काठमाडौं: म्यानमारविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ ।
म्यानमारको यांगुनमा हुने दुवै खेलको लागि मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
फिफा विन्डोअन्तर्गत नेपालले म्यानमारसँग सेप्टेम्बर ८ र ११ मा दुई खेल खेल्दैछ । यसपटक आशिष गुरुङ, अन्जन राई, छिरिङ लामा, उत्सव राई, हिसुब थपलिया, जिलेस्पीजंग कार्की र कृतिशरत्न छुञ्जु पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।
को को छन् टिममा ?
गोलकिपर : किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल
डिफेन्डर : सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, छिरिङ लामा
मिडफिल्डर : एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिशरत्न छुञ्जु
फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया




























































Discussion about this post