जनकपुर: उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना कायम हुने गरी तोकिएको मधेश प्रदेशको राजधानी जनकपुरधाम ऐतिहासिक, धार्मिक एवंम् पर्यटकीय नगरीको रूपमा परिचित छ ।
करीब डेढ सय वर्ष पुरानो सहर जनकपुरमा मठ, मन्दिर, पोखरी र तलाउ अत्यधिक मात्रामा रहेका छन् । जनकपुरका मठ–मन्दिर र तलाउको चर्चा बृहत् विष्णुपुराणको मिथिला महात्म्यमा पनि उल्लेख गरिएको पाइन्छ ।
जनकपुरमै रहेको ‘नौलखा मन्दिर’ भनेर चिनिने ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गरिएको जानकी मन्दिरको शिलान्यास सन् १८९४ मा भएको थियो । सन् १९११ मा उक्त मन्दिरको निर्माण सकिएको थियो । त्रेतायुगमा राम र सीताको विवाह भएको प्रतीकका रूपमा मंसिर शुक्लपक्ष पञ्चमी तिथिका दिन जनकपुरमा विवाह उत्सव आयोजना गरिँदै आइएको छ । उक्त विवाह उत्सवमा जनकपुरको जानकी र राममन्दिर तथा रंगभूमि मैदान मानिसको भिडभाडले भरिने गर्छ ।
प्राचीन मिथिला राज्यको राजधानी, यहाँकोे कलात्मक बनावट तथा मिथिला अञ्चलको सांस्कृतिक धरोहरको रूपमा रहेको जानकी मन्दिर क्षेत्रफलका आधारमा पनि सबैभन्दा ठूलो मन्दिर हो । रामजानकी मन्दिर परिसरमा राम मन्दिर, जानकी मन्दिर, विवाह मण्डप, धनुष सागर र गंगासागर पोखरीहरू रहेका छन् ।


































































































Discussion about this post