न्युजिल्यान्ड: स्पेन फिफा महिला विश्वकप फुटबल २०२३ को फाइनलमा पुगेको छ । स्वीडेनलाई २–१ ले पराजित गर्दै स्पेन महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा प्रवेश गरेको हो ।
न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको खेलमा स्पेनको जितमा साल्मा पारालुएलो र ओल्गाले गोल गरेकी हुन् । खेलको ८१औं मिनेटमा साल्माले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाइन् भने ८८औं मिनेटमा स्वीडेनकी रेविका रेविकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । उनले लिना हुर्टिगको पासमा गोल गर्न सफल भइन् । त्यसको एक मिनेटपछि नै ओल्गाले सुन्दर गोल गर्दे स्पेनलाई २–१ को जित दिलाएर फाइनलमा पुर्याइन् ।
अब स्पेनले उपाधिका लागि २० अगस्टमा इंग्ल्यान्ड र आयोजक अष्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको सेमिफाइनल भोलि हुनेछ । सुरुवाती ६ संस्करणमा अनुपस्थित स्पेन सातौं संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो । तर, यसपटक स्पेनले सानदार प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल भयो ।




























































Discussion about this post