दोलखा: दोलखाको सदरमुकाम चरीकोटको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा परम्परागत रुपमा प्रत्येक वर्ष मनाइने भैरव कुमारी जात्रा यस वर्षलाई अन्त्य भएको छ ।
सांस्कृतिक परम्पराअनुसार भाद्र कृष्ण पक्ष द्वितीयादेखि षष्टिसम्म पाँच रात मनाउने यो जात्रा यस वर्ष पनि अत्यन्त उत्साहका साथ मनाइएको छ । यो जात्रा टसियाटोलको मन्दिर, घर र पिङ्गलटोलको मन्दिरबाट हुने गर्दछ । यो जात्रामा आफ्नो पति, छोराछोरी सन्तानको आयु वृद्धि, सुख सम्मृद्धिका लागि महिलाहरू व्रत बस्ने गर्छन् । पञ्चमीको दिन व्रत बस्ने धेरै हुन्छन् ।
यस जात्रामा दोलखाको राजकुलेश्वर तलेजु भवानी मन्दिरअगाडि घण्टाकर्णको स्वरुप बनाइन्छ र बाजा बजाई देवी भगवतीलाई बलि पूजा गरी घण्टाकर्णलाई पनि देवी भगवतीको प्रसाद चढाई दही चिउरा खुवाई खुकुरीले प्रहार गरी मारेर दोलखा सहरभन्दा केही पश्चिमतिरको खोल्सामा बाजा बजाउँदै लगी फ्याकिन्छ ।
यो पर्व मनाउने क्रममा यहाँका सम्बन्धित गुठियार डापा खलक जनैपूर्णिमाको अघिल्लो दिन बाजागाजासहित कालिञ्चोक मन्दिरमा जाने र जनैपूर्णिमाका दिन बिहानै भगवतीको पूजा गरी सैन्यशक्ति प्राप्त भएको मान्यताले सुरिला ससाना आठ/नौ वटा रुख लिएर फर्कने चलन रहेको छ । ती रुखलाई इन्द्रजात्राका दिन दोलखा सहरको मुख्य मुख्य आठ टोलमा ठड्याइन्छ । यो रुखको टुप्पोमा इन्द्रलाई राखिएको हुन्छ ।
राति तीनधारा अगाडिको नारायण मन्दिर अगाडि उपकर्ण यज्ञ गरिरहेको समयमा राक्षस रूपी ठुलो लाखे आई यज्ञ विध्वंस गर्न खोज्दछ । तल्ला टोलको रानीपोखरीमा गङ्गालाई पानीमा लुकेको राक्षसलाई खोज्ने अभिनयमा पौडी खेलाइन्छ । ठुलो राक्षस हुने र पौडी खेल्नेलाई राँगाको आधा टाउको पुरस्कार दिने चलन आज पनि रहिआएको छ ।




























































Discussion about this post