अष्ट्रेलिया: स्पेन इंग्ल्यान्डमाथि जित निकाल्दै पहिलोपल्ट फिफा महिला विश्वकपको च्याम्पियन बनेको छ । स्टेडियम अष्ट्रेलिया सिड्नीमा शनिबार भएको फाइनलमा इंग्ल्यान्डलाई १–० ले पराजित गर्दै स्पेन पहिलो पटक च्याम्पियन बनेको हो ।
स्पेनलाई च्याम्पियन बनाउन कप्तान ओल्गा कारमोनाले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको २९औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । २९औं मिनेटमा कप्तान ओल्गा कारमोनाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएकी हुन् । मोरिओना कालडेन्टेको दिएको पासमा डिफेन्डर रहेकी कप्तान ओल्गाले ओभरल्यापमा जाँदै सहजै गोल गर्न सफल भइन् ।
३७औं मिनेटमा एरिन पारेडेसको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरिदा स्पेन अग्रता दोब्बर पार्नबाट चुक्यो । त्यसपश्चात् दुवै टोलीबाट गोल निस्कन नसक्दा कारमोनाले गरेको गोल नै निर्णायक बनेको हो । दुवै टोली पहिलोपटक फाइनलमा पुगेको हो । महिला विश्वकपमा स्पेन च्याम्पियन हुने पाँचौ राष्ट्र बनेको छ ।
यससँगै २३ वर्ष ६९ दिनकी ओल्गा विश्वकपको फाइनलमा गोल गर्ने चौथो कान्छी खेलाडी बनेकी छिन् । विश्वकपमा गोल गर्ने कान्छी खेलाडी एलेक्स मोर्गान हुन् । उनले सन् २०११ मा २२ वर्ष १५ दिनको उमेरमा गोल गर्दै कीर्तिमान बनाएकी थिइन् ।




























































Discussion about this post