English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

हिमालका केही कथा: शोकदेखि विजयसम्म

टुरशाला by टुरशाला
साउन २६, २०८०
in यात्रा संस्मरण, हिमाल आरोहण
A A
0
11
SHARES

छिरिङ ङ्योदुप लामा

साहसिक पर्यटनका क्षेत्रमा सगरमाथा अग्रस्थानमा पर्दछ । खुम्बु तिरका शेर्पाहरूका लागि सगरमाथामा हातमुख जोड्ने बाटो त हो नै सँगसँगै,  बयानै गर्न नसकिने कष्टैकष्टको भण्डार पनि हो ।

उत्तरपूर्वी नेपालको दुर्गम हिमाली सहर नाम्चे बजारमा एउटा काठको बेन्चमा बसेर मैले खाना पकाउने ग्याँसका सिलिन्डर बोकेर मुलबाटो तिर लम्कँदै गरेका खच्चरका लस्करलाई नियालेँ ।

घाम डुब्नै लागिसकेको थियो । सफा आकाशलाई हेर्दा पश्चिमतिरबाट सहरलाई घेर्ने कोङ्गदे री अनि त्यस्तै पूर्वबाट घेर्ने थामेसेर्खु छर्लङ्गै देख्न सकिन्थ्यो ।

हिमाली दृश्य शेर्पा समुदायको बाहुल्यता रहेको नाम्चे बजार, जसलाई खुम्बु क्षेत्रको प्रमुख केन्द्र नै मानिन्छ © एडिसर्न फाइनडे चुटिकाकोर्न/गेटि इमेजेज्

नाम्चे बजार ‘सगरमाथाको घर’ भनि चिनिने खुम्बु क्षेत्रकै सबैभन्दा ठूलो सहर हो । यहीँका बासिन्दा तेन्जिङ नोर्गे शेर्पाले एड्मन्ड हिलारीसँग पहिलोपटक सगरमाथामा पाइला टेकेदेखि नै यो क्षेत्र पर्यटन क्षेत्रमा सशक्त बनेको हो ।

उक्त ऐतिहासिक आरोहण यता यहाँका कैयौँ शेर्पाहरूले अन्य आरोहणमा भरिया, भान्सेदेखि लिएर पथप्रदर्शकजस्ता भुमिका निर्वाह गरिसकेका छन् । शेर्पा समुदायले नेपालको हिमाल आरोहण तथा ट्रेकिङका क्षेत्रमा पुर्‍याएको योगदानका कारण ‘शेर्पा‘ शब्द आजको दिनमा पर्वतारोही समूहको पर्यायका रुपमा चिनिन्छ ।

विदेशी आरोही एवम् सौखका लागि बिदामा घुम्न आउनेहरूका कारण छायाँमा परेका शेर्पाका कथाहरूलाई म दुनियाँलाई सुनाउन चाहन्थेँ ।

एभरेष्ट बेसक्याम्प लुक्लामा अवस्थित तेन्जिङ हिलारी एअरपोर्टमा अवतरण गर्दै गरेको सानो विमान © डाक्टर जे/गेटि इमेजेज

पर्वतारोहिहरूका लागि उपयुक्त सहर

नाम्चे पुग्ने सबैभन्दा लोकप्रिय माध्यम भनेको काठमाडौंबाट लुक्लामा रहेको तेन्जिङ हिलारी विमानस्थल (२,८६० मि)का लागि उड्ने सानो प्रोपेलर प्लेन हो । केवल ५२७ मिटर लामो रनवे रहेको यस विमानस्थललाई दुनियाँकै सबैभन्दा खतरनाक विमानस्थलका रुपमा पनि चिनिन्छ ।

रनवेको दक्षिणतर्फ रहेको ६०० मिटर गहिराईको ठाडो भिर अनि उत्तरतिरको त्यस्तै ठाडो पहाडले पाइलटलाई सानोभन्दा सानो त्रुटिको समेत मौका दिँदैन । यस भेगमा कतै मोटर गुड्ने बाटा छैनन् अर्थात् यताउती गर्न खुट्टा बलिया पार्नुको विकल्प छैन । लुक्लादेखि नाम्चेसम्म तल र माथि, दायाँ अनि बायाँ गर्दै फैलने १९ कि.मि. लम्बाई भएको घुमाउरो ट्रेकिङ मार्गअन्तर्गत घना सल्ला र गुराँसले ढाकेका तारेभिर देखि समथर शेर्पा बस्ती पर्दछन् ।

बाथरुममा लगाउने टाइलदेखि खाने चामलसम्म काठमाडौंबाट जहाजमा हालेर ल्याइ भरिया र जनावरका पिठ्युँका भरमा घरघर पुर्‍याउनुपर्ने यो सहर मैले नपत्याउँदो ढङ्गले सुविधासम्पन्न पाएँ । सहरका साँघुरा गल्लीहरूमा लस्करै रहेका क्याफेहरूमा क्यापुचिनोदेखि लिएर ताजाताजा पेष्ट्रीसमेत पाइन्छन् । त्यस्तै, रेष्टुरेन्टहरूमा पनि पिज्जा, बर्गर, बिर्यानी, पुटिन इत्यादी सजिलै पाइन्छ । बैंकदेखि लिएर क्लिनिकजस्ता अत्यावश्यक सेवा पनि उपलब्ध छन् यहाँ । नक्कली नर्थ फेसका साथसाथै औसत नेपालीको दुई महिनाको कमाईले समेत नभ्याउने नम्बरी ज्याकेट पनि यहाँका दोकानहरूमा भेटिन्छन् ।

लुक्लादेखि नाम्चेसम्म तल र माथि, दायाँ अनि बायाँ गर्दै फैलने १९ कि.मि लम्बाई भएको घुमाउरो ट्रेकिङ मार्ग अन्तर्गत घना सल्ला र गुराँसले ढाकेका तारेभिरदेखि समथर शेर्पा बस्ती पर्दछन् © मोनिका देउपाला/लोनली प्लानेट

शेर्पा बारिस्ताका संचालक पासाङ्ग छिरिङ्ग शेर्पा भन्थे, “लुक्ला एअरपोर्टमा सामान झरेपछि तिनलाई माथि ल्याई पुर्‍याउन भरिया र खच्चरको व्यवस्था गर्नुपर्छ । नाम्चेमा गरिखान सजिलो छैन तर, हाम्रा बाले गुजारा गर्न जति संघर्ष गर्नुपर्‍यो, त्यसको तुलनामा त यो केहि पनि होइन ।” उनको क्याफेमा स्वादिलो ब्लुबेरी पाई र चकलेट मड केक पनि पाइने रहेछ । पासाङ्गका बाले पनि उ बेलाका आफ्ना दौँतरीहरूले झैँ भारी बोक्ने काम गर्ने गरेका रहेछन् ।

“त्यतिबेला पैसाको मुख देख्न भारी बोक्नुको विकल्प थिएन । त्यही दु:खले जोडेको सम्पत्तिकै आधारमा आज तपाईं हामीले देखेको नाम्चे उभिएको छ,” उनले भने ।

शेर्पा बारिस्ताका संचालक पासाङ्ग छिरिङ्ग शेर्पा © मोनिका देउपाला/लोनली प्लानेट

कुनैबेला पर्वतारोहण नै यस सहरको गरिखाने माध्यम रहेकोमा आजभोलिका नयाँ पुस्ताले भने यसै उद्योगभित्र पनि लाभान्वित हुने अरू मार्ग पहिल्याइसकेका छन् । उदाहरणका लागि होटल, लजको व्यवसायलाई लिन सकिन्छ । यो व्यवसाय लाभदायक मात्र नभई सुरक्षित पनि छ ।

हिमालको गहिराइमा

नाम्चेमा दुई दिन बिताएर म थामेतेङ्ग गाउँतर्फ पदयात्रामा निस्किएँ । बाटो सुरुमै ठाडो उकालो भएर जाने रहेछ । अलि माथि पुगेपछी गुराँसका अग्ला रुख सकिएर जुनिपरका लामा-लामा हरिया लहरा देखिन थाले । म हिँड्दाहिँड्दै रुख भेटिने ठाउँको अन्त्यतिर पुग्न लागेछु ।

म खासमा आङ्ग निमि शेर्पालाई भेट्ने आशमा त्यसतर्फ जाँदै थिएँ । पर्वतारोहणले पहिलैदेखि खुम्बुवासिलाई रोजगारी त दिँदै आएको छ तर, उनीहरूले त्यसको ठुलै मूल्य पनि चुकाउनुपरेको छ । सगरमाथा आरोहण गर्ने क्रम सुरू भएदेखि यताको १०० वर्षजतिमा जम्मा ३१२ जनाले ज्यान गुमाइसकेका छन् । तीमध्ये ९९ अर्थात् झण्डै एक तिहाई सङ्ख्या शेर्पाहरूकै रहेको छ ।

अप्रिल २०१४ मा खुम्बुमा आएको भीषण हिमपहिरोमा परि ज्यान गुमाएका सोह्रजना शेर्पामध्ये आङ्ग निमिका श्रीमान् पनि थिए । चार सन्तानका पिता उनले आफ्नो मृत्युको समयसम्म आरोहण निर्देशकका रुपमा ६ वर्ष काम गरिसकेका थिए ।

ठाडा ठाडा भीरमाझ अवस्थित थामेतेङ्ग गाउँ © मोनिका देउपाला/लोनली प्लानेट

म थामे गाउँ (३८०० मि) आइपुगेँ । म त्यो रात त्यहीं बिताउँदै थिएँ । समथर उपत्यकामा फैलिएको त्यो गाउँ कोङ्गदे रि (६,१८७ मि) र टेकाङ्गपोचे (६,५५० मि) हिमालका फेदमा अवस्थित छ । थामेदेखि थामेतेङ्ग केवल २० मिनेटको पैदल दुरिमा रहेको छ ।

थामे र थामेतेङ्ग गाउँ छुट्याउने पहाडको टुप्पोमा पुगेपछी मलाई त्यहाँ कामीरिता शेर्पा भनिने एक जनाले आङ्ग निमिको घर जाने बाटो देखाइदिए । ४० वर्षीय कामीरिताले १६ वर्षको उमेरदेखि भरियाका रुपमा काम गर्दै आएको र गत अप्रिलमा तेह्रौँपटक सगरमाथा आरोहण गरेको बताए । वसन्त (मार्च-मे) र शरद (अक्टोबर-नोभेम्बर) सगरमाथा चढ्ने समय हो । यो बाहेक अन्य समयमा कामीरितालगायत अन्य शेर्पाहरू हिमालबाट गाउँ झर्छन् अनि खेतीपाती र चौँरी हेर्ने काममा परिवारलाई सघाउँछन् ।

आङ्ग निमिको घर पुग्दा ढोकामा ताल्चा लगाएको देखेर मेरो मुटु भारी भयो । केहिले उनी चौँरी चराउन माथिल्ला गाउँतिर गएकी हुनसक्ने बताए ।

चुपचाप उभिएकी आङ्ग निमि © मोनिका देउपाला/लोनली प्लानेट

त्यत्तिकैमा मैले लहरा पन्छाउँदै घर पछाडिको ठाडो उकालो चढ्दै गरेको कसैको पदध्वनी सुनेँ । ती आङ्ग निमि नै रहिछन् । उनले हिमाली भेगमा बस्नेहरूले लगाउने कैलो रङ्गको पारम्परिक चुपा लगाएकी थिइन् ।

उनीसँग बोल्ने फुर्सद रहेनछ । नाम्चेमा रहेको विद्यालयमा पढ्ने उनको छोरो बिरामी परेको खबर पाएकी रहिछन् । गाउँमा नेटवर्क नआउने हुँदा अन्तै गएर फोन गर्नुपर्ने उनले बताइन् । ‘साह्रै भएको रहेछ भने आफू अहिले नै नाम्चे जानुपर्ने’ बताउँदै उनी निस्किइन् । चार घण्टाको पैदल बाटो अनि त्यसमाथि साँझ पनि पर्न लागिसकेको जानेर मैले सोधेँ, “नाम्चे जान अबेला भईसकेन र ?” तर मैले यति भनि नसक्दै उनले डाँडा काटिसकेकी थिइन् ।

पछि उनीसँग मेरो भेट एउटा लजमा भयो । फोन गर्न भनेर त्यहाँ आएकी उनी आँखाभरी आँसु पारेर उभिरहेकी थिइन् । मलाई देख्नासाथ आँसु पुछ्दै मुस्कुराइन् अनि छोरोलाई हल्का ज्वरो मात्र आएको र भोलिपल्ट बिहानसम्म आरामले नाम्चे पुग्न मिल्ने कुरा बताइन् ।

सगरमाथा क्षेत्रका विधवाहरूलाई भेट्दा

लजको उज्यालो डाइनिङ्ग हलमा मिठो दूध चियाको चुस्किसँगै हामी कुराकानी गर्दै थियौँ । आङ्ग निमिले कसरी आफुले एक्लै आफ्ना २०, १८, १६ र १४ वर्षका छोराहरूलाई हुर्काइन् भन्ने कुराको बेलिबिस्तार सुनाउँदै थिइन् ।

आङ्ग निमिले श्रीमानको मृत्युपछी आलु बेचेकै भरमा चार भाइ छोरा हुर्काइन् © मोनिका देउपाला/लोनली प्लानेट

“मलाई बुढाले त्यो काम गरेको कत्ति पनि मन परेको थिएन । हरेक दिन उहाँ काममा निस्कन लाग्दा मलाई ऐँठन हुन्थ्यो । उहाँलाई केही हुने हो कि भन्ने चिन्ताले मलाई रातभर निदाउन दिँदैनथ्यो,” उनले भनिन् ।

श्रीमानको मृत्युपछि विमा रकम स्वरुप उनले दश लाख रुपैयाँ पाएकी रहिछन् । उनका श्रीमानले काम गर्ने ‘अल्पाइन एस्सेन्ट’ भन्ने कम्पनिले उनका सन्तानको पढाई खर्च पनि व्यहोर्दै आएको रहेछ । उनको श्रीमानको मृत्यु भएको त्यस दुर्घटनापश्चात् नै सरकारले त्यस क्षेत्रमा काम गर्ने शेर्पाहरूको अनिवार्य न्युनतम बीमा रकम दश लाखबाट बढाएर पन्ध्र लाख बनाएको हो ।

हिमालमाथि फरफराईरहेका प्रार्थना ध्वज © मोनिका देउपाला/लोनली प्लानेट

आफ्नो श्रीमान् नरहेको क्षति आङ्ग निमिका परिवारको लागि यति अपूरणीय रह्यो कि यत्तिका सहयोगका बावजुद पनि घर चलाउनका खातिर  दुर्गम पहाडमा जे काम पाइन्छ त्यही गरेर पैसा कमाउनुको विकल्प उनीसँग थिएन ।

“म आलु फलाउँछु र बेच्छु, माथितिरबाट घाँस काटेर ल्याएर गाईवस्तु पाल्ने घरमा बेच्छु अनि आफ्ना चौँरीको पनि स्याहारसुसार गर्छु । हिमाल चढ्ने मौसममा म पनि आफ्ना चौँरीका बथानलाई भारी बोक्ने काममा लगाउँछु । जीवन कष्टकर छ तर, यो भेगमा यस्तो हुनु के नौलो कुरा भयो र ? ” उनले भनिन् ।

आफूले एक्लै संचालन गर्दै आएको लजमा उभिएकी आङ्गरिकु भन्छिन्, “विगत दुई वर्षदेखि पर्यटकको सङ्ख्या घट्दै गएकाले साह्रै गाह्रो परेको छ” © मोनिका देउपाला/लोनली प्लानेट

थामेबाट बिहान अबेर निस्केको म दिन ढल्नै लाग्दा थामो आइपुगेँ । ७० वर्षीया आङ्गरिकु शेर्पाले चलाएको माउन्ट एभरेष्ट क्याम्प २ लजमा नास्ता गरेँ । उनका श्रीमान् पनि २०१४ को सोही हिमपहिरामा परि हराइरहेका रहेछन् ।

रिटायर भएर श्रीमतीसँगै लज चलाउने सोचिरहेका उनको त्यो अन्तिम यात्रा थियो ।

आङ्गरिकु अहिले एक्लै लज चलाइरहेकी छन् । पकाउनेदेखि लिएर सरसफाइसम्म सबै आफैँ गर्नुपर्छ उनले । घर बाहिरको करेसामा सिजन अनुसारका सागसब्जी फलाउँछिन् । त्यस दिनको खानाका लागि उनले करेसाबाटै गाँजर र पालुङ्गोको साग टिपेर ल्याएर तरकारी पकाइन् ।

श्रीमानको मृत्युअघि मिलेर चलाउँदै आएको लजको भान्सामा आङ्गरिकु © मोनिका देउपाला/लोनली प्लानेट

“बुढाबुढी मिलेर गेष्टहाउस चलाउने सोचेका थियौँ तर, अहिले म यसरी एक्लो भएँ । कहिलेकाहीँ त साह्रै शून्य लाग्छ,” यति भन्दै उनी रुन थालिन् । “लजमा मान्छे आइरहुन्जेल त सजिलै हुन्छ तर, अचेल पर्यटकको सङ्ख्या निकै घटेको छ । त्यसैले धेरै फुर्सद हुन्छ अनि उहाँको साह्रै याद आउँछ तर, बसेर काल पर्खिने बाहेक अरु उपाय नै के छ र, है ?”

आङ्गरिकुको लजदेखि पारीपट्टि रहेको तासी देले रेष्टुरेन्ट एण्ड लजमा मैले ल्हामो छोकि शेर्पालाई भेटेँ । उनका श्रीमानचाहिँ २०१० को बारुँत्से हिमालको हिमपहिरोमा परि बेपत्ता भएका रहेछन् । १९ पटक सगरमाथा चढिसकेका त्यस्ता पाका आरोहिको मृत्युले पुरै खुम्बुलाई नै झटका लागेको थियो । बालककालमै बाबू गुमाएका उनका छोराहरू अहिले २४ र २२ वर्षका भए ।

गेष्ट हाउसको ढोकामा बसिरहेकी ल्हामो छोकी © मोनिका देउपाला/लोनली प्लानेट

शान्त स्वभावकी मृदुभाषी ल्हामोले कुराकानी सुरु गर्नुअघि ‘केही पिउनु कि पिउनु’ भनेर साह्रै जिद्दी गरिन् । श्रीमानको मृत्युबारे धेरै प्रश्न नगर्न पनि उनले मलाई आग्रह गरिन् । मैले पनि घाउ आलै रहेको बुझेर धेरै जोड गरिनँ ।

श्रीमान जिवित छँदा उनको परिवार काठमाडौंमा बस्ने गर्थ्यो । छोराहरू उतैको विद्यालयमा पढ्थे । अहिले भने उनी गाउँमा लज चलाएर अनि अफ-सिजनमा आलु बेचेर जीविका चलाउँछिन् । २०१८ मा छात्रवृत्तिमा अमेरिका गएका छोराले पनि कहिलेकाहीँ खर्च पठाउँछन् उनलाई ।

पर्वतारोहण पेसाले आफ्नो समुदायमा निम्त्याएको विनाशबारे सोचेर चिन्तित भएकी ल्हामो छोकी © मोनिका देउपाला/लोनली प्लानेट

फर्कनुअघि मैले ल्हामोलाई पर्वतारोहण पेसाबारे सामान्य रुपमा प्रश्न गरेँ ।

“बाध्यताले मानिसलाई यस पेसामा झोसिदिन्छ भन्ने मैले बुझेकी छु । यसले परिवारमा जून किसिमको मानसिक एवम् भावनात्मक पीडा र असह्य वेदना पुर्‍याउँछ नि, त्यो सोच्न सम्म पनि सकिँदैन”, उनले भनिन् ।

शोकदेखि विजयसम्म

खुम्बुको खुम्जुङ्ग गाउँमा पनि निमा डोमा शेर्पाजस्ती महिला छिन् । मैले खुम्बुको यात्रामा निस्किनूअघि उनलाई काठमाडौंमा भेटेको थिएँ । २०१४ को त्यस विनाशकारी हिमपहिरोमा परि ज्यान गुमाउनेमा उनका श्रीमान पनि रहेछन् ।

“उहाँको मृत्युले मलाई टुक्राटुक्रा पारिदियो । कति नेपाली तथा विदेशी पत्रकारहरूले मेरो अन्तर्वार्ता लिए । मैले त्यतिबेलै अब कहिल्यै हिमाललाई हेर्दा पनि नहेर्ने मनसाय बनाएकी थिएँ”, उनले भनिन् ।

श्रीमानको मृत्युको दुई वर्षपछि सन्तानसँग निकट हुन निमा काठमाडौं आइन् । पर्वतारोहण बाहेकका क्षेत्रमा कामै नपाएपछि उनले बाध्य भएर २०१७ मा ट्रेकिङ्ग गाइडका रुपमा काम गर्न थालिन् ।

“त्यही काम गर्दागर्दै मैले आफ्ना श्रीमानको सगरमाथा चढ्ने सपना सम्झेँ । सपना पूरा गर्न नपाइ उहाँ जानुभयो । उहाँकै स्मृतिमा सगरमाथा चढ्ने अठोट गरेर म सोको तयारीमा लागेँ”, उनले भनिन् ।

श्रीमानको अधुरो सपना पूरा गर्न कटिबद्ध निमा डोमा शेर्पा आफूजस्तै पीडाबाट गुज्रेकी अर्कि एकजना महिलासँग मिलेर २०१९ को मे महिनामा सगरमाथा चढिन्  © मोनिका देउपाला/लोनली प्लानेट

महिनौँको भौतिक तथा मनोवैज्ञानिक तालिमपश्चात २०१९ को मे महिनामा आफूजस्तै पीडाबाट गुज्रेकी अर्कि महिलासँग मिलेर उनी शिखर चुम्न सफल भइन् ।

नाम्चे बसाईको अन्तिम दिन म बिहान सबेरै उठेँ र अन्तिमपटक सहर घुम्न निस्किएँ । प्राय: दोकानहरू बन्द थिए । अर्धनिद्रामै रहेका सबैजना पर्यटकको स्वागत गर्न रेष्टुरेन्ट सजाउँदै थिए । नजिकैको साँघुरो गल्लीमा एक वृद्धा जुनिपरका पात बटुलेर आगो बाल्दै थिइन्, एकछिन त्यहिँ उभिएर हेरिरहेँ- त्यो शेर्पाहरूको नित्यकर्म नै रहेछ ।

थामे गुम्बामा पढ्ने एउटा भिक्षु बालक © मोनिका देउपाला/लोनली प्लानेट

लुक्ला जाँदै गर्दा बाटामा मेरो भेट विद्यालयबाट फर्कँदै गरेका केही शेर्पा केटाहरूसँग भयो । ठूलो भएर के बन्छौ भनेर सोध्दा एउटाले डाक्टर त अर्काले शिक्षक भन्यो । त्यस्तै, अर्काको न्युयोर्क जाने सपना रहेछ अनि अर्को एउटाले चाहिँ ‘खितिती हाँस्दै पाइलट बन्छु’ भन्यो । एउटाले पनि आरोहण पेसामा लाग्छु नभनेको देखेर दङ्ग पर्दै म आफ्नो बाटो लागेँ ।

(लोनली प्लानेटमा प्रकाशित यस यात्रा संस्मरणलाई निशान अधिकारीले अनुवाद गरेका हुन् ।)

Share4Tweet3Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

हिमाल हेर्न कोखेडाँडा
घुम्न कहाँ जाने?

हिमाल हेर्न कोखेडाँडा

कार्तिक ३०, २०८१
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान
जाडोयाममा कहाँ जाने?

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

कार्तिक २७, २०८१
यात्रासंस्मरण: पसिना, तीर्खा र साततले चमेरो गुफाको शीतलता !
यात्रा संस्मरण

यात्रासंस्मरण: पसिना, तीर्खा र साततले चमेरो गुफाको शीतलता !

असार १५, २०८१
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
८ हजार मिटर अग्ला हिमालहरू

चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी

बैशाख २२, २०८१
सगरमाथा आरोहणः आफ्नै कीर्तिमानी तोड्ने तरखरमा कामिरिता शेर्पा
हिमाल आरोहण

बैशाख २०, २०८१
सगरमाथा आरोहण एक साताभित्र सुरु हुँदै,३९० जनाले लिए आरोहण अनुमति

Load More
Next Post
भोजपुर विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन बन्दै, पर्यटन मन्त्रीद्वारा शिलान्यास

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions