकस्याक ठिक गर्यौँ । केही सामान छुट्यो कि भन्दै दोहोर्याएर हेर्यौँ ।

च्छोरोल्पा, तासीलाप्चा, यालुङ ला, छुकिमा, रोलवालिङ हिमनदी, चोबुजे, रोलवालिङ काङसँग फेरि भेट गर्न आउने वाचा गर्दै मैले बिदा मागेँ । अन्तमा दुई दिनसम्म मिठो खाना खुवाउँदै, आफ्नै सन्तानलाई झैँ माया गर्ने ना लजकी आमासँग बिदा भएर बेदिङतिर झर्यौँ । यो साँझ हामी सगरमाथा आरोहीकै होटलमा बास बसेका थियौँ । हिमाल आरोहणका कठिन र रोमाञ्चक घटनाहरू उहाँले सुनाउनुभएको थियो । उहाँको नामको हेक्का नराखेकोमा अहिले दुःख लागेको छ ।

भोलिपल्ट छैटौँ दिन निकै लामो हिडाइ भयो, जुन गलत थियो र हो पनि । त्यो दिन झण्डै बाह्र घण्टा हिँडेर बेदिङबाट गोङ्गोर झरेका थियौँ । मित्र हिमाल न्यौपानेलाई दुई घण्टा बढी लागेको थियो । नाम हिमाल भए तापनि उहाँलाई त्यो यात्रा कठिन तर रोमाञ्चक भएको पछिल्ला दिनमा पनि सुनाउनु हुन्थ्यो । सातौँ दिनको बिहान बसबाट काठमाडौँ लाग्यौँ ।

बाटोनजिक देखिने दोलखाका फाँटमा धान पाकेर पहेँलपुर बनेर साँच्चिकै लोभलाग्दो देखिएको थियो । पाकेर नुगेको धानका बाला देख्दा एक दुई दिन त्यतै बसेर धान काटेर फर्कूँ कि जस्तो पनि लाग्थ्यो । त्यो भावना मात्र थियो । यथार्थमा म त बसमा काठमाडौँको धुलो र धुँवाको कालो मुस्लो निल्न त्यतै कुँदिरहेको थिएँ । जे होस्, त्यस बेला खेतको आलीमा उभिएका किसानको अनुहार उज्यालो देख्दा मेरो मन पनि आनन्दले फुरुङ्ग भएको थियो । मलाई यस्तो लाग्यो कि किसानको आँखाको ज्योती चोबुजे चुली चमक्क चम्केझैँ चम्केको छ । जताततै रमाइलै रमाइलो थियो । एकातिर धान र कोदो थन्क्याउने चटारोमा किसान मुस्काएका थिए भने अर्कोतिर तिहार र छठले पनि गौरीशङ्कर मुस्काएझैँ अग्रिम मुस्कान पस्किसकेको थियो ।

Tshorolpa Lake. Photo-Bishnu Prasadh Sharma Parajuli

[प्रस्तुत यात्रा संस्मरण टुर न्यूज, मासिक, वर्ष २, अंक ११, असोज २०८० मा समेत प्रकाशित छ- सम्पादक ।]

Share5Tweet3Send
विष्णुप्रसाद शर्मा पराजुली

विष्णुप्रसाद शर्मा पराजुली

विष्णु प्रसाद शर्मा पराजुली खोजी र अन्वेषण गर्ने रुचाउने नियात्राकार हुन् । उनको तिब्बत यात्रा , डोल्पो : विश्वको जीवित सङ्ग्रहालय , श्वेत पर्वत प्रकाशित कृतिहरू हुन् । यात्रा गर्ने रुचाउने यात्रामा निस्कन अगाडी त्यस क्षेत्रको बारेमा खोजी गर्ने समय खर्चिन्छन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो
अतिथि लेखक

संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो

अशोज ३, २०८१
नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र
अतिथि लेखक

नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र

साउन २५, २०८१
महिला सशक्तीकरण र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल: एक समावेशी विकासको उदाहरण

यात्रासंस्मरण: पसिना, तीर्खा र साततले चमेरो गुफाको शीतलता !
यात्रा संस्मरण

यात्रासंस्मरण: पसिना, तीर्खा र साततले चमेरो गुफाको शीतलता !

असार १५, २०८१
निरूपण हुन बाँकी सत्य : सप्तलिङ्गेश्वरको स्थल सलाङ कि सलहको घर सलाङ ? 
अतिथि लेखक

निरूपण हुन बाँकी सत्य : सप्तलिङ्गेश्वरको स्थल सलाङ कि सलहको घर सलाङ ? 

असार १५, २०८१
Load More
Next Post
सोलुखुम्बु जिल्लाका केही पर्यटकीय स्थलहरु

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions