काठमाडौंः नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको २० औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय किर्तिमान राखेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले बताएका छन् ।
आज भएको २०० मिटर फ्रिस्टायलमा नासिरले १ मिनट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन् । यस अघि नासिरको नाममा १ मिनट ५८.२३ सेकेन्डको राष्ट्रिय किर्तिमान रहेको थियो । नासिरले उक्त किर्तिमान ११ औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए ।
नासिरले हिजो भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका थिए ।
आजै भएको महिला तर्फको खेलमा दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिकाले उपलब्धी हासिल गर्न सकिनन् । उनले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनट ६.८० सेकेन्ड समयमा दुरी पुरा गरिन् ।
भोली ९ गते डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश बैद्यले जानकारी गराएका छन् ।
बिश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै वल्र्ड एक्वाटिक्सको नामाकरण गरेको छ ।




























































Discussion about this post