काठमाडौं: एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर नेपाली क्रिकेट टोली आज नेपाल फर्किएको छ । नेपाली खेलाडीहरूले पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएका हुन्, जहाँ उनीहरूले विश्व क्रिकेटका महारथि देशहरूसँग खेलेका थिए ।
खेलाडीलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसहित क्रिकेट समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरूलाई बाजागाजासहित दोसल्ला र माला लगाएर स्वागत गरिएको थियो ।
प्रतियोगितामा नेपालले पहिलो खेल मुल्तानमा एकदिवसीय क्रिकेटको शीर्ष टोली पाकिस्तानसँग खेलेको थियो भने दोस्रो खेल श्रीलङ्काको क्यान्डीमा भारतसँग खेलेको थियो । दुवै खेलमा पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिनपुगेको थियो ।




























































Discussion about this post