काठमाडौं: नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न जाने भएका छन् । पछिल्लो एक वर्षदेखि १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका सन्दीपको आइतबार जिल्ला अदालत काठमाडौंमा पेशी छ ।
आइतबारको पेशीमा अन्तिम फैसला कुरिरहेका सन्दीप र उनका वकिल सरोज घिमिरेले फैसला भए आइतबार राती नै पाकिस्तान जाने भएको बताएका हुन् । नेपाली क्रिकेट टोली एसिया कप खेल्न मंगलबार राती पाकिस्तान गएको थियो । उक्त टोलीसँग सन्दीप गएनन् ।
अदालतले अन्तिम फैसला नगरे पनि सन्दीप पाकिस्तान जाने घिमिरे बताउँछन् । सन्दिप ले खेपिरहेको मुद्दाको पछिल्लो बहसमा अदालतले पिडितको आमाको जन्म मिति यकिन गर्न आदेश दिएको थियो ।
एसिया कप ३० अगष्ट देखि १७ सेप्टेम्बर सम्म हुनेछ । नेपाल, पाकिस्तान र भारत समूह ए मा छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ ।
नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ । नेपाली टोली बुधबार पाकिस्तान पुगेको थियो । आजदेखि तयारी गर्नेछ । नेपालले आफ्नो इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्दैछ ।




























































Discussion about this post