English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

आँसु र हाँसोको सङ्गम पर्व भक्तपुरको सापारु

टुरशाला by टुरशाला
भदौ १४, २०८०
in जात्रा/पर्व
A A
0
2
SHARES

भक्तपुरः मृतकको आत्मशान्तिको कामना गर्दै हाँस्यव्यङ्ग्य र ख्याल ठट्टासहित बिहिबार भक्तपुरका नेवार समुदायले धूमधामका साथ सापारु (गाईजात्रा)पर्व मनाइँदै छ ।

धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुर नगरमा मुलुकका अन्य भागमा मनाउनेभन्दा विशेष र मौलिक शैलीमा मनाउने गरिन्छ ।

भक्तपुरमा गाईजात्रालाई आँसु र हाँसोको सङ्गम पर्वका रूपमा लिइन्छ । शोकलाई हाँसोमा परिवर्तन गर्ने प्रतिकात्मक अर्थ र सन्देश बोकेको पर्वका रूपमा भक्तपुर नगरको गाईजात्रालाई लिइन्छ ।

मृतकका घरबाट गाई निकाल्दा आफन्त मृतकको सम्झनामा रुनुपर्ने परम्परा एकातिर छ भने अर्कोतर्फ विभिन्न खालका हाँस्यव्यङ्ग्य र ख्यालठट्टासहितका झाँकी नगर परिक्रमा गरी भक्तपुरमा गाईजात्रा मनाइन्छ ।

भक्तपुरको गाईजात्रा हेर्न उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती र विदेशीसमेत हजारौँको सङ्ख्यामा हेर्न आउने गर्दछ । त्यसैले भक्तपुरको गाईजात्रा विदेशमा समेत प्रख्यात छ ।

भक्तपुरमा गाईजात्राको औपचारिक सुरुबाट जनैपूर्णिमाको साँझ नै गरिन्छ । जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा सुरु हुन्छ ।

जनैपूर्णिमाको साँझ सुरु भए पनि सर्वसाधारणले मुख्य रूपमा भाद्रशुक्ल प्रतिपदाको दिन सापारु मनाइन्छ । भक्तपुरमा सर्वसाधारणले मृतकको सम्झनामा गाईजात्रा निकाल्नुअघि प्रतिपदाको दिन सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको र अन्त्यमा साँझ तमारीस्थित भैरवनाथको गाईजात्रा निकाल्ने परम्परा छ ।

भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो । अर्को आकर्षण मृतकको सम्झनामा नगर परिक्रमा गरिने ताहासा (तहामचा)हो । घिन्ताङघिसी नाचसँगै ताहासालाई परिक्रमा गराए मृतकलाई स्वर्ग जाने बाटोमा भएका अप्ठ्यारो हट्ने जनविश्वास छ ।

घिन्ताङघिसी धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त ताल र लयमा गोलाकार काठको लट्ठी एक आपसमा जुधाएर नाचिने नाच हो । यो नाच समूहमा नाचिने भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ । घिन्ताङघिसीमा बच्चादेखि वृद्धसमेत सहभागी हुन्छन् ।

ताहासा चार वटा बाँसबाट बनाइन्छ । हरियो करिब १५ फिट लामो चार वटा बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर त्यसलाई कपडाले बेरेर ताहासा बनाइन्छ । ताहासाको शिरमा गाईको चित्र राखी महिला र पुरुषको सङ्केत जनाउन कपडाले बेताली बाँधिन्छ । त्यसमा परालको सिङ र सिङमाथि पलेस्वाँ लप्ते (कमलको फूलको पात), चोबो (कपाल जस्तो देखिने)मयुरको पङ्खा र रङ्गीचङ्गी फूलले सजाइन्छ । टाउको दुई छेउमा सिङसँगै पतचा (रङ्गिन माथि गोलाकार तर झन्डा जस्तो देखिने ं सजाइन्छ । द्योःगाचा अष्टमातृकाको प्रतीक खास्तो, दुई वटा लामो पटुका राखी छाता ओढाइन्छ । ताहासाको बिचमा जामाचा लगाइन्छ । अगाडि पछाडि मृतकको र भगवानको तस्बिरसँगै ऐना राखिन्छ ।

भक्तपुरका कुमालेले भने मृतकको आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउँछन् । कुमालेको पुर्ख्यौली पेसा माटाका भाँडा बनाउने भएकाले उनीहरूले आफ्नै मौलिक पुर्ख्यौली पेसाअन्तर्गतको माटोको आकर्षक गाई बनाएर परिक्रमा गराइने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउछन ।

गाईसँगै मृतकको स्मृति झल्काउने करुण रसप्रधान गीति लीला, रामायण र श्रीकृष्णा लीला पनि प्रदर्शन गरिन्छ । केटाकेटीलाई आकर्षक तवरले महादेव९पार्वती, राधाकृष्णका रूपमा शृङ्गारी बाजागाजाका साथ वासा लुइके गरेर परिक्रमा गराइन्छ ।

गाईजात्रा निकाल्नुअघि ताहासा, डोको, राधाकृष्ण, महादेव पार्वतीलगायत मृतकको प्रतीक सङ्केत जनाउने, गाईलाई सगुन दिन मृतकको छोरी र किरियापुत्रीलाई पण्डितले पूजा सङ्कल्प गराई श्राद्धकर्मको विधि विधान पुरा गरी गौदान गराइन्छ । यो बेलामा मृतकका घरपरिवारका महिला रुने परम्परा छ ।

नेवार समुदायमा सगुन दिँदा रुनु भनेको मृतकप्रतिको सम्मानका रूपमा लिइन्छ । सगुन पूजा सकेपछि काँचो सानो केराउ, नास्पाती, काँक्रोलगायत फलफूल र दही चिउरा टोल छरछिमेकमा बाहिर बसेकालाई बाँडिन्छ । बाँसको नोल लगाएर ताहासालाई मृतकका आफन्तले काँधमा बोकेर अगाडि पछाडि पटुका समातेर परिक्रमा गराइन्छ । परिक्रमा गराउँदा ताहासामा मृतकको तस्बिरले जात्रा हेर्न आएकालाई कसको ताहासा निकालेको स्पष्ट हुन्छ ।

परिक्रमा गर्दा किरिया पुत्र, छोरीहरू र मृतकका परिवारका अन्य सदस्य हातमा धूप बालेर जाने परम्परा छ । यसरी गाईलाई परिक्रमा गराउँदा मृतकका परिवारले र स्थानीयले आफ्नो गच्छेअनुसार मालपुवा स्वारी, फलफूल, बिस्कुट, दक्षिण, हरियो केराउ, काँक्रो, नास्पाती र जुस दान दिने परम्परा छ ।

भक्तपुरमा मृतक महिला, पुरुष र बालबालिका को हो, त्यसको स्पष्ट सङ्केत दिने गरी गाईजात्रा निकालिन्छ । मृतक बच्चा हो भने डोको, महिला हो भने रातो निलो कपडामा सारी र हाकुपटासीसहितको ताहासालाई परिक्रमा गराइन्छ । पुरुष हो भने सेतो कपडाले बेरेको हुन्छ । गर्भवतीको हो भने गाईसँगै अलि तल सानो गाई बनाएर लाने परम्परा छ । त्यसैगरी एकापरिवारको दुई सदस्यको मृत्यु भयो भने एउटै ताहासामा तल अर्को सिंङ राखेर मृतकको तस्बिरसहित काखमा राखेर लाने परम्परा छ ।

गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई परिक्रममा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतकका आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने धार्मिकविश्वासले गाईजात्रा निकाल्छ ।

भक्तपुरमा स्थानीय लाकोलाछे टोलबाट भैरवनाथको र खँलाबाट नकिन्जु अजिमाको ताहासा निकालेपछि गाईजात्रा सम्पन्न गरिन्छ । भैरवको ताहासा निकाल्दा स्थानीय टोलमा वर्ष दिन दिवङ्गत भएका सबैको ताहासा भैरवको ताहासासँगै लाने चलन छ । भैरवनाथको ताहासालाई परिक्रमा गराउँदा तमारी, दरबार स्क्वायर र तचपालमा तीन तीन पटक परिक्रमा गराइन्छ । अन्तमा भैरवनाथको ताहासा चुपिङघाटस्थित पुलमा लगेर ताहासा बिगारी पराल हनुमन्ते नदीमा सेलाउने परम्परा छ ।

भक्तपुरमा गाईजात्रा कृष्णाष्टमीसम्म नौ दिन आठ रात मनाइन्छ । प्रतिपदाको दिनभरि अन्य दिन साँझ विभिन्न झाँकीसहितको घिन्ताङघिसी नाच निकालेर सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ ।

गाईजात्राकै अवसरमा भक्तपुरमा भाद्रकृष्ण अष्टमीसम्म नगरका देवीदेवता दत्तात्रय, भैरव, भिमसेन, बाराही, कृष्णको खट जात्रा गरिन्छ । भक्तपुरमा डबली डबलीहरु माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी प्याखं, भैल प्याखं, भालुचा प्याखं, रामायण, लुसीचा प्याखं, खिचा प्याखं लगायतका नाच प्रदर्शन गर्ने प्रचलन छ ।

शोक र उल्लासको सङ्गमका रूपमा मनाइने गाईजात्रा पर्वलाई काठमाडौँका राजा प्रतापमल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लको पालादेखि बाजागाजाको संस्कार थालिएको प्रा डा श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार लिच्छवीकालमा रमाइलोका लागि गोरु जुधाउने परम्परा थियो । अनन्तलिङ्गेश्वरको अभिलेखमा गो युद्ध उल्लेख छ । गोरु जुधाएर रमाइलो गर्ने र मृत्यु संस्कारमा गाईजात्रा गर्ने चलन पूर्व मध्यकालमा सुरु भएको श्रेष्ठको भनाइ छ ।

गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किंवदन्ती भए पनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन । मल्लकालमा नेपाल मण्डल विशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रूपमा विकास भएको प्रा डा श्रेष्ठ बताउछन । नेवार समुदायमा भक्तपुरको गाईजात्रा भिन्न र विशेष खालको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर प्रमुख कारण भएको प्रा डा श्रेष्ठ बताउछन ।

किंवदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपश्चात् रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा कसै न कसैको मृत्यु भएको छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन सुरु भएको मानिन्छ । यतिले रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्यव्यङ्ग्य, ख्यालठट्टा प्रदर्शन गर्न राजाले आदेश दिएबमोजिम गाईजात्राका अवसरमा हाँस्यव्यङ्ग्य प्रदर्शन गरिन्छ ।

प्रा डा श्रेष्ठ भने राजा जयस्थिति मल्लभन्दा पहिल्यै भक्तपुरमा गाईजात्रा मनाउँदै आएको दाबी गर्छन । राजा जयस्थिति मल्लले सम्पादन गरेको गोपालवंशालीमा साँःयात भन्ने उल्लेख भएको प्रमाण प्रस्तुत गर्दै लिच्छवीकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छवीकालमा पनि गाईजात्रा मनाइन्छ भन्ने मान्न सकिने उनको भनाइ छ । उनले विक्रमको १४औँ शताब्दीभन्दा अगाडि लिच्छवीकालको अन्त्यतिर गाईजात्रा पर्व सुरु भएको मान्न सकिने आधार भएको बताए।

त्यसैगरी भक्तपुरमा तान्त्रिक विधिले गर्ने भएकाले यहाँको गाईजात्रा अन्य स्थानको भन्दा भिन्न र मौलिक शैलीको भएको संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताए । “भक्तपुर तन्त्र विद्यायुक्त सहर हो । यहाँका हरेक सांस्कृतिक परम्परा तान्त्रिक विधिपूर्वक मनाइन्छ”, उनले भने, “भक्तपुरमा प्रत्येक पाइला पाइलामा तान्त्रिक शक्ति छ, त्यही शक्तिको आधारमा यहाँ गाईजात्रा मनाइन्छ ।”

भक्तपुर नगर तन्त्रका आधारमा स्थापित भएको र त्यही आधारलाई मानेर मृतकको नाममा ताहासा, दोसाँ, महादेव पार्वती, वासा लाकेगुलगायत गरी नगर परिक्रमा गराइने परम्परा रहेको राजोपाध्यायले बताए ।

गरुडपुराणमा मानिसको मृत्यु भएपछि ११ दिनमा वृषसर्ग गर्नुपर्ने परम्परा छ । त्यस दिन मृतक परिवारले जिउँदो गाई र त्यसका लागि आवश्यक जग्गा दान दिए मात्र मृतकको आत्मा शान्ति हुन्छ भनेको छ ।

जग्गा र गाईदान गर्ने विकल्प खोज्दै जाँदा वृषसर्ग कर्म नगरे पनि स्वर्गको ढोका खोल्ने भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा निकाल्दा मृतकले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छन् भने धार्मिक विश्वास भएर नेवार समुदायले यो पर्व मनाउन थालेको अर्को संस्कृतिविद् ओम धौभडेलले बताए । शोक र मृत्युसँग सम्बन्धित यस जात्रामा मध्यकालदेखि नै हाँस्यव्यङ्ग्य र ख्यालठट्टा सुरु भएको उनले बताए।

“प्रारम्भमा गाई यात्राका रूपमा रहेको यो पर्व मध्यकालमा गाईजात्रा भएको हो । पहिला गाईलाई नगर परिक्रमा गराए मृत्यु संस्कार पूरा हुन्थ्यो पछि गाईसँगै विभिन्न बाजागाजा पनि राखियो त्यसपछि यात्राबाट जात्रामा परिणत भएको हो,” धौभडेलले भने ।

पात्रोअनुसार जनैपूर्णिमा र गाईजात्रा भदौ १४ गते एकै दिन परे पनि नगरपालिकाले सरोकारवाला र तलेजुका पुजारीसँग छलफल गरी भदौ १३ जनैपूर्णिमा र १४ गते सापारु मनाउने निर्णय गरिएको हो ।रासस

Share1Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

घटस्थापना विशेष परम्परा कायम: चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो
इतिहास/संस्कृति

अशोज १७, २०८१
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

स्वयम्भूमा एक महिनासम्म लाग्ने ‘गुँला पर्व’ सुरु
जात्रा/पर्व

साउन २१, २०८१
सुनसरी–मोरङमा ग्रामथान मेला भर्न सर्वसाधारणको भिड
जात्रा/पर्व

सुनसरी–मोरङमा ग्रामथान मेला भर्न सर्वसाधारणको भिड

बैशाख १७, २०८१
२८ वर्षीय सुजनले दोस्रोपटक छेडे जिब्रो
इतिहास/संस्कृति

२८ वर्षीय सुजनले दोस्रोपटक छेडे जिब्रो

बैशाख २, २०८१
जलमूखी (ज्वालामूखी) माईका दुई थरि जात्रा: कार्तिक पूर्णिमा र फागु पूर्णिमाको मेला
इतिहास/संस्कृति

जलमूखी (ज्वालामूखी) माईका दुई थरि जात्रा: कार्तिक पूर्णिमा र फागु पूर्णिमाको मेला

फाल्गुन ६, २०८०
Load More
Next Post
संविधान दिवस तीन दिन मनाइने

संविधान दिवस तीन दिन मनाइने

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions