English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

एउटा नयराज पन्त नजन्मेको भए…

टुरशाला by टुरशाला
साउन २६, २०८०
in अतिथि लेखक
A A
0
28
SHARES

महेशराज पन्त

शब्द नाउँ भएको यस ज्योतिले संसारभरि प्रकाश नगर्ने हो भने पूरापूर तीनै लोकमा निस्पट्ट अन्धकार हुने थियो भनी प्रसिद्ध अलङ्कारशास्त्री दण्डीले आफ्नो काव्यादर्श (१.४) मा लेखेको परम्परासँग जोडी भन्दा एउटा नयराज पन्त नजन्मेको भए नेपालको विद्याको क्षेत्रमा कस्तो अवस्था हुन्थ्यो भन्ने देखाउन यो लेख लेखिएको छ ।

वि.सं. १९७० श्रावणशुक्लनवमी २६ साउनमा जन्मी, जिन्दगीभर विद्याभ्यासमा लागी वि.सं. २०५९ मा लक्ष्मीपूजाको दिन १८ कात्तिकमा परलोक भएका नयराज पन्तको कामले गर्दा नेपालको इतिहासको खोजीले निकै ठूलो फड्को मार्‍यो । उनले काम गर्नुभन्दा अगाडि विद्याका अरू अरू हाँगाबिँगामा जस्तै नेपालको इतिहासको क्षेत्रमा पनि विदेशी विद्वानहरूकै बोलवाला थियो ।

नेपालको इतिहासका चल्तीका पुस्तक हेर्दा तिनमा कप्याट्रिक (वि.सं. १८१३-१८६९), फ्रान्सिस बुक्यानन यामिल्टन (वि.सं. १८१८-१८८६), भगवान्लाल इन्द्रजी (वि.सं. १८९६-१९४५), सेसिल बेन्डल (वि.सं. १९१३-१९६२), हरप्रसाद शास्त्री (वि.सं. १९१०-१९८८), सिल्विँ लेवि (वि.सं. १९१९-१९९३), पर्सिभल ल्यान्डन (वि.सं. १९२५-१९८४), काशीप्रसाद जायस्वाल (वि.सं. १९३८-१९९३) आदिको नाउँ मात्र देखिन्थ्यो र अलि पछि त्यस हूलमा आकलझुकल बाबुराम आचार्य (वि.सं. १९४४-२०२९) पनि देखिन थालेका थिए ।

वि.सं. १९९६ देखि नेपालको इतिहासको उपकरणको खोजी गर्न लागेका नयराज पन्तले वि.सं. १९९९ मा एसएलसीको लागि एउटा पुस्तक तयार पारे । त्यो पुस्तक उनले आफ्नो खुशीले लेखेका थिएनन् । धेरै वर्ष दरबार हाईस्कूलका हेडमास्टर र त्रि-चन्द्र कलेजका प्रिन्सिपल भएका, पाठ्यपुस्तक लेखी धनमान कमाउन अभ्यस्त रुद्रराज पाण्डेय (वि.सं. १९५७-२०४३) को आग्रहमा लेखिएको थियो ।

इतिहास भन्नेबित्तिकै यसै तर्सिने त्यस जमानामा त्यो इतिहास छाप्न सम्भव भएन र पद्मशमशेर (वि.सं. १९३९-२०१७, शासनकाल वि.सं. २००२-२००५) अलि उदार प्रकृतिका भएकाले उनको पालामा इतिहासको त्यो पस्तक छापिने भयो । प्रिन्सिपल जस्तो उच्च पदमा बसेका रुद्रराज पाण्डेयले भरखर पढेर आई सरकारी जागिररमा प्रवेश गरेका नयराज पन्तसँग मिलेर पुस्तक निकाल्न यता उनलाई सङ्कोच लाग्नु स्वाभाविक थियो त उता पाठ्यपुस्तक छापेर कमाइने द्रव्यको लोभले पनि उनलाई उत्तिकै गाँजेको थियो ।

त्यसैले उनका ठाहिँला भाइ तोत्रराज (वि.सं. १९६७-२०१४) ले पनि इतिहासै पढेकाले र उनलाई बिकाउनु पनि परेकोले रुद्रराजले अब छापिने त्यस इतिहासमा तोत्रराज र नयराजको नाउँ राखेर छाप्ने प्रबन्ध मिलाए । अनि नेपालको संक्षिप्त इतिहास नाउँ राखी त्यो पुस्तक रुद्रराजको खर्चमा छापियो । एसएलसीको पाठ्यपुस्तकको रूपमा नेपालको संक्षिप्त इतिहास लेखिएको भए पनि त्यस पुस्तकमा अन्त कतै नपाइने नयाँ नयाँ कुराको खजानै थियो । अर्को शब्दमा भन्नुपर्दा, नयराज पन्तको नेपालको इतिहाससम्बन्धी ८ वर्षको अन्वेषणको परिणाम त्यहाँ झल्किएको थियो ।

आफ्नो परीक्षाको प्रश्नपत्रमा समेत गल्ती भेट्टाउन सक्ने ल्याकत भए पनि आफ्नो पढाइ अपूरो भएको अनुभव गरेका नयराज पन्तले वि.सं. १९९५ मा पढाइ सिद्ध्याई बनारसबाट फर्केपछि आफूले विचार गरेको ढङ्गले पढाउन भनी एउटा संस्कृतपाठशाला चलाए । चलनचल्तीको पढाइमा तीन खण्डको एक खण्ड मात्र पढे पनि परीक्षा पास गर्न सकिने भएकोले समग्र पाठ्यवस्तु उपस्थित गराई विद्यार्थीलाई योग्य बनाउनु त्यस पाठशालाको उद्देश्य थियो ।

हुन पनि त्यस पाठशालामा २/३ वर्ष मात्र पढेका विद्यार्थीको पनि आफ्नो जन्मभाषामा जस्तै संस्कृतभाषामा अधिकार भएको कुराको अनुभव पारखीहरूले गरिसकेका थिए । संस्कृत भाषामा यसरी अधिकार भएपछि ती विद्यार्थीलाई नेपालको इतिहासका उपकरणमा उपयोग गरिएका थरीथरीका लिपि सिकाउने काम भयो ।

नेपालको इतिहासका सयौँ वर्षका उपकरण खास गरी संस्कृत भाषामा भएकाले संस्कृत जानिसकेका ती विद्यार्थी लिपि चिनेपछि ती उपकरण पढ्न र तिनको अर्थ गर्न सक्ने भए । ती विद्यार्थीमध्ये केही नेवार भएकाले तिनीहरूले र तिनीहरूको सङ्गतले अरू विद्यार्थीले पनि नेवारीमा लेखिएका उपकरणको पनि अर्थ क्रमश: गर्न थाले र पुरानो नेवारीमा लेखिएका उपकरणमा भएका तथ्य पनि बिस्तारै खोतलिन गयो ।

अघिबाटै केही ज्योतिष पढेका विद्यार्थीले इतिहासका उपकरणमा पाइएका तिथि मिति जाँच्ने काम गर्न थाले । यसरी नेपालको इतिहासको खोजीको लागि चाहिने मुख्य मुख्य ज्ञान त्यस पाठशालाका केही विद्यार्थीमा भएपछि चलनचल्तीमा भएका पुस्तकमा परेका गल्तीको संशोधन गर्ने काम नेपालमा भरखरै जस्तो आएको प्रजातन्त्रको अधिकारको उपभोग गरी वि.सं. २००९ देखि इतिहास-संशोधनको नाउँले स-साना कृति त्यस पाठशालाका विद्यार्थीको नाउँमा छापिन लागे ।

त्यसले गर्दा चलनचल्तीको ढङ्गले इतिहास पढेका मानिसहरू खासमा केही जान्ने रहेनछन् भन्ने भाव जनमानसमा पर्न गयो । यी इतिहास-संशोधनमा पहिले थाहा नभएका प्रशस्त कुरा भएकाले नेपालको इतिहासको खोजीले एकदमै फड्को मार्‍यो । वि.सं. २०१८ देखि संशोधन-मण्डलको नाउँले यिनीहरूले काम गर्न थाले र साँच्चि भन्ने हो भने नेपालको इतिहासका जति तथ्य बाहिर आएका छन्, त्यसको सयकडा पचहत्तर नयराज पन्त र उनका पाठशालाका विद्यार्थीको खोजीबाट आएको हो । यस कामले गर्दा नेपालको इतिहासको गुरुकिल्ली विदेशबाट नेपालमा फर्किसकेको छ। एउटा नयराज पन्त नजन्मेको भए यो सम्भव हुँदैनथ्यो ।

हुन त नेपालको इतिहासको खोजी हाम्रा विश्वविद्यालयहरू र प्रज्ञा-प्रतिष्ठान आदिमा भए पनि आफ्नै ढर्राले हुँदै गए पनि ती अन्वेषण कुन तहका छन् भन्ने कुरा गम्भीर रूपले परिशीलन गर्नेहरूलाई थाहा नभएको होइन । अरू त के, पीएचडीका धेरैजसो थेसिसमा पनि नयाँ कुरा भेट्टाउन मुश्किलै पर्छ ।

पश्चिमा आविष्कार भनी प्रचारमा आएका, गणित-ज्योतिषका केही सिद्धान्त हाम्रा प्राचीन ग्रन्थमा पाइएकाले तिनको बारे नयराज पन्तले लेखमाला र प्रवचनमाला चलाएका थिए । यसैगरी, हाम्रो र ग्रीकहरूको सिद्धान्त-ज्योतिषको तुलना गरी उनले केही लेख लेखेका छन् । यसरी गणित-ज्योतिषको इतिहासको परिशीलन गर्ने एक मात्र नेपाली उनी हुन् भन्ने मलाई लाग्छ । एउटा नयराज पन्त नजन्मेको भए यो सम्भव हुने थिएन ।

अहिले यहाँका अरू अरू गणितज्ञहरूले पनि यसमा चाख देखाउँदै आएका छन् । तापनि त्यसको लागि चाहिने आधारभूत ज्ञान उनीहरूमा नभएकोले नयराज पन्तकै लेखलाई ओल्टाइपल्टाइ गर्ने किंव शास्त्रीय शब्दमा भन्दा चर्वितचर्वण वा पिष्टपेषण गर्ने काम मात्र भएको छ । हाम्रो यतातिर सिद्धान्त-ज्योतिषको विकास हुनुभन्दा अगाडि वेदका ६ अङ्गमध्ये १ अङ्ग भइरहेको वेदाङ्गज्योतिषको कालमानपद्धति चलेको थियो । त्यसबेला वर्षको सुरुवातमा माघ शुक्लको परेवामा र अन्त्य पुसे औंसीमा हुन्थ्यो ।

त्यस पद्धतिअनुसार, कि त आषाढमा कि त पौषमा मात्र अधिमास पर्थ्यो । त्यो पद्धति भारतमा पहिल्यै लुप्त भइसकेको भए पनि नेपालमा भने वेदाङ्गज्योतिष अनुसारको कालमानमा सुधार गरी वर्तमान कालमानअनुसारको अधिमासपद्धति चलनचल्तीमा आइसकेपछि पनि पुरानो र नयाँ पद्धतिमा सामञ्जस्य राख्न चैत्रदेखि भाद्रभित्र अधिमास परे सो अधिमास आषाढमा मान्ने र आश्विनदेखि फाल्गुनभित्र अधिमास परे सो अधिमास पौषमा मान्ने अथवा श्रावणदेखि पौषभित्र अधिमास परे सो अधिमास आषाढमा मान्ने र माघदेखि आषाढभित्र अधिमास परे सो अधिमास पौषमा मान्ने चलन विक्रमको पन्ध्रौँ शताब्दीसम्म थियो । वेदाङ्गज्योतिषको कालमानअनुसार नेपालको इतिहासको कालनिर्धारण गर्ने काम एउटा नयराज पन्त नजन्मेको भए हुनु असम्भव थियो ।

त्यसमाथि, नेपालमा वेदाङ्गज्योतिषको परिशीलन गरी त्यसका निकै तथ्यको उजागर गर्ने काम पनि नयराज पन्तले नै गरेका हुन् । तर, उनको अवदानको कतै चर्चै नगरी उनले गरेका खोजीलाई नै पल्लवित गरी गजूर हाल्ने काम मात्र यहाँ भइरहेछ भन्नुपर्दा दुःख लाग्छ ।

प्राचीनकालमा हाम्रो यहाँ त्रयी, आन्वीक्षिकी, वार्ता र दण्डनीति गरी विद्यालाई मोटामोटी रूपमा ४ समूहमा बाँडिएको थियो । त्रयीको अर्थ ३ वेद अर्थात् ऋग्वेद, यजुर्वेद र सामवेद भन्ने भए पनि अहिलेको भाषामा भन्ने हो भने ह्यूम्यानिटिभित्र पर्ने विषय त्रयीभित्र पर्थे । आन्वीक्षिकीभित्र दर्शनका शाखाप्रशाखा सबै पर्थे । वार्ता भनेको कषि, पाशपाल्य र वाणिज्यको सामूहिक नाउँ हो ।

दण्डनीति भनेको चाहिँ राजनीति हो । कालान्तरमा अध्यात्मवादको बाढी आउँदा लोकोपयोगी वार्ता र दण्डनीतिको पठनपाठन परै बन्द भयो, त्रयी र आन्वीक्षिकीको पनि निकै शाखाप्रशाखाको पठनपाठन बन्द भई ती २ विद्या आंशिक रूपमा मात्र बाँकी रहन गए । उदाहरणको लागि आन्वीक्षिकीमा भौतिकवादी चार्वाकदर्शनको पठनपाठन कहीँ पनि छैन । साँच्चै भन्ने हो भने एउटा तत्त्वोपप्लवसिंह छोडेर चार्वाकदर्शनका कुनै ग्रन्थ बाँकी छैनन् । त्यस दर्शनको विषयमा जे जति कुरा हामीलाई थाहा छ, त्यो त त्यस दर्शनका विरोधीहरूले त्यसको खण्डन वा उपहास गर्न उद्धरण गरेका अंशबाट नै भएको हो ।

अध्यात्मवादको चपेटामा परेर दण्डनीतिको कालजयी ग्रन्थ कौटिल्य अर्थशास्त्र सयौँ वर्ष लुप्त भई फेरि प्रकाशमा आएको पनि सय वर्ष नाघिसक्यो । त्यो अर्थशास्त्र प्रकाशमा आएदेखि अहिलेसम्म संसारभरका पचासौँ संस्कृतज्ञहरूले यसको परिशीलनमा दिमाग खपाए पनि त्यसको राम्रो व्याख्या अझ हुन सकेको छैन । त्यो नहुनुको कारण अर्थशास्त्रको परम्परा उच्छिन्न हुँदा त्यसका कैयन शब्द दुर्बोध्य किंवा अबोध्य हुनु हो ।

नेपालमा कौटिल्य अर्थशास्त्रको पुन: उद्धार गर्ने कामको सुरुवात नयराज पन्तबाट भएको हो । विभिन्न सिद्धान्तको आधारमा इतिहासको व्याख्या गर्ने परम्परा चलेकोले मार्क्सवादको दृष्टिले इतिहासको व्याख्या गरिए जस्तै कौटिल्य अर्थशास्त्रको दृष्टिले नेपालको इतिहासका केही कालखण्डको व्याख्या नयराज पन्तले गरेका छन् । एउटा नयराज पन्त नभएको भए कौटिल्य अर्थशास्त्रको दृष्टिले नेपालको इतिहासको व्याख्या हुँदैनथ्यो ।

नयराज पन्तपछि अरूको त के कुरा, अर्थशास्त्रको दृष्टिले नेपालको इतिहासको व्याख्या गर्ने काममा उनले खटाएका चेला सुद्धा यतातिर नलागी गणतन्त्रको व्याख्यातिर लागेको देख्दा यस परम्पराको पुन: उद्धार यहाँ हुन गाह्रै छ । आफ्नो जमानाका, प्रख्यात कवि लेखनाथ पौड्याल (वि.सं. १९४१-२०२२), बालकृष्ण सम (वि.सं. १९५९-२०३८), लक्ष्मीप्रसाद देवकोट (वि.सं. १९६६-२०१६) आदिका कवितामा मौकापरस्ती छ, यसले गर्दा उनीहरूले कविको होइन, भाटको चरित्र देखाइरहेका छन् भन्ने कुरा सप्रमाण सिद्ध गरी नयराज पन्तले केही लेख लेखेका छन् ।

ती कविहरूले आफूले लेख्न थालेदेखि जीवन नबिसाएसम्म नयराज पन्तको शब्दमा यसरी

अहिले कसको छ हातमा प्रभु-शक्ति, प्रभुको विचारमा।
कुन वस्तु छ, के गरीकन हुन जाला प्रभुको खुशी मन।।
यति वस्तु गरेर चिन्तन कवितामा त्यति वस्तु ल्याउन।
अतिरम्य पदावली तथा अतिआकर्षक भावका कथा।।

रचना जुन गर्न जान्दछन्, कविमा श्रेष्ठ तिनै कहाउँछन्।
प्रभु-शक्ति हुँदा चलाचल कविको भाव रहन्छ चञ्चल।।
विपरीत विचारका कुरा कवितामा क्रमसाथ आउँदा।
कुन सत्य असत्य हो कुन यति भन्नाकन हुन साधन।।

कविजी कुन सत्य हो भनी यदि सोधे कविजी रिसाउँछन्।
बुझ कालहरू तिमी अनि यसको उत्तर मिल्छ भन्दछन्।।
कुन सत्य असत्य हो कुन यतिमै छैन भने विवेचन।
व्यवहार परेर आउँदा कुन विद्या मनमा ठदाठला।।

लेख्ने गरेकाले उनको कामबाट तिनीहरूको कविकर्म उपर औंला ठडिन गएको छ । एउटा नयराज पन्त नजन्मेका भए तिनीहरूको रचनामा भाटगिरी झल्किन्छ भत्रे कुरा त्यति चाँडै प्रचारमा आउने थिएन कि । संशोधन-मण्डलले प्रकाशन गरेको ‘को हुन् त नयनराज पन्त’ पुस्तकबाट ।

Share11Tweet7Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो
अतिथि लेखक

संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो

अशोज ३, २०८१
नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र
अतिथि लेखक

नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र

साउन २५, २०८१
महिला सशक्तीकरण र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल: एक समावेशी विकासको उदाहरण

निरूपण हुन बाँकी सत्य : सप्तलिङ्गेश्वरको स्थल सलाङ कि सलहको घर सलाङ ? 

असार १५, २०८१
कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म
अतिथि लेखक

कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म

असार १२, २०८१
Load More
Next Post
हनुमान ढोका जाँदै हुनुहुन्छ ? यस्ता कार्यहरू भुलेर पनि नगर्नुहोला

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions