काठमाडौं: नेपाल ब्याडमिन्टन संघको आयोजनामा दक्षिण एसियाली ब्याडमिन्टन च्याम्पियनसिप यू १५ र यू १७ शुक्रबार सुरु हुने भएको छ । ब्याडमिन्टन एसियाले पहिलो पटक यो च्याम्पियनसिप नेपाललाई आयोजना गर्ने मौका दिएको हो ।
यू १५ मा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गर्ल्स डबल्स, ब्वाइज डबल्स र मिक्स डबल्स गरी ५ स्पर्धा हुने छन् । त्यस्तै यू १७ मा पनि गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गल्स डबल्स, व्याइज डबल्स र मिक्स डबल्स गरी ५ प्रतिस्पर्धा हुनेछ । यू १५ र यू १७ टिम च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल १२ इभेन्ट हुनेछन् ।
आयोजक नेपालसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्स गरी दक्षिण एसियाका ६ देशका उत्कृष्ट खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । हरेक देशबाट गल्र्स र ब्वाइजमा बढीमा ८/८ खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । च्याम्पियनसिपमा गल्र्स र ब्वाइजतर्फ समान २६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
शसस्त्र प्रहरी बलको हलचोस्थित एपिएफ क्लबको कभर्ड हलमा भदौ ५ गते सम्म हुने च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । व्यक्तिगत स्पर्धामा आयोजकका नाताले नेपालले तीन खेलाडी एउटै स्पर्धामा सहभागि गराउन पाउनेछ भन्ने अन्य देशकाले एउटा स्पर्धामा २ खेलाडीसम्म प्रतिस्पर्धा गराउन पाउनेछ ।




























































Discussion about this post