एसियाली फुटबल महासंघ (एएफसी) ले एसियाको सबैभन्दा ठूलो क्लब प्रतियोगिता एएफसी च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरेको छ । एएफसीले आज एसियाका विभिन्न ४० क्लबलाई १० वटा समूहमा विभाजन गरेको हो ।
लिगमा साउदी अरेबिया, जापान र दक्षिण कोरियाका चार-चार क्लबले भाग लिँदैछन् । लिगमा दक्षिण एसियाबाट भारतको मुम्बई सिटीले मात्र भाग लिँदैछ । मुम्बई समूह ‘डी’ मा परेको छ। यो समूहमा साउदी क्लब अल-हिलालसहित इरानको नसाजी मजान्दरन र उज्वेकिस्तानको नाभबहोर पनि छन् ।
अल-हिलालमा ब्राजिल फरवार्ड नेइमार, सेनेगलका काउलीबाली, पोर्चुगलका रुबेन नेभेस र सर्वियाका मिट्रोभिक विदेशी खेलाडीको रुपमा आबद्ध छन् । त्यसैले, नेइमारसँगै युरोपमा खेलेका स्टार खेलाडीले भारत आएर मुम्बईसँग खेल्ने भएका छन् ।
लिगको समूह चरणका खेल १८ सेप्टेम्बरदेखि होम एन्ड अवेका आधारमा हुनेछन् । १० समूह विजेता र ६ उत्कृष्ट उपविजेता नकआउट चरणमा पुग्नेछन् ।
हेरौं समूह विभाजन
समूह ए: पाख्तकोर, अल फयाहा एफसी, अहल एफसी, अल ऐन एफसी
समूह बी: अल साद एससी, एफसी नसाफ, अल फैसली, शारजाह एफसी
समूह सी : अल इत्तिहाद, सेपाहान, एयर फोर्स क्लब, एजीएमके एफसी
समूह डी: अल हिलाल, नसाजी मजान्दरन एफसी, मुम्बई सिटी एफसी, नवबाहोर
समूह ई: पर्सेपोलिस एफसी, अल दुहेल एससी, एफसी इस्टिक्लोल, अल नासर
समूह एफ : जोनबुक हुन्डाइ मोर्टस एफसी, बैंकक युनाइटेड, लाइन सिटी सोइलर्स, किट्ची एससी
समूह जी : योकोहामा, शान्डोङ ताइशान एफसी, काया एफसी-इलोइलो, इन्चेन युनाइटेड एफसी
समूह एच: बुरिराम युनाइटेड, भेन्टफोरेट कोफु, मेलबर्न सिटी एफसी, झेइयाङ एफसी
समूह आई: उल्सान हुन्डाई एफसी, कावासाकी फ्रन्टेल, जोहर दारुल ताजिम, बीजी पथुम युनाइटेड
समूह जे : वुहान थ्री टाउन्स एफसी, पोहाङ स्टीलर, हनोई एफसी, उरावा रेड डाइमन्डस




























































Discussion about this post