घडियाल गोहीले प्राकृतिक रूपमा बच्चा जन्मने र बाँच्ने क्रम असाध्यै न्यून हुँदै गएपछि केही वर्षदेखि चितवन निकुञ्जले उपकरणको प्रयोग गरेर गोहीका बच्चाहरू निकाल्न थालेको अण्डा पारेर बालुवामा पुरेपछि रेखदेखमात्रै गर्छन् । समय पुगेपछि अण्डाबाट बच्चा निस्कन थाल्छन् ।
विज्ञहरूकाअनुसार अण्डाबाट भाले बच्चा निस्कन तापक्रम ३२ डिग्री हुनुपर्छ । तापक्रम योभन्दा माथि वा तल भएको अवस्थामा बच्चा पोथी जन्मन्छ । कृत्रिम रूपमा तापक्रम मिलाएरै भए पनि भाले बच्चा जन्माउने उद्देश्यले घडियाल गोही प्रजनन् केन्द्रमा ‘इनक्युबेटर’ (उपकरण) राखिएको छ । त्यसमा ३२ डिग्री तापक्रम कायम गरेर बच्चा निकाल्ने गरिएको चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।
यो उपकरणमा पहिलो वर्ष १० वटा अण्डा राख्दा ७ वटा बच्चा निक्लिएका थिए । दोस्रो वर्ष २० वटा राखियो । त्यसबाट १३ वटा बच्चाहरू निस्किएका थिए । गत आर्थिक वर्षमा २० वटा अण्डा राख्दा ती सबै अण्डाबाट बच्चा निस्किएको तिवारीले बताए । उनकाअनुसार प्राकृतिक रूपमा घडियाल गोहीको प्रजनन् र जन्मिएका बच्चाहरू बाँच्ने दर करिब एक प्रतिशतमात्रै छ । त्यसमा पनि भाले बच्चा जन्मने र बाँच्ने दर करिब एक प्रतिशतकै हाराहारीमा रहेको पाइएको उनले बताए । त्यसैले नेपाल र भारतमा मात्रै पाइने यो सरीसृप जीव संकटापन्न अवस्थामा छ ।
‘भाले भएन भने त घडियाल गोहीको वंश नै विनाश हुनसक्छ । त्यसैले तापक्रम मिलाएर भाले बच्चा जन्माउने काम थालिएको हो । तीन वर्षको अवधिमा इनक्युबेटरबाट जन्मिएका बच्चाहरू भाले हुने सम्भावना बढी छ,’ उनले भने, ‘यी बच्चाहरू हुर्किएपछि प्रजननमा समस्या हुँदैन भन्ने विश्वास छ ।’ सामान्यतया घडियालहरूको लिंग पहिचान गर्न करिब १५ वर्ष लाग्छ ।
‘गत आर्थिक वर्षमा इनक्युबेटरमा जति अण्डा राखियो सबैबाट बच्चा जन्मिए तर सबै भाले नहुन पनि सक्छन् । उपकरणले पनि शतप्रतिशत काम नगर्न सक्छ,’ तिवारीले भने, ‘घडियालको दीगो संरक्षण गर्न भाले चाहिन्छ । पछिल्लो सर्भेक्षण (२०७९ को पुसमा गरिएको) अनुसार यी दुई नदीमा २४९ वटामात्रै गोही भेटिएका थिए । राप्तीमा १३३ र नारायणीमा १०६ वटा गोही भेटिएका थिए । तीमध्ये राप्तीमा एउटा र नारायणीमा दुई वटा मात्रै भाले गोही भेटिएको तिवारी बताउँछन् । वाइल्ड नेपालबाट ।




























































Discussion about this post