रुपन्देही: रुपन्देहीको बुटवलमा प्रथम कृष्ण जन्माष्टमी जिल्ला स्तरीय स्कुल तथा खुला टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।
बुटवल टेबल टेनिस क्लबको आयोजनामा बुटवल ११ ओलीपथ स्थित कभर्डहलमा भदौ १९ र २० गते प्रतियोगिता हुने भएको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष धिरेन्द्र तुलाधरले खुला तथा विद्यालयका गरी तीन सय भन्दाबढी खेलाडीको सहभागिता रहने जानकारी दिए ।
विभिन्न ११ विधामा हुने प्रतियोगितामा डबल्स तथा सिंगल्स प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा खुलातर्फ विजेताले नगद ५ हजार राशिसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता र तृतीय हुनेले क्रमशः तीन हजार र दुई हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
विद्यालय स्तरका प्रतिस्पर्धामा पनि विजेता तथा उप विजेताहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।




























































Discussion about this post