English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

तरकारी तथा फलफूल खेतीबाट ‘आर्थिक क्रान्ति’ थाल्दै  सिद्धलेकका किसान

टुरशाला by टुरशाला
असार १५, २०८१
in एग्रिकल्चर र फार्म टुर
A A
0
8
SHARES
  • प्रेम बास्तोला/ राजु झल्लु प्रसाद

बुङचुङ(धादिङ) : उमेरले ४० वर्ष कटे पनि धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ का किसान नक्कले घलेको जोशजागरको १७ वर्षे ठिटो किशोरको भन्दा कम छैन । ११ वर्षअघिबाट निरन्तर कृषि कर्ममा लागेका उनी सिद्धलेक गाउँपालिका भित्रकै उदाहरणीय तरकारी उत्पादक किसानका रूपमा सुपरिचित छन् ।

‘आफ्नै देशको माटोमा पसिना बगाए घरगाउँमै सुन फलाउन सकिन्छ’ भन्ने मान्यता राख्ने घले दैनिकजसो बिहान ७ बजी नसक्दै आफ्नो व्यावसायिक तरकारी खेतबारीमा आइपुग्ने गर्दछन् । घले सिद्धलेक पालिका भित्रमै व्यावसायिक रूपमा तरकारी खेतीको शुरुवात गर्ने किसान भित्र पनि पर्दछन् । उनको नाम बुङचुङ एवं त्यस वरपरको क्षेत्रमा उदारणीय कृषकको रूपमा लिँदा हरेक गौरव अनुभूत गर्दछन् ।

किसान नक्कले घले

घलेले बुङचुङबाट बैरेनीतर्फ जाने कालु पाण्डे राजमार्ग अन्तर्गत ट्राफिक प्रहरीको शालिक राखेको स्थानबाट ठिक तल थोपल खोलको किनारमा रहेको १० रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरेको ११ वर्ष पुरा भएको छ । खासगरी सिद्धलेक गाउँपालिका क्षेत्रमा घिरौँलाको व्यावसायिक रूपमा खेतीको सुरुवात गरेका घलेले सिजनमा खर्च कटाएर ५ लाखसम्म आम्दानी गर्दै आइरहेका छन् । उनले अन्य जातका तरकारीबाट पनि बर्सेनि ३ लाखसम्म आम्दानी गर्ने गरेका छन् । 

उनको खेतबारीमा सबैभन्दा बढी घिरौँला उत्पादन हुने गरेको छ । दैनिक रूपमा २८ क्यारेटसम्म घिरौँला उत्पादन हुने गरेको घलेले बताए । उनले घिरौँलाको अलावा लौका, बोडी, भेँडी, भिण्डी, करेला र काँक्रो लगायतका तरकारी समेत उत्पादन गर्ने गरेका छन् । 

अर्काको जग्गा वार्षिक ठेक्कामा लिएर बर्सेनि व्यावसायिक तरकारी खेती गरिरहेका घलेका अनुसार १० रोपनी जग्गामा दुई सिजन तरकारी र असारमा भने धानखेती लगाउँदै आइरहेका छन् । घिरौँला लगाइएको जमिन त्यसै मलिलो भइरहेको हुने र असारमा धान लगाई छिटोमा कात्तिक अन्तिम, ढिलोमा मङ्सिर पहिलो हप्तासम्ममा धान उठाई सकेर पुनः सोही खेतबारीमा तरकारी खेती शुरु गर्ने उनले बताए । मङ्सिरमा पनि आफूले १० रोपनी जग्गामा व्यावसायिक रूपमा घिरौँला नै लगाउने गरेको उनले बताए । हाल व्यावसायिक रूपले कृषि फर्म नै खोलेर तरकारी खेती गरिरहेको स्थानबाट थोपल खोलाको ठिक पारिपट्टि रहेको आफ्नो निजी खेतबारीमा घिरौँलाको अलावा विभिन्न जातका तरकारीहरू लगाउने गरेको उनले बताए ।

उनीसँगै थोपल खोलाकै किनारका खेतबारीमा व्यावसायिक रूपमै तरकारी खेती शुरु गरेका तीन जनाले युवा किसानहरू भने धैर्यता कायम गर्न नसकेपछि खेतीबाट पलायन भएको तर आफूले धैर्यताका साथ निरन्तर व्यावसायिक रूपमा तरकारी खेती गरेकाले हाल आएर आफू सफल भएको उनको बुझाई छ । 

घिरौँला बिग्रन नदिन घले पत्रिकाको प्रयोग गर्दछन्

११ वर्षे व्यावसायिक तरकारी खेतीको यात्रामा उनले थोपल खोला पारीतर्फको बेसीमा दुईतले पक्की घर निर्माण गरिसकेका छन् । ऋणबाट पनि उनी मुक्त छन् । दुई छोरालाई भने जस्तो शिक्षा दिइरहेका छन् । तरकारी खेतीबाटै उनको ४ जनाको परिवारको जीवन राम्रोसँग चलिरहेको छ । बर्सेनि खान, लगाउन र औषधी उपचार गर्न कुनै साहु महाजनको ढोका चाहर्नु परेको छैन, घलेलाई, यसैले त उनी भन्छन्, “गरिखानेहरूले देश छोड्नु नै पर्दैन ।” 

नक्कली घले मात्रै होइन, व्यावसायिक तरकारी खेती गरेर आफ्नो जीवनमा आमूल परिवर्तन गर्नेमा सिद्धलेक ५ बुङचुङकी ३२ वर्षीया ज्ञानु घले पनि पर्दछिन् । उनले पनि विगत १० वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेती गरिरहेकी छन् । सिद्धलेक गाउँपालिका कार्यालय परिसरको ठिक तल थोपल खोला पारीको ८ रोपनी खेतबारीमा उनले बर्सेनि घिरौँला लगाउँदै आइरहेकी छन् । ज्ञानुले ८ रोपनी खेतबारीमा ‘न्यू नारायणी’ जातको घिरौँला दुई सिजन लगाउने गरेकी छन् । असारमा धान लगाउने कामलाई निरन्तरता दिइरहेकी छन् ।  

ज्ञानु घले

ज्ञानुका अनुसार बर्सेनि उत्पादन हुने घिरौँलाको बजारका लागि आफूहरूले कुनै चिन्ता नै लिन परिरहेको छैन । खेतबारीमै व्यापारीहरू आएर उचित मूल्यमा आफूले उत्पादन गरेको घिरौँला खरिद गरिदिनाले राहत महसुस गरेको उनले बताइन् । घिरौँला खेतीको आम्दानीले उनले पनि एक तल्लाको पक्की घर बनाउनुका साथै घरपरिवार राम्रोसँग चलाएर परिवारकै आर्थिक अवस्था सुधार गर्दै  लागेको सगौरव बताइन् । “छोराछोरीलाई पढाउने, खुवाउने पिवाउने, औषधी उपचार, चाडपर्व लगायतका कार्यमा कसैसँग हात फिँजाउनु परेको छैन । गरेपछि जुन काममा पनि सफलता मिल्छ, निरन्तर काम गरिरहनुपर्छ ।” उनले घिरौँलासँगै स-सानो गोठ बनाएर गाईबाख्रा र कुखुरा पनि पालेकी छन् । ती पशुचौंपायाबाट पनि बर्सेनि राम्रो आम्दानी गर्दै आएको उनले बताइन् । 

यसैगरी, सिद्धलेक गाउँपालिका वडा नम्बर ४ सलाङघाटदेखि पारीपट्टि पाण्डे खोला किनारको ६ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरिरहेका भोजबहादुर मगरातीले पनि  तरकारी खेतीबाट बर्सेनि मनग्ये आम्दानी गरिरहेका छन् । उनले आफ्नो खेतबारीमा सिजन अनुसारको बोडी, टमाटर, भेडी, काउली, करेला, भिण्डी, खोर्सानी लगायतका तरकारी उत्पादन गर्दै आइरहेका छन् । उनले विगत ७ वर्षदेखि थालेको व्यावसायिक तरकारी खेतीको आम्दानीले छोरा छोरी पढाएर राम्रो जागिरमा लगाएका छन् । तीन छोरी र एक छोराका पीता उनी श्रीमतीका साथ प्रायः १२ महिनाजसो खेतबारीमै रमाउने गरेका छन् । उनले तरकारी खेतीकै आम्दानीबाट जेठी छोरीलाई उच्च शिक्षाका लागि जापान पठाएका छन् । माहिली छोरीलाई पशु डाक्टर बनाएका छन्, उनी अहिले सिद्धलेक गाउँपालिकामै कार्यरत छिन् । कान्छी छोरी बल्ल १२ कक्षाको जाँच सकेर थप उच्च शिक्षाका लागि घरमै बसेर आवश्यक तयारीमा जुटेकी छन् । उनका एक मात्र छोरा नेपाली सेनामा जागिरे छन् । 

व्यावसायिक तरकारी खेती गर्नुअघि केही समय वैदेशिक रोजगारमा गएका भोजबहादुरले ‘जहाँ गए पनि श्रम नै गर्नु पर्ने नै रहेछ’ भन्ने बुझेपछि आफ्नै खेतबारीमा रमाउने निर्णय गरि नेपाल फर्किएका थिए । विदेशबाट घर आउनसाथ आफूले व्यावसायिक तरकारी खेती शुरु गरेको उनले बताए । आफूले उत्पादन गरेको तरकारीले बजार र उचित मूल्य नपाउँला कि भन्ने चिन्ता भने नरहेको उनले सुनाए । 

व्यावसायिक तरकारी खेती गरिरहेका भोजबहादुर मगराती

उनले उत्पादन गर्ने तरकारीहरू डोका र थुन्सेमा बोकेर सलाङघाटको झोलुङ्गे पुल हुँदै साना किसान सहकारी संस्थाको बिक्री केन्द्रमा लगेर बिक्री गर्ने गरेको भोजबहादुरले बताए । “सलाङदेखि यता (उनको खेतबारी)तर्फ मोटर हिड्ने पुल छैन, नत्र गाडी नै आएर बारीबाट तरकारी उठाउने थियो । पुल नबनेकाले १० मिनेटको बाटो बोकेर नै जान्छौँ , झोलुङ्गे पुल तरेर सलाङघाटको साना किसान सहकारीमा आफ्नो उत्पादन पुर्याउने गरेका छौँ”, उनले टिपिएका बोडीलाई मुठा बनाइरहेकी आफ्नो जहानतर्फ देखाउँदै भने ।  उनले पनि तरकारीको एक सिजनमा खर्च कटाएर न्यूनतम पनि ३ लाखसम्म आम्दानी गर्ने गरेका छन् । उनी खडेरी र पानीको कुलो अभावसँग यस क्षेत्रमा १९ घरधुरी किसानहरू जुधिरहेको बताउँछन् । “यसपालि लामो खडेरी पर्यो, बोडी राम्रो भएन”, खेतमा बोडी टिप्दै गरिरहेका उनी अगाडि भन्छन्, “यहाँ हामी १९ जना कृषकहरू छौँ, हामी पानीको अभावसँग जुधिरहेका छौँ । साथै, बाँदरले पनि दु:ख दिइरहेको छ । बिहानैदेखि आएन भने एकैछिनमा बाँदरले बोडी खाइदिन्छ”, उनले आफ्नो दुखेसो पोखे । 

पानीको अभावसँग जुधिरहेको भोजबहादुर मगरातीको तरकारी बारी

नक्कले, ज्ञानु र भोजबहादुर मात्रै होइन, सिद्धलेक गाउँपालिका वडा नम्बर ५ मावि खोला किनारमा ५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका ६२ वर्षीय किसान भगीरथ थापा मगरले पनि अर्काको जग्गा भाडामा लिएर बर्सेनि ६ लाख बढी आम्दानी गर्दै  आइरहेका छन् । उनले पनि व्यावसायिक रूपमै घिरौँला खेती नै गर्दै आएका छन् । ६ रोपनी जग्गा ४० हजार वार्षिक भाडामा लिएर घिरौँला खेती गरिरहेका मगरले दुई सिजनमा घिरौँला मात्रको बिक्रीबाट खर्च कटाएर ६ लाख आम्दानी  गर्दै आइरहेका छन् । उनले पनि घिरौँला खेतीबाट गरेको आम्दानीले घर बनाउनुका साथै केही खेती पनि खरिद गरेका छन् । असारमा सोही जग्गामा धान खेती गर्ने उनले बताए । राम्रो धान उत्पादन हुने भएकाले सोही खेतबाट उत्पादन हुने धानले परिवारका सबै सदस्यलाई आरामले भात खान पुग्ने गरेको उनले बताए । “भात खानकै लागि बजारबाट चामल खरिद गर्न नपर्दा पनि बर्सेनि ठूलो खर्च  जोगिएको  छ ।  घिरौँलाबाट तरकारी एवं नूनतेलको जोहो भइरहेकै छ”, उनले भने । 

६२ वर्षीय किसान भगीरथ थापा मगर

उनलाई व्यावसायिक तरकारी खेतीमा छोराबुहारी सहित परिवारका सबै सदस्यले साथ दिने गरेका छन् । त्यसो गरिदा खेतबारीमा काम गर्नका लागि बाहिरको जनशक्ति लगाउनु नपरेको उनले बताए । बाहिरको जनशक्ति लाउनु नपर्दा पनि खर्च जोगिएको उनले बताए । मगरले आफ्नो शरीरले साथ दिएसम्म व्यावसायिक तरकारी खेतीलाई निरन्तरता दिने बताए । साथै, उनले पछिल्लो समय गाउँघरबाट युवा जनशक्ति पलायन भइरहेको प्रति भने चिन्ता व्यक्त गरे । मेहनत गरि पसिना बगाए आफ्नै घरको खेतबारीमा हिरामोती फलाउन सकिन्छ भन्ने चेतना स्थानीय सरकारले गाउँगाउँमा फैलाउन जरुरी भइसकेको उनले बताए । “स्थानीय पालिकाले युवा किसानहरूलाई प्रोत्साहन हुने खालका कार्यक्रमहरू ल्याउन सकेमा खेतबारीमा छोरा-नातीपुस्ता रमाएर काम गरेको देख्न पाइन्थ्यो कि ?”, उनले भने । 

६२ वर्षीय किसान भगीरथ थापा मगर

यसैगरी, सिद्धलेक गाउँपालिका वडा नम्बर ४ नेवाटार (सलाङघाटको ठयाक्कै पारि) का ४५ वर्षीय श्रवणप्रसाद रुपाखेतीले पनि व्यावसायिक तरकारी खेती र पशुपालनबाट राम्रो प्रगति गरेका छन् । भिण्डी, करेला, काँक्रो, बोडी, खोर्सानी लगायतका तरकारी बाली व्यावसायिक रूपमै लगाउँदै आइरहेका उनको बारीमा यतिबेला भिण्डी उत्पादन भइरहेको छ । “यसपालि खडेरीले खाइदियो, नत्र हरेक दिन दुई थुन्से निकाल्न सकिन्थ्यो”, बादल नभएको जेठको आकाश हेर्दै अनुहारको पसिना पुछिसकेर उनले भने ।

रुपाखेतीले तरकारी खेतीका लागि प्राङ्गारिक(गोबर) मल बढी प्रयोग गर्ने गरेकाले घरमै भैँसी र बाख्रा पालन पनि गर्दै आइरहेका छन् । उनले भैँसीको दुग्ध र मासुका लागि खसी बिक्री गरेर वर्षको २ लाख ५० हजारसम्म आम्दानी गर्ने गरेका छन् । तरकारी खेतीबाट पनि खर्च कटाएर वार्षिक सरदर ३ लाख जति आम्दानी हुने गरेको उनले सुनाए । तरकारी खेती र पशुपालन व्यवसायबाट भएको आम्दानीले छोराछोरी पढाउने देखि लिएर घर परिवारमा आइपर्ने आर्थिक समस्याहरू हल गर्ने हैसियत उनले पनि बनाइसकेका छन् । 

व्यावसायिक तरकारी खेती गर्दै आइरहेका श्रवणप्रसाद रुपाखेती

उनका अनुसार सो क्षेत्रमा व्यावसायिक रूपमा तरकारी खेती गर्ने किसानहरूको घरधुरी सङ्ख्या १५० भन्दा बढी  रहेको छ । आफू सहित सो क्षेत्रका किसानहरूमा उत्पादन भएको तरकारी बिक्री नहोला भन्ने चिन्ता नै छैन । तर बढीभन्दा बढी तरकारी कसरी उत्पादन गर्ने, उत्पादकत्व कसरी बढाउने र सिँचाईका लागि पानीको जोहो कसरी मिलाउनेको मात्र चिन्ता हुने गरेको रुपाखेती बताउँछन् । “पालिकाले सिचाईका लागि पानीको कुलो निर्माण गरिदिन्छौं भनेको थियो, तर हालसम्म काम अघि बढेको छैन । पानी पर्याप्त हुने थियो भने हामी ठ्याक्कै डबल उत्पादन निकाल्न सक्नेथियौँ”, उनले भने । रुपाखेती तल बगिरहेको त्रिशूली नदीको पानीलाई आफ्नो खेतबारीसम्म ल्याइदिन पालिका तथा वडाले सहयोग गरिदिओस् भन्ने जोडदार माग समेत गर्दछन् ।

सिद्धलेक गाउँपालिकाको बुङचुङमा रहेको शाखा कार्यालय र सलाङघाटमा मुख्य कार्यालय रहेको साना किसान सहकारी संस्था लिमिटेड (सलाङ)मा आबद्ध भएका १ हजार ५ सय बढी किसानले एक सिजनमा मात्रै तरकारी बिक्री गरेर न्यूनतम २ लाख र अधिकतम १० लाखसम्म सहकारीबाट भुक्तानी लिने गरेको सहकारीका व्यवस्थापक हरिनारायण श्रेष्ठले बताए । तरकारी खेतीबाटै सिद्धलेकका सयौँ किसानहरूले  आर्थिक क्रान्ति  थालेको उनले बताए । 

साना किसान सहकारी संस्था लिमिटेडका व्यवस्थापक हरिनारायण श्रेष्ठ

उनले कृषिजन्य तथा पशुजन्य उत्पादित वस्तु खरिद-विक्री न्यूनतम समर्थन मूल्य उपसमितिको सिफारिसमा सन्चालक समितिको निर्णयअनुसार न्यूनतम समर्थन मूल्य तोकिएकाले अन्यत्र सरह कृषक मर्कामा नभएको बताए । “तरकारी तथा फलफूलको जातअनुसार प्रति के.जी. न्यूनतम समर्थन मूल्य तोकेका छौँ । हिउँदे (श्रावनदेखि पौषसम्म) र वर्षे (माघदेखि असारसम्म)  गरेर तीन वटा ग्रेड: ए ग्रेड, बि ग्रेड र सी ग्रेड तोकेका छौँ । जसअनुसार, हामीकहाँ ल्याइसकेपछि सी ग्रेडकै भएपनि न्यूनतम १० रुपियाँ पाउनुहुन्छ”, उनले भने  ।

श्रेष्ठका अनुसार सहकारीले २० जातका तरकारी क्रमश: गोलभेंडा, लौका, करेला, भेन्डी, बोडी प्रकाशे, सिमी, घिरौँला सेतो, अम्बा, काक्रो लोकल, फर्सी, चिचिन्डा, पिरो खुर्सानी, काउले, बन्दा, घिरौँला हरियो, मुला, भान्टा, कागती (चस्मे), सुन कागती र् अकबरे खुर्सानीको ग्रेडअनुसार मूल्यसूची तोक्दै आएको छ । उक्त मूल्य सम्झौता गर्न इच्छुक सदस्यहरूलाई ताजा तरकारी बजार मूल्यमा तरकारी बिक्री गरि संस्थाले बिक्रीमा हुने खर्च प्रति के.जी. रो. ७ कटाई बाँकी रहेको रकम खातामा जम्मा गर्ने व्यवस्था गरेको छ । संस्थाले किसानहरूकहाँ पुगी जग्गाको उपभोग र उपयोग, कृषि सामग्री र औजार उपलब्धता, माटो परीक्षण, कृषि बजारसम्मको पहुँच, बीउबिजन र मल जस्ता अत्यावश्यक कृषि सम्बन्धि प्राविधिक सहयोगहरू पनि गर्दै आइरहेको उनले बताए । “त्यति मात्रै नभई सहकारीमा शेयर सदस्य भएका किसानलाई अनुदानदेखि बोनस दिने, माग भए अनुसारका आवश्यक कृषि औजार वितरणसम्मको काम समेत गर्दै आइरहेका छौँ’, उनले भने । 

कृषकहरुको क्षमता अभिवृद्धि तथा सीप विकास गर्ने उद्देश्यका साथ् बेलाबेलामा सिद्धलेक गाउँपालिकाले गर्दै आइरहेको तालिम एवं आवश्यक सहयोगले किसानहरूमा व्यावसायिक तरकारी खेतीप्रति उत्साह वृद्धि हुँदै गएको उनले जनाए । 

Share3Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी
एग्रिकल्चर र फार्म टुर

साउन २९, २०८२
पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक
एग्रिकल्चर र फार्म टुर

पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक

बैशाख २, २०८२
रैथाने खेतीको चर्चा: सलाङबाट हरायो सिङ्गो देशले खाएको बदाम
एग्रिकल्चर र फार्म टुर

रैथाने खेतीको चर्चा: सलाङबाट हरायो सिङ्गो देशले खाएको बदाम

मंसिर २०, २०८१
मह किसानको समस्या अध्ययन गर्न समिति गठन
अन्य

मह किसानको समस्या अध्ययन गर्न समिति गठन

अशोज ७, २०८१
तनहुँमा परीक्षणका रूपमा स्ट्रबेरीखेती
एग्रिकल्चर र फार्म टुर

तनहुँमा परीक्षणका रूपमा स्ट्रबेरीखेती

अशोज ४, २०८१
तीन हजार नौ सय मिटर उचाइमा स्याउ खेती हुन थाल्यो
एग्रिकल्चर र फार्म टुर

तीन हजार नौ सय मिटर उचाइमा स्याउ खेती हुन थाल्यो

अशोज ४, २०८१
Load More
Next Post
चुरे-तराई मधेश संरक्षण समितिका कारण जनता बाल्टी बोकेर माइतीघर आउन बाध्य – पाठक

चुरे-तराई मधेश संरक्षण समितिका कारण जनता बाल्टी बोकेर माइतीघर आउन बाध्य - पाठक

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions