लमजुङमा असार अगावै बर्खे धान रोप्न सुरु भएको छ।
पानी पर्न थालेसँगै एक हप्ता अघिदेखि लमजुङमा धानको रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
केन्द्रका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत विजयराज पौडेलका अनुसार जिल्लाको राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाको बेँसीका फाँटमा धान रोप्न सुरु गरिएको हो । यसबाहेक पनि जिल्लाका अधिकांश ठाउँमा धान रोपाइँको तयारी भइरहेको उनको भनाइ छ।
मर्स्याङ्दी वडा नं ५ घेर्मुका किसानले केही दिनअघिदेखि घेर्मुफाँटमा धान रोप्न सुरु गरेको किसान काम सार्की गुरुङले बताए।
लमजुङमै सबैभन्दा पहिले धान रोप्ने कार्य सुरु गरिने ठाउँ भनेर घेर्मुलाई चिनिन्छ।
चिसो ठाउँ भएकाले र प्रशस्त पानीको सुविधा भएकाले धान रोपाइँ सुरु गरेको स्थानीय बबिता घलेले बताइन्।
सो वडाका वडाध्यक्ष लेखमान गुरुङले वडाका फाँटहरुमा केही दिनअघिदेखि धमाधम धान रोपाइँ भइरहेको बताइन्।
विगतका वर्षमा ‘हाइब्रिड’ धान धेरै लगाउने गरे पनि गत वर्षदेखि स्थानीय जातको धानलार्ई प्राथमिकतामा दिँदै स्थानीय जातको धान घेर्मुफाँटमा लगाउन थालेको किसानहरुले बताएका छन्।



























































Discussion about this post