काठमाडौं: ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तर्गत श्रीलंकाले यू–१५ र यू–१७ दुवै तर्फ मिक्स टिम इभेन्ट्सको उपाधि जितेको छ ।
ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा भएको प्रतियोगितामा यू-१५ मा फाइनलमा श्रीलंकाले नेपाललाई पराजित गर्दै विजेता बनेको हो ।
हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको कभर्डहलमा भएको च्याम्पियनसिपको यू–१५ तर्फ श्रीलंकाका सेनुथ सेथमिथा पेरेराले नेपालका सुविन श्रेष्ठलाई २१–१७, २१–१७ को समान अन्तरले पराजित गरे भने नेथ्मी रत्नायकेले रिहाना शेरचनलाई २१–८, २१–१३ ले पराजित गरे । यसैगरि, केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेराको जोडीले सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–११, २१–१७ ले पराजित गरे । तेस्रो स्थानमा बंगलादेश र भुटान रहे ।
यस्तै, यू–१७ तर्फ प्रतिस्पर्धात्मक खेलमा बंगलादेशलाई ३–२ सेटले पराजित गर्दै श्रीलंका च्याम्पियन बन्यो । पहिलो सेट बंगालादेशका एस.एस.एम. सिफात उल्लाहले श्रीलंकाका थिदासा वेरागोडालाई २१–९, १३–२१, २१–१८ ले पराजित गर्दै अग्रता दिलाएका थिए । दोश्रो खेलमा श्रीलंकाका रनिथ्मा लियानागेले बंगलादेशका सिन्थिया खानोम प्रियोन्तीलाई २१–२, २१–४ ले पराजित गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
तेश्रो खेलमा राजोन मिया र एस.एस.एम. सिफात उल्लाहको जोडीले श्रीलंकका हिरुका अलुथ पतबेन्दिगे र थिदासा वेरागोडाको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै पुनः बंगलादेशललाई २–१ को अवस्थामा पुर्याए । चौथो खेलमा श्रीलंकाका रनुमी मनागे र रनिथ्मा लियानागेको जोडीले बंगलादेशका मथेना मधुरजो विश्वास र सिन्थीया कानोम प्रियान्तीको जोडीबाट वाक ओभर प्राप्त गरे पश्चात खेल २–२ को बरावरीमा पुग्यो ।
अन्तिम तथा निर्णाकक खेलमा श्रीलंकाका थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले बंगालादेशका एस.एस.एम. सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१–११, २३–२५, २१–१० ले पराजित गरेपछि खेल ३–२ ले आफ्नो पक्षमा पार्दै श्रीलंकाले उपाधि जितेको हो । नेपाल र भुटान तेस्रो स्थानमा रहे ।




























































Discussion about this post