English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हाइवेको अस्वस्थ खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

हात्ती र मान्छे दुवैको बाँच्न पाउने अधिकारका लागि लडिरहेको आर.आर.टी

Raju Jhallu Prasad by Raju Jhallu Prasad
पुस ५, २०८०
in राष्ट्रिय निकुन्ज र वन्यजन्तु
A A
0
29
SHARES
  • राजु झल्लु प्रसाद, प्रेम बास्तोला

डेढ महिनाअघि भारतबाट सूदुरपूर्वको झापा जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३७ वटा जङ्गली हात्तीका कारण झापा, मोरङ र सुनसरी क्षेत्रका बासिन्दा त्रसित छन् । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चार जनाको मृत्यु भइसकेको छ भने जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने त्रासका माझ त्यस क्षेत्रका बासिन्दाहरूले द्रुततर उद्धार युवा समूह – र्यापिड रेस्पोन्स टिम (आरआरटी)को खाँचो महसुस गरिरहेका छन् तर, हालसम्म आरआरटीको उपस्थिति झापास्थित बाहुनडाँगी क्षेत्रमा मात्रै रहेको छ । यसैगरी,  यस साता मात्रै झापा जिल्लाका बाह्रदशी गाउँपालिकामा एउटा हात्तीको मृत्यु भएको छ । मृत्यु गाउँनजिकको खेतमा भएको भुत्तिया धरापमा परेको आशङ्का गरिएको छ ।

प्रतिकात्मक तस्बीर

के हो द्रुततर उद्धार युवा समूह – र्यापिड रेस्पोन्स टिम (आरआरटी) ?

मेचीनगर नगरपालिका-४ का वडाध्यक्ष अर्जुन कार्कीको पहलमा गठित आरआरटी हात्ती नियन्त्रणका लागि परिचालित बाहुनडाँगीका ५० जना जना युवाहरू सम्मिलित स्वयंसेवक समूह हो, जसको संयोजन बाहुनडाँगीकै न्युटन कार्कीले गर्दै आइरहेका छन् । वडाध्यक्ष कार्कीका अनुसार ‘उज्यालो नेपाल’ सँगको सहकार्यमा बाहुनडाँगीमा आर.आर.टी. सञ्चालनमा आएको हो । 

संयोजक न्युटन कार्की, उपसंयोजक सदेश कार्की एवं सदस्यहरू: अभिषेक प्रधान, प्रशान्त कार्की,  अनीश श्रेष्ठ, प्रकाश बानियाँ, रजत कार्की, सन्दीप लुइँटेल, विश्वास सुनुवार, अभय कटुवाल, आकाश मगर, अनीश घिमिरे, वेग सुनुवार, विवेक तामाङ, विमल थापा धिमाल, बुद्धि बहादुर थापा, गणेश महत, हेम कुमार धिमाल, केदार सुनुवार, केवल निरौला, मण्डल मगर, मन्जिल मगर, मनोज लुंगेली, पारस प्रधान, पवन बराइली, प्रकाश समाल, प्रशान्त आचार्य, रास्योप कार्की, राम श्रेष्ठ, रामु सापकोटा, रञ्जित राई, रोमन ढुङ्गेल, समीर राई, सामुयल राय, सन्देश पौडेल, सङ्गम नेपाल लगायतका युवाहरू आरआरटीमा रहेका छन् । यसैगरी, लामो समयदेखि मानव–हात्ती द्वन्द्व न्यूनीकरणका क्षेत्रमा क्रियाशील शङ्कर लुइँटेलले यस समूहलाई आवश्यक सहयोग प्रदान गर्दै आइरहेका छन् ।  विश्व संरक्षण पुरस्कारबाट सम्मानित शङ्कर स्वयंसेवी हुन् । बिना तलब भत्ता सुविधा उनले आफ्नो ५२ वर्ष संरक्षणमा लगानी गरेका छन् । हात्तीद्वारा मानवीय क्षति भएमा शङ्कर त्यहाँ पुगिहाल्छन् । उपचार राहत बिमा सहयोग जुटाउन मरिमेटी लाग्दछन् । हात्ती घाइते बिरामी मृत्यु भएमा उद्धार उपचार र अन्त्येष्टिमा उनको सक्रिय अगुवाइ रहन्छ ।

आरआरटी साथ् मेचीनगर ४, वडाध्यक्ष अर्जुन कार्की, एवं डब्लुडब्लुएफ नेपालका डा. घनश्याम गुरुङ र डा. शान्तराज ज्ञवाली, तस्बीर: राजु झल्लु प्रसाद

विगत सात वर्षअघि प्रकृति संरक्षण कोषमार्फत गरिएको विद्युतीय तारबारसँग पूर्णपुरले परिचित भई तारबार भत्काएर हात्ती गाउँ पस्न थालेपछि गाउँवासी र अन्नबालीको सुरक्षामा चुनौती थपिएपश्चात् आरआरटी परिचालन गरिएको हो । 

मेची बगरको पारीपट्टि भारत पर्छ, भारतीय भूमिमा रहेको उतैको टोलीले नेपालतिर हात्ती अघि बढेको सूचना नेपालतर्फको टिमलाई दिने गर्दछ । सूचना पाएपश्चात् सो समूह खाइरहेको खानासमेत छोडेर तीव्र गतिमा मेची बगरतर्फ दौडने गर्दछ । मेची नदी हुँदै नेपालतर्फ अघि बढेको हात्तीको झुन्डलाई रोक्नका लागि दौडिने यस टोलीले हालसम्म २/४ थान बाइकको भरमा रातभर मेची बगर रुघ्ने गर्दछन् । साथै, यस समूहले स्थानीय समुदायलाई हात्ती नेपालतर्फ छिरेको पूर्वसूचना दिनका लागि साइरन बजाएर सतर्क समेत गराउने गर्दछ । साइरन बजेपश्चात् स्थानीय समुदायहरू सुरक्षा सावधानी अपनाएर घरभित्रै रहने गर्दछन् । साइरन बजेपछि हात्ती आउँदैछ, चनाखो रहौँ, खेतबारीतिर नपसौँ” भन्ने सूचना सम्प्रेषित हुन्छ । एकप्रकारले आरआरटीकै सक्रियताका कारण पछिल्ला वर्षहरूदेखि बाहुनडाँगीवासी निश्चिन्त भई रातभर सुत्न सकेका छन् ।

हात्तीलाई धपाउन सीमा नाकामा साँझ परेदेखि उज्यालो नभएसम्मका लागि बाहुनडाँगीका सीमा क्षेत्रहरू: आलडाँगी, भोर्लेनी, बाहुनडाँगी भन्सार नाका, मिलनचोक, पुरानो नकलबन्द जाने बाटो, राइसिङ पुल र माता चोकमा एक–एक वटाका दरले ट्र्याक्टर राख्ने काममा वडाध्यक्ष कार्कीसहित आरआरटी समूह सक्रिय छ । हात्ती धपाउने कार्यमा तालिमप्राप्त आरआरटीका युवाहरू रातभर टर्च, माइक, बाइक र ट्र्याक्टर लिएर हात्ती छेक्न मेची बगर  गस्ती गर्न पुग्दछन् । सो टिमले जनपथ प्रहरी र सशस्त्र प्रहरीको आवश्यक सहयोग समेत लिने गरेको छ । यहाँ हात्ती एप्स पनि बनेको छ । एप्सबाट हात्ती रहेको ठाउँ (लोकेसन) थाहा पाउन सकिन्छ ।

हात्ती र बाउ पुस्ताको बढ्दो आक्रोशको बिच जन्मिएको आर.आर.टी.:

बाहुनडाँगी क्षेत्रमा हात्ती समस्या आजभोलिको होइन, स्थानीयले गुहार मागेको र मिडियाले डङ्का बजाउँदै आएको चार दशक भन्दा धेरै भइसक्यो तर, अझै पनि समाधान निस्किएको छैन । २०३४ सालमा स्थानीय यशोदा विश्वकर्मालाई पहिलोपटक हात्तीले मारेपश्चात् यस क्षेत्र हात्तीको वितण्डा प्रतिवर्ष बढ्दै गयो । हात्तीको उग्रता बढेको र आक्रामक हुलले कृषकले दुःखले लगाएको धानबाली एकै रातमा सखाप पार्ने क्रम दिनानुदिन बढ्दै गयो । हात्ती भगाउने उपायस्वरूप कृषकहरूले आफ्नो जिउधनको प्रवाह नगरी आफ्नो खेतबाट धपाउने र अर्काको खेतमा लगाएर आफू सुत्ने गर्न थाले । यसले एउटा किसानको अन्नबाली जोगियो तर, अर्कोको गुम्यो । तत्पश्चात् पटका पड्काउने, ढोल बजाउने, टिन ठटाउने, थाल ठटाउने हुँदै हात्तीलाई निर्वाधरुपले कुटपिट गर्ने र मार्नेसम्म कार्यहरू यहाँ हुन् गए । हालसम्म यस क्षेत्रमा १९ जना स्थानीयहरूलाई हात्तीले मारिसकेको छ भने १० जना घाइते अङ्गभङ्ग भएका छन् । हाल  ५ जना बितिसके भने, ५ जना अझै जीवित छन् । 

सयौँ बिगाहामा लगाएको बाली हात्तीले खाएर नष्ट गर्ने, मानव क्षति हुने एवं हात्तीमाथि पनि आक्रमण हुने क्रम नरोकिएपश्चात् २०६० सालपछि तत्कालीन जिल्ला विकास समितिले मेची किनारमा १४ किलोमिटर लामो तारबार  गर्‍यो, तर त्यसले काम दिएन । हात्तीहरू विद्युतीय तारबारसँग परिचित भए र त्यसलाई सजिलै उखेलेर फ्याँकेर बस्तीमा आउने गर्न थाले । तत्कालीन जिल्लाविकास समितिका मनोनीत सभापति राजेन्द्र लिङदेनले २०६२–६३ को जनआन्दोलनअघि मेची किनारमा सुरुङबार खनेर हात्तीलाई रोक्न खोजे । उनले त्यतिबेला हात्ती छिर्ने गौँडाहरूमा गहिरो खाल्डो खन्ने र खाल्डो देखेर हात्ती फर्किने अनुमान सहित सो कार्य गरेका थिए । तर सो कार्य पूर्ण रूपमा विफल सिद्ध भयो । जहाँ खाल्डो छैन, त्यहीबाट हात्ती नेपाल छिर्ने गर्न थाले ।

यसैगरी, त्यतिबेला मेची किनारमा मौरीपालन गरेमा हात्ती भाग्छ भनियो, तर त्यस कार्यले गति लिएन । यसपश्चात् २०६८ सालमा विश्व बैङ्कको सहयोगमा विद्युतीय तारबार सुरु भयो । करिब चार वर्षमा इलामको रोङ गाउँपालिकाको सीमादेखि काँकडभिट्टा नजिकैसम्म १७ किलोमिटर लामो तारबार गरियो । त्यसले केही वर्ष काम दियो तर प्रभावकारी भएन । पाकेको बाली देखेपछि हात्तीले जसरी पनि खाने प्रयत्न गर्छ, उसको इच्छालाई तारबारले थेग्ने कुरै भएन । सुरुवाती वर्षमा तारबार पारि नै रोकिएका हात्तीका बथानहरू केही वर्षपश्चात् तारबार ध्वस्त पारेर मानवबस्ती र धानखेतमा खुलारुपमा छिर्न थाले । हात्तीहरू विद्युतीय तारबारसँग अभ्यस्त भइदिँदा बाहुनडाँगीवासीले चैनको सास फेर्न पाएनन् ।   

यी यावत हात्ती भगाउने उपायहरू एकपछि अर्को गर्दै विफल भइरहेको र बाहुनडाँगीवासीको हात्तीमाथिको आक्रोश बढिरहेको महसुस संयोजक न्युटन कार्की लगायतका युवाहरूले सानै देखि महसुस गर्दै आइरहेका थिए । संयोजक कार्की भन्छन्, ”उतिबेला बुबा, हजुरबुबाहरूले सक्दो गर्नुभयो । आफ्नो व्यक्तिगत परिवार, खेत जोगाउने कार्यमा मात्रै उहाँहरू लाग्नुभयो । जसले गर्दा, एउटा व्यक्तिको समस्या एक रातको लागि समाधान भयो तर सिङ्गो समाजले राहत महसुस गर्न पाएन”, उनी अगाडि भन्छन्,  “ हात्तीले बाली नष्ट गरेपछि कतिपय कृषकले बाली परिवर्तन गरे भने कतिपयले  उर्वर जमिनलाई बाझो राख्न थाले । बाहुनडाँगी क्षेत्रमा छोरी चेलीको बिहेबारी समेत नहुने जस्ता अनेकन् समस्याहरू देखिए ।  यसपश्चात् दीर्घकालीन समाधान खोज्ने उपायस्वरूप आरआरटी गठन प्रक्रिया आरम्भ भयो ।” 

यसरी गठन भयो आरआरटी:

१६ वटा विभिन्न विपद्हरू व्यवस्थापनमा काम गर्दै आइरहेको आरएनए सिक्सटिन  (RNA 16) नामक संस्थाको कार्यलाई न्युटन कार्कीले नियाल्दै आइरहेका थिए । सो संस्थाको गतिविधि देखेपश्चात् उनी बाहुनडाँगीका केही स्थानीय युवाहरूसँग सरसल्लाह गरि वडाध्यक्ष अर्जुन कार्कीकहाँ पुगे । प्रकृति संरक्षणको अभियानमा लामो समय काम गरेका वडाध्यक्ष कार्की निकै सकारात्मक भए र कार्य अघि बढाउनको लागि आवश्यक सहयोग जुटाउन तल्लीन भए । “हात्ती खेदाउने मात्रै नभएर यहाँका अन्य विपद्हरू जस्तै: आगलागी, बाढी, चोरी लगायतका कार्यहरू समेत युवाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ भनेर वडाध्यक्षले भनिसकेपश्चात् यस समूहले विस्तारै आकार लिँदै गयो”, कार्की हात्ती-मानव द्वन्द्वलाई प्रकाश पार्दै अगाडि भन्छन्, “हात्तीले यहाँ धेरै मान्छे मार्‍यो, मान्छेले पनि धेरै हात्ती मारे । न यहाँदेखि मान्छे भागे, न हात्ती भाग्यो । हात्तीले मान्छे मार्दा पनि मान्छे नभाग्ने र मान्छेले हात्ती मार्दा पनि हात्ती नभाग्ने भइसकेपश्चात् मिलेर बस्नुको दोस्रो विकल्प हामीले देखेनौँ । तर, यसतर्फ कसैले नसोचिरहेको हो कि भन्ने हामीले बोध गर्‍यौँ । यस कुराको बोध वडाध्यक्ष कार्की दाजुले पनि गरिरहनुभएको थियो, यसपश्चात् यस समूहको गठन प्रक्रिया अघि बढ्यो र आजको दिनमा हामी मानव-हात्ती सहअस्तित्वको दिशामा बाहुनडाँगीलाई ल्याउन सफल भएका छौँ ।”

आरआरटीले हाल नेपाल–भारत सीमाको मेची नदीको बगरछेउ निःशुल्क पेट्रोलिङ, हुलबाट छुटेको बच्चाहरूको उद्धार एवं क्रस बोर्डर हात्ती मनिटर लगायतका कामहरू समेत गरिरहेको छ । “हात्ती भगाउने कार्यमा झरीवर्षा नभनी बेतलबी रूपमा खटिरहँदा समेत नगर तथा सम्बन्धित निकायबाट कुनै सहयोग नपाउनु वास्तवमै दुखको कुरा छ”, टिमका सन्दीप लुइँटेल भन्छन् । अझ, हात्ती–मानव सहअस्तित्व सँगसँगै मेची क्षेत्रको जैविक विविधता वृद्धि गर्न एवं सीमा क्षेत्रका दुवैतर्फ सहकार्य र भाइचारा बढाउनतर्फ राज्य अग्रसर हुनुपर्ने लुइँटेल सुझाउँछन् । 

तमाम अभावका बिच ‘नाइट ड्युटी’मा आरआरटी:

आरआरटी समूहमा बहुविधाका युवाहरू सम्मिलित छन् । खेलाडी, मार्सल आर्ट ट्रेनर, गीत तथा सङ्गीतकार, कलाकार, पेन्टर, शिक्षक, पूर्व आर्मी, पूर्व प्रहरी, नगर प्रहरीका साथसाथै कृषक एवं नवउद्यमी युवाहरूको उपस्थिति रहेको छ । यस समूहमा महिलाको उपस्थिति पनि बढ्दै गएको छ । 

आरआरटीका संयोजक कार्की हात्ती रिसोर्टका म्यानेजर हुन् । उनको तलब मासिक  ४० हजार रहेको छ । उनी बिहानदेखि साँझसम्म रिसोर्ट सञ्चालन व्यस्त हुन्छन् । साँझ परेपछि कहिले घर पुग्न भ्याउँछन्, कहिले भ्याउँदैनन् । हरेक साँझदेखि भोलिपल्ट बिहानसम्म मेची बगर क्षेत्र पुग्नु र हात्ती धपाउनु उनको नियमित दैनिकी हो । कार्कीसँग आफ्नै बाबुको श्राद्धको दिनमा समेत पितृकार्यमा सहभागी भइसकेर गस्तीमा खटिएको अनुभव छ ।  

उनको जस्तै दैनिकी समूहका अन्य युवाहरूको पनि रहेको छ । आरआरटीकै उपसंयोजक सदेश पौडेल (२५ वर्ष) हाल बाहुनडाँगीमै आफ्नै बेकरी आउटलेट सञ्चालन गर्दै आइरहेका छन् । देशमै केही गर्नुपर्छ भन्ने विश्वासका साथ अघि बढिरहेका पौडेल साँझ परेसँगै सोही आम्दानीबाट बाइकमा इन्धन राखेर मेची किनारमा गस्ती गर्न पुग्छन् । यसैगरी, बाहुनडाँगीकै अनीश श्रेष्ठ (२७ वर्ष) ग्यारेज सञ्चालन गर्दछन् । श्रेष्ठ पनि ग्यारेजकै कमाइबाट मोटरसाइकलमा इन्धन हालेर गस्ती कार्यमा सहभागी हुन्छन् । यसैगरी, आरआरटी करेसपोन्डेन्टको रूपमा सहभागी सन्दीप लुइँटेल (२५ वर्ष) वन विज्ञानका विद्यार्थी हुन्,  उनी पछिल्ला  दिउँसोहरूमा मेची मगरमा सरीसृप र चरा अध्ययन कार्य गर्दै आइरहेका छन् । तत्पश्चात् रातको समयमा उनी आफ्नो निन्द्रा कटाएर  आरआरटीको रिपोर्ट राइटीङ एवं ट्रेनिङ प्लानहरूमाथि पेपरवर्क गरिरहेका हुन्छन् । यस्तैगरि, रजत कार्की (३० वर्ष)  स्थानीय उत्पादन विक्रेता हुन्, उनी सुपारी, कुचो तथा धान विक्री गर्दछन् । कार्की उसैगरी अन्य साथीहरू सरह झन् चनाखो , तेज र जुझारु छन् ।

आरआरटीमा आबद्ध युवाहरू स्वयंसेवक हुन् । उनीहरू सबैको पाँच लाख रुपैयाँको दुर्घटना बीमा गरिएको छ । वडा कार्यालयकै पहलमा हात्ती नियन्त्रणका लागि परिचालित सम्पूर्ण ५० जना  स्वयंसेवक युवाहरूको जीवन बीमा गरिएको छ । तर, यसबाहेक अन्य सरकारी एवं प्राविधिक सहयोग उनीहरूले प्राप्त गर्न सकेका छैनन् । हररात मेची बगरमा गस्तीका लागि खटिरहेका आरआरटीका टिमलाई एउटा गाडीको खाँचो छ । कहिलेकसो वडा कार्यालयले इन्धन हालिदिएको बाहेक अन्य सरकारी सहयोग टिमलाई उपलब्ध छैन । अर्कोतर्फ, भारततर्फ सरकारले मेचीको बगरमा लाइट जडान गरिदिएको हुनाले भारत तर्फको आरआरटीले सजिलै हात्ती देख्न सक्छन्, उनीहरूसँग गाडी पनि रहेको छ । तर, नेपालतर्फ अन्धकार नै भएकाले हात्ती देख्न नै समस्या हुन्छ । गस्तीमा खटिएका बेला नजिकै हात्ती आई पुगिसकेपश्चात् सतर्क भएको अनुभव समेत नेपालतर्फको आरआरटीसँग रहेको छ । 

यी यावत समस्या हुँदाहुँदै पनि आरआरटी टिम हालसम्म थाकेको छैन, बदलामा अझ उत्साह र जोशसहित स्वतस्फूर्तरूपमा काम गर्दै हात्तीको समस्या समाधान गर्नतर्फ गम्भीर बन्न सबै सरोकारवाला निकायहरूको ध्यानाकर्षण गर्दैछन् । यस टिमले हाल हात्ती–मानव द्वन्द्व न्यूनीकरणका लागि दुवै देशको सरकार स्तरीय संयन्त्र बनाएर काम गर्नुपर्ने  आवश्यकतालाई औँल्याइरहेका छन्, जसलाई पूर्णरुपले समर्थन गर्ने कार्यमा वडाध्यक्ष कार्की र उज्यालो नेपालका रमेश थापा लागिरहेका छन् । 

आरआरटी अघिअघि, वडाध्यक्ष र उज्यालो नेपाल पछिपछि:

र्यापिड रेस्पोन्स टिमले पहरेदारको काम गर्दै आएको बताउँदै वडाध्यक्ष कार्की अगाडी  भन्छन्, “वडा नम्बर ४ कार्यालयले हात्तीको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई बालबालिकाको पढाइ खर्च बापत वार्षिक १२ हजार रुपैयाँ दिन थालेको छ ।” वडाध्यक्ष कार्की भन्छन्, ‘उज्यालो नेपाल, बर्दिया’ को सहयोगमा मेचीनगर नागरपालिका–४ का सबै घरको बीमा गर्ने काम भइरहेको छ । अहिलेसम्म ६९० घरको बीमा भएको छ । आगामी पुसदेखि लागु हुने बीमाको प्रिमियम शुल्क बापतको ९५ रुपैयाँ उज्यालो नेपालले तिरिदिएको छ । त्यसको समन्वय वडा कार्यालयले गरेको छ । ९५ रुपैयाँ प्रिमियम तिरेपछि डेढ लाख रुपैयाँ बराबरको बीमा हुन्छ ।” वडाध्यक्ष कार्कीका अनुसार, हात्तीले घरमा क्षति गरे पनि वा अन्य विपद्ले क्षति भए पनि घरधनीले डेढ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था रहेको छ ।

वडाध्यक्ष कार्की बाहुनडाँगी क्षेत्रलाई हाल हात्ती-किसान सहअस्तित्व केन्द्रित पर्यटनतर्फ अगाडी बढाइरहेका छन् । “हात्ती-मानव सहअस्तित्वको दिशामा बाहुनडाँगीलाई लैजाने  सकेमा निकट भविष्यमै यस क्षेत्रको आर्थिक-सामाजिक उन्नति हुने कुरामा उनी विश्वस्त छन् । |निकुञ्ज केन्द्रित वन्यजन्तु पर्यटकहरू हात्ती हेर्न निकुञ्जको भित्रभित्र जानुपर्छ, बाहुनडाँगीमा ल्याउन सकियो भने मेची बगर खुलारूपमा हात्ती चरिरहेको देख्न सक्नेछन् । यसप्रकार, बाहुनडाँगीले नयाँ पर्यटन विधा थप्ने देखिएको हुँदा हामी त्यसतर्फ अग्रसर छौँ”, उनी भन्छन् । हालसालै मेचीनगर १ र ५ मा  मानव हात्ती सह अस्तित्वको लागि सचेतना कार्यक्रम गरि हात्ती आएको सूचना दिनको लागि सशस्त्र प्रहरी क्याम्प तिरीङ र नकलबन्दामा साइरन जडान गरिएको छ भने स्थानीय तहद्वारा घरैपिच्छे मौरी पाल्न र तोरी फलाउन प्रोत्साहन समेत थालिएको वडाध्यक्ष कार्कीले बताए ।

मानव र हात्ती द्वन्द्वलाई न्यूनीकरण अभियानमा लामो समयदेखि काम गर्दै आएका उज्यालो नेपाल, बर्दिया’ का अभियानी रमेश थापा बाहुनडाँगीबासीको ओठमा मुस्कान ल्याउन दिगो समाधानको बाटोतर्फ आरआरटी लागिरहेको बताउँदै यस समूहको खुलेर प्रशंसा गर्छन् । “वन्यजन्तुको व्यवस्थापन एउटा वैज्ञानिक विधि हो । आफ्नो प्राकृतिक वासस्थानमा सबै आवश्यकता पूरा हुन सकेमा वन्यजन्तु मानव बस्तीमा पस्दैन । र पसेको खण्डमा पनि एकले अर्कोलाई तर्साएर हुँदैन, आरआरटीसहित वडाध्यक्ष कार्कीले जसप्रकार यस समस्यासँग जुध्दै हुनुहुन्छ, त्यसमा उज्यालो नेपालको सरसहयोग रहेकै छ, भविष्यमा पनि निरन्तर रहनेछ”, उनले भने । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा सहअस्तित्व विकाससम्बन्धी कार्यका लागि जनताको नजिकमा रहेका स्थानीय सरकारलाई क्रियाशील बनाउँदै जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले सोतर्फ अन्य वडा एवं पालिकाले ध्यान दिनु आवश्यक रहेको थापा औँल्याउँछन् । 

थापाका अनुसार मानव–हात्ती द्वन्द्वको अवस्था बाहुनडाँगीमा यद्यपि विकराल नै छ । ‘निकुञ्ज, आरक्ष तथा मध्यवर्ती क्षेत्रमा त्यहाँको आम्दानी स्थानीय स्तरमै खर्च हुन्छ । पीडितले बालीनालीको क्षतिपूर्ति पाउँछन्,’ उनले भने, ‘बाहुनडाँगीमा आरक्ष, निकुञ्ज केही पनि छैन । उनीहरूको हित रक्षा गर्ने निकाय छैन ।’ उनका अनुसार उज्यालो नेपालले बर्दियामा ‘हात्ती मेरो साथी’ अभियान चलाएर घरबीमा गराएको थियो । त्यही अनुभवअनुसार स्थानीय सरकारसँग समन्वय गरेर बाहुनडाँगीमा पनि घरबीमा गराइएको हो, यसमा ‘युएस फिस एन्ड वाइल्ड लाइफ’ संस्थाको सहयोगमा अघि बढाइएको घरको र बालीको बीमाले बाहुनडाँगीमा मानव–हात्ती द्वन्द्व घट्दै जाने थापाको विश्वास छ ।  

पछिल्लो हात्ती आतंकपश्चात थापा  सचेतना शिक्षा सामाग्री पोष्टर, पुस्तक, श्रव्यदृष्य सामग्री र पूर्वजनाउ साइरनका सामान सोलर प्यानल, ब्याट्री, साइरन, तार बोकेर २४औँ पटक हात्ती प्रभावित सुदूरपूर्व बाहुनडाँगी पुगेका हुन् । उनले  यसपटक ५ दिनको दौरान ३ जिल्लामा १० वटा सचेतना शिक्षाको लामो कक्षाहरू लिइसकेका छन् भने मोरङबाट अघि बढिरहेका हात्तीहरू सुनसरी, उदयपुर, सप्तरी जाने सम्भावनालाई समेत औँल्याएर विभिन्न छलफल कार्यक्रमहरू चलाइरहेका छन् । साथै, मोरङ सुनसरीमा आरआरटी गठन हुने भएको छ, जसले त्यस क्षेत्रका बासिन्दामाझ उत्साह थपेको छ । 

आरआरटीको कार्य उदाहरणीय: विज्ञ

डब्लुडब्लुएफ नेपालका प्रमुख डा. घनश्याम गुरुङ आरआरटीले उदाहरणीय कार्य गर्दै आइरहेको बताउँछन् । “मेरो ३५ वर्षको कार्यअनुभवमा आरआरटी जस्तो सक्रिय युवाहरू देखेको थिइन । भरपर्दो स्रोत-साधन र उपयुक्त सुरक्षा संयन्त्रको अभावमा यस टिमले  स्वतस्फूर्तरूपमा हात्ती-मानव सहअस्तित्वको दिशामा नमुना कार्य गरिरहेको छ”, उनी अगाडी भन्छन्, “ समस्या नै समस्यामा हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि यस समूहले गरिरहेको कार्यबाट हामीलाई समेत प्रश्न गरेको छ, डब्लुडब्लुएफ नेपाल यस टिमलाई आवश्यक प्राविधिक सहयोग जुटाउन सदैव सहयोग गर्नेछ ।” गुरुङले आरआरटीलाई हात्ती र मान्छे दुवैको बाँच्न पाउने अधिकारका लागि निरन्तर लागिरहन समेत प्रेरणा दिए ।  

डब्लुडब्लुएफ नेपालमा कार्यरत वन्यजन्तु विज्ञ डा. शान्तराज ज्ञवाली आरआरटी ‘लामो समयदेखि जारी मानव–हात्ती द्वन्द्व व्यवस्थापन’को दिशामा अघि बढिरहेको स्थानीय युवाहरूको समूह भएकाले एवं लामो समयसम्म हात्तीसँग जुधिरहेको समाजलाई प्रतिनिधित्व गर्ने हुँदा यस समूहमाथि आफ्नो पूर्ण विश्वास र हौसला रहेको बताउँछन् । “यो समूह बाहुनडाँगी क्षेत्रका युवाहरूको समूह हो । यस समूहले बाहुनडाँगीको वास्तविक दुख के हो भन्ने बुझेको छ र तत्पश्चात् स्वतःस्फूर्त रूपमा सहअस्तित्वको दिशामा कार्य गरिरहेको छ । यो समूह कुनै उद्देश्यप्राप्तका लागि गठित भन्दा पनि बाहुनडाँगीमा आफू र आफ्नो परिवारको साथै हात्ती पनि रहनुपर्छ भनेर अघि बढिरहेको समूह हो । यसर्थ यस समूहको गतिविधिमाथि कसैले सन्देह गर्नुपर्दैन”, ज्ञवाली अगाडी भन्छन्, “आरआरटीको कार्यलाई जति नै प्रशंसा गरे पनि पुग्दैन । हात्ती प्रभावित क्षेत्रमा अध्ययन, अनुसन्धान तथा कार्य गर्नेहरूका लागि आरआरटी एक उदाहरणीय समूह बनिसकेको छ ।”  डा. ज्ञवाली हात्ती आतङ्कका बीच हुर्किबढेका यस समूहलाई राज्यले पुरस्कृत गर्दै उनीहरूका विभिन्न बाधा-अप्ठ्यराहरूलाई सम्बोधन गर्नतर्फ अग्रसर हुन् सुझाउँछन् । 

अन्त्यमा,

विगत दुई वर्षयता बाहुनडाँगी क्षेत्रमा आरआरटीको सक्रियता बढेसँगै साइरन प्रयोग पनि बढेको छ, जसले जनमानसबिच हात्ती छिर्दा हुने मानसिक तनाव कम हुँदैछ । आरआरटी छ, डराउनुपर्दैन भन्ने विश्वास जनमानसमा सञ्चार हुन् सकेको छ । अर्कोतर्फ, हात्तीलाई स्वतन्त्र रूपमा विचरण गर्न दिनाले हात्तीले गर्ने जोखिमहरू झन् झन् घट्दै गएको पाइन्छ । स्थानीयहरूको आरआरटीप्रति पूर्ण विश्वास र भरोसाका कारण स्थानीयद्वारा आरआरटी पुरस्कृत समेत भएको छ भने हुर्कँदै गरेको बालबालिकाले समेत आरआरटीलाई आदरभावले हेर्न थालेका छन् । स्थानीयवासी, हात्ती विज्ञ एवं सरोकारवालाका स्याबासी र प्रशंसाका कारण आरआरटीले आफ्नो कामलाई नित्य अगाडी बढाउन प्रोत्साहन मिलिरहेको संयोजक कार्की बत्ताउँछन् । “मोरङ, सुनसरी र झापाका अन्य ठाउँहरूमा आरआरटीको माग भइरहेको छ । उहाँहरूले सिस्टमाइज्ड आरआरटीको माग गरिरहनुभएको छ । हामी त्यसबारे छलफल गर्दैछौं”, उनले भने ।

Share12Tweet7Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
हिउँ चितुवाको सङ्ख्या ३९७
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

हिउँ चितुवाको सङ्ख्या ३९७

बैशाख ९, २०८२
अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत

कार्तिक १२, २०८१
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?

कार्तिक ११, २०८१
नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती
पर्या-पर्यटन

नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती

कार्तिक ९, २०८१
बाढीका राष्ट्रिय निकुञ्जका वन्यजन्तु र जैविक विविधता संकटमा
पर्या-पर्यटन

बाढीका राष्ट्रिय निकुञ्जका वन्यजन्तु र जैविक विविधता संकटमा

अशोज १२, २०८१
Load More
Next Post
प्रदेशवासीलाई हात्तीमैत्री पर्यटनबाटआर्थिक आर्जन गर्न मुख्यमन्त्री कार्कीको आग्रह

प्रदेशवासीलाई हात्तीमैत्री पर्यटनबाटआर्थिक आर्जन गर्न मुख्यमन्त्री कार्कीको आग्रह

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा सुई गाडिन्छ, स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता
  • अन्य
English Edition

© 2026 Tourshala | Digital Partner: Sathi Solutions