ललितपुरः ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा बाघसम्बन्धि पेन्टिङ प्रदर्शनी सम्पन्न भएको छ ।
शनिबार राष्ट्रिय प्रकृति संरक्षण कोषले विश्व बाघ दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उक्त पेन्टिङ प्रदर्शनी सम्पन्न भएको हो ।
ललितपुरका सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूले तयार पारेका बाघसँग सम्बन्धित पेन्टिङलाई प्रदर्शनमा राखिएको हो । कार्यक्रमको प्रमुख अतिथी वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतो रहेका थिए । उक्त कार्यक्रम राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल, जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल र राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।


























































































Discussion about this post