काठमाडौं: काठमाडौं महानगरले हनुमान ढोका दरबार परिसरमा विभिन्न कार्यहरू गर्नमा रोक लगाएको छ ।
रोक लगाएका कार्यहरू निम्नानुसार छन्:
१. यस क्षेत्र भित्रको खुला ठाउँमा धुम्रपान, मध्यपान गर्न नपाइने
२. पर्यटकलाई असहज किसिमले सामानहरू बिक्री गर्न नपाइने
३. यस परिसर भित्र माग्ने कार्य गर्न नपाइने
४. चिया, मकै बेच्न नपाइने
५. रातको समयमा दरवार परिसरमा सुत्न, बास बस्न नपाइने
६. खेलकुद जन्य कुनै पनि गतिविधि गर्न नपाइने
७. पोष्टर टाँस्न र कुनै पनि विज्ञापन गर्न नपाइने
८. चलचित्र छाँयाङ्कन, नाचगान जन्य गतिविधि एवं अन्य कुनै पनि भिडियो खिच्ने कार्यहरू सम्बन्धित निकायको अनुमति बिना गर्न/गराउन नपाइने
९. कुनैपनि राजनैतिक सभा, सम्मेलन एवं कार्यक्रम गर्न नपाइने, स्थानीय संस्कृति एवं दरवार क्षेत्र लक्षित परम्परागत कार्यक्रमका लागि महानगरको पूर्व स्वीकृती चाहिने
१०. प्राचिन स्मारक तथा धार्मिक आस्थामा आँच आउने कुनै पनि कार्यहरू गर्न नपाइने



























































Discussion about this post